Pages

Thursday, May 28, 2026

हर्के लाई संसद मा बन्दर नाच गर्न दिन सकिँदैन। कारण के हो?

हर्के ले संसद मा बन्दर नाच गरेको कुरा युट्युब मा पुग्छ। दुनिया भरि पुग्छ। विदेशी लगानीकर्ता हरु ले हेर्छन। अनि तिनले सोच्छन। संसद मा बन्दर नाच हुने देशमा लगानी गर्ने कि नगर्ने? 

त्यो हो कारण। 

राजनीतिक अधिकार का साथ साथै राजनीतिक संस्कार को कुरा आउँछ। राजनीतिक संस्कृति को कुरा आउँछ। 

संसद भनेको बोल्ने ठाउँ हो। एउटाले बोल्ने अरु सबैले सुन्ने। एउटा मुख दुइटा कान किन भन्दा खेरि। बोल्ने भन्दा दोब्बर सुन। तर संसदमा त एउटा मुख। एक पटकमा एउटा मुख। ५०० कान। बोलेको भन्दा १०० गुना बढ़ी सुन। 

बोल्ने को कुरा नसुन्ने हो भने बोलेको के अर्थ भयो? 

सबैले बोल्न पाउँछ। बराबर पाउँछ। आफ्नो बोल्ने पालो नहुँदा सुनेर बस्ने। नोट टिप्ने। देश विकसित बनाउनु छ भने त्यस किसिमको राजनीतिक संस्कृति को निर्माण गर्ने। पहिला थिएन। निर्माण गरेनन। अनि त हेलिकॉप्टर चढ्नुपरेको। 

प्रधान मंत्री को पद काम गर्ने। मंत्री को पद काम गर्ने। सांसद को पद बोल्ने। 

सत्ताधारी सांसद हरुले देशमा भाष्य निर्माण गर्ने हो। आर्थिक क्रांति को भाष्य अर्कै हुन्छ। बोलीमा अनुशासन।   व्यवहारमा अनुशासन। 

पार्टी भन्दा माथि देश। विकसित भइनसकेको देश मा त विपक्ष को सांसद हरु पनि आर्थिक क्रांति को पक्षमा उभिने हो। आलोचना गर्ने तर तर्कसंगत मात्र। गृहकार्य गरेर मात्र आलोचना। आलोचना का लागि आलोचना होइन। 

रोष्टरम घेर्ने भनेको के? त्यो केपी ओली शैली। 

रोष्टरम घेर्ने भनेको त अंतिम अस्त्र हो। देशमा मार्शल ल लागु गर्न लागेको हो भने रोष्टरम घेर्ने। कुरा कुरामा रोष्टरम घेर्ने भनेको मलाई बोल्न आउँदैन त्यही भएर म चिच्याउँछु भनेको हो। जगहँसाई। 




No comments: