Monday, April 06, 2015

संघीयता या अलग देश

मुम्बइ गएर वेश्या बनेको युवती ले मैले फिल्म खेलेको भनेर प्रचार गरे जस्तो। अरुहरुको लड़ाईमा भाडाको टट्टु भएर ७५ लाखको संख्यामा मर्नु --- र अझ त्यसलाई बहादुरी भन्नु।

काम ठुलो सानो हुँदैन। काम काम नै हो। तर दासता ठुलो कुरा हो। गरीबी को खिल्ली उडाउने कुरा आउँदैन। तर त्यो गरीबी कायम राख्ने राजनीतिक पाखण्डको पर्दाफाश हुनै पर्छ। हिजो अरुको लडाईमा मर्थ्यो, आज अरुको स्टेडियम बनाउन मर्छ। प्रगति भएको देखिएन त। हिजोको शासकले अरुको लड़ाईमा जा मर भन्यो --- आजको शासक अरुको स्टेडियम बनाउन जा मर भन्दैछ। प्रगति भएको देखिएन त। त्यो गरीबी रहिरहनु पर्छ भन्ने छैन। देश प्रगतिको बाटोमा हिड्न सक्छ। देश समृद्धि तर्फ अग्रसर बन्न सक्छ।

भुपिले भने ---- "हामी वीर होइन बुद्धु छौं।" जनजातिको छोरो भुपि शेरचन।

आतंकवादी संगठन हरु मरे पछिको स्वर्ग देखाउँछन्। बहादुर भन्दिए पछि मान्छे फुर्केर मर्न तैयार ---- त्यो मनोबिज्ञान।

शासक वर्ग फोड़ र राज गर को मनस्थितिमा छ। आफ्नो माफियातंत्र र चरम भ्रष्टाचार को ढाकछोप का लागि प्रहरी आतंक देखि संघीयता विरुद्ध व्यापक दुष्प्रचार मा लिप्त छ।

जब कि संघीयता समृद्धि तर्फको पहिलो खुट्किलो हो।

संघीयता लाई संस्थागत गर्नु त कहाँ कहाँ, मधेसको धैर्यताको सीमा नापने काम भइ राखेको छ। मधेसलाई क्रांतिका माध्यमले अलग देशको बाटोमा अग्रसर हुने एक मात्र विकल्प प्रस्तुत गर्ने जस्ता काम भइ राखेका छन।


No comments: