Pages

Thursday, January 15, 2015

नेपाल गरीब भएकै एकात्मक व्यवस्थाले हो

देशले संघीयता धान्न सक्दैन भनेर सुशील कोइराला पनि भन्छ, राम शरण महत पनि भन्छ, केपी ओली महान अर्थविद् Economics मा नोबेल पुरस्कार पाएको मान्छे पनि त्यही भन्छ। यो भन्नुपर्ने भन्दा ठयाक्क उल्टो कुरो हो। नेपाल अफ्रिका महादेशबाहिरको सबैभन्दा गरीब देश। त्यो गरीबीको कारण नै एकात्मक व्यवस्था हो। एकात्मक व्यवस्थाले गरीबी ल्याउँछ, जातीय र लैंगिक विभेदले देशलाई गरीब बनाउँछ। मैले त्यसो भन्नुको प्रमाण के? प्रमाण नेपाल हो। देश गरीब छ। अर्को के प्रमाण खोजेको तपाईंले?

नेपाल गरीब भएकै एकात्मक व्यवस्थाले हो। नेपाललाई धनी देश बनाउनु छ भने संघीयतामा जानै पर्छ। होइन यदि गरीबी कायम राख्ने हो भने एकात्मक व्यवस्था पनि ठीकै हो। संघीयताको खासै आवश्यकता छैन।


एउटा अन्तिम निर्णायक क्रान्ति गर्नुपर्ने कारण: अरु १४,००० नेपाली नमरून भन्ने हो

गृह युद्धमा फँसेको देश शांति प्रक्रियामा केही वर्ष आएर पुनः गृह युद्धमा फर्केको थुप्रै थुप्रै उदहारण विश्वको समसामयिक राजनीतिमा देख्न सकिन्छ। नेपालमा त्यो हुन दिनुहुन्न। १४,००० नेपाली जुन मरे त्यो नै मर्नुपर्ने भन्दा १४,००० बढ़ी हो। देशलाई पुनः गृह युद्धतिर धकेल्ने जुन चेष्टा काँग्रेस र एमालेका बाहुनहरुले गर्दैछन् त्यो प्रयासलाई विफल पार्न पनि एउटा अन्तिम निर्णायक अहिंसात्मक क्रान्तिको आवश्यकता रहेको छ। नेपालमा शहीद होइन अब सम्वाद र सहमति चाहियो, गृह युद्ध होइन शान्ति, विकास र प्रगति चाहियो। यो देश बाहुन क्षेत्रीको मात्र होइन, पर्वतेको मात्र होइन, धनीको मात्र होइन, पुरुषको मात्र होइन, सबैको हो भन्ने सन्देश दिने किसिमको सम्विधान चाहियो।

माओवादी अब चाहेर पनि जंगल जान सक्दैनन् त्यसैले तिनलाई सकेसम्म पेल्नु पर्छ भनेर काँग्रेस र एमालेका हर्ताकर्ता बाहुनहरुले privately भन्ने गरेको सुनिन्छ। त्यो गैरजिम्मेवारीको पराकाष्टा हो।

प्रक्रियामा नगएको काँग्रेस र एमालेका बाहुनहरु हो। मधेसी क्रान्तिसँग गिरिजाले सम्झौता गरेर अन्तरिम संविधानमा "स्वायत्त मधेश प्रदेश" राखिसकेपछि अहिले आएर कुनै ऐरे गैरे नत्थु खैरेले म त्यो मान्दिन भन्नु प्रक्रिया नमान्नु हो। स्वायत्त भनेको आत्म निर्णयको अधिकार हो। मधेश प्रदेश भनेको झापा देखि चितवन हुँदै कंचनपुरसम्म हो। उहिलेका कुरा खुइले भन्ने हो भने मधेशले पनि हामी १८१६ र १८६० मान्दैनौं भन्नुपर्ने हुन्छ। अनि न संघीयताको झंझट हुन्छ न जनमत संग्रहको झंझट हुन्छ। काँग्रेस र एमालेका बाहुनहरुले चाहेको त्यो हो?

एउटा अन्तिम निर्णायक क्रान्ति गर्नुपर्ने कारण अरु १४,००० नेपाली नमरून भन्ने हो। देशलाई शान्ति प्रक्रियामा कायम रखिराख्न पनि एउटा अंतिम निर्णायक क्रांतिको आवश्यकता देखिएको हो।


मधेशका भुमिहिन र मधेसी कम्युनिष्टहरु



मधेशमा वर्गीय विभेद नभएको होइन। मधेसमा लैंगिक विभेद नरहेको होइन। छ। र तिनको अलि अलि मात्र होइन जोड़दाड़ विरोध नै हुनुपर्छ।

तर नेपाल जस्तो गरीब, अशिक्षित र कृषिप्रधान देशमा कुनै पनि परिवारकालागि वर्गीय विभेदको सबैभन्दा भयानक रूप हो भूमिहीनता। मधेशमा भूमिहीनता पहाड़मा भन्दा कैयौं गुणा बढ़ी छ। साक्षर मानिस, पढेलेखेको मानिस भूमिहीन छ भने पनि उसले जागीर खाएर परिवार धान्न सक्छ। तर कोही नेपाली भूमिहीन पनि छ, निरक्षर पनि छ र उसँग नागरिकता प्रमाणपत्र पनि छैन त उसको अवस्था बड़ो दर्दनाक पो हुन्छ त। गरीबीको रेखा त्यस्तो परिवारकालागि कंक्रीटको छत जस्तो हुन्छ, पड्काउनकालागि माओवादीको डायनामाइट नै चाहिने।



मधेशका अधिकांश मानिस जो भूमिहीन पनि छन, निरक्षर पनि छन र जोसँग नागरिकता प्रमाणपत्र पनि छैन --- तिनलाई विभेदमा पारेको मधेशका ५-१० बिघा जग्गा भएका अन्तर्राष्ट्रिय गरीबहरुले होइन। त्यो चरम विभेदको कारक तत्व पृथ्वी नारायण शाह र महेन्द्र शाहका अवैध सन्तानहरु केपी ओली, वामदेव गौतम, माधव नेपाल, झाले नाले हरु हुन। गरीब मधेसी परिवारको सदस्य भएकै कारणले ती केपी-वामे-झाले-नाले-माधवको चाकरी चापलुसी गर्ने मधेसीहरुलाई कम्युनिष्ट होइन नोकरचाकर (slave) भन्नुपर्ने हुन्छ। त्यो slave mentality बाट मुक्ति पाउनु बड़ो जरुरी छ। त्यो मुक्ति बिना वर्गीय संघर्ष पनि संभव छैन र उद्धार पनि संभव छैन।

मधेशका भुमिहिन र मधेसी कम्युनिष्टहरु बीच ठुलो खाडल छ। मधेश स्वराज बाट मात्र मधेशका गरीब अर्ध गरीब सबैको कल्याण हुन्छ।

मधेशका भूमिहीनलाई जग्गा नबाँड्ने तर बर्मा, आसाम, भुटान बाट आएकालाई वन कटानी गर्दै जग्गा बाँड्ने महेन्द्र शाहको वामदेवले पुजा गर्छ। त्यो सामन्ती महेन्द्रको पुजा किन गरेको भनेर एमालेका सबै कार्यकर्ताले वामेलाई सोध्ने बेला आइसकेको छ। पहाडबाट झापा झरेको सुकुम्बासी केपी ओलीले जग्गा पाउने, त्यहींको लोकल मुसहर दुसादले नपाउने व्यवस्था कायम गर्नेहरु कम्युनिष्ट होइन शोषक हुन।



४३ लाख मधेसीसँग आज पनि नागरिकता प्रमाण पत्र छैन ---- तर वामे नागरिकता प्रमाण पत्र नभएको एक जना पनि छैन भन्छ। त्यो त शोषकको भाषा भो। त्यस्तो मान्छेको पछि लाग्ने मधेसी कम्युनिष्ट हुँदै होइन।

त्यो ४३ लाख मधेसीलाई मतदाता नामावलीबाट फालेको माधवले हो। कंक्रीटको छतमाथि एक दुई layer कंक्रीट थप्ने काम माधव नेपालले गरेको छ।

नेकपा एमाले भनेको कम्युनिष्ट पार्टी हुँदै होइन ----- यो एउटा racist पार्टी हो। देशमा विद्यमान जातीय शोषण कायम राख्न जे पनि गर्न तयार पार्टी हो। एमाले भनेको नेकपा (माफियावादी), नेकपा (मधेशविरोधी), नेकपा (जनजातिविरोधी), नेकपा (देशमा विद्यमान जातीय शोषण कायम राख्न जे पनि गर्न तयार पार्टी) हो।

केपी ओली एउटा असक्षम मान्छे हो। त्यो वामे अनपढ़ गँवार औंठा छाप, ह्रितिक रोशन riot को मास्टरमाइंड गरेको चुतिया। झाले नाले माले मंडले माधव सब एउटै स्कुल पढेका racist mindset का मानिस हुन।

मधेशबाट एमालेलाई पुर्ण रुपले नधपाए सम्म मधेसमा वर्गीय मुक्ति संभव छैन।


Wednesday, January 14, 2015

शेर बहादुर देउवा हाउड़े मान्छे रैछन्

२०४७ कै संविधानमा फिर्ता जाऊँ भन्ने विचार पोखेका शेर बहादुर देउवा देउडा डांस गर्ने हाउड़े मान्छे रैछन्।

देश समझौताविहीन निर्णायक अन्तिम क्रान्तितर्फ अग्रसर

४३ लाख मधेसीलाई मतदाता नियमावलीबाट फालेर, नेपाल सेनाको बलमा धाँधली गरेर ल्याएको काँग्रेस र एमालेको दुई तिहाइ, त्यो अवैध दुई तिहाई ---- निष्पक्ष निर्वाचन गर्ने हो भने साधारण बहुमतमा पनि नपुग्ने यी दुई शक्ति --- त्यो दुई तिहाई मा पनि मधेसका ५० सांसद समर्थनमा छैनन् भने ---- आफैले दावी गरेको दुई तिहाई नभएको बेलामा मधेसीप्राति जातीय घृणा बोकेको केपी ओलीले भनेको दुई तिहाइ --- त्यो दुई तिहाई होइन बल मिचाइ हो ---- बल मिचाइको प्रयास गर्ने भनेको हो।

२००६ को अप्रिल क्रांतिले राजासँग सम्झौता गरेन। अब हुने क्रान्ति त्योभन्दा भीषण हुन्छ। देशमा एउटा नया क्रांतिकारी सरकारको स्थापना हुन्छ। यो अवैध सम्विधान सभा फालिन्छ। सबै नेपालीलाई मतदाता नामावलीमा समेटने नया निर्वाचन हुन्छ। त्यो नया सम्विधान सभाले एक वर्षभित्र देशलाई चाहिने, सबैलाई समेटने नया सम्विधान जारी गर्छ। नया क्रांतिकारी सरकारको अगुवाई पद्म रत्न तुलाधरले गर्नेछन्। मधेसी र जनजातिको एकताले देशमा तख्तापलट हुन्छ। मधेसी र जनजातिले अधिकार मात्र पाउने होइन कि अब एक पीढ़िकालागि केंद्र सरकारमाथि कब्जा जमाउने हो।

देश समझौताविहीन निर्णायक अन्तिम क्रान्तितर्फ अग्रसर भइ सकेको छ।

नेपाल देश पृथ्वी नारायण शाहले एकीकरण गरेको होइन। जुन देश अहिलेसम्म कहिले एकीकरण भएकै छैन, त्यो देश कसले एकीकरण गर्यो कसले एकीकरण गरेन भन्ने प्रश्न नै उठ्दैन। अब हुने समझौताविहीन निर्णायक अन्तिम क्रान्तिबाट पैदा हुने सम्विधान सभाले नेपाल देशको पहिलो पटक एकीकरण गर्ने छ। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको होइन। पृथ्वी नारायण शाहले नाक कान काटेका मान्छेहरुको सन्तान पद्म रत्न तुलाधरको नेतृत्वमा बरु नेपाल देशको पहिलो पटक एकीकरण हुन्छ।

पृथ्वी नारायण शाह हीरो मान्छे कसरी हो? पृथ्वी नारायण शाहको समयमा नेपाल र अमेरिकाको अर्थतन्त्र उस्तै उस्तै थियो। अहिले कहाँ अमेरिका कहाँ नेपाल! पृथ्वी नारायण शाह हीरो होइन, भिलेन मान्छे हो। पृथ्वी नारायण शाह र महेन्द्र शाह दुबै भिलेन। ती दुई जनाले परिकल्पना गरेको नेपालमा मधेसीको लागि ठाउँ नै थिएन। मधेसी र जनजाति दुबैका लागि पृथ्वी नारायण शाह पनि भिलेन, महेन्द्र शाह पनि भिलेन। पृथ्वी नारायण शाह र महेन्द्र शाहको आजको मितिमा आएर पुजा गर्ने केपी ओली र वामदेव चोर उचक्का। वामदेव निकट भविष्यको कमल थापा हो। यो मान्छे चाँडै नै नेपालको राजनीतिमा irrelevant हुन लागेको मान्छे हो। क्रांति माथि ज्यादती गरोस् त यो वामे हेग पुग्छ।


Sunday, January 11, 2015

भिट्ठामोड

भारतबाट रोडको बाटो जनकपुर आउँदा भारतको अन्तिम शहर भिट्ठामोड हो। त्यहाँको बोर्डर क्रस गर्ने ठाउँमा एक दिन एउटा मान्छे साईकलमा आएको देखियो। त्यो साइकलको पछाडिको सीटमा परालको ठुलो चांग थियो। जाबो पराल भनेर चेक गरिएन। भोलि पल्ट त्यही दृश्य देखियो। पराल त हो भनेर चेक गरिएन। तर त्यही दृश्य लगातार ८-१० दिन देखेपछि प्रहरीलाई शंका लाग्यो। अर्को दिन जब त्यो मान्छे त्यसै गरी साइकलमा आयो, पछाडिको सीटमा पराल थियो, प्रहरीले चेक गर्यो। परालभित्र केही छ कि भन्ने शंका। पराल खोतल खातल गरे, केही पनि भेटिएन। भोलि पल्ट फेरि त्यही दृश्य, फेरि चेक गरियो, केही छैन त। केही हप्तापछि त्यो मान्छे आउन छोड़्यो। त्यहाँ खटेका जति सबै प्रहरीलाई बड़ो अनौठो लाग्यो। बड़ो रहस्यमय।

एक दिन हम जाएगा त्यही बाटो हुँदै नेपाल पस्ने क्रममा रहेछ। सबैले मिलेर उसलाई सोधे। हम जाएगाले भन्यो, "तपाईंहरुले कस्तो नबुझेको? उसलाई २०-३० वटा साइकल टैक्स नतिरि छिराउनु थियो, छिरायो।"

अहिलेको संविधान निर्माण भिट्ठामोड जस्तो छ। संघीयताको बहस वास्तवमा पराल हो। हुनुपर्ने सबैभन्दा महत्वपुर्ण power devolution भनेको काठमाण्डुबाट संघीय राज्यहरुलाई होइन। हुनुपर्ने सबैभन्दा महत्वपुर्ण power devolution भनेको राजनीतिक पार्टी र तिनका नेताबाट आम जनतालाई हो। त्यसबारे सबै पार्टी मौन देखिन्छन्।


3 States, 16 Regions