Saturday, August 21, 2021

"एमाले सिसाको घरझैं फुट्दैछ"

यस्तो छ ठाकुरको लोसपाका ३१ सदस्सीय केन्द्रिय कार्यकारिणी समिति  


पार्टी जीवनकै ठूलो संकटमा एमाले नेकपा (एकीकृत समाजवादी) ....... एमालेबाट ५८ केन्द्रीय सदस्य अलग हुँदै माधव नेपालको नेतृत्वमा ११५ सदस्यीय केन्द्रीय कमिटी रहेको दल आयोगमा दर्ता भएको छ । दर्ता प्रक्रियामा रहेको नयाँ दलको संगठन, सिद्धान्त र राष्ट्रिय राजनीतिक भूमिका तय गर्ने दौडधुपमा नेता नेपाल लागिपरेका छन् । नयाँ बानेश्वरस्थित एक पब्लिकेशनमा नयाँ पार्टीको संरचना बनाउन नेपाल निकट नेताहरू सक्रिय छन् । ‘पार्टी दर्ता गराउने प्रयोजनका निम्ति प्रारम्भिक केन्द्रीय कमिटी बने पनि पूर्णता दिन सकिएको छैन । केही दिन संगठन, कार्यक्रम जस्ता काम हुन्छ’, खतिवडा भन्छन् । ...... २०५४ पछिको यो दोस्रो ठूलो विभाजन हो । हुन त २०६९ मा तत्कालीन उपाध्यक्ष अशोक राईको नेतृत्वमा पनि एमाले विभाजित भयो । २०७० को निर्वाचनमा यो विभाजनले असर गरे पनि २०५४ को विभाजन जतिको असर परेन । ‘यसपटकको विभाजन चाहिं एमाले पार्टी जीवनकै ठूलो छ । किनभने यसपटक एमाले दुई टुक्रा मात्रै भएको छैन’, पुराना नेता प्रदीप नेपाल भन्छन् । ........ हुन पनि वैधानिक हिसाबले एमाले दुई वटा भए पनि राजनीतिक रूपमा चार भन्दा बढी टुक्रा बनेको छ । अहिले चार वटै समूह पूरा सामर्थ्यका साथ एकअर्काेलाई परास्त गर्ने गरी सक्रिय छन् । ‘एमाले अहिले जतिको संकटमा कहिल्यै परेको थिएन । तर नेतृत्वको अकर्मण्यताका कारण नसोचेको परिस्थिति आइलाग्यो’, प्रदीप नेपाल भन्छन् । ....... माधव नेपालले अलग पार्टी दर्ता गरेपछि उनलाई साथ दिंदै आएकाे प्रभावशाली पंक्ति अलग बन्यो । तीन उपाध्यक्ष (युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल), एक उपमहासचिव (घनश्याम भूसाल), तीन सचिव (गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई), स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र रघुजी पन्त नयाँ पार्टीमा गएनन् । उनीहरु ओली नेतृत्वको कमिटीमा पनि गएका छैनन् । अर्का उपाध्यक्ष वामदेव गौतमले १४ माघदेखि आफ्नै नेतृत्वमा अलग्गै संगठन चलाउँदै आएका थिए । ......... माधव नेपालको निजी सचिवालयमा काम गरेका यादव शर्मा बागमतीको प्रदेश प्रमुखमा सिफारिश हुनुले पनि देउवा र प्रचण्डसँग सत्ता साझेदारीबारे सम्वाद भएको तथ्य लुकेन । ......... ‘पहिले एमाले एकता र पछि वाम एकतालाई जोड दिने हो । हाम्रो प्रयास त्यही हुन्छ’, गौतम निकट नेता हरि पराजुली भन्छन् । गौतमले भने बैठकलाई सम्बोधन गर्दै माधव नेतृत्वको बैठकमा गएर आफूलाई एकताको जिम्मा दिन प्रस्ताव गर्ने बताएका थिए । ......... कांग्रेस, माओवादी र बाहिरी शक्ति विभाजन गराउन उद्यत छन्, त्यो हामी रोक्छौं’, एक नेता भन्छन् । ..........  ‘यी त देखिने गतिविधि भए । कतै नखुलेको र म जस्तै चुपचाप हेरिरहेका कैयौं नेता–कार्यकर्ता रनभुल्लमा छन्’ प्रदीप नेपाल भन्छन्, ‘पार्टी मार्क्सवादी हुन सकेन । ठूलो बलिदानबाट बनेको पार्टी सिध्याउन नेताहरु लागिपरे ।’ ............ एमालेले अहिले खेपिरहेको संकट ‘मुटुमाथि ढुंगा राखी हाँस्नु…’ जस्तै रहेको अखिलका पूर्वअध्यक्ष ठाकुर गैरे बताउँछन् । ‘२०५४ सालको विभाजनकै कारण एमाले पहिलो दल बन्न २० वर्ष कुर्नुपरेको थियो । तर नेताहरुले यतातिर नसोच्दा पार्टी टुक्रा–टुक्रा हुन पुग्यो’, उनी भन्छन् । .............. २०५६ को शर्मनाक पराजय पछि एकता भयो । २०६९ मा अशोक राईले संविधानका अन्तर्वस्तु माथि असहमति जनाएर विभाजन गरेका थिए । ‘त्यसबेला पार्टी दुई समूहमा विभाजित भयो । तर अहिले त समूहभित्र पनि उपसमूह छ, एमाले सिसाको घरझैं फुट्दैछ’, नेता गेरै भन्छन् । .......... ‘राष्ट्रपति विद्यादेवी भण्डारी र केपी ओली समूह छँदैछ । अझ माओवादी छोडेर आएका नेताहरुसँग मन मिल्न सकेको छैन’, एमालेका एक नेता भन्छन् । अध्यक्ष ओली र राष्ट्रपति भण्डारी समूह बीचको बेमेल त देखिनेगरी प्रकट हुने गरेको छ । ........... ‘नेताहरुले अझै गम्भीर भएर नसोच्ने हो भने एमाले चार वटा मात्रै होइन, त्योभन्दा बढी हुन सक्छ’, ओली निकट ती नेता भन्छन् । ........ २०७४ को निर्वाचनमा ७५३ मध्ये २९४ स्थानीय तह जितेको, सात मध्ये ६ प्रदेश र संघ (राष्ट्रियसभा र प्रतिनिधिसभा) को सबैभन्दा ठूलो दल एमाले अहिलेको दुर्गतिमा आइपुग्नुको कारण भने नेतृत्व नै रहेको नेताहरू बताउँछन् । ‘पार्टी एकताबद्ध बनाएर लैजाने भूमिका पार्टी अध्यक्षले देखाउनुपर्ने हो । कसैसँग प्रतिस्पर्धा गर्ने होइन । अनि लामो समय पार्टी नेतृत्व गरेका माधव नेपालले पनि एमाले जोगाउनेबारे सोच्नुपर्थ्याे’, प्रदीप नेपाल भन्छन् । ......... नेकपाभित्रको शक्ति समीकरण बदलिंदै प्रचण्ड र माधव नेपाल मिल्न पुगे । पार्टीभित्र अल्पमतमा परेपछि ओलीले असंवैधानिक कदम चाल्दै संसद् विघटन गरे । उक्त संसद् विघटनको निर्णय पछि अलग हुन पुगेका ओली र नेपाल अन्ततः अलग–अलग पार्टीका अध्यक्ष बन्न पुगेका छन् । 

माओवादीसँग एकता नगरेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो : राजेन्द्र पाण्डे ‘माओवादीसँग एकता भएर नेकपा नबनेको भए एमाले ५० सिटमा खुम्चन्थ्यो,’ उनले भने, ‘माओवादीसँगको एकतापश्चात मात्र प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकसहित १२१ सिट जित्न सफल भएका हौं ।‘ नेता पाण्डेले भने, ‘पार्टी एकताबाट नै थप शक्तिशाली बनेको तथ्य ओलीले कहिल्यै महसुस गरेनन् ।’

सभापतिको उम्मेद्वारीबाट पछि हट्दिन : प्रकाशमान नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेतृत्व गलत भएपछि इतिहास बोकेको पार्टी पनि कमजोर हुने बताउँदै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफैं बञ्चरो प्रहार गरेसरह हुने टिप्पणी गरे । ....... उनले कम्युनिष्टहरुले कांग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए

नेपाली साहित्यमा रोयल्टी : कतिले मृत्युपछि पनि पाइरहे, कति जीवित छँदै ठगिए  नेपाली साहित्यमा सर्वाधिक बिक्री रेकर्ड बनाएको ‘मुनामदन’ तथा अन्य पुस्तकका लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको मृत्यु भएको ५० वर्षसम्म उनको परिवारले रोयल्टी पाइरहे ।  ....... विश्वेश्वरप्रसाद कोइरालाका पुस्तकको रोयल्टी ‘जननायक बीपी कोइराला मेमोरियल  ट्रष्ट’मा जाने गर्दछ । ...... अघिल्लो साता लेखक नीलम कार्की निहारिकाले अनलाइनखबरको अन्तर्वार्तामा आफ्ना कृतिहरूको वाषिर्क कमाइ नेपालको शाखा अधिकृतसरह रहेको बताएकी थिइन् । ........ अघिल्लो महीना विवेकशील साझा पार्टीका नेता एवं लेखक रवीन्द्र मिश्रले पनि  उनको ‘राजनीतिसँगै राजकाज’ पुस्तकबाट सुरुमा १० लाख र दोस्रो पटक २ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको जानकारी सामाजिक सञ्जालबाट दिएका थिए । मिश्रले उक्त रकमको कर चुक्ता गरेको पनि सार्वजनिक गरेका छन् । ........... फाइनप्रन्ट, बुकहिल, नेपालय, फिनिक्स, किताब पब्लिसर्स, रत्न पुस्तक भण्डार लगायत प्रकाशकहरूले केही लेखकलाई नियमित रोयल्टी दिने गरेको पाइयो । कुमार नगरकोटी, बुद्धिसागर, नारायण वाग्ले, सुविन भट्टराई, नीलम कार्की निहारिका, कृष्ण धरावासी, नयनराज पाण्डे, नारायण ढकाल, खगेन्द्र संग्रौला, रवीन्द्र मिश्र लगायत लेखकले मासिक तलब जसरी नै रोयल्टी पाउने गरेका छन् ।  ......... "भन्दा अघि अध्यक्ष भएका डोलेन्द्रप्रसाद शर्मा र उनीअघिकी अध्यक्ष ममता झाले साझा प्रकाशनको जग्गासमेत बैंकमा राखेर पैसा झिकेका रहेछन् । जेजति सम्पत्ति थियो सबै उनीहरूले आफ्नो हितमा प्रयोग गरे ।.............  ०७७ माघदेखि म अध्यक्ष बनेको हुँ । अहिले सम्पूर्ण रूपले साझा ऋणमा छ । ७७ जना कर्मचारीलाई पोहोर असारदेखि तलब खुवाउन सकेको छैन । म आएपछि पछिल्ला १० वर्षको लेखा परीक्षण गर्न र प्रत्येक सम्पत्तिको विवरण राख्न थालिएको छ । यस्तो विकराल अवस्थामा रोयल्टी दिने कुरा सोच्नसम्म सकिंदैन । कहाँबाट पैसा ल्याएर कसलाई रोयल्टी दिने ?" 

‘प्रचण्डले अब सक्दैनन्, हटाउनुपर्छ भन्ने त छैन नि !’ एकले अर्काे सिध्याउने गरी लड्नुपर्छ भन्ने छैन, संयुक्त मोर्चा बनाएर सत्ता गठबन्धन गर्न सकिन्छ : पुन



गैरआवासीयको कमाइ विविधीकरण गर्न जन्मभूमि नै सुरक्षित सन् १९९१ मा सोभियत संघ ‘कोल्याप्स’ भयो । रुसले राज्य नियन्त्रित अर्थ व्यवस्थालाई त्यागेर उनीहरू खुला बजार अर्थतन्त्रमा प्रवेश गरे । ........ म व्यापारिक ब्याकग्राउन्डको नभए पनि बिजनेसमा प्रवेश गरेको हुँ । ......... सन् २००३ मा गैरआवासीय नेपाली अभियान सुरु भयो । २०४६ सालको परिवर्तनपछि नेपालीहरू विदेशमा जाने परम्परा सुरु भएको हो । वास्तवमा ब्रिटिस गोर्खामा २ सय वर्षअघिको इतिहास भए पनि ठूलो संख्यामा १९९० को परिवर्तनपछि नेपाली जान थालेका हुन् । ...... सन् २०१० मा विश्व बैंकबाट ‘माइग्रेसन एन्ड डेभलपमेन्ट’ भन्ने एउटा रिपोर्ट आएको थियो । त्यसमा त्यहाँ डेभलपिङ कन्ट्रीहरूको माइग्रेन्टहरूको सेभिङ चार सय बिलियन डलर भनेर लेखिएको थियो । ........... एक बिलियन डलर सेभिङ नेपालीहरूसँग छ भनिएको थियो । ......... पछिल्लो एक डेढ वर्षमा नेपालको पुँजी बजारमा आम मानिसको जुन आकर्षण देखिएको छ, त्यसले के बताउँछ भने पैसा यहाँ पनि छ । यहाँ भएको पैसा आम मानिससँग पनि छ । अहिले कुनै एउटा कम्पनीले उत्पादनमूलक क्षेत्र होस् वा फाइनान्सिङ, आईपीओ अफर गर्‍यो भने २० गुणा, ३० गुणासम्म बढी प्रस्ताव भएको पनि देखेका छौं । पुँजी बजारमा असाध्यै आकर्षण बढ्दो छ । ........ धिरुभाइ अम्बानीले सर्वसाधारणसँग पैसा मागे । संकलन गर्न उनले आईपीओ जारी गर्दा दसौं हजारले उनलाई पत्याए । रिलायन्सको आईपीओमा १९७७ मा १ हजार रुपैयाँ लगानी गरेको मान्छेलाई त्यसले २०१९ को डिसेम्बरमा आउँदा २१ लाख बनाएको छ । ....... धेरैजसो स्टार्टअपहरूको असामयिक मृत्यु हुन्छ । ९५ प्रतिशतसम्म स्टार्टअप सुरुमै मर्छन् । लगानी नपाएर मात्र होइन, अरू कतिपय कारणले पनि । यसको अर्थ यो होइन कि स्टार्टअप सफल हुँदैनन् भनेर लगानी गर्न छाड्नु हुँदैन । उनले भनेका थिए– प्रे एन्ड प्रे । थुप्रै स्टार्टअपमा पैसा छर्नुस् र प्रार्थना गरेर बस्नुस् । मेरो पैसा नडुबोस् भनेर । एउटा मात्र प्रार्थना काम लाग्यो भने पनि त्यसले हजारौं गुणा प्रतिफल दिन सक्छ । ......... म आफैं पनि कन्जर्भेटिभ इन्भेस्टर भएकाले ५/७ वटा स्टार्टअपमा लगानी गरेको छु । प्रार्थना गरिरहे पनि अहिलेसम्म मेरो प्रार्थना काम लागेको छैन ।  



No comments: