Wednesday, December 03, 2014

थारु र मधेसी



थारु भनेको मधेसी भित्रको एउटा sub group हो, यादव जस्तो। यादवहरुले हामी त यादव हो, हामी मधेसी होइन भनेर भने जस्तो, थारुले हामी मधेसी होइन भनेको त्यस्तै हो।

थारु जनजाति पनि हो र मधेसी पनि हो। तराईका दलित दलित त हो नै तर मधेसी पनि हो। दलितहरु भित्रै पनि पहाड़ी-मधेसी हुन्छ। त्यस्तै जनजातिहरु भित्र थारुलाई मधेसी भनेर हेरिरहेका हुन्छन्। नेपालको दलित समुदाय भित्र पनि पहाड़ी-मधेसी विभेद छ। नेपालको जनजाति समुदाय भित्र पनि पहाड़ी-मधेसी विभेद छ।

मुसलमानको पनि त्यस्तै हो। हामी मधेसी होइन हामी त मुसलमान हो भन्नु घातक तर्क हो। तराईमा बसेका मुसलमान मात्रको कुरा गरेको होइन, ४-५ सय वर्ष देखि काठमाण्डु उपत्यकामा बसेका मुसलमान पनि मधेसी नै हुन। मारवाडी पनि मधेसी हुन। उपेन्द्र महतो मात्र होइन, विनोद चौधरी पनि मधेसी हो।

थारु त मधेसी भैहाले। थारु त खाँटी मधेसी हो। मधेसी पहिचान एउटा सांस्कृतिक मोर्चा जस्तो हो। छ त, यादवहरुको आफ्नो छुट्टै संस्कृति छ त।

थारु भाषा र मैथिलि भाषा उस्तै उस्तै छन। भोजपुरी र मैथिलि मिले जस्तो। त्यसको कारण ऐतिहासिक सामीप्य नै हो। जति बेला ब्रिटिशले मधेश काठमाण्डुलाई दियो त्यति बेलाको मधेशमा यिनै मानिस थिए। थारु, यादव, मैथिलि, भोजपुरी सब थिए।

मधेसी भनेको बृहत पहिचान हो। त्यस भित्र थारु र यादव दुबै पर्छन।


No comments: