Thursday, November 28, 2013

Unification Efforts

बाराका मधेशवादी दलहरुको एउटै कार्यालय बन्दै
बारामा सक्रिय ९ वटा मधेशवादी दलहरु एउटै कार्यालयमा बसी ती दलहरु बीच एकीकरणका लागि जिल्ला स्तरबाटै दबाब दिने उद्देश्यले बुधबार बाराको कलैयामा निर्णय गरेका छन् ... मधेशका जिल्लाहरुमा मधेशवादी दलहरु हारेपनि तीनिहरुको भोट जोड्दा हरेक क्षेत्रमा विजयी भएको निष्कर्ष निकाल्दै उनीहरुले मधेशवादी दलहरुका उम्मेदवारहरुको हारको मुख्य कारण पार्टीहरु बिच फुट रहेको भन्दै केन्द्रमा पार्टी बिच एकिकरण गराउने उद्देश्यले चारबुँदे निर्णयसमेत गरेका छन् । बाराका सम्पूर्ण मधेशवादी दलहरु एकैछातामा आई पार्टी एकीकरणका लागि प्रक्रिया अगाडि बढाउने, हरेक पार्टीले जिल्ला स्तरमा आ–आफ्नो निर्णय गरी दुई दिन भित्र संयुक्त पार्टी कार्यालय खोल्ने लागयतका निणर्यहरु उनीहरुले गरेका छन् । ..... कार्यक्रममा फोरम नेपाल, फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, रामसपा, तमसपा, सपा, नेसपा, तमलोपा, संघीय सद्भावना पार्टीलगायत ९ वटा राजनीतिक दलका केन्द्रदेखि जिल्ला तहसम्मका नेता कार्यकर्ताहरु सामूहिक रुपमा एकीकरणका लागि अघि बढ्नुपर्ने निष्कर्ष निकालिएको थियो ।
Enhanced by Zemanta

No comments: