Pages

Thursday, July 30, 2026

प्रधान मंत्री, पार्टी अध्यक्ष र अर्थ मंत्री

नेपाली मीडिया भनेको सोप ओपेरा

नेपाली मीडिया लाई जेन जी क्रान्ति चाहिएको। राजनीतिमा क्रांति भयो। मीडिया मा क्रान्ति भएन। क्रान्ति चाहियो। देशमा आर्थिक क्रांतिको पक्षमा भाष्य निर्माण गर्ने नया नया मीडिया चाहियो। 

नेपाली मीडिया भनेको सोप ओपेरा। कुनै गंभीर बहस छैन। कुनै गंभीर फील्ड रिपोर्टिंग छैन। 

प्रधान मंत्री, पार्टी अध्यक्ष र अर्थ मंत्री को प्रत्यक्ष वक्तव्य सुन्दा लाग्छ एक महिना अगाडि जे जस्तो सम्बन्ध थियो अहिले पनि त्यही छ। जुन कि नेपाली राजनीति का लागि नया अभ्यास हो। होइन भने सिंडिकेट राजमा पार्टी एकीकरण भए पनि, फुटे पनि, जुन सुकै पार्टी ले चुनाव जिते नजिते पनि उही एउटै घिसीपिटी म्युजिकल चेयर चलिरहेको हुन्थ्यो। उठापटक। ड्रामा। 

मुख्य कुरा यहाँ जेन जी क्रांतिको मैंडेट हो। मुख्य कुरा यहाँ चुनावी मैंडेट हो। देश भ्रष्टाचारमुक्त हुन खोजेको छ। देशले सुशासन चाहेको छ। देशले आर्थिक क्रांति मागेको छ। त्यो दुई चार महिनामा डेलिवर हुने कुरा होइन। राजनीति मात्र होइन मीडिया को भाष्य पनि त्यही किसिमको चाहिन्छ। अहिले छैन। 

विकसित देश को मीडिया जस्तै द्रुत गतिमा विकास गर्न चाहेको देशको मीडिया उस्तै हुन सक्दैन। 

क्रांति र चुनाव बाट पाखा लागेका भ्रष्ट शक्ति हरु मीडिया को बाटो थुन्छेक गर्न खोजे जस्तो देखिन्छ। नेपाली मीडिया पुराना शक्तिको बैक डोर भएको छ। भ्रष्ट नेता र पार्टी को स्टाइपेंड पाउन पल्केका हरु गलत गलत भाष्य निर्माण गर्नमा मस्त छन। 

मीडिया मा पनि क्रांति चाहियो। नया नया मीडिया पैदा हुन सक्नुपर्यो। देशमा आर्थिक क्रांतिको पक्षमा भाष्य निर्माण गर्ने अनुशासन भएको मीडिया चाहियो। 

पार्टी अध्यक्ष 

नेपालका प्रधान मंत्री र सत्ताधारी पार्टी अध्यक्ष ले जुन अभ्यास थालेका छन त्यो नेपालका लागि नौलो हो नै, अन्य देशका लागि पनि नौलो हो। दुबै समन्वयमा छन। समन्वयमा किन छन भन्दा चुनावी मैंडेट सँग ईमान्दारी गर्ने तरिका त्यही नै हो। डेलिवरी एक दुई महिनामा हुन सक्ने कुरा होइन। समझदारी दिगो हुनुपर्छ। 

पार्टी अध्यक्ष भारत भ्रमणमा गएको राम्रो हो। भारतीय सत्ताधारी पार्टी को कार्यालयमा जंती आए जस्तो भएथ्यो। रविको त्यो भ्रमणपछि पोखरामा भारतीय पर्यटक हरुको ताँती लाग्यो। 

अर्थ मंत्री र प्रधान मंत्री कार्यालय 

मोदी को PMO यति सारहो दुरुस्त छ कि मोदी विदेश भ्रमण गरेको गर्यै, देश भने चलेको हुन्छ।  तर प्रधान मंत्री र अर्थ मंत्री को सीधा संपर्क र सीधा संवाद हुन्छ।  सल्लाहकार हरु मिनी प्रधान मंत्री होइनन। अनावश्यक ड्रामेबाजी ले फोकस मलिन पार्छ। 









No comments: