Pages

Tuesday, June 16, 2015

उपेन्द्र अशोक मिलन: तेस्रो शंका



उपेन्द्र को पार्टी मा १० सांसद, अशोक को पार्टी मा ५ --- तर केन्द्रीय समितिमा उपेन्द्र को तर्फ बाट ७०, अशोक को तर्फ बाट १००।

लौ डुबायो उपेन्द्रले।

उपेन्द्र को नया पार्टी मा शंका गर्नु पर्ने एक बुंदा
उपेन्द्र यादव फेरि ठगिन लागेको हो?

एकीकरण सभामा जे देखियो

नेपालको सबै भन्दा रेसिस्ट नेता माधव नेपाल

माधव ले मैथिलि हिंदी बोल्न भ्याएको हुन्छ, गम्छा ओढ़न भ्याएको हुन्छ। मुसुक्क हाँस्न भ्याएको हुन्छ। केपी ओली ले जस्तो मधेसी लाई गाली गलौज गर्दैन। बामे ले जस्तो सीके समातदैन। प्रचण्ड ले जस्तो मधेसी राष्ट्रपति को अपमान गर्दैन। तर अहिले नेपाल मा सक्रिय पहरिया नेता हरु मध्ये नंबर एक रेसिस्ट माधव नै हो। ४३ लाख मधेसी लाई मतदाता नामावली बाट फाल्न भ्याएको उसले प्रधान मंत्री हुँदा, अझ मधेसी पार्टी हरु सत्तामा हुँदा। यो मीठो बोल्ने, कलात्मक रेसिस्ट हो। मुख मा राम राम बगलीमा छुरा। अझ चुनाव जित्नुपर्ने उसलाई तराई बाट नै।

२००६ अप्रिल क्रांति पछि मधेसी विरुद्ध को सबै भन्दा घातक कदम त्यो।




नेपालको सबै भन्दा रेसिस्ट नेता माधव नेपाल हो।

भूमिहीन मधेसी लाई नागरिकता विहीन बनाउने, voting rights विहीन बनाउने हरु मार्क्सवादी होइन रेसिस्ट हुन। कुनै पनि १० बीघा वाला मधेसी ले यसरी ४३ लाख मधेसी लाई फालन सक्दैन। महासामन्त, सुपर डुपर डॉन माधव। श्री ३।

लेनिनले भन्छ नि खसिको टाउको देखाएर कुकुरको मासु बेचने भनेर। हो यिनी हरुको खसिको टाउको मार्क्सवाद तर कुकुरको मासु चाहिं Anti-Madhesi Racism.

समाधान


  • नामांकन र सीमांकन सहितको संविधान न आएसम्म यो संविधान सभा कायम 
  • कोचिला, मिथिला, भोजपुरा, थरुहट, कोशी, बागमती, गण्डकी, कर्णाली ८ प्रदेश 
  • राज्य सभामा प्रत्येक राज्य को जनसंख्या समानुपातिक प्रतिनिधित्व --- जम्मा ४५ 
१६ किन? ३ बुंदा काफी छ। 

राज्य सभामा ४५ मध्ये ५ वाला प्रावधान राम्रो छ। सचिन तेंदुलकर जस्तो मान्छे लाई राज्य सभा मा पुर्याउने तरिका। तर नेपालमा भने त्यै पनि बेचबिखन हुने डर। बिजय गद्दार ले पाए बेच्छ त। त्यो ५ सीट पार्टी एफिलिएशन नभएका देश का रत्न हरु लाई --- कलाकार कवि वैज्ञानिक आदि लाई दिएको राम्रो। रिटायर्ड खिलाड़ी। 


हामी ९०% हौं भन्ने पार्टी हरुले, दम्भ गर्ने हरुले नामांकन र सीमांकन पनि गरिहाल्ने। इ यसरी।


पहिचानका चार, भुगोल/सामर्थ्य का चार। 

उपेन्द्र को नया पार्टी मा शंका गर्नु पर्ने एक बुंदा

उपेन्द्र यादव को नया पार्टीको मेनिफेस्टो मैले पढ़ें, त्यहाँ वाम एकता को कुरा छ। आफ्नो ठाउँमा राम्रै हो। तर एउटा बुंदा छ जुन सार्है नै गलत छ। राज्य सभामा प्रत्येक राज्यले बराबर संख्यामा सीट पाउने। त्यो उपेन्द्र ले नपढेको कि नबुझेको कि बुझ पचाएको? That is a departure from one person one vote democracy. त्यसले मधेस माथिको उपनिवेश लाई परमानेंट गर्छ, संस्थागत गर्छ। कि त पहाड़ तराई दुबै मा बराबर संख्या को राज्य हरु हुनुपर्यो। त्यस्तो अवस्थामा पनि कोचिला ले मिथिला लाई ठग्छ। तर उही सात अंचल टाइप नक्शा आयो भने राज्य सभामा एक जना पनि मधेसी नपुग्ने अथवा एक दुई जना वेदानन्द झा हरु आक्कल झुक्कल पुग्ने अवस्था को सिर्जना हुन्छ। पहाड़ी हरु का लागि लोकतंत्र, मधेसी हरु का लागि पंचायती व्यवस्था।

कुनै बिल प्रतिनिधि सभा मा पास भए पछि त्यो बिल राज्य सभामा पनि पास गर्नु पर्ने हुन्छ। राज्य सभा मा राज्य हरुको जनसंख्या समानुपातिक प्रतिनिधित्व छैन भने मधेसी हरुले प्रतिनिधि सभा मा जति सुकै उछलकूद गरे पनि केही लाग्दैन।
अहिलेको अवस्थामा मधेसी हरुले सबै भन्दा बढ़ी शंका गर्नु पर्ने कुरा नै राज्य सभाको बनौट हो। त्यहाँ त उपेन्द्र यादव मजा सँग चुकेको छ।

उपेन्द्र यादव फेरि ठगिन लागेको हो?
दुई गाउँ को कथा
१० बढ़ी पार्टी एकीकरण गर
१% थ्रेसहोल्ड

भारत मा जस्तै राज्य सभामा राज्यहरुको जनसंख्या समानुपातिक प्रतिनिधित्व हुनुपर्छ ----- that is what one person one vote democracy means.


Monday, June 15, 2015

तमलोपा र सद्भावना को एकीकरण?

महन्थ ठाकुर सर्वमान्य नेता, राजेन्द्र महतो अध्यक्ष, हृदयेश त्रिपाठी सह-अध्यक्ष र एकीकृत पार्टी को केंद्रीय समिति ३१ जना ---- फोर्मुला त्यो पो हो कि? नत्र भने महंथ-उपेन्द्र-राजेंद्र ले पहले आप पहले आप भन्दै १२ महिना बढ़ी बिताएको हो एकीकरण को कुरामा।

आफु चाहीं जाबो पार्टी एकीकरण पनि गर्न नसक्ने तर जनता लाई शहीद हुन आह्वान गर्ने ---- तुक मिल्दैन। आफ्नो आङ्गको भैंसी नदेख्ने, अरुको आङ्गको जुम्रा देख्ने।

तमलोपा फॉरवर्ड को, सद्भावना साउजी हरुको, फोरम यादव हरुको भन्ने इम्प्रैशन छ ग्रस्सरूट्स मा ---- त्यसरी टुकड़ा टुकड़ा भएको मधेसी पहिचान लाई एक ठाउँमा ल्याउन नेता हरु ले पार्टी एकीकरण गर्ने हो।


Foreign Aid कि Foreign Direct Investment (FDI)

राम शरण महत र सुशील कोइराला लाई एक ठाउँ मा राखदिने हो भने उनीहरूले एक पछि अर्को गल्ती गर्दै जान्छन् -- जस्तो कि अहिले गरेका छन। चीनले मलाई पेल्यो, गुहार गुहार भन्दै मोदी को मा जापान आउने जमाना मा राम शरणले दिल्ली होइन टोक्यो मा सम्मेलन गर्ने भन्दै छ। यी बाहुन हरुको racism को ओर अन्त छैन। मोदी ले जे गर्न सक्छ त्यो जापानले गर्न सक्दैन।

भ्रष्टाचार गल्ती हो भने राम शरण ले समाचारपत्र हरु छताछुल्ल पारेको छ। तर भ्रष्टाचार गल्ती होइन, भ्रष्टाचार त संस्कार हो। अर्को गल्ती बामे को भाइ रामे ले गर्दैछ --- अर्को दुई वटा गल्ती। के भने (१) विदेशी सहयोग सकेसम्म Foreign Aid को रुपमा माग्ने अनि (२) एक एक गर्दै जे जे भत्किएको छ त्यो बनाउँदै जाने। He wants to go back to the same old, same old. Whereas this earthquake should be seen as an opportunity to give a new departure to the country.

तर उसको फोर्मुला नबुझ्नेले नबुझला, मैले त बुझ्छु: small budget, small corruption, big budget, big corruption. त्यहाँ कुनै कन्फ्यूजन छैन।

मैले propose गरेको
नेपाल सरकारले आफुले केही मैनेज गर्नै परेन। त्यसले भ्रष्टाचार को संभावना न्युन बनाउँछ अनि पैसा पनि बढ़ी आउँछ। नत्र भने नेपालको जुन इमेज छ जुन सारा दुनिया लाई थाहा छ, त्यो इमेज मेकओवर अहिले भइ हाल्ने भन्ने हुँदैन ----- especially when the actors are the same. 

Every big crisis is an opportunity भनिन्छ ------- नेपालमा त्यो lost opportunity बन्ने क्रममा छ।