Pages

Tuesday, August 25, 2015

Stop The Insanity



नेपाली सेनाको टोलीले थारूको घर-घरमा आगो लगाईदै यसरी थारू जतिको बास नै उठायो

मिडियाको गलत प्रचार र चार दलले गर्दा आज थारु जातिलाई नै घृणाको नजरले देखियो तर थारु जातिलाई दास सरह सधै नै खुट्टको तल राख्न खोज्ने उनिहरुलाई किन कोही केही भन्दैन?? निर्दोस थारूको घर घरमा सेनाकै आडमा आगो लगाइदा पनि किन कोही बोल्दैन?? एउटा बालक पनि गोली लागेर मर्यो के हामीलाई दुख लागेको छैन?? तर गलत प्रचार गरेर थारुको नाम बिगार्नेलाई थाहा हुनुपर्ने बालक गोली लागेर मरेको छ र बन्दुक प्रहरीको हातमा हुन्छ।

आनूदोलनकारीले बन्दुक चलाको त पुस्टि नै भाको छैन। यो एक दुर्घटनालाई थारुको नाम दिनेहरु सोच्नुस एकपल्ट कृपया।। अनि मान्छे जलाको गलत फोटो फेसबुकमा राख्नेहरु यो लिङ्कमा हेर्नुस गलत आरोप लाग्दा हामी असहय बनिरहेका छौं। ....... भर्खरै, टीकापुर अस्पतालमा कार्यरत एक जना चिकित्सकले दिएको जानकारी अनुसार उक्त अस्पतालको अवस्था भयवाह बनेको छ । अस्पतालको सेवा सुविधाको वितरण अनुहार हेरेर गरिएको अवस्था छ । थारू कर्मचारीहरुलाई घर फिर्ता पठाइएृको अवस्था छ । कफर््युको क्रममा तथा ठूलो संख्यामा सेना परिचालन गरिएको अवस्थामा पनि छानी–छानी तोडफोड र आगजनि भैरहेको छ । यति बेला मानवअधिकारवादीहरु भूमिकाविहिन अवस्थामा द्ेखिएका छन् । सञ्चारमाध्यमहरु प्नि केवल सूचना प्रवाह गर्ने होडबाजीमा पीडितलाई झनै पीडामा पार्ने काम, बलेको आगोमा घ्यु थप्ने काम मात्रै गरिरहेका छन् । .......

कैलालीको टीकापुरमा अखण्ड पक्षधरले थारुहट नेता कार्यकर्ताको घरघरमा आगो लगाइहेका छन् । सभासद् रामजनम चौधरीले दिएको जानकारी अनुसार कफ्र्यूको उलंघन गर्दै अखण्डका पक्षधरका कार्यकर्ताले क्षेत्र नम्बर १ बाट निर्वाचित सभासद् जनकराज चौधरीको घरमा आगो लगाएका छन् । थारुहट आन्दोलनका क्षेत्रिय संयोजक रेशम चौधरीको घरमा पनि प्रदर्शनकारीले आगो लगाइदिएका छन् । सभासद् रामजनम चौधरीले प्रहरी र सेनाको आडमा थारु कार्यकर्ताको घरमा आगो लगाइएको आरोप लगाएका छन् । उनका अनुसार अहिले सम्म १० घरमा आगो लागि सकेको छ ।

त्यस्तै प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै चार राउण्ड हवाइ फायर गरेको जनाएको छ । ........... टीकापुर घटना निक्कै दुःखद् र त्रासदीपूर्ण छ । यो घटना कि त ठूलो षडयन्त्र हुनुपर्छ, कि त

सयौँको संख्यामा हताहती भएका आन्दोलनकारीको संख्या लुकाइएको हुनुपर्छ ।

........ मात्र तीन आन्दोलनकारीको हत्या हुँदा १७ जना प्रहरीको हत्या र ५६ जना प्रहरी घाइते हुनै सक्दैन । कि त यो योजनाबद्ध तथा सुनियोजित षडयन्त्र रचेर गराइएको घटना हो । कि त घटनाले थप उग्र रुप लिने भएर

सरकारले आन्दोलनकारीतर्फ भएको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

......... लौ मानौँ प्रहरीले फायर खोल्नुभन्दा अघि नै आन्दोलनकारीले उनीहरुलाई कब्जामा लिएर मारे रे ! तर के ८० जना हतियारबद्ध प्रहरी एकै ठाउँ हुनु भनेको कम शक्ति हो ? त्यत्रो प्रहरीले आफ्नो प्रमुख कमाण्डर एसएसपीलाई मार्दासम्म तीन जना मात्र मर्नेगरी गोली चलाए होलान् त ? ...... लौ प्रहरीले गोली नै चलाउन पाएनन् रे, त्यत्रा तालिमप्राप्त प्रहरीले कम्तीमा ३/४ जनालाई त त्यसै पनि ढाल्छन् । अर्को कुरा, हतियार साथमा भएको प्रहरीले गोली चलाउन थालेपछि आन्दोलनकारी त्यसै पनि भाग्छन् । ..... गृहमन्त्रीले २ सयको संख्यामा भाला, बञ्चरो र खुकुरी लिएर आएका आन्दोलनकारी भनेका छन् । के त्यति सानो संख्याको प्रदर्शनकारीले त्यति ठूलो संख्यामा प्रहरीको हत्या गर्न सम्भव छ ? यो पत्याउन सकिने कुरा होइन । ....... त्यत्रो घम्साघम्सी हुँदा आन्दोलनकारी पनि पक्कै घाइते भएका होलान् ती कहाँ गए ? अझ सर्वसाधारण आन्दोलनकारी त धेरै पर्नुपर्ने । किनकि उनीहरुलाई यस्तो बेला सुरक्षित हुने तरिका नै थाहा हुँदैन । ...... जिल्ला अस्पतालमा त घाइते प्रहरी मात्र छन् भनिएको छ । के कुनै आन्दोलनकारी घाइते नभई त्यति ठूलो संख्याको प्रहरी हत्या सम्भव छ ? छैन । ....... त्यहाँ सयौँको संख्यामा आन्दोलनकारी हताहत भएको हुनैपर्छ । सरकार र आन्दोलनकारी दुबैबाट तत्कालै यथार्थ बाहिर आउनुपर्छ, भोलि फेरि यस्तै गरी अर्को ठाउँमा आगो लागिसकेपछि हैन । ..... प्रजिअले अहिलेसम्म ६ जनाको मात्र हत्या भएको पुष्टि गरेका छन् । तर मिडियाले १७ जनाको हत्या भन्दै प्रचार गरेका छन् । यसले तनाव झन् बढाउने छ । ...... आफ्नो पहिचान खोज्दै सडकमा आएका थारुहरुको मागलाई बुद्धिहीन नेताहरुले कुनै न कुनै ढंगले चाँडै सम्बोधन गर्नु जरुरी छ । थारुहरुको मात्र होइन उत्पीडित समुदायको पहिचान र अधिकार स्थापित गर्नेतिर पनि दलका टाउकेहरुको ध्यान जान उत्तिकै जरुरी छ । होइन भने यस्तो घटना कैलालीमा मात्र होइन देशका विभिन्न स्थानमा कुनै न कुनै दिन हुने अवश्यम्भावी छ । थरुहट माग्ने थाहहरुविरुद्ध सेना परिचालन गर्नुअघि टीकापुर घटनाको यथार्थ संसद र जनतालाई दिनपर्दैन गृहमन्त्रीज्यू र रक्षामन्त्रीको पद सम्हालिरहेका प्रधानमन्त्रीज्यू ?


सरकारको कारण हिंसा भड्कीयो, सेनाले दमन गरे गृहयुद्ध : लेखी
थारु आन्दोलनका अगुवा राजकुमार लेखीले राज्यको हेपाहा प्रवृत्तिको कारण कैलालीको टिकापुरमा हिंसा भड्कीएको आरोप लगाएका छन् । थारु आन्दोलनलाई तुहाउन नियोजित रुपमा कैलालीको टिकापुर सरकारी पक्षले नै हिंसा भड्काएको उनको आरोप छ । ..... थारु आन्दोलन संयोजनकर्ता मध्येका एक लेखीले नयाँ पेजसँग सोमबार राती कुरा गर्दैं थारु आन्दोलनलाई बदनाम बनाउन थारु बिरोधीहरुले भिजलन्ते प्रयोग गरेको हुन सक्ने आशंका व्याक्त गरे । सरकारले थारु समुदायलाई हेपेर वेवास्ता गरेको आरोप छ उनको । भने,

‘आमहड्ताल सहितको आन्दोलनको घोषणा गरेर थारु समुदाय १३ दिनदेखी आन्दोलनमा थियो । सरकारले दुुई चार झुन्ड सहभागी अखण्ड आन्दोलनको माग २ दिनमै सम्बोधन गर्यो । तर, लाखौं सहभागी थारु आन्दोलनको वेवास्ता गरीरह्यो ।’

...... ‘१३ दिनदेखी थारु समुदाय आन्दोलनमा थियो । यतिका दिनसम्म राज्यले नसुनेजस्तै गर्यो । अहिले फेरी समुदायलाई आतंककारी भन्दैछ । थारुमाथिको यो हेपाइ हो ।’ .....

सोमबारको घटनामा सैयौं थारु आन्दोलनकारी मारिएको हुनसक्ने उनले आशंका व्याक्त गरे । ‘अझैँसम्म गोली चलीरहेको छ, थारु बस्तीमाथि पसेर प्रहरीले आंतक मच्चाइरहेको छ’ उनले भने,‘थारु आन्दोलनकारी मारिएको सुचना सरकारले लुकाइरहेको छ ।’

.... शान्तिपूर्ण आन्दोलनमाथि सेना परिचालन गरेर दमन गरिए

गृहयुद्ध हुने

उनको चेतावनी छ । उनले शान्तिपूर्ण आन्दोलनलाई भड्काउन नेताहरुले भुमिका निर्वाह गरीरहेको दाबी गरे ।
कैलालीमा कति प्रदर्शनकारी मारिए?

थारु सभासदहरुले कैलालीको टीकापुरमा भएको झडपमा सय भन्दा बढी आफ्ना कार्यकर्ता मारिएको दावी गरेका छन् । .... प्रहरीले आधा घण्टासम्म निरन्तर गोली चलाएर आफ्ना एक सय भन्दा बढी कार्यकर्ता मारेको दावी गरेका हुन् । .... मारिएका आफूहरुका कार्यकर्ताका शव प्रहरीले नै गायव पारेको

..... सभासदहरुले घटनास्थलमा प्रहरीले अखण्ड सुदुरपश्चिम पक्षधरका कार्यकर्तालाई मात्र जान दिएकाले घटना रहस्यमय भएको दावी गरेका छन् । ..... सभासदहरुले घटनास्थलमा मानवअधिकारवादी र सञ्चार माध्यमलाई जान दिएर घटनाको वास्तविकता ल्याउने वातावरण बनाइदिन प्रधानमन्त्री कोइरालासँग आग्रह पनि गरेका थिए । .... थारु नेताहरुले अखण्ड पक्षधरले एकलौटी प्रचार गरेको भन्दै घटनाको वास्तविकता ल्याउन सरकारसँग माग गरेका छन् ।
गौरमा प्रहरीको गोली लागि एकको मृत्यु, प्रहरीद्वारा मानवअधिकारको ठाडो उल्लंघन
रौतहट जिल्ला सदरमुकाम गौरमा मंगलबार दिउँसो प्रहरीले चलाएको गोली लागि एक १८ वर्षीय युवकको मृत्यु भएको छ । मठिया-६ का १८ वर्षीय राजकिशोर ठाकुरलाई पिठ्युँमा गोली लागेको र उनको मृगौला छेड्दै पेटबाट निस्केको जिल्ला अस्पताल गौरका चिकित्सकहरुले बताएका छन् । ....... गौरस्थित गुप्ता पेट्रोल पम्प अगाडि मंगलबार दिउँसो प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भइरहँदा प्रहरीले एक्कासी गोली चलाएको थियो । बाटोको छेउबाट हिँड्दै गरेका ठाकुर गोली चलेपछि भाग्न खोज्दा पछाडिबाट पिठ्युँमा गोली लागेको हो । ....... स्थानीय पत्रकार प्रविण तिवडेवालका अनुसार

गोली लागि लडेका युवक ठाकुरलाई प्रहरीले अस्पताल पुर्याउनु साटो घेरेर पिटेका थिए । करिब २० जनाको संख्यामा रहेका प्रहरीले गोली लागेर भुईँमा लडेका उनलाई बुटै बुटले हिर्काएका थिए ।

....... मृतक ठाकुर प्रदर्शनकारी नरहेको बताइएको छ ।


एफएम र थारु नेताहरुको घर जले, कहाँ छन् नेपाली सेना ?
मंगलबार कर्फयु जारी भएको समयमै कैलालीमा सभासद् जनक चौधरी तथा थारु आन्दोलनका अगुवा नेता रेशम चौधरीको घरमा आगजनी भएको छ । कैललीको धनसिंहपुर र बनगाउँसहित केही गाउँहरुको थारु बस्तीमा आगजनी गरिएको छ । ...... कर्फयुको अवग्या गर्दै निस्केको एक समूहले थारुहरुको घरमा आगजनी गर्नुका साथै विभिन्न गाउँहरुमा पनि थारुहरुको बस्ती जलाउनका साथै कुटपिट गरिएका छन् । ...... नेता रेशम चौधरीले सञ्चालन गरेको फुलवारी एफएम तथा फुलबारी रिसोर्टलगायत उनको सञ्चालनमा रहेको केही पसलहरुमा समेत आगजनी गरिएको छ । ..... पत्रकार चौधरीका अनुसार कैलालीमा नेपाली सेना परिचालन भएपनि यस्तो घटना बढ्दै जानुले थारुहरु झनै त्रसित बनेका छन् । प्रहरीहरु उलेख्यरुपमा परिचालन भएपनि उग्ररुपमा थारुहरुको घरमाथि आक्रमण गर्नेहरुलाई नियन्त्रणमा लिन सकेको छैन । .....

नेपाली सेना परिचालन भईसकेको स्थानमा यस्तो घटना बढ्दै जानु

..... आज जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी आइतबारको घटना बारे जानाकरी गराएको बताए । उनले प्रहरी मारिएको जानकारी मात्र दिइए तर प्रदर्शनकारी मारिएको जानकारी अहिलेसम्म प्रहरीले पुष्टि नगरेको बताए ।
टिकापुरमा ३५ जनाभन्दा बढी मारिएको दाबी, संख्या बढ्दै
टिकापुर प्रहरीले अनौपचारीकरुपमा दिएको जनकारीअनुसार हालसम्म ३५ जनाभन्दा बढीको मृत्यु भएको हुन सक्छ । तर स्थानीय पत्रकारहरुका अनुसार प्रहरी र प्रर्दशनकारीसहित

करिब ४० जना मारिएको हुन सक्छन् ।

.... हालसम्म १२ जनाको नाम मात्र सार्वजनिक गरिएको छ । टिकापुर अस्पताल पुगेका लासहरुको मात्र विस्तृत जानकारी आएको छ । ...... स्थानीय प्रहरीले विभिन्न स्थानबाट लासहरु संकलन गरिहरेको प्रहरी कार्यालयले जनाएको छ । ..... हवलदार रामविहारी चौधरी र ललित साउदको मृत्यु भएको


सिरहामा पनि गोली चल्यो, फोरम नेपालका नेता साह घाइते
प्रहरीले विहान स्काटिगं गरेर सवारी साधान पास गराउँदा प्रर्दशनकारीहरु सडकबाट उठन मानेका थिएनन् । .... मधेशी मोर्चाले थप कार्यक्रम घोषणा गर्ने जनाएको छ ।


सेना परिचालन गरेर मधेशी र थारुविरुद्ध सरकारले युद्ध घोषणा गर्‍यो : मानवअधिकारकर्मी तथा बुद्धिजीवी
लिम्बुवान समर्थित मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरुले मधेशी र थारु (आदिवासी जनजाति)विरुद्ध सेना परिचालन गर्ने सरकारको निर्णयप्रति घोर आपत्ति जनाएका छन् । .... सेना परिचालनलाई मानवअधिकार उल्लंघन बताउँदै उनीहरुले नेपाली जनताविरुद्ध सेना प्रयोग गर्ने अधिकार सत्तासीन दलका शासकहरुलाई नभएको बताएका छन् । ...... विज्ञप्ति जारी गर्दै सत्तासीनहरुले जनताविरुद्ध युद्धको घोषणा गरेको भन्दै घोर आपत्ति जनाएका छन् । ...... विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना राज्यको सुरक्षाको लागि हो, नेपाली जनताको विरुद्धमा परिचालन र जातीय नरसंहार गर्नको लागि होइन ।’ ...... दंगाग्रस्त क्षेत्र घोषणा गरेर जनतालाई दमन गरेर र नेपाली सेना परिचालन गरेर समस्याको समाधान नहुने बताउँदै राजनीतिक रुपमा वार्ताबाट समाधान गर्नपर्ने बताइएको छ । ...... भदौ ७ गते कैलालीको टीकापुरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । त्यस्तै दाङ, जलेश्वर, जनकपुरलगायतमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो । ...... लिम्बुवान समर्थित मानवअधिकारकर्मी तथा बुद्धिजीवीहरुले सेना परिचालन तुरुन्त रोक्न, घाइतेहरुको उपचार गर्न र उत्पीडिहरुको माग सम्बोधन गर्न आग्रह गरिएको छ । ....... वक्तव्य जारी गर्नेहरुमा

मञ्जुल याक्थुङ्बा, डा. कृष्ण भट्टचन, डा. युवराज लिम्बु, नवीन सुब्बा, खगेद्र जबेगु, अर्जुन लिम्बु, राम मादेन, नारायण निङलेखु, नन्द कन्दङ्वा, शंकर लिम्बु, नेत्र तुम्बाहाम्फे र अमर तुम्याहाङ

रहेका छन् ।




नेपालगन्जमा फेरि २ बजेबाट कफर्यु
कफ्र्यु लगत्तै नेपालगन्ज सुनसान देखिएको छ । ........ ग्रामीण क्षेत्र भने मंगलवार तनावग्रस्त रहेको स्रोतले जानकारी दिएको छ ।

बाँकेका ग्रामीण क्षेत्रमा व्यापक प्रदर्शन भैरहेको समाचार प्राप्त भएको छ ।

कर्फ्युकै बीचमा टीकापुरमा सद्भावना पार्टीका नेता रेशम चौधरी लगायत कैयौको घरमा आगजनी, बदला लिन प्रहरीको पनि साथ हुन सक्ने आशंका
भड्किएको हिंसात्मक दंगा पछि आक्रोशित समुहले टीकापुरका सद्भावना पार्टीका नेता संचार उद्यमी एवं कलाकार रेशम चौधरीको फुलबारी एफएम, फुलबारी रिसोर्ट, आगजनी गरेका छन् | कैलाली क्षेत्र नम्बर १ का सभासद जनक चौधरीको घरमा पनि आगजनी गरिएको खबर छ | हिंसा भड्किए देखि रातीबाट नै टिकापुरमा कैयौ थारुहरुको पसल, घरमा आगजनी गरिएको छ | ....

कर्फ्यु जारी भएकै बेला भएका बदलाका यस्ता घटना घट्नुमा प्रहरीको सहयोग बिना सम्भव नहुने भन्दै स्थानीय प्रशासनको भूमिकामा शंका गरिएको छ |

5-10 people cannot impose a Constitution: PM Modi tells Nepal

5-10 people cannot impose a Constitution: PM Modi tells Nepal
Prime Minister Narendra Modi has told his Nepali counterpart Sushil Koirala that 'five to ten people' cannot 'sit in a room' and 'impose a Constitution' and called for greater inclusion in the process. ....... reiterated his earlier position that there must be the widest possible consultation as Nepal finalises its Constitution. ..... There is a realisation in the government that this has been a top driven process, which has not taken into account the views of diverse social and political groups on the ground. .......... "Five to ten people cannot sit in a room and write the constitution. All parties and forces should sit together. There must be greater dialogue." ...... "Five to ten people cannot sit in a room and write the constitution. All parties and forces should sit together. There must be greater dialogue." ..... Modi has reiterated that the 'political leadership of Nepal should resolve all outstanding issues through dialogue between all political parties and through the process of widest possible consultation, including with the public' and arrive at a solution which accommodated the 'aspirations of all citizens of a richly diverse society within a united, peaceful, stable and prosperous Nepal'.

राष्ट्रपति को सहभागिता बेगर सेना परिचालन कसरी संभव भयो?

यो कटुवाल प्रकरण भाग चार हो। राष्ट्रपति को सहभागिता बेगर बामे ले देशमा जब इमरजेंसी लागु गर्यो, जुन कि इमरजेंसी लागु भएकै होइन, त्यो कटुवाल प्रकरण भाग दुई थियो। १६ बुँदे ले राष्ट्रपति फाल्ने बाहेक अरु केही नगर्ने। त्यो कटुवाल प्रकरण भाग तीन थियो। अहिले मलाई बल्ल थाहा भो, राष्ट्रपति को सहभागिता बेगर सेना परिचालन गरिएको रहेछ। त्यो संभव छैन। मधेसी भएकोले राम वरण लाई राष्ट्रपति नै नमान्ने श्रंखला जस्तो यो त। बामे को "राष्ट्रियता" यही हो। घिनलाग्दो मान्छे त्यो। बामे। ह्रितिक रोशन दंगा को मास्टरमाइंड त्यो। देशमा पटक पटक ह्रितिक रोशन दंगा गराउनु नै उसको जिंदगी को उद्देस्य हो।

राष्ट्रपति को सहभागिता बेगर सेना परिचालन कसरी संभव भयो? तर यो चरी-घैंटे गठबंधन ले कानुन र संविधान कहिले पो मानेको छ र? देश को अदालत को आदेश विपरीत बिना कुनै कानुनी आधार सीके राउत लाई हाउस अरेस्ट मा राखेको राख्यै छ। मातृका यादव मंत्री को पियन ले मातृका लाई मधेसी भएकोले मान्छे नगने भन्दा यो केही पनि फरक होइन। पियन बामे ले राष्ट्रपति यादव लाई मान्छे गनेको छैन।



कैलालीमा सेना परिचालनको राष्ट्रपतिबाटै विरोध

उनले सेना परिचालन गर्दा आफुलाई नसोधीएको र आफ्नो क्षेत्राधिकार भित्रको विषयलाई प्रधानमन्त्री र गृहमन्त्रलिे संसदमा प्रस्तुत गरेको भन्दै असन्तुष्ट बनेका हुन् । ..... अन्तरिम संविधानमा सेना परिचालनको अधिकार आफुलाई मात्र भएको भन्दै उनले सरकारको कामको विरोध गरेका हुन् ।



कैलालीमा सेना परिचालन गरी गरिएको पाशविक ज्यादती तत्काल बन्द गर : पद्मरत्न तुलाधर
सरकारले आन्दोलन दबाउने बहानामा सरकारले कैलालीको टिकापुरमा सेना परिचालन गरी मानवअधिकारको न्युनत्तम मापदण्ड विपरीत सर्वसाधारण थारुहरुको घरबास खानतलास गरी आगजनी गर्ने, निजी सम्पत्ति लुट्ने तथा नष्ट गर्ने, थारुहरुमाथि दमन र ज्यादती गर्ने तथा सर्वसाधारण थारुहरुलाई पाशविक यातना दिने जस्ता जघन्य आपराधिक कार्य गरिरहेकोमा आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले घोर भर्त्सना गरेको छ । .... कैलालीको दुःखद घटनाको मुख्य कारण चार राजनीतिक दलका नेताहरुले आफ्नो स्वार्थअनुसार बिनाआधार ७ प्रदेशको सीमाकंन गर्नु हो ..... ‘उनीहरुका यस्ता गैरसंवैधानिक र गैरराजनीतिक कार्यले आज देशभरिकै आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, खस तथा अन्य उत्पीडित, उपेक्षित जाति, समुदाय र क्षेत्र लिङ्ग आन्दोलित छन् ।’




मानवाधिकार कमिॉयों से हादिॅक अपील*************************************टिकापुर, कैलाली मे सदभावना पाटीॅ के केन्द़ीय सचि...
Posted by सदभावना पार्टी on Tuesday, August 25, 2015


जनकपुर आन्दोलनकारीयों के हाथ में । भाद्र ८ गते
Posted by Brikhesh Chandra Lal on Tuesday, August 25, 2015

In The News (35)

३७ वर्षमा नविन के भट्टराईको नयाँ एल्बम ‘३७’ (भिडियोसहित)
हेर्नुस् ऐश्वर्याको ५ वर्षपछिको कमब्याक फिल्म ‘जज्बा’ को ट्रेलर (भिडियो)



थारू नेताहरूले भने-आन्दोलनमा घुसपैठ
सोमाबार रातिसम्म सिंहदरबारमा बसेको थारू सभासद संघर्ष समिति, थारू कल्याणकारीणी सभा, थरूहट संयुक्त संघर्ष समितिको बैठकले संविधानसम्मत शान्तपूरुण आन्दोलन भएको दाबी गर्दै चारै तिरबाट प्रहरीले घेरा हाल्दा प्रतिकार भएको निष्कर्ष निकालेको छ। .... ‘हाम्रो आन्दोलन तुहाउन षणयन्त्र भएको छ, हामी सतर्क भएका छौ। हाम्रो आन्दोलन रोकिदैन, शान्तिपूर्ण आन्दोलन चलाउँछौ,’ उनले भने।
वीरगञ्जमा मोर्चाद्वारा लाठी जुलुस प्रदर्शन
यसैबीच, समग्र मधेस दुई स्वायत प्रदेशको मागसहित आजदेखि राष्ट्रिय मधेस समाजवादी पार्टी आन्दोलनमा उत्रेको छ । रामसपा पर्साले आज वीरगन्जको आदर्शनगरस्थित पार्टी कार्यालयबाट बन्द सफल बनाउन अपिल गर्दै जुलुस निकालेको हो।
एकातिर हिन्दुवादी, अर्कोतिर पहिचानवादी
धरानको भानुचौकमा संघीय समाजवादी फोरम नेपालले पहिचानसहितको संघीयताको पक्षमा खुलेर वकालत गरिरहदा छाताचौकमा हिन्दुवादीहरुले हिन्दु राष्ट्र माग गरे। ..... संघीय समाजवादीमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले धर्म निरपेक्ष राज्यको वकालत गरे। यादवले संविधानको मस्यौदा प्रक्रियागत रुपमै गलत भएको बताए। यसलाई पुनर्लेखन नगरे अर्को विद्रोह हुने चेतावनी दिए। चार दलिय प्रतिगामि कदम विरुद्ध आयोजित विरोधसभामा उनले भने–‘‘यो मस्यौदा प्रकृयागत रुपमै गलत, अधुरो, अपुरो मात्र हैन प्रतिगामी छ, पुनर्लेखन नगरे वि›ोह अवश्यमभावी छ।' ...... मस्यौदामा अन्तरिम संविधानको मर्मम र भावना विपरीत गएको बताउँदै समानुपातिक समावेशितासमेत खोसेको आरोप लगाए। त्यस्तै केन्द्रीय सदस्य अर्जुन थापाले मधेश आन्दोलनपछि भएका ८ बुदे र २२ बुदे सहमति कार्यान्वयन गर भनेर मात्रै भनेको बताए। ‘के त्यो भन्दा हामीले गलत गर्‍यौं।' उनले भने। ...... केन्द्रीय सदस्य आरसी तुम्बाले अहिले आन्दोलनको काष्टिङ मात्रै भइरहेको बताउँदै ब्राम्हणवादीहरुले यस्तै दमन गरिरहे आन्दोनल थप सशक्त हुने बताए। उनले केपी ओलीले पहिचानवादीहरुको आन्दोलन देखेर होस गुमाउदै गएको बताउँदै त्यही भएर जे पायो त्यही बोलिरहेको बताए।
मस्यौदा संसोधन नगरे न्यायसेवाका कर्मचारी आन्दोलनमा जाने
नौ गते दिनको ११बजे देखि १२ बजेसम्म काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण अदालतहरुमा ईजलाश बहिस्कार गर्ने,१० गते ११ बजे देखी १ बजेसम्म काठमाडौं उपत्यकामा रहेका सम्पूर्ण अदालतहरुमा ईजलाश बहिस्कार गर्ने, ११ देखि नेपाल राज्यभर रहेका सम्पूर्ण अदालतहरुमा अनिश्चित समयका लागि ईजलास बहिस्कार गर्ने। ..... प्रधानन्यायाधीशले पटकपटक औपचारीकरुपमै भेटेर दिइएको सुझावलाई समेत वेवास्ता गरेको भन्दै कर्मचारीहरुले संविधानसभाको ध्यानाकर्षण गरेका हुन्। ..... ४० प्रतिशतमा खुल्ला परिक्षा, ४०मा न्याय सेवाका उपसचिवहरू मध्ये “खुला” प्रतिपर्धा र २० प्रतिशत न्याय परिषद्को सिफारीसमा नियुक्ति गर्ने प्रणाली लागू गर्ने प्रावधान प्रस्ताव गरी न्यायपालिकालाई निरीह र कमजोर बनाउने कार्य हुनलागेकोमा उनीहरुले विरोध जनाएका हुन्। उनीहरुले

न्यायपालिकाको स्वतन्त्रता सम्वन्धी विश्‍वव्यापी सिद्धान्त, नेपालले अंगालेको क्याडर जजको मान्यता विरूद्द हुने

विज्ञप्तिमा उल्लेख गरेका छन्। ...... आमूल परिवर्तन गर्ने नाउँमा अदालतलाई प्रयोगको वस्तु वनाईन खोजिएकाले हामी न्याय सेवा न्याय समूहका सम्पूर्ण जनशक्तिको वृत्ति विकासमा अवरोध उत्पन्‍न हुन्छ।
मोदीले कोइरालालाई फोन गरेर भने- वार्ताद्वारा समस्या समाधान गर्नुहोस् (विज्ञप्तिको पूर्णपाठ)
नेपालको कैलाली जिल्लामा भएको घटना प्रति दुःख ब्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैलाई संयम अपनाउन र शान्ति कायम राख्न सबैसँग अनुरोध गरेका छन्। ..... प्रधानमन्त्री मोदीले शान्तिपूर्ण, सुरक्षित, स्थिर र उन्नत नेपाल हेर्ने भारतको एक मात्र चाहना रहेको बताउनु भयो। नेपालले उक्त कुरा देशको सामाजिक विविधता, श्रोत-साधन र असाधारण प्रतिभाबाट सम्भव हुने बताउनु भयो।
कैलालीमा मारिएका दुवै प्रहरी निरीक्षक कञ्चनपुरका
मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर घर भएका बलराम विष्ट र बेलौरी नगरपालिका–८ विद्यानगर घर भएका केशव बोहरा रहेको प्रहरीले जनाएको छ।
संविधान निर्माण नरोक्ने प्रमुख चार दलको निर्णय
आर्यघाटमा अत्याधुनिक मेसिनबाट शव दहन
‘मकैबारीमा पुर्‍याएर मारिए प्रहरी’
म घरमै बसेर बंगुरलाई चारो हाल्न जाँदै थिएँ। घर नजिकको खेतमा लाठी बोकेका आन्दोलनकारीले प्रहरीलाई लखेटेको देखेँ। प्रहरी भाग्दै थिए,आन्दोनकारी खेदाउँदै थिए। मेरो घरबाट १५-२० मिनेट टाढा झडप भएको ठाउँ हो। पर गोली चलेको आवाज पनि सुनिन्थ्यो। अश्रुग्यासको धुँवा पनि देखिन्थ्यो। ......... केही प्रहरी मकैबारीमा लुकिरहेका थिए। आन्दोलनकारीले प्रहरीलाई लखेटेको देखेपछि बच्चा लिएर घरभित्र पसेँ। अनि खाटमुनी लुकेर बस्यौ। प्रहरीले आफूलाई केही नगर्न आग्रह गरिरहेका थिए। केही समयपछि दुई जना प्रहरीको मकैबारीमा हत्या भएको रहेछ। प्रहरी आएर उनीहरूको लास लिएर गए। खेतमा प्रहरी ड्रेस फालिएको थियो। आन्दोलनकारी ‘गाउँ पसे प्रहरीको खुट्टा भाँच्छौ’ भन्दै थिए। प्रहरीले मृत्यु भएका साथी र खेतमा फालिएका युनिफर्म लिएर फर्किए। आन्दोलनकारी आफ्नो बाटो लागे।
गणेश र कृष्णको घोषणा, घलेको निरन्तरताको संकेत
‘सामाजिक संस्थामा धेरै मान्छे पद लिएर काम गर्दैनन् तर यी मेरा साथीहरू जहिले पनि पदीय जिम्मेवारीभन्दा माथि उठेर कार्य गरेको मैले पाएको छु,’ अध्यक्ष सिग्देलले भने। .... केसीले आफ्नो मात्र होइन शेष घलेको पनि उम्मेवारी दोहरिने संकेत गर्दै भने, ‘२ वर्षे कार्यकालमा वर्तमान अध्यक्ष शेष घलेले उदाहरणीय कार्य गर्नु भएको छ, केहि राम्रा कार्यहरु पूरा गर्न अझै बाँकी छ त्यसका लागि पनि घलेले अध्यक्ष दोहोर्‍याउनुपर्छ।’
बाबुराम भट्टराईले स्थिति भड्काएःदेउवा
म थारूहरूकै पक्षमा छु। थारूहरूकै हक हितका लागि लडिरहेको छु। कमैया मुक्ति र थारूहरूको अधिकारको लागि लडेको र भूमिहिन थारूहरूलाई १० कट्टा जग्गा मैले नै उपलब्ध गराएको हुँ म कसरी थारू विरोधी हुनसक्छु भन्दै उनले प्रश्न गरे। .... कैलालीका मान्छेहरूले काठमाडौं आउनु परो भने भारत भएर आउनु पर्ने बाध्यतालाई मैले २२ वटा पुल बनाएर नेपालसँग जोडेको छु,’ उनले भने‘ जिल्ला तोड्नुहुन्न भनेर त मैले पहिले नै भनेको हुँ जिल्ला तोड्दा के हुन्छ भनेर रूकुम, बागलुङ र पर्साको उदाहरणबाटै थाहा भयो।’


हिन्दुस्तान टाइम्सको समाचार गलतः प्रधानमन्त्री कार्यालय

‘५-१० जना व्यक्तिले कोठामा बसेर संविधान लाद्‌ने होइन’ भनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री सुशील कोइरालालाई भनेको

CK Lal Should Be Made Ambassador To America


Aishwarya: What A Comeback!

स्वायत्त काठमाण्डु प्रदेश

काष्ठमण्डप मंदिर बाट आएको नाम काठमाण्डु। नेवार हरुको मंदिर काष्ठमण्डप। आजको अवस्थामा एउटा Cosmopolitan City काठमाण्डु। बिहार को पटना मा Service Sector फस्टायर सारा बिहार लाई नै उचालेको छ पटना ले। काठमाण्डु सँग त्यो संभावना छ।

जिल्ला त गायब हुने हो। भने पछि उपत्यका समेटेर एउटा स्वायत्त काठमाण्डु प्रदेश बनाउनु पर्ने हुन्छ। दिल्ली ले राज्य को दर्जा पाउनु अगावै काठमाण्डु ले राज्यको दर्जा पाउन सक्छ।


शेर बहादुर देउबा स्वायत्त थरुहट प्रदेश को पक्ष मा?

शेर बहादुर देउबा ले आफुलाई स्वायत्त थरुहट प्रदेश को पक्ष मा उभ्याएको मैले सुन्दैछु। त्यो हो भने कुरै सकियो। समाधान नै त्यही हो। समस्या नै देउबा थिए। देउबा स्वायत्त थरुहट प्रदेश को पक्ष मा आए पछि केपी ओली झापा मोरंग बाट त्यसै बिलाउँछ, मुख मा हवा मिठाइ बिलाए जस्तै।



देउवाले भने–म थारुविरोधी होइन
थारुहरुका लागि सवैभन्दा बढी लड्ने आफैं भएको दाबी
टीकापुरमा हिंसा भड्केको अर्को दिन आफ्नै निवासमा पत्रकार सम्मेलन बोलाएका देउवाले आफुलाई थारु विरोधीका रुपमा चित्रण गरिएको भन्दै आपत्ति जनाए । .....

‘थारुहरुलाई मैले रौ पनि दिन्न भनेर चर्चा चलाइयो । यो भ्रामक छ । गलत छ । ’

उनले भने, ‘थारुहरुका लागि सवैभन्दा बढी लड्ने म हुँ । सुदुर पश्चिमलाई काठमाडौंसँग जोडने म हुँ । म कसरी थारु विरोधी भए ?’ ....... ‘म थारुहरुको पक्षमा लडन तयार छु ,

आबश्यक परे स्वायत्त अधिकार दिन तयार छु

’ उनले भने । ..... नेता देउवाले संवैधानिक समितिका सभापति डा.बाबुराम भट्टराईले आफ्नो मर्यादा मिचेको आरोप पनि लगाए । नेता देउवाले आफु जिल्ला टुक्राउने पक्षमा नरहेको बताए । ‘म हिजो पनि जिल्ला टुक्राउने पक्षमा थिइन । आज पनि छैन् । भोलि पनि हुँदैन ’ उनले भने ।
आन्दोलनलाई सहयोग माग्न मोर्चाका सभासदहरु भारत
सरकारी कार्यालयमा लेखियो मधेश सरकार
तमलोपा सभासद वृजेश कुमार गुप्ता, फोरमका सभासद अभिषेक प्रताप शाह तथा सदभावनाका सभासद नरसिंह चौधरी

भारतीय एमपी (विधायक) जगदम्बीका पाल

सँग भेटघाट गर्न सिद्र्धाथनगर गएका हुन् । उनीहरु मंगलबार दिउसो १२ बजे कृष्णनगर हुदै सिर्दाथनगरको नौगढ पुगेका हुन् । ...... भारतीय जनता पार्टीका नेता समेत रहेका पालसँग सभासदहरुले नौगढ स्थित होटल सत्कारमा बार्ता गरेको ..........

आमहडतालको एघारौ दिन आन्दोलनकारीहरुले सरकारी कार्यालय नियन्त्रणमा लिएका छन् ।

जिल्लाको कृष्णनगर स्थित आन्तरिक राजस्व कार्यालय, कृष्णनगर नगरपालिका, नेपाल विद्युत प्राधिकरण, बहादुरगञ्ज गाविस, शिवराज अस्पताल बहादुरगञ्जको कार्यालय नियन्त्रणमा लिई मधेश सरकार लेखिएको छ । सयौको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले विभिन्न स्थानमा मधेश सरकार प्रवेश क्षेत्र, मधेश सरकारमा यहालाई स्वागत छ भन्ने होर्डिङ्ग बोर्ड समेत झुण्डाएका छन् ।..... त्रासका कारण सरकारी कार्यालयहरुमा प्रमुख तथा कर्मचारी छैनन् । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु चरम अभाव छ ।

कृष्णनगर भन्सार तथा मर्यादपुर, चाकरचौडा छोटी भन्सार नाका ठप्प हुदा दैनिक ५० लाख राजस्व घाटा भइरहेको छ ।

उद्योग, कलकारखान, विद्यालय मुख्य तथा भित्री सडक पूर्ण रुपमा बन्द छन् ।

कैलाली का चार लाख थारु अपराधी होइनन्

दंगा को संभावना लाई मध्यनजर राखेर सुरक्षा कर्मी खटाइनु एउटा कुरा हो। तर त्यो केही दिनमा साम्य भइसक्ने स्थिति हो। सात जनाको मृत्यु को कुरा छ। २०,००० को भीड़ थियो। १७ अथवा २७ भन्दा बढ़ी ले गरेको हुन सक्दैन। ५-७ जनाले मात्र गरेको हुन सक्छ। एउटा सानो समुह को काम हो।

कैलाली का चार लाख थारु अपराधी होइनन्। राजनीतिक समाधान खोजेर तराई बंद को समाधान एक हप्ता अगाडि खोजिसकेको हुनुपर्ने सरकार ले टीकापुर घटना को नैतिक जिम्मेवारी लिनुपर्छ। बामदेव गौतम ले गृह मंत्री भएको ले राजीनामा गर्नु पर्छ। लोकतंत्र को संस्कार त्यसरी निर्माण हुन्छ। भारत मा रेल दुर्घटना हुँदा रेल मंत्री ले राजीनामा गर्छ।

घटना को छानबीन हुनुपर्छ। सकिन्छ भने अपराधी पत्ता लगाएर कारवाही गर्नु पर्छ। तर यसलाई माओबादी गृह युद्ध फर्केको किसिमले लिन मिल्दैन। त्यस गृह युद्ध ताका सुरक्षा कर्मीले ५,००० थारु मारेका थिए। स्वायत्त थरुहट प्रदेश को जायज माग को विरुद्ध सेना परिचालन गर्न मिल्दैन। त्यस बाटोमा गए यस चरीघैंटे गठबंधन सरकारले सारा मधेस मा जवाफ दिनु पर्ने छ।

हामी थारु सँग in solidarity छौं। स्वायत्त थरुहट प्रदेश को जायज माग हामी सबै को माग हो। यो आंदोलन को एक मात्र संभव गंतव्य विजय हो।



घैंटे प्रकरणमा बोले गगन थापा
मेरो कृयाकलाप कहिल्यै पनि कुनै पनि अपराधीलाई राजनीतिक संरक्षण दिनेमा थिएन, छैन र हुदैन । ...... जसरी सामाजिक कुरिति र छुवाछुतमा संलग्नलाइ पार्टी सदस्यता नदिने प्रावधान राखेजस्तै अपराधमा संलग्नलाइ पनि पार्टी सदस्यता दिनुहुदैन भन्ने मान्यता समेत राखेको थिए । ...... चरी र घैटे जन्माउन रहुर्काउनुमा हाम्रो राजनीति र यसमा संलग्नहरूको कुनै न कुनै रुपमा दोष भएकोलेम पनि आफूलाई यसकै हिस्सा ठान्छु र नैतिक रुपमा आफूलाई पनि जिम्मेवार ठान्दछु । ...... आज एउटा घटनावाट मेरो राजनीतिक आस्था, मेरो जीवनशैली, मेरा मुल्य मान्यता र मेरो विश्वास माथि गम्भिर प्रश्नउठाउने प्रयास गरिएको छ। ..... मेरो कुनै पनि अपराधमासंलग्न व्यक्तिसंग कुनै पनि कालखण्डमा अनैतिक र अस्वभाविक सम्बन्ध रहेको, कुनैपनि अपराधमा संलग्नलाइ मैले राजनीतिक संरक्षण दिएको, कुनै खालको गैह्रकानूनी काममा मेरो संलग्नता रहेको छ भन्ने कसैले प्रमाणित गर्छ भने त्यहि क्षण म यो राजनीतिक\सामाजिक जीवन नै छाड्न तयार छु । ...... मेरो कुरा प्रष्ट छ, घैटेहरूजस्तो वाट समाजलाइ मुक्त राख्नुपर्छ । घैटे र चरी बन्न र बनाउने कुरामा संलग्नता हुने,प्रोत्साहन गर्ने जोसुकै होस उ पनिकानूनको कठघरामा उभिनै पर्छ । यदिकुनै राजनीतिज्ञको उसंग संलग्नता छ र कुने गैरकानूनी कानमा संलग्न छ भने त्यो सहित प्रत्येक कुराको छानविनहुनुपर्छ, मेरो पनि हुनुपर्छ । सवै कुरा आम नागरिकको वीचमा आउनुपर्छ । अव यो विषय उठिसकेको छप्रत्येक कुरा टुङ्गोमा पुगोस । ............. त्यहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद भिमसेनदास प्रधान र स्थानीय जनतालेजे भनिरहनुभएको छ त्यस्तो हो भने त्यो अत्यन्त गम्भिर विषय हो । हो म त्यहिचासोले सत्य तथ्य बुझ्न अरु कोहिसंग होइन उनै भिमसेनदास प्रधानसंग राष्ट्रिय मानव अधिकार आयोग(NHRC) गएको थिए । यो घटनाको पृष्ठभुमिमा आयोग पनि जोडिएको,आयोगमा सुरक्षा मागेर निवेदन दिएको केहि दिनमा घटना घटेको भन्ने कुरासार्वजनिक भएको अवस्थामा न्याय माग्न होइन सत्य तथ्य बुझ्न

आयोग गएको हुं ।

१ बर्ष अगाडि दिनेश अधिकारी ‘चरी’ मारिदा होसवा युद्धको वेलामा दोरम्बामा विद्रोही मारिदा होस, शान्तिप्रकृया पछि शक्तिखोरमा लगेर रामहरी श्रेष्ठको हत्या हुदा होस वा हिरासतमा शिव पौडेलको हत्या हुँदा, डेकेन्द्र थापाको मुद्दामा होस वा नन्दप्रसाद अधिकारी लगायतद्वन्द्व पिडितको न्यायको लडाईमा, कानून विपरित भएका घटनामा प्रत्येक पटक मेरोचासो रहदै आएको छ र सार्वजनिक गर्दै पनि आएको छु । ......... ‘त्योइन्काउन्टर होइन, गैह्रन्यायीक हत्या हो । मृतक कुमार श्रेष्ठले राष्ट्रियमानव अधिकार आयोग(NHRC) मा जीवन रक्षाको लागि निवेदन दिएका थिए ।

NHRC ले प्रहरीलाई सोध्यो’ के तपाईहरू उसलाई खोजिराख्नु भएको छ? श्रावण २७ गतेप्रहरीले उत्तर पठायो ‘कुमार श्रेष्ठलाई हामीले खोजिराखेका छैनौं ।’

........... २७ गतेहामीले खोजेका छैनौ भनेर NHRC लाई जवाफ पठाउने प्रहरीले भाद्र ७ गते प्रहरीले भने; हामीले काठमाडौंको मस्ट वान्टेड सुचिमा रहेको गुण्डा नाइकेलाई इन्काउन्टरमा मार्‍यौं ।’ ....... कतै हामी गैह्रन्यायीक हत्याको डरलाग्दो अराजकतातर्फ त जादैछैनौं? यो कुराको सत्य तथ्य बुझ्ने निकाय NHRC मात्र थियो । NHRC संग सत्यतथ्य नबुझिकन म कुनै धारणा बनाउन चहान्नथिएँ र त्यसकोलागि NHRC को अध्यक्षसंग प्रत्यक्ष भेटेर मात्र बुझ्न सकिन्छ भनेर आयोगले जानकारी गराएपछी भिमसेन सर संग म आफै गएको हुं । ....... हामीसंगको भेटमा NHRC का अध्यक्षले माथिभिमसेन सरले भनेको जस्तै कुरा हामीलाई वताउनुभयो । यसको वास्तविकता जनताले थाहा पाउने कि नपाउने? ..... ’अपराधिक कृयाकलापमा संलग्न व्यक्तिलाई दल र नेताहरूले संरक्षण गर्छन, उनीहरूका कर्तुत ढाकछोप गर्छन र कारवाही गर्न दिदैनन, राजनीतिकसंरक्षणमा उनीहरू छुट्छन र जनतालाई दुःख दिन्छन । त्यसैले कारवाहीमा पुग्नप्रहरी वाध्य हुन्छ ।’ भन्ने नाममा हामी कानून विपरितका कार्य गर्न प्रहरीलाईप्रोत्साहन गर्ने? कि त्यस्ता राजनीतिज्ञ र त्यस्तो प्रवृत्तिलाई रोक्न संयन्त्र वनाउने? कानून बनाउने त्यसको प्रयोग गर्ने कि कानून सानुन जे सुकै होस हामीलाई परिणाम चाहियो भन्ने ? मेरो विचारमा हाम्रो यस्तो दोहोरो मापदण्ड सरासर गलत हो । गलत मात्र होइन, एउटा संक्रमणमा रहेको लोकतन्त्रको लागि डरलाग्दो रोग हो । समाजमा घैटे, चरीजस्ता अपराधी छन र यीनको हत्या गर्दा आममान्छे खुशी हुन्छन भन्ने कुरालाई आधार भनाएर नियोजित ढङ्गले हत्या भएको होभने त यो झन डरलाग्दो विषय हो । ........ समाजको यही मनोविज्ञान वुझेर प्रहरी संगठनभित्र लोकप्रियताका लागिगैह्रन्यायीक हत्याको शुरुवात भएको हो भने कुनै पनि सभ्य समाजले यसलाई स्वीकार्न सक्दैन र गर्नु हुँदैन । ...... गैह्रन्यायीक हत्या प्राय अपराधिक चरित्र भएका मानिएका व्यक्तिहरुप्रति लक्षित हुने गर्दछ । हाम्रो जस्तो सामाजिक परिवेश तथा संस्कारमा जहाँ न्यायीक प्रकृया प्रति जनताको विश्वास कम छ र प्रकृया भन्दा परिणामलाई महत्व दिइन्छ त्यहाँ यस्ता कार्यलाई सराहना गरिन्छ । ...... कानूनी प्रकृया विनाको भिजिलान्ते न्यायलाई समर्थन र प्रोत्साहन गर्नुकमजोर समाजिक चेतना मात्र हो । आधुनिक सभ्य समाजमा यस्तो भिजिलान्ते न्यायलेस्थान र प्रोत्साहन पाउनु हुदैन भन्ने म ठान्दछु । अलोकप्रिय हुने डरले यस्ता गैह्रन्यायीक हत्यामा मौन रहनु जनताप्रतिको विश्वासघात हो ।
टीकापुर प्रकरणः खाली भए थारु गाउँहरु
शंकास्पद गतिविधी गरेको देख्नासाथ सेनाले गोली हान्न सक्ने सन्देश हावासरी फैलिएसपछी टिकापुर र त्यस आसपासका थारु गाउँहरु खालि भएका छन् । ..... उमेर भएका हरु घर छाडेर भारतीय सिमानामा गएर बसेका छन् भने, वृद्ध,वृद्धा र वालबालीकाहरु त्रसित मुद्रामा समय विताउन बाध्य भएको ..... प्रशासनले अहिले टिकापुरमा अनिश्चतकालीन कफ्र्यु लगाइएको छ ..... थारुहरुका गाउँ पुरै खाली भएको छ । हिजो आन्दोलन भड्किएको टिकापुरको पशुहाट बजार र दुर्गौलीको दुर्गौली बजारका

अधिकांश घरमा ढोका लागेका छन् ।

उनिहरु कफ्र्यु तोडेर आन्दोलन आन्दोलन गर्ने भन्दा पनी कसरी बाँच्ने भन्नेतिर लागेको बताइएको छ । टिकापुर घटनाको चौतर्फि विरोध भएपछि थरुहट संघर्ष समितीले सो घटना दुःखदायी भएको बताएको छ ।
आन्दोलनको राजनीतिक समाधान खोज्नुपर्ने एमाओवादीको निश्कर्ष
वैद्य माअ‍ोवादी सेना परिचालनको विक्षमा
एकीकृत माओवादीले कैलालीको टीकापुरमा लगायतका आन्दोलनको राजनीतिक समाधान खोज्नुपर्ने निश्कर्ष निकालेको छ । ..... मंगलवार विहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको वैठकले थारु, मधेशी, मगर लगायतका समुदायको माग सम्बोधन गर्नुपर्ने निश्कर्ष पनि निकालेको छ । ...... हाल विभिन्न ठाँउमा उठेका आन्दोलनको राजनीतिक समाधान खोज्नुपर्छ, सेना परिचालन गर्न हुँदैन, यसले विषयलाई थप उत्तेजित बनाउँन सक्छ ।’ ...... ‘थारु, मधेशी, मगर लगायतका समुदायको माग सम्बोधन गर्नुपर्छ ।’ ...... प्रचण्डले विज्ञप्तीमा जनताको जाय माग सम्बोधन गर्नुको विकल्प नरहेको बताएका छन् । ‘संविधान निर्माणको ऐतिहासिक कार्यभार अन्तिम चरणमा पुगेको बेला कतिपय समुदायका भावनाहरु अझै समेटिएका छैनन् । त्यसका लागि जनतामा चिन्ता र पीडा देखा पर्नु स्वभाविक हो ’ विज्ञप्तीमा छ,

‘जनताका जायज चिन्ता र मागलाई सम्बोधन गरेर नै यस प्रकारका दुःखद् घटनालाई रोक्न सकिन्छ ।

......... ‘शान्तिपूर्ण रुपमा भएका जनविरोध र जनप्रदर्शनजस्ता कार्यक्रमबाट समेत उत्तेजित भई कैलाली लगायतका जिल्लाहरूलाई दङ्गाग्रस्त क्षेत्र घोषित गरी कर्फयु लगाउने र ती ठाउँहरूमा सेना परिचालन गर्ने निर्देशन दिइएको छ । यो जनअधिकारलाई कुल्चने तथा जनतामाथि दमन अभियान चलाउने निर्लज्ज तानाशाही कदम हो र हामी यसको तीव्र भण्डाफोर तथा भत्र्सना गर्दछौं । ’ विज्ञप्तीमा छ, ‘यो राजनीतिक समस्या हो । तसर्थ, सेना परिचालन होइन, संविधानसभा–२ मार्फत संविधान बनाउने प्रक्रियालाई तुरुन्त रोकी संविधानसभाभित्र तथा बाहिरका राजनीतिक दल र सम्बन्धित सबै सरोकारवाला आन्दोलनरत शक्तिहरूसित अविलम्ब संवाद थाल्न तथा संवादबाटै समस्याको राजनीतिक समाधान खोज्नका लागि हाम्रो पार्टी सरकार र सम्बन्धित सबै राजनीतिक दलहरूसित विशेष अनुरोध तथा आह्वान गर्दछ ।’