Wednesday, January 20, 2021

संसद पुनर्स्थापना भएपछिको परिवेश

नेपाल सेटिंग मा चल्ने देश भनेर भन्नेहरु छन। प्रधान मन्त्री र प्रधान न्यायधीश बीच त्यस्तो केही छ भने अर्को कुरो। अदालत बहस लम्बिँदै गएर चुनाव भइसक्यो तर बहस नसकिएको अवस्था आएछ भने (झारखण्डमा त्यस्तो भएथ्यो ह रे) अर्को कुरो। होइन यदि नेपाल सम्विधानले चल्ने देश हो भने संसदको अवधि पाँच वर्ष नै हो। ओली ले संसद विगठन गरेको हो भने त्यही ओली ले पानी जहाज पनि चलाएकै हो, पाइप बाट घर घरमा गैस पुर्याएकै हो। 

ओली को सरकार चलाउन नसकेको स्वीकारोक्ति सही हो। उसले सरकार चलाउन नसकेकै हो। निकम्मा मान्छे। बात बहादुर। डिमाग़ॉग (demagogue) मान्छे। जनताले सोध्ने समय आउनेछ नेकपा लाई, यस्तो निकम्मा मान्छे को जिम्मा दुई तिहाई को बहुमत किन दियौ भनेर। तर त्यो समय पछि हो। 

संसद चलेको थिएन। तर नेकपा को संसदीय दल त कायम थियो। प्रचण्डले पनि के ताण्डव नृत्य गर्नुपरेको? कहिलो यो समिति कहिले उ समिति। खुरुक्कन नेकपा को संसदीय दलको बैठक बोलाएर ओली को बहुमत नरहेको प्रमाणित गर्नु परनेथियो। महिनौं अगाडि। पार्टीले सबै कुरा हाँक्छ भन्ने कम्युनिस्ट सोंच। संसद पुनर्स्थापना हुन्छ भने पनि देशले मुल्य त चुकाइसक्यो। 

मधेसले खोजेको संविधान संसोधन नभएको प्रमुख कारण नै केपी शर्मा ओली। मधेसले खोजेको संविधान संसोधन आधारभुत मानव अधिकार सँग सम्बन्ध राख्ने खालका छन। संसद पुनर्स्थापना हुन्छ भने नेकपा फुट्ने कानुनी आधार रहँदैन। न ओली सँग केंद्रीय समितिको ४०% छ न संसदीय दलको ४०% जबकि चाहिने दुबै। फर्केर आउन लाज होला। चोइटिएर जालान। त्यो पनि गारहो कुरा। ओली डुब्न लागेको जहाज भइसक्नेछन र त्यस्तो पानी जहाज छोडेर मुसा पनि भाग्छन। 

देउबा र प्रचण्ड भनेका तुलनात्मक प्रगतिशील हुन मधेसले खोजेको संविधान संसोधन बारे। झिनो आशा पलाउँछ। र यस संसद बाट देउबाले त्यो संविधान संसोधन गराउन नसकेको खण्डमा मधेसमा कांग्रेस भनेको बिहार र युपीको कांग्रेस। 

संविधान संसोधन का लागि संसदको दुई तिहाई ले पनि सकिन्छ, नया संविधान सभा एक मात्र उपाय भन्ने होइन। यद्यपि अंतिम अस्त्र त्यही नै हो। 

सीके राउतरविन्द्र मिश्र लाई छ महिना भित्र नै चुनाव चाहिने भन्ने होइन। दुई बर्ष भित्र त भइहाल्ने हो चुनाव। 




My Cousin Vinny

No comments: