Pages

Wednesday, July 22, 2015

कृषि भन्दा बढ़ी आम्दानी हुने

एक बिघा/रोपनी जग्गामा धान रोपने हो भने पैसा आउँछ। त्यसै जग्गामा उखु जस्तो cash crop रोप्दा बढ़ी पैसा आउने भन्ने हुन्छ। त्यसै जग्गामा एउटा फैक्ट्री जमाउन सकियो भने झनै कैयौं गुणा बढ़ी कमाई हुन्छ। कम्तीमा १० गुणा बढ़ी। फैक्ट्री कस्तो किसिमको छ। त्यस जग्गा मा सॉफ्टवेयर इंजीनियर हरु बसेर एउटा सफल डॉट कम कंपनी खोल्ने हो भने धान को खेत भन्दा १०,००० गुणा बढ़ी कमाइ हुन सक्छ।

एउटा गाउँ छ जहाँ खेती मात्र हुन्छ। अब त्यो गाउँ मा मुख्य रुपले टूरिज्म हुन थाल्यो भने कमाइ कहाँ बाट कहाँ पुग्छ? त्यहाँ त गाउँ को पूँजी भनेकै त्यहाँ को सांस्कृतिक विविधता हो, जसलाई अहिले "पहिचान विरोधी" हरुले तगारो को रुपमा प्रस्तुत गर्दैछन्।

कृषि भन्दा बढ़ी आम्दानी हुने फैक्ट्री र टूरिज्म। पर्यटन। नेपालमा संघीयता चाहिएको जलस्रोत जस्तै पर्यटन को संभावना भएको देश भएकोले हो। जातीय पहिचान को पुजा गर्ने। जातीय पहिचान लक्ष्मी हो।


भाषा बारे बैज्ञानिक विचार

भाषा बारे बैज्ञानिक विचार भनेर मैले आफु लाई बैज्ञानिक भनेको होइन। तथ्य मा आधारित तर्क अगाडि सार्ने हो भने कस्तो पिक्चर आउँछ भन्ने सम्म हो।

केन्द्रमा दुई भाषा: नेपाली र हिन्दी। मधेसी पहाड़ी समानता को राजनीतिक कारण पनि छ भने पहाड़ी समुदाय का लागि आर्थिक कारण पनि छ। हाई स्कुल सम्म को पठन पाठन गरेर, हिन्दी मा राम्रो लेखपढ गर्ने भएर अनि कामकाज का लागि भारत पस्ने कि, अझ केही सिप जस्तो सीकर्मी डकर्मी सिकेर भारत पस्ने कि, अहिले जस्तो सम्म भइआएको निरक्षर भएर, हिंदी को ज्ञान न भैकन जाने परिपाटी कायम गर्ने? सबै भन्दा बढ़ी नेपाली प्रवासी भएको देश भारत। विश्व भरि नेपाली भने पछि छु मतलब छ। नेपाली हरु विश्वमा इज्जत र समानता पाउने भनेको आफ्नो दक्षिण एसियाली पहिचान का आधारमा हो। संयुक्त राष्ट्र संघ मा हिन्दी छैठौं भाषा को रुपमा खड़ा भएर हो। गूगल ले सम्पुर्ण इंटरनेट लाई हिन्दी मा अनुवाद गर्न खोजेको छ। म आफै अंग्रेजी पढेको मान्छे, अरु लाई अंग्रेजी नपढ़ भनेर किन भन्छु र? तर एउटा औसत नेपाली का लागि अंग्रेजी भन्दा हिंदी तुलनात्मक धेरै सजिलो। मास मा जान का लागि हिन्दी धेरै राम्रो। तथ्यगत कुरा गरेको।

आठ प्रान्तमा प्रत्येक मा २-३ भाषा: मैथिलि जस्ता भाषा। प्रमुख १५ वटा जति भाषा समेटिने हुन्छ।

स्थानीय स्तरमा: केन्द्र र प्रान्त मा न आए पनि कुनै गाउँ मा बहुसंख्यक ले बोल्ने भाषा हरु छन। त्यहाँ ती भाषा को प्रयोग को बाटो प्रशस्त गर्नु पर्छ।

अमेज़न जंगल को जैविक विविधता जगेर्ना गर्नु र नेपाल जस्तो देशमा भाषा हरुको जगेर्ना गर्नु उस्तै उस्तै हो। तर चुरे का जंगल मास्ने हरुले संविधान लेख्दै छन। एक भाषा एक भेष मनस्थिति का मानिस हरु। बाहुनले च्याउ खाओस न स्वाद पाओस्।


नेपाली भाषामा राज्य (State) ले खरबों लगानी गरेको छ

खरबों लगानी गरे जुन सुकै भाषा लाई पनि विकसित भाषा बनाउन सकिने कुराको प्रमाण नेपाली भाषा हो। मैथिलि भाषा मल्ल राजा हरुको दरबारमा प्रयोग हुने भाषा भएको बेला नेपाली भाषा एउटा छेउ न टुप्पो को भाषा थियो। न साहित्य को राम्रो विकास भएको थियो न केही। आदिकवि भनेको पहिलो कवि। नेपाली भाषा को आदिकवि भानुभक्त भर्खर अस्ति जन्मे मरेको होइन?

नेपाली भाषा मा राज्य स्तर बाट नै त्यति चासो लिने नेपालका अरु भाषामा चासो नलिने? कारण के हो? कारण हो नेपालको राज्य व्यवस्था (state) माथि खस हरुले जमाएको एकाधिकार।

नेपाली भाषामा राज्य (State) ले खरबों लगानी गरेको छ। नेपालका अरु भाषा हरुमा पनि राज्य (state) ले त्यसरी नै लगानी गर्नु पर्छ।



In The News (18)

केपी ओलीसंग
‘Sonia Gandhi literally blasted Shashi Tharoor’
मस्यौदाबारेका सुझाव सम्बोधन गर्नुपर्छ: प्रचण्ड
सीमांकन सहितको संघीयता, प्रत्यक्ष निर्वाचित शासन प्रणाली र नागरिकताबारे जनताले दिएका सुझाव सम्बोधन गरिनुपर्ने ..... पछिल्ला दिनमा ती दलहरु भित्र केही समय थप गरेरै भएपनि प्रदेशहरुको सीमांकन टुङ्गो लगाउनुपर्ने आवाज उठिरहेको छ।
संविधानमा जनताका सुझाव राख्न समय 'थपिने'
सुझाव संकलनका क्रममा मस्यौदाबारेमा जनताले व्यक्त गरेका मतको सुनुवाई हुनेमा चौतर्फी रुपमा आशंका व्यक्त भैरहेका छन्। तर नागरिक सम्वन्ध समितिले सबैका सुझावलाई आफुहरुले समावेश गरेरै प्रतिवेदन बनाउने बताएको छ।
“आदिवासीहरुलाई पहिचानविहीन बनाउन मदन भण्डारीको नाम दुरुपयोग किन ?” (झापाको आदिवासी रंगशाला)
झापाको लखनपुर—१ मा निर्माणाधिन आदिवासी रंगशाला तथा स्मृति पार्कलाई सत्तारुढ एमाले–कांग्रेसले बजेटमार्फ्त ‘मदन भण्डारी स्टेडियम’ बनाउन सहमति गरेपछि स्थानीय आदिवासी जनजाति आक्रोशित भएका छन् । ...... एमालेको प्रस्तावमा झापा लखनपुर–१ मा निर्माणाधिन आदिवासी रंगशाला तथा स्मृति पार्कको नाम मदन भण्डारी स्टेडियम र मध्य पहाडी लोकमार्गलाई पुष्पलाल लोकमार्ग नामकरण गर्ने लगायतका सहमति भएको ..... रंगशाला बनेको स्थानमा ३५० भन्दा बढी आदिवासी पुर्खाहरूको कंक्रिट कपुरखान (चिहान) थियो । उक्त कपुरखान सशस्त्र प्रहरीले २०६० सालमा भत्काएर नष्ट गर्न खोजेपछि स्थानीय आदिवासी जनजातिहरूले पुर्खाको कपुरखानको रक्षाको लागि संघर्ष गरेका थिए । ..... रंगशालाको नाम परिवर्तन गर्ने निर्णय गरेर दुई पार्टीले आदिवासी जनजातिको अस्तित्वमाथि प्रहार गर्ने काम भएको बताएका थिए । ..... चिहान भत्काउने कुरा प्रचारमा आएपछि

किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, किरात याक्खा छुम्मा, ताजपुरिया समाज कल्याण परिषद, नेपाल मगर संघ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, तमु छोंज धि, राजवंशी विकास समिति, सन्थाल लगायतका दर्शन बढी आदिवासी सामाजिक संस्थाहरू, मुस्लिम र इसाइ समाजले

आफ्ना पुर्खाहरूको चिहान भत्काउने कुराको विरोध गर्न थाले । ....... सर्वपक्षीय छलफलबाट करिब १२ बिगाहा जग्गालाई पूर्वाञ्चल स्तरीय आदिवासी रंगशाला तथा स्मृति पार्क बनाउने निर्णय भयो । सोही जग्गामध्ये ३ विगाहा जग्गामा चिहानमा गाडिएका व्यक्तिहरूको नाम उल्लेखसहितको स्मृति स्तम्भ पार्क बनाउने निर्णय भयो । ...... पहिचानसहितको संघीय राज्य स्थापित गर्न संघर्षरत राजनीतिक तथा समाजिक संगठनका नेतादेखि कार्यकर्ताहरूसम्मले कांग्रेस–एमालेलाई पहिचानविरोधीको बिल्ला दिन्छन् । तर, देशको स्वास्थ्य, शिक्षा र मुख्यमुख्य सडकहरूको नाम हेर्दा व्यक्ति र कांग्रेस—एमाले दलगत स्वार्थपूर्ण पहिचानको लुछाचुँडी गरिरहेका देखिन्छन् । ...... सोलुखुम्बुको सदरमुकाम सल्लेरीलाई दुधकुण्ड नगरपालिका, भोजपुरमा षडानन्द नगरपालिका नाम राखिनु यसका पछिल्लो उदाहरण हुन् । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी राज तथा लोकमार्ग, मनमोहन स्वास्थ्य प्रतिष्ठान, पुष्पलाल लोकमार्ग, मदन भण्डारी स्टेडियम नाममा जोड गरिनुले कांग्रेस–एमाले व्यक्ति तथा पार्टीगत स्वार्थपूर्ण पहिचानको पक्षपातीका रुपमा देखिएका छन् ।
गच्छदार भन्छन्- अवरोधले केही फरक पर्दैन
संविधान जारी भएको भोलीपल्ट एमाओवादी फुट्ने
एमाओवादी अध्यक्ष प्रचण्ड भारत भ्रमण जान विमानस्थल पुग्दा उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँगै थिए । श्रेष्ठ मात्रै होइन अन्य पदाधिकारी पनि विमानस्थल सम्म पुगेका थिए । तर सोही पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराई भने देखिएनन् । ..... प्रचण्ड भारत भ्रमण सकेर विमानस्थल आउँदा पनि बाबुरामले वास्ता गरेनन् । भारत भ्रमणको प्रसंग होइन प्रचण्ड बाबुरामबीच लामो समयदेखि कुराकानी समेत भएको छैन । कारण बाबुराम छुट्टै पार्टीको अवधारणा सहित समानान्तर गतिविधिमा छन् । बाबुराम निकट स्रोतका अनुसार उनी संविधान जारी भएको भोलीपल्टै नयाँ पार्टीको घोषणा गर्ने तयारीमा छन् । ..... देशभरका निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाएका उनले कार्यकर्तालाई संविधान जारी लगत्तै छुट्टै पार्टी निर्माण तयारीलाई तिब्रता दिन निर्देशन समेत गरेका छन् । केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा बाबुराम र प्रचण्डबीच घोचपेच समेत भएको थियो । विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा भएको सो भनाभनलाई फूटको अन्तिम संकेतको रुपमा समेत हेरिएको थियो । ...... समानान्तर गतिविधिमा सक्रिय रहेका बाबुराम पक्षका एक उच्च नेताका अनुसार संगठनात्मक संरचना समेत तयार भइसकेको छ ।
सुझाव संख्या लुकाउँदै संविधानसभा, यसरी तयार हुँदैछ सुझाव प्रतिवेदन
संविधानसभा सचिवालयमा मात्रै ३३ हजारभन्दा बढी सुझाव शंकलन भएको छ । ..... ‘यो जनमत संग्रह नभइकन जनमत संकलन मात्रै भएकाले यसमा संख्याभन्दा सुझावमा आएका विषयलाई समेटिने छ’–समितिका सदस्य तथा प्रतिवेदन मस्यौदा उपसमितिका संयोजक प्रेम गिरीले हामीलाई बताए । ...... २ सय ४० निर्वाचन क्षेत्रमा जम्मा भएका सुझावहरु जिल्ला–जिल्लामा एकीकृत पारिन्छ । एकीकृत सुझावलाई एउटै ‘डकुमेन्ट’ बनाएर उतारिन्छ । यसअर्थमा समितिलाई ७५ ओटा डकुमेन्ट प्राप्त हुन्छ । .... प्राप्त सुझावहरुलाई तीन भागमा वर्गीकरण गरिन्छ । प्रारम्भिक मस्यौदामा सहमति भएका विषयलाई सहमतिका रुपमा, असहमति भएका विषयलाई असहमतिका रुपमा र फरक विषय आएमा अन्यमा राखिनेछ । यसरी तयार पारिएको प्रतिवेदनलाई संविधानसभामा पेश गरिन्छ ।

अंगीकृत नागरिकता भनेको के?

पहिलो दर्जाको नागरिक, दोस्रो दर्जाको नागरिक भनेको हो? अंगीकृत नागरिकता भनेको के? कोही बोर्डर पारिको महिला ले नेपाली पुरुष बिहे गरेमा उसले अंगीकृत नागरिकता पाउने हो? अनि उ नेपालमा जीवन भरि दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने? एउटा जमाना थियो जब महिला भनेको घरमा चुल्हा चौका गर्ने मात्र हुन्थे अनि त्यहाँ अंगीकृत न संगीकृत। अहिले त घर बाहिर जागीर खान चाहने पनि निकै हुन्छन्। तिनले नेपालमा दोस्रो दर्जाको नागरिक भएर बस्नुपर्ने? मधेसी हरुको मात्र होइन, दार्चुला का खस, मेची का जनजाति पनि बोर्डर पारी मनग्ये बिहेबारी गर्छन। त्यो परम्परा नेपाल देश बन्नु भन्दा पुरानो हो। छिमेकी देश सँग को बिहेबारी लाई देश भित्र को बिहे बराबर को मान्यता हुनुपर्छ। मधेसी समुदाय को बोर्डर पारिको रोटीबेटी को सम्बन्ध सँग खेलबाड़ गर्ने प्रयास नगरेस!

नागरिकता एक किसिमको मात्र हुन्छ। होइन भने यो देश लाई जनमत संग्रह मा लानुपर्ने हुन्छ। को यो देशमा बस्ने को नबस्ने  छिनोफानो जनताले गर्छन। यो खस जातीयता मात्र नेपाली राष्ट्रियता भन्ने सोंच ले नसमेट्ने हरु अलग  देश बनाएर बस्छन्।


प्रचण्ड सँग मुसहर व्यवहार कसले गर्यो?

प्रचण्ड सँग मुसहर व्यवहार कसले गर्यो? यति लिने भए लेउ नत्र भने यो पनि गुम्छ भनेर कसले भन्यो? अंतरिम संविधान मा रहेको एउटा अर्ध विराम पनि गुम्दैन। अंतरिम संविधान मा थप्न मिल्छ, घटाउन मिल्दैन। प्रगतिशील शक्ति हरु जानु पर्यो भने तेस्रो संविधान सभा सम्म जान तैयार हुनुपर्छ। देश लाई २-४ अरब बचाउन देशलाई २-४ सय खरब को घाटा लगाउनु हुँदैन।




कंस सिटौला को र मेरो पोस्चरिंग (Posturing)

कंस सिटौला ले मधेसी लाई नागरिक बाट अनागरिक बनाई दिन्छु भन्ने बाट शुरू गर्यो।  त्यो उसको पोस्चरिंग (Posturing) हो। मैले पनि नेपाल लाई सिक्किम बनाई दिन्छु भन्ने धम्की दिएँ।  त्यो मेरो पोस्चरिंग (Posturing) हो। अगाडि उसले पनि कदम चालला, मैले पनि चालौला। हेर्दै जाम। त्यो माथिबाट झापा झरेको रिफ्यूजी मुजी