Sunday, October 29, 2017

नया संसद का संभावित अंक गणित हरु



Core मधेस मा काँग्रेस लाई फोरम-राजपा ले उछिनि सक्यो। नेपालको आधुनिक राजनीतिक इतिहासको सबैभन्दा ठुलो पार्टी काँग्रेस आफ्नो गढ़मा नंबर एक रहेन अब। संगठन र पैसाको बलमा र उत्तरी छिमेकी को puppetry को तरंग को आधारमा काँग्रेस लाई एमाले ले उछिन्ने संभावना छ, तर बहुमत को रेखा क्रॉस गर्न जुन भिजन चाहिन्छ त्यो एमाले सँग छैन। एमाले भनेको नेकपा (माफ़ियावादी) हो। Where there is no vision, the people shall perish भनिन्छ। एमाले देशको भविष्य ठग्न चाहेको संगठन हो।

विवेकशील साझा को भविष्य उज्जवल छ। विवेकशील र नया शक्ति दुबै लाई कम आँकन मिल्दैन। यी दुईले काठमाण्डु उपत्यका बाट शुरू गर्दै विशेष गरी पहाडमा विस्तारै एमाले र काँग्रेस लाई cannibalize गर्दै जाने देखिन्छ। यस चुनावमा होइन भने अर्को चुनाव सम्म मा काँग्रेस र एमाले दुबै मिले पनि बहुमत सम्म पुग्न नसक्ने अवस्था आउन सक्छ। विवेकशील ले missed call को रफ्तारमा संगठन विस्तार गर्छ गर्दैन त्यो हेर्नुपर्ने छ।

मधेसमा काँग्रेस एमाले को बेस cannibalize गर्दै जाने भनेको फोरम-राजपा ले हो। विवेशकशील साझा को मधेसी mirror image तर सीके राउत हो। सीके राउत लाई wild card भन्नुपर्ने हुन्छ। सीके, उपेंद्र यादव र महंथ ठाकुर लाई एउटै मंचमा राखेर televised debate गराउनु मीडिया ले। सीके राउत, रबिन्द्र मिश्र, उज्जवल थापा र बाबुराम भट्टराई लाई एउटै मंचमा राखेर televised debate गराउनु। खोइ त मीडिया ले आफ्नो काम गरेको?

अहिले लाई नया संसदमा एमाले-माओवादीको बहुमत नपुग्नु, काँग्रेस-राप्रपा एमाले-माओवादी को ठ्याक्कै पछाडि नंबर दुई मा आउनु, र पुर्वी र पश्चिमी तराई दुबैमा फोरम-राजपा नंबर एक भएर आउनु तथा विवेकशील साझा र नया शक्ति दुबै राष्ट्रिय पार्टी बन्नु -- देशको हितमा हुनेछ यस प्रकारको अंक गणित। यस अंक गणित ले मधेसले चाहेको संविधान संसोधन गराउँछ र विवेकशील साझा र नया शक्ति दुबै लाई launch pad दिन्छ। संविधान संसोधन पछि देशले आर्थिक प्रगतिमा laser focus गर्न पायो।





No comments: