Pages

Wednesday, October 15, 2014

सीके राउत राजनीतिक बंदी हो

क. विहानको २ बजे सम्म डा. सी. के. राउतलाई पानी मै भिजाउंदै राखिएको थियो/ 

ख. राती भाडा मस्काउने धारा नजिक सुत्न लगाइएको थियो/ 

ग. हिरासतमा भएको एक जना कैदीसंग कुरा गर्दा १०० चोटी कान समातेर उठवैठ गर्न लगाइएको थियो/ 

घ. ८० जना भन्दा बढी कैदी भएको ठाउँमा उहाँ लाई राखिएको छ/

सीके राउत राजनीतिक बंदी हो। यो पशु व्यवहार बंद गर। अन्तरराष्ट्रीय मानव अधिकार संस्थाहरुले राजनीतिक बन्दी मानिसकेको मानिस हो सीके राउत। यो बाँदर वामदेवको अमानवीयताको र racism को कुनै ओर अन्त छैन। 

Hydro And Nuclear

English: Olkiluoto Nuclear Power Plants 1 & 2 ...
English: Olkiluoto Nuclear Power Plants 1 & 2 (BWRs with 860 MWe each) in Eurajoki, Finland. Suomi: Olkiluodon vanhat ydinvoimalaitokset eli voimalaitokset 1 ja 2, Eurajoki. (Photo credit: Wikipedia)
Nepal might generate 40,000 MW from the flowing rivers. But the Terai could generate that amount just from nuclear power plants. It is possible. So I don't think hydro should be allowed to distort the federalism debate in Nepal.

Tuesday, October 14, 2014

नामभन्दा पहिला नक्शा, नक्शाभन्दा पहिला पावर Devolution

Deutsch: Karikatur, Zusammenschnitt
Deutsch: Karikatur, Zusammenschnitt (Photo credit: Wikipedia)
संघीयताको छलफल बड़ो जटिल छ। यता तानतुन पार्यो उता मिल्दैन, उता तानतुन पार्यो यता अल्झिन्छ। गाँठो कसरी फुकाउने? समय धेरै छैन। 

(१) पहिले पावर Devolution मा समझदारी बनाउने 

केन्द्र सरकारले आफ्नो बजट को आधा राज्य सरकारहरुलाई जनसंख्याको आधारमा समानुपातिक रुपमा दिने, राज्यले जिल्लालाई, जिल्ला सरकारले गाउँ/शहरलाई। त्यसरी बाँडेर खर्च हुने पैसाको हिसाब किताब वर्षेनी इंटरनेट मा सबैले देख्ने गरी राख्नु पर्ने। 

पावर devolution मा भाषाको पनि कुरा आउँछ। प्रत्येक राज्यले नेपाली बाहेक तीन देखि छ भाषा राज्यको सरकारी कामकाज र प्राथमिक/माध्यमिक शिक्षाको भाषा बनाउन पाउने। राज्यले भाषा सम्बन्धी निर्णय जिल्ला र गाऊँ/शहर सम्म लान पाउने। 

यति सहमति गर्न सकियो भने नक्शा बारे छलफल सहज हुन जान्छ। 

(२) नक्शा बनाउने 

मलाई सबभन्दा मन परेको पाँच राज्यको नक्शा छ, तराईमा दुई, पहाड़मा तीन। तर मैले मेरो गोरुको बारै टक्का भन्दिन। 

(३) नाम 

सबैभन्दा झगड़ा राज्यहरुको नाम के हुने भन्ने कुरामा छ। पावर devolution को कुरामा सहमत हुने र नक्शा मिलाउने र यो कुरा प्रत्येक राज्यलाई छाडिदिने। मॉनसून २०१५ भन्दा अगाडि स्थानीय र राज्यको चुनाव गराउने र प्रत्येक राज्यले बहुमतको आधारमा आ-आफ्नो राज्यको नाम राख्ने भन्ने। 

यसरी स्टेप by स्टेप गए समयमा सम्विधान आउँछ कि भन्ने हो। 


झापा, मोरंग, सुनसरी, उदयपुर, इलाम

झापा, मोरंग, सुनसरी, उदयपुर, इलाम ----- यी पाँच जिल्लालाई मिलाएर एउटा राज्य बनाउन सकिन्छ।


हिन्दी भाषा र नेपाल

वीपी कोइरालाको जमानामा नेपालमा हिन्दीको जे स्थान थियो, हामीले अहिले जान खोजेको त्यहीं हो। वीपीका चेला भनाउँदा काँग्रेसीहरु भने महेन्द्रको भाषा बोल्छन् र हिन्दीको कड़ा विरोध गर्छन, मलाई अचम्म लाग्छ। माला लगाउने वीपीको तस्वीरलाई तर नीति मानने महेन्द्रको? अजब देश, गजब नगरी।

मधेसी पहिचानको सबैभन्दा महत्वपुर्ण कड़ी नै हिन्दी भाषा हो। पहाड़ी/पर्वते समुदायको लिंक language नेपाली भए जस्तै, मधेसी समुदायको लिंक language हिन्दी हो। भोलि खड़ा हुने मधेशका राज्यहरुमा सदनको प्रमुख भाषा नै हिन्दी हुनेछ।

मलाई लाग्छ नेपालभरी नेपालीभन्दा हिन्दी बुझ्ने मान्छे बढ़ी छन।

मधेसी पहिचानको केन्द्रमा हिंदी भाषा छ भने सम्पुर्ण नेपालीलाई दक्षिण एशियाली बनाउने हिन्दी भाषा हो। बिश्व मञ्चमा नेपालीले आफ्नो दक्षिण एशियाली पहिचान अंगीकार गर्नै पर्छ। मोदीले संसारमा सबैभन्दा बढ़ी माया गरेको देश नेपाल। त्यस प्रेमबाट नेपालले आर्थिक विकास खोज्नै पर्छ। अहिले नै विश्वमा चीन र अमेरिका पछि भारत नै हो। युरोपका दुइ चार देश बाहेक गुजरात सबैभन्दा अगाडि अहिले छ।

नेपालमा हिन्दी भाषा मधेसीलाई मात्र चाहिएको जस्तो महेन्द्रपथको कुरा गर्न छोडौं। दक्षिण एशियालाई आर्थिक प्रगतिको हिसाबले युरोप बनाउने मोदीको सपनामा सहभागी बन्ने तिर सोचौं र पहल गरौं।

हिन्दी भाषालाई संयुक्त राष्ट्र संघको छैठौं भाषाको रुपमा स्थापित गर्ने भारतको लक्ष्यमा सबैभन्दा बढ़ी साथ दिन सक्ने देश नेपाल हो। त्यसमा कुनै किसिमको कन्जुस्याइँ नगरौं।

हुलाकी राजमार्ग बनाउने हिन्दी भाषाले हो। हिन्दी भाषा अलंकारको कुरा होइन, आर्थिक विकासको कुरो हो।

प्रचण्डको भनाइलाई बङ्ग्याउन भएन

"मधेसमा पहाडिया, थारु र मुस्लिमलाई समेत मिलाएर कसैको पनि बहुमत नपुग्ने गरी बहुपहिचानयुक्त प्रदेश बनाउँदा मात्रै राष्ट्रिय एकता हुन सक्ने प्रचण्डको विश्लेषण छ ।"

यो चाहिं प्रचण्डले घुमाई फिराई एक मधेश दो प्रदेश नै भन्न खोजेका हुन। कोचिला, मिथिला, भोजपुरा, अवध, थारुवन तिर नजाऊं भन्न खोजेका हुन। झापा र मोरंगलाई र सुनसरीलाई मधेशबाट अलग नगरौं, कैलाली, कन्चनपुरलाई अलग नगरौं। झापा, मोरंग, कैलाली, कन्चनपुरमा पर्वते ५०% छ भन्दैमा तीनलाई मधेशबाट अलग नगरौं भन्न खोजेको हो।

म त त्यो भन्दा एक कदम अगाडि जान्छु। चितवन र मकवानपुरको कुरा गरेको होइन। त्यो त मधेश नै हो। मधेश नभएको भए तिनलाई भित्री मधेश किन भनिन्छ, तल्लो पहाड़ किन भन्दैनन्?

म त पश्चिममा डडेल्धुरा र पुर्वमा ईलाम पनि मधेशका राज्यहरुमा मिलाउने पक्षमा छु।

सड़क आन्दोलन पहिलो अस्त्र हुन सक्दैन। सकेसम्म सदनबाट निकास खोज्ने हो। र त्यो पनि ईमानदारीपूर्वक। इमान्दारीपुर्वक निकास खोज्ने भनेको केहि हदसम्म flexible भएर जाने हो। सिद्धांत छोड्ने होइन, तर detail हरुमा अलिकति तल माथि गर्ने ठाउँ त राखनै पर्छ। मेरो गोरुको बारै टक्का भन्ने मनसाय लोकतान्त्रिक मनसाय होइन। लोकतन्त्र भनेको आफ्नो कुरा राख्ने व्यवस्था हो भने अरुको कुरा सुन्ने व्यवस्था पनि हो।

परिष्कृत लोकतन्त्रमा सबै राजनीतिक काम सदनबाट हुन्छ, जनतालाई सड़कमा जाने जरुरत नै महसुस हुँदैन। हामी जान खोजेको त्यहाँ हो।

अहिलेको सदनको यथार्थ के हो भन्दा एमाओवादीको नेतृत्व मानेर मधेसी दलहरुले hard bargaining गर्ने। भने पछि गर्ने। सकेसम्म सड़क तताउनुपर्ने अवस्था आउन नदिने।

झापा देखि कंचनपुरसम्मको एक मधेश दो प्रदेश को बाटोमा हिंडेसम्म Federal Democratic Alliance लाई मेरो समर्थन छ। त्यस सन्दर्भमा प्रचण्डले कांग्रेस र एमालेका बाहुनहरुलाई फकाउन कति बेला के बोल्छन् म त्यति detail मा जान चाहन्न।