Wednesday, July 22, 2015

निर्वाचित नेता सबै लाई राम्रो तलब को व्यवस्था हुनुपर्छ

निर्वाचित नेता सबै लाई राम्रो तलब को व्यवस्था हुनुपर्छ। गाउँ गाउँ मा शिक्षक, स्वास्थ्य सेवक चाहिए जस्तै निर्वाचित नेता हरु पनि चाहिन्छ, महिला पुरुष दुबै। वडा अध्यक्ष देखि शुरू गर्दै सबै निर्वाचित नेता लाई फुल टाइम काम गर्ने किसिमको तलब हुनु पर्छ। जसरी कोही मान्छे शिक्षक बनेर परिवार पालन चाहन्छ त्यस्तै वड़ा अध्यक्ष बनेर परिवार पालन मिल्ने हुनुपर्छ ताकि काबिल मानिस हरु जनताको सेवामा आकर्षित होऊन। हुनखाने मात्र होइन जोसुकै पनि निर्वाचित नेता बन्ने होऊन।

वडा अध्यक्ष देखि ने प्रत्येक निर्वाचित नेता तलब खाने भए पार्टी चलाउन धेरै पैसा चाहिएन। भ्रष्टाचार कम हुँदै जान्छ। निर्वाचित नेतृत्व लाई करियर बनाउने को जमात बन्नु राम्रो हो। स्वस्थ प्रतिस्प्रधा भए सम्म। निर्वाचन धाँधलीरहित निष्पक्ष हुनुपर्यो।

राम्रो काम गर्नेले एउटा पद बाट अर्को ठुलो पदको खुड़कीला चढ्दै जाने भए। राम्रो काम गरेका छन भने जनताले पत्याउने पनि भए। नेता हरु पार्टीमुखी होइन जनता मुखी हुने भए।



माओवादी नेताले एमाले नेता विष्टलाई भने, ‘उहाँलाई प्रधानमन्त्री चुन्न पाइयोस् ’
‘वडा अध्यक्षदेखि राष्ट्र अध्यक्षसम्म प्रत्यक्ष निर्वाचित हुनु पर्छ ’
अधिकांशको माग यहि थियोे कि वडा अध्यक्ष सहित प्रधान मन्त्री र राष्ट्रपति प्रत्यक्ष जन निर्वाचित हुनुपर्छ । ...... ‘ प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री र राष्ट्रपति नभए सम्म स्थीर सरकार नहुने, खाली सरकार बनाउने र ढलाउने खेल मात्रै हुने रहेछ । ’ ...... अहिले सम्म सभासद किन वेचको खेल मात्रै भएकोबाट नेपाली जनता दिक्क भएको बताए । उनिहरुले प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री र राष्ट्रपतिको कम्तीमा पनि पाँच वर्ष सम्म अवधी हुनु पर्ने ........ अधिकांशले स्थीर सरकार हुनु पर्ने । संघियताको स्पष्ट सिमाङ्कन र नमाङ्कन गरिएर मात्र संविधान जारी गर्नु पर्ने अन्यथा द्धन्द्ध निम्तीन सक्ने सुझाव दिएका छन् ।
जनमत फरक आयो, १६ बुँदे संशोधन गर्न तयार हुनुपर्छः पोख्रेल
‘जनताले दिएको सुझाव समेटनु जनताको भावना समेट्नु हो । यसले अपनत्व बढाउने भएकोले जनताका सुझाव नपरेसम्म संविधान सभा विघठन हुनुहुँदैन ।’ .... उनले भने, ‘नागरिकतामा विवाद छ । जनताले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जोड दिएका छन ।

No comments: