Thursday, October 05, 2017

काँग्रेस सीट बाड़फाड़ मा Generous हुनुपर्छ



काँग्रेस सीट बाड़फाड़ मा Generous हुनुपर्छ होइन भने चुनाव हार्छ। उसै पनि हार्ने अवस्था मा छ काँग्रेस। Anti-incumbency भनिन्छ। त्यो पावरफुल फोर्स हो। काँग्रेस का विरुद्ध छ। एमाले ले ६०-४० होइन ५०-५० गरेको हो। काँग्रेस ले पनि त्यस्तो गर्न सक्नुपर्छ। पुर्वी तराई मा ६०-४० र पश्चिमी तराई मा ४०-६० गर्न सक्नुपर्छ। पहाडमा पनि ६५-३५ मा जान सक्नुपर्छ। त्यो ठुलो त्याग हुंदै होइन। एक्लै काँग्रेस ले एक तिहाई बढ़ी जित्ने नै होइन। भने पछि नजितने सीट मात्र न हो अरुलाई दिनु परेको।

एउटा सीट बाड़फाड़ मा Generous हुनुपर्छ। अर्को संविधान संसोधन लाई बलियो मुद्दा बनाउन सक्नुपर्छ। राजपा र फोरम कै जस्तो बलियो किसिमले संविधान संसोधन को पक्ष मा काँग्रेस पनि बोल्न सक्नुपर्छ। अनि मधेस भरि wave आउँछ।

यति गर्दा प्रतिस्प्रधा हुन्छ। काँग्रेस ले सरकार बनाउँछ कि एमाले ले भन्न गार्हो हुन्छ। होइन भने चुनाव अगाडि नै काँग्रेस विपक्षी पार्टी हो पाँच वर्ष का लागि।



No comments: