Wednesday, July 01, 2015

"हामी मान्दैनौं" भनेर मात्र हुँदैन

एउटा बाहुन ले लेख्यो ल्यायो मस्यौदा। "हामी मान्दैनौं" भन्ने अनि बुद्रुक्क उफ्रेर हिडीदिने भए के मजा भो र! त्यो त आफ्नो अधिकार पनि त्यसै बाहुनलाई दिए जस्तो भएन? यो मस्यौदा मिलेन, जाउ अर्को लेखेर लयऊ भने जस्तो भएन? आफ्नो पावर उसै लाई दिए जस्तो भएन?

"हामी मान्दैनौं" बाट कुरा शुरू हुन सक्छ। तर त्यस पछि कुन कुन बुंदा संग सहमति छैन भनेर भन्नु पर्यो। किन सहमति छैन भनेर भन्नु पर्यो। आफु असहमत बुंदा को ठाउँ मा के हुनुपर्यो भनेर भन्न सक्नुपर्यो। किन भनेर भन्न सक्नुपर्यो। अरुले आफुले प्रस्तुत गरेको बुंदा प्रति असहमति जनाएमा त्यो व्यक्ति सँग वाद विवादमा जानु पर्यो। तर्क वितर्क गर्नु पर्यो। त्यति मात्र होइन, आफुले प्रस्ताव गरेको बुंदा का लागि समर्थन बटुल्नु पर्यो। आवश्यक परे परिमार्जन गर्नु पर्यो।

एउटा कहानी छ। एउटा अमेरिकन चीन घुम्न गएछ। त्यहाँ बजारमा दुई जना चिनियाँ लामो समयसम्म वाद विवाद गरेको गर्यै, बझाबाझ, एकदम heated argument परिरहेको देख्यो। एकदम लामो समयसम्म। उ हेरेर बस्यो। निकै पछि उसले आफ्नो छेउ को एक जनालाई सोध्यो --- "मैले सुनेको थिएँ, चिनियाँ हरु martial arts मा निकै पोख्त हुन्छन्। यति लामो समय देखि यिनी हरु झगड़ा वादविवाद गर्दैछन्। मुक्कामुक्की गरेर कुरा चाड-चाडो कुरा छिनोफानो किन नगरदिहालेको?" अनि त्यो छेउ मा उभिएको चिनियाँ ले जवाफ दियो ---- "जसले पहिलो मुक्का हिर्काउँछ उसले तर्क हारेको प्रमाणित भएन?"

हो। मुक्का हानेर हार ऐलान नगर्ने। तर तर्क वितर्क त गरेको गर्यै, गरेको गर्यै गर्ने हो यस मस्यौदा बारे।

Amendments By Dipendra Jha



मस्यौदा आएपछि बुद्धिजीविहरुले भने, ‘नयाँ संविधानलाई जनताले स्वीकार गर्दैनन्’
प्रधानमन्त्रीको ‘राष्ट्रपति’ मोह
संविद्यानसभा वाट मात्रै होईन यो राज्य संग नै सम्बन्ध विच्छेदको घोषणा गर्दैछू - लक्ष्मणलाल कर्ण
​अर्थमन्त्री महतलाई भट्टराईको च्यालेन्ज - शो रिजल्ट

No comments: