Pages

Tuesday, January 27, 2015

Vibrant Federalism In Nepal Is Also About Tibet

English: The Fourth Dalai Lama, Yonten Gyatso
English: The Fourth Dalai Lama, Yonten Gyatso (Photo credit: Wikipedia)
English: The Tenth Dalai Lama, Tsultrim Gyatso
English: The Tenth Dalai Lama, Tsultrim Gyatso (Photo credit: Wikipedia)
English: Potala Palace, Lhasa, Tibet
English: Potala Palace, Lhasa, Tibet (Photo credit: Wikipedia)
Vibrant federalism in Nepal is not just about Nepal, it is also about Tibet. Tibet has been an integral part of South Asia for as long as anyone can remember. And China's efforts to link Lhasa to Lumbini and Lhasa to Sikkim by railway is commendable.

Noone is arguing for Tibet as a separate country. But there can be no compromise on human rights, there can be no compromise on religious freedom. Tibetans deserve democracy just as much as anyone else.

The Chinese Communist Party has lifted more people out of poverty than any other political party in the history of humanity, and there are lessons there for India, for Africa and other parts of the world. And I don't see the political system in America as all good, and the political system in China as all bad. The democracy in America itself is a work in progress, always will be. I like to say America can learn campaign finance reform from China. But then China can also learn political pluralism from America. China can learn free speech.

I look forward to a day when Taiwan is truly integrated into China, in a China that is a democracy like Taiwan, and where Taiwan and Tibet are states inside a federal China like Gujrat and Arunachal Pradesh are states in India.

Madhesh is where the Buddha was born. And Tibet is where his teachings flourished like no place else. So the Madhesh feels strongly about the plight of Tibetans and their right to religious freedom. And, yes, the Dalai Lama has a right to visit Tibet. China should spot demonizing the Dalai Lama who is a delightful presence on this planet.

I want China to do well. I would like to see China go back to double digit growth rates. It is my determination that now the only way China can go back to double digit growth rates is if it engages in fundamental political reform. You can not give birth to the industries of tomorrow if you do not celebrate free speech, pure and simple. A China that has polluted itself beyond recognition should seek to take the lead on clean energy industries. I hope it does that. So it is not like I don't want the best for China. I do. But China for too long has thought it can ill treat Tibetans and get away with it. That can not stand.

Hulaki Rajmarg

मधेस राज्य गठन भएको ५ बर्ष भित्र मधेस राज्य सरकारले हुलाकी राजमार्ग बनाइ सक्छ। भारत सरकारसँग सीधा संपर्क हुन्छ त्यस बारे। र महेन्द्र राजमार्गको नाम बदलेर त्यसलाई गजेन्द्र राजमार्ग नामाकरण गर्छ। अनि त्यो गजेन्द्र राजमार्ग र हुलाकी राजमार्गको मध्य भाग तिरबाट एउटा पुर्व पश्चिम रेल मार्गको निर्माण हुन्छ। त्यस रेल मार्गको नाम राजा जनक या गौतम बुद्धको नाममा राख्नु उपयुक्त हुन्छ।


















Saturday, January 24, 2015

Federalist Forces

Padma Ratna Tuladhar

Baburam Bhattarai Speech

प्रक्रिया नमानेको कसले हो?



नेपालमा जो चोर उसको ठुलो स्वर भइराखेको छ। जसले प्रक्रिया मानेको छैन त्यसले अर्को पक्षले प्रक्रिया नमानेको आरोप लगाइराखेको छ।

प्रक्रिया के हो? दुई तिहाई दुई तिहाई भन्नेहरुले दुई तिहाई के हो भन्ने नबुझेको देखियो।

दुई तिहाई होइन चार चौथाई कै आधारमा पनि यो सभाले देशमा वाक स्वतंत्रता खोस्न पाउँदैन। भने पछि त्यस्ता मुद्दा पनि रैछन जहाँ दुई तिहाई र चार चौथाईंको मतलब भएन। त्यस्ता मुद्दा के के हुन?

देशमा राजतन्त्र राख्ने कि नराख्ने भन्ने विषयमा यस सभाले कहिले कुनै छलफल गरेन। किन होला? किनभने देश गणतन्त्रमा जाने निर्णय २००६ को अप्रिल क्रांतिले गरिसकेको हुनाले। यो संविधान सभा पैदा गरेकै त्यो क्रांतिले हो। त्यो क्रांति माथि, यो संविधान सभा तल। २००६ अप्रिल क्रांतिको स्पिरिटलाई नमान्ने भन्ने option यो सभासँग छैन। त्यो प्रक्रिया हो। प्रक्रियामा जाने भनेको त्यो हो। अहिले आएर कसैले राजतन्त्रबारे छलफल गरौं भनेर भन्छ भने त्यसले प्रक्रिया मिच्न खोजेको भन्ने आरोप लाग्छ।

यस संविधान सभाको जननी मधेसी क्रांति पनि हो। संघीयता स्थापित गरेको मधेसी क्रांतिले नै हो। चाहेर पनि, इच्छा हुँदा हुँदै पनि कसैले पनि ठाडै संघीयताको विरोध गर्न नसकेको कारण त्यो हो। क्रांतिको आज्ञा कसरी नमान्ने?



२००६ को अप्रिल क्रांति र मधेसी क्रांतिले पैदा गरेको यो संविधान सभा। मधेसी क्रांतिले संविधानमा "स्वायत्त मधेश प्रदेश" लेखिसकेको हो। गणतंत्र पनि लेखि सकियो, धर्म निरपेक्षता पनि लेखि सकियो, लोकतंत्र पनि लेखि सकियो, संघीयता पनि लेखि सकियो, आत्म निर्णयको अधिकार पनि लेखि सकियो, "स्वायत्त मधेश प्रदेश" पनि लेखि सकियो। दुई तिहाईको बलमा "स्वायत्त मधेश प्रदेश" खोस्छु भन्नेहरुले दुई तिहाईको बलमा गणतंत्र, धर्म निरपेक्षता, र लोकतंत्र पनि खोस्ने प्रयास गरेर देखाउनु पर्यो।

स्वायत्त भनेको आत्म निर्णयको अधिकार हो। आत्म निर्णयको अधिकार बिनाको संघीयता भनेको वाक स्वतंत्रता बिनाको लोकतंत्र जस्तो: तातो न सारहो। मधेश प्रदेश भनेको झापाबाट चितवन समेट्दै कञ्चनपुरसम्म हो। त्यो संविधानमा लेखिसकेको कुरा। संविधानमा लेखि नसकिएको कुरामा बार्गेनिंग हुन्छ, लेखि सकेको कुरामा केको बार्गेनिंग हुन्छ?

यो संविधान सभाले २००६ को अप्रिल क्रांति र मधेसी क्रांतिको आज्ञालाई संस्थागत गर्ने मात्र हो। प्रक्रिया भनेको त्यो हो।

४३ लाख मधेसीलाई भोटर लिस्टबाट फालेर, चुनावमा नेपाल सेनाका मार्फत धाँधली गरेर निष्पक्ष चुनावमा साधारण बहुमत नल्याउने दुई पार्टीले दुई तिहाई ल्याएको अवस्था छ। त्यस दुई तिहाईको कुरामा पनि प्रक्रिया मानेका छैनन्। नेपाली काँग्रेसको आधिकारिक पार्टीगत अडान भनेको मधेसमा तीन प्रदेश हो। तर त्यो अडानलाई त्यस पार्टीका नेताले मिचेका छन। यानि कि आफ्नै पार्टीको आधिकारिक कुरा सुशील कोइरालाले मानेको छैन। प्रक्रिया नमानेको सुशीलले हो। तर त्यस पार्टीका ५० भन्दा बढ़ी मधेसी सांसदले प्रक्रिया मिचेर ल्याएको सात प्रदेशको नक्शाको विरोध गरेका छन। त्यस्तै एमालेका १५ थारु सांसदले त्यस नक्शाको विरोध गरेका छन। भने पछि त्यो नक्शासँग दुई तिहाई छैन त। यो साधारण संसद हो र व्हिप जारी हुने? यो त संविधान सभा हो। यसमा व्हिप जारी हुँदैन। बरु सुशील पार्टी सभापति हुँदा हुँदै पार्टीको आधिकारिक अडान लत्याएको आरोपमा काँग्रेसले महाधिवेशन डाकेर सुशीललाई impeach गर्ने हो। प्रक्रिया त्यो हो।

आफ्नो पार्टीको प्रक्रिया मिचेर कहिले ५ प्रदेश त कहिले ४ प्रदेश भन्दै हिंड्ने केपी ओलीलाई त impeach गरेर पुग्दैन, घोक्रेठयाक लगाएर युपी बिहार तिर पुर्याउनु पर्छ।




Sunday, January 18, 2015

मंडले/कमण्डले, कंस सिटौला, वामे/प्रतिगामे

कमल थापाले २००६ को अप्रिल क्रांतिका दौरान १९ जना शहीद पैदा गरेको हो।

कंस सिटौलाले मधेसी क्रांतिका दौरान लगभग ५० शहीद पैदा गरेको हो।  लोकतान्त्रिक क्रांतिभन्दा संघीयताको क्रांति अझ गार्हो, अझ जटिल भन्ने कुरा त्यसैबाट थाहा हुन्छ। मधेशकालागि पंचायत व्यवस्था अर्थात राजाको तानाशाही र नेपाली काँग्रेसको जातीय तानाशाहीमा केही फरक देखिएन।

देशमा कुनै क्रांति भइ नसक्दा नै वामेले दुई शहीद पैदा गरिसकेको अवस्था छ।

मंडले/कमण्डले, कंस सिटौला, वामे/प्रतिगामे --- सब एकै डयांगका मुला हुन। अब हुने क्रांतिले ती सबैलाई बढ़ारेर फाल्ने हो।






Thursday, January 15, 2015

सड़क सुनसान हुने क्रांति

२००६ को अप्रिल क्रांति सड़क भर्ने क्रांति थियो। अब हुने क्रांति सड़क सुनसान हुने क्रांति हुन्छ।
















समझौता विहीन क्रान्तिको निष्कर्ष


  • वर्तमान सरकारको विघटन 
  • संविधान सभाको विघटन 
  • पदम् रत्न तुलाधरको नेतृत्वमा नया अंतरिम सरकारको निर्माण 
  • त्यस अंतरिम सरकारमा क्रांतिकारी शक्तिहरुको मात्र सहभागिता 
  • अंतरिम सरकारको नेतृत्वमा एक वर्षभित्रमा दुई वर्ष म्याद भएको संविधान सभाको निष्पक्ष निर्वाचन 
  • त्यो निर्वाचन अगाडि सबै नेपालीलाई मतदाता नामावलीमा समावेश गर्ने, सबैलाई (बाँकी रहेका ४३ लाख) नागरिकता पत्र वितरण 
  • निष्पक्ष र समावेशी निर्वाचनकालागि अंतरिम संविधानमा आवश्यक संसोधन क्रांतिकारी सरकारले गर्ने 
  • क्रांतिका दौरान शांतिपूर्ण ढंगले क्रांतिमा उतरेका क्रांतिकारीमाथि यदि दमन भएमा अंतरिम सरकारले नेपाल प्रहरीका पदाधिकारी र अहिलेको गृह मन्त्रीलाई कारवाही गर्ने ----- क्रांति अंतरिम संविधान द्वारा प्रदान मानव अधिकारको दायरा भित्र हुँदैछ --- मानव अधिकार हनन गर्ने, शांतिपूर्ण क्रांतिमाथि दमन गर्ने अधिकार नेपाल प्रहरीलाई छैन, गृह मन्त्रीलाई छैन। खबरदार। सेनाको यदि परिचालन गरिन्छ भने अहिले सत्तामा बसेकालाई हेग पुर्याउने। 
  • संविधान सभाबाट बन्ने सरकारले नेपाल सेनाको रिस्ट्रक्चरिंग, लोकतांत्रिकरण र समावेशीकरणको काम शुरू गर्ने, सिविलियन सुप्रीमसी स्थापित गर्ने 
समझौता विहीन क्रान्ति भनेको यो सरकार र यो संविधान सभाको विगठनको घोषणा नभएसम्म र नया अंतरिम सरकारको घोषणा नभएसम्म पुरा देश ठप्प रहने हो। लक्ष्य एक जना पनि शहीद पैदा नगर्नु हो। मानव अधिकार स्थापित भइसकेको देशमा क्रांति गर्दा शहीद पैदा हुँदैन। 


नेपाल एकीकरण गरेको राजा जनकले हो

नेपाल एकीकरण कसले गर्यो भनेर अहिले नेपालमा ठुलो वादविवादको आँधीबेहरी आएको छ। पृथ्वी नारायण शाह त हुँदै होइन। उपेन्द्र यादव भन्छन यो नेपाल देश स्थापना गरेको त हामी यादवहरुले हो। त्यति बेलाको गोपालवंशी भनेको अहिलेको यादवहरु नै हो। लालु यादवले भैंस चराएको त्यो गोपालवंशी भएर नै हो। बाबा रामदेव पनि गोपालवंशी नै हो, योगको बलले सिक्स पैक आर्जन गरेको योगी। पृथ्वी नारायण त भर्खर केही सय वर्ष अगाडि पैदा भएको मान्छे। भारतबाट भागेर आएको भगौड़ा। चक्कु चलाउने मान्छे।

तर उपेन्द्र यादवको कुरा पनि सही होइन। त्यो गोपालवंशको उदय हुनुभन्दा धेरै पहिले राजा जनकले हिमालय देखि गंगा सम्म राज गरेका थिए। त्यस भुभागको छ भागको एक भाग पनि पृथ्वीले हात पार्न सकेका थिएनन्। र राजा जनक र पृथ्वीमा आकाश पातालको फरक थियो। कहाँ राजा जनक स्कॉलर किंग कहाँ पृथ्वी चक्कु चलाउने मान्छे। तुलनै छैन।

नेपाल एकीकरण गरेको राजा जनकले हो। मधेसीले त्यसैले काठमाण्डुमाथि शाषण गर्नुपर्छ।


वामे, प्रतिगामे, झाले, नाले, माले, मंडले, कमण्डले



एक जमानाको नंबर एक मण्डले कमल थापा अहिले कमण्डले बन्ने प्रयासमा छ। त्यो पापी मान्छेले जति पटक हिन्दु धर्मको कुरा गर्छ देशको राजनीति त्यति बढ़ी गन्हाउँछ। पापी मानिसले हिन्दु धर्मको कुरै नगर्ने हो। राजतन्त्रको बरु कुरा गर। राजतंत्र फर्काउने अभियानमा लागेको भन। हिन्दु धर्मको कुरा नगर।

वामे, प्रतिगामे, झाले, नाले, माले, मंडले, कमण्डले सब एकै हुन।


नेकपा (एभाले)

आमा वा बाबु र आमा र बाबुको विवादमा अति नै गलत अडान लिइरहेको एमालेका टाउकेहरुको टाउकोमा कुभिन्डो फलेको हो?


सांस्कृतिक विविधताको धन र अमेज़न जंगलको जैविक विविधताको धन

राजनीतिमा समावेशी समावेशी जुन भनिन्छ त्यसको गहन महत्व छ। नेपालको जल सम्पदा धन हो। मोदीले त भनेका छन, त्यस जल सम्पदा मात्रले पनि नेपाललाई First World Country बनाइदिन सक्छ। सही कुरा। नेपालमा रहेको जैविक विविधता पनि त्यस्तै धन हो। बिल गेट्स भन्छन, यदि उनले आज शुरू गर्ने हो भने उनले सॉफ्टवेयर कम्पनी शुरू नगर्ने, बायोटेक कम्पनी शुरू गर्ने।

नेपालको जल सम्पदालाई ब्राज़ीलको जल सम्पदासँग तुलना गरिन्छ। अर्को तुलना गर्नेपर्ने जैविक विविधताको रुपमा रहेको सम्पदा पनि हो। ब्राज़िलको अमेज़न जंगल भनेको जैविक विविधतामा नंबर वन। त्यो जंगल फँडानी गरेर खेतिपाती गरेर पैसा कमाउनु भन्दा त्यो जंगल कायम राखेर त्यस बाट बायोटेक कम्पनीहरु शुरू गर्नु आर्थिक फाइदाको हिसाबले आकाश पातालको फरक। सिन्धुलीमा धान खेती गरेर बढ़ी पैसा कमाउन सकिन्छ कि त्यहाँ सॉफ्टवेयरको हब बनाएर बढ़ी पैसा आउने हो? तुलनै छैन। सॉफ्टवेयर हबले तिर्ने टैक्स मात्रको हिसाब गर्ने हो भने हजार, दस हजार गुणाको फरक पर्छ।

नेपालमा जल सम्पदाको विकास त हुनुपर्छ तर जैविक विविधता मास्ने किसिमले होइन। नेपालको जैविक विविधताले भोलि नेपालमा एउटा ठुलो बायोटेक इंडस्ट्री खड़ा गर्ने हो। त्यसको संभावना ख़तम पार्नु मुर्खता हुनेछ।

नेपालमा रहेको सांस्कृतिक विविधताको पनि नेपालमा रहेको जैविक विविधता जस्तै आर्थिक महत्त्व छ। नेपालभित्र सबैभन्दा धनी संस्कृतिहरु मध्येका नेवारी र मैथिलि संस्कृति पर्दछन्। ५०० वर्षअगाडि एउटा समय थियो जति बेला काठमाण्डुमा मल्ल राजाको दरबारमा दरबारको औपचारिक भाषा नै मैथिलि थियो। अहिलेका शासकले सप्तरीमा सुद्धा सरकारी कामकाजको भाषा मैथिली हुन दिएका छैनन्। र त्यो मैथिली संस्कृति थिचोमिचो गर्ने व्यवस्थाको संस्थापक पृथ्वी नारायण शाह हो, त्यसको आधुनिक संस्थापक महेन्द्र शाह हो। त्यो पृथ्वीलाई राष्ट्रनिर्माता भन्दिने, त्यो महेन्द्रलाई राष्ट्रीयताको प्रतीक मानने जति सबैलाई शंकाको दृष्टिले हेर्नु पर्ने हुन्छ।

इतिहासमा त्यस्ता शासक पनि देखिए जिनले नालंदाको पुस्तकालय जलाए, अलेक्सांद्रियाको पुस्तकालय जलाए। पृथ्वी नारायण त्यस केटेगरीका मानिस हुन। नाक कान काट्दै हिँड्ने मान्छे। Barbaric मान्छे। सामन्ती मान्छे। उसले भनेको "चार जात छत्तीस वर्ण" मा गैर हिंदुकालागि ठाउँ छैन। त्यो आधुनिक नेपालको हविगत हुन सक्दैन। महेंद्र त्यसै पृथ्वीका सन्तान हुन। वामे त्यो महेन्द्रको पुजा आज गर्छ। सामन्तीको पुजा गर्ने मान्छे पनि कम्युनिष्ट हुन्छ?

सांस्कृतिक विविधताको धन र अमेज़न जंगलको जैविक विविधताको धन बीचको सम्बन्ध नबुझ्नेले नेपालको संघीयताको बहसमा कुनै योगदान पुर्याउन सक्दैन।


नभएको दुई तिहाई

काँग्रेस र एमालेसँग संविधान सभाभित्र दुई तिहाई नभएको अवस्थामा हामी दुई तिहाईको बलमा संविधान ल्याउँछौं भनेर सुगा रट गर्ने जुन व्यवहार छ त्यो उदेकलाग्दो छ। काँग्रेसका ५० भन्दा बढ़ी मधेसी सांसद, एमालेका १५ बढ़ी थारु सांसदले स्पष्ट मत प्रकट गरेका छन ---- दुई पार्टीका टाउकेहरुको सात प्रदेशको जुन अवैज्ञानिक नक्शा छ त्यो हामी कुनै हालतमा मान्दैनौं भनेर पटक पटक भनेका छन। यो संसद हो र? यो त सम्विधान सभा हो। यसमा व्हिप लाग्दैन। प्रत्येक सभासद्ले विवेक प्रयोग गर्ने हो।

सहमतिमा जान्न, दुई तिहाईमा जान्छु भन्ने सुशील र केपीले त्यो दुई तिहाई देखाउने हो। सहमति पनि नगर्ने, दुई तिहाई पनि देखाउन नसक्ने, अनि माघ ८ माघ ८ भन्दै बस्ने?

पहिलो पटक प्रधान मंत्री हुँदा गिरिजाले बजट पास गराउन नसक्दा मध्यावधिमा गा जस्तो माघ ८ भित्र सम्विधान दिन्छु भनेर वाचा गरेको सुशील र केपीले माघ ८ भित्र संविधान दिन नसकेको अवस्थामा राजीनामा दिएर संविधान सभाको नया निर्वाचन गराउने बेला आउन लागेको छ।

नभएको दुई तिहाईको धाक नलगाउने हो।