Pages

Wednesday, September 02, 2015

In The News (6)



Nepal is a tinderbox now. Majority of people are still wishing away that the problems will go. That may change radically if ‪#‎withDrKC‬ health takes turn for worse. Kathmandu will then catch fire, and this time no one will be spared.


बेश क्याम्प र प्रहरी सेनालाई खाली गराउँन मोर्चाको आन्दोलनकारीसंग अपिल
(मधेस भरी नै यस्तै भए के होला ?)

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाराले जिल्लामा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको चौकी, बेश क्याम्पलाई खाली गराउँन मंगलबार आन्दोलनकारीसंग अपिल गरेको छ । मोर्चाले आहवान गरेको अनिश्चितकालीन तराई मधेश बन्दको क्रममा शान्तिपुर्ण आन्दोलनमा उत्रेका आन्दोलनकारीमाथि आनाधुन गोलि प्रहार गर्ने प्रहरीलाई कुनै किसिमको सहयोग नगर्न र उनीहरुको जिल्लाबाट हटाउँन २४ घण्टे अपिल गरेको छ ।

मधेशी मोर्चा बाराको बैठकले एक बिज्ञप्ती जारी गर्दै मधेश र मधेशी जनताको शोषण गर्ने मधेशी नागरिकमाथि बन्दुक चलाउँने प्रहरी, सेनाका परिवारलाई घरभाडा नदिन जिल्लाबासीलाई आग्रह गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै प्रहरी, सेनाका परिवारलाई दाल, चामल, तरकारी, नुन, तेल लगायतका खाद्यान सामाग्री नबेच्न व्यापारीसंग मोर्चाले आग्रह गरेको छ ।

मधेश र मधेशीको सुरक्षा गर्नुको साटो मधेशी जनतालाई शोषण गर्ने यस्ता प्रहरीहरुको आवश्यक्ता मधेशका जिल्लामा नरहेको उनीहरुको भनाई रहेको छ । मोर्चामा आबद्ध रहेका संघिय समाजबादी फोरम नेपाल बाराका अध्यक्ष रामबाबु यादव, तराई मधेश लोकतान्त्रिक पार्टी बाराका अध्यक्ष नवलकिशोर सिंह, सदभावना पार्टी बाराका अध्यक्ष महमद सफिक अंसारी, तराई मधेश सदभावना पार्टी बाराका अध्यक्ष रमेश यादव र थारु कल्याणकारी सभा बाराका सचिव कृष्णा चौधरीले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका हुन् ।


सारा के सारा मधेसी, शेना बन के सडक पे आए तो कहाँ से और शेना लाओगे नेपाल सरकार और कित्नो मधेसी शेना को मारोगे। समय रहते सुधर जाओ, नहि तो दिल्ली दुर नहि अब। सारे मधेसी, मधेस कि सुरक्षा के लिए, मधेसी शेना मे परिबर्तन होने मे देर नहि होगा अब।


जनकपुरलाइ पनि दङ्गाग्रस्त क्षेत्र घोषणा गर्ने तयारी , यहाँ पनि कर्फ्यु लागाउने तयारी ! २ जनालाई गोलि , अहिलेसम्म ५३ राउन्ड आश्रु ग्यास प्रहार , ३ राउन्ड गोलि र ११ राउन्ड हवाई फायर , अवस्था झनै उग्र !!!



NEPAL: Protest, revenge, death spreads across Nepal's Terai
September 2, 2015

The Asian Human Rights Commission (AHRC) has received information that gives cause for alarm.

It appears what happened at Kailali is set to happen in other regions of Terai as well.

If lessons are not learned and a pathway for a just and unified Nepal is not opened,

the tinderbox could ignite.

A keen observer on what is unfolding in Nepal, the AHRC has reason to be extremely concerned about the increasing violence in Nepal’s Terai.

Today, September 2, the AHRC has learned of the imminent possibility of violence in Gaur, Rautahat District, and Birgunj, Parsa District. Protesters are incensed after the police opened fire amidst a protestor police clash on August 31. The police firing killed Dilip Chaurasiya, who was aged 30 and resident of Manariya in Parsa District. Thirty-five others have been injured in this firing. Zakir Hussain, someone grievously injured in the police firing, has been brought to Kathmandu for treatment.

The violence and killing continued the following day, i.e. yesterday, September 1. In clashes and ensuing police firing in Parsa District, Krishna Patel, Hafijat Miya, Dharm Raj Singh, and Sohan Sah Kalbar were killed, and seven others have been shot and seriously injured, which includes those shot by the police inside the premises of Narayani Sub-Regional Hospital. Of those killed, Sohan Sah Kalbar was an innocent bystander. Kalbar, a local resident of Nagwa peeked out of his window and was greeted by a bullet to his head.

There have been numerous clashes and resultant police shootings across the Parsa District since Dilip Chaurasiya’s death. For instance, when around 25 protestors were demonstrating in Kalaiya Chowk, District Superintendent of Police (DSP) Binod Sharma arrived with a van full of police personnel and opened fire on the protestors. Hafijat Miya, a local resident of Kalaiya was killed on the spot, while Suresh Yadav, Raja Babu Sah, and Rahul Chaudhary sustained bullet injuries.

AHRC notes that

rather than opening a dialogue with the protestors and thereby dealing with the root cause and de-escalating tensions, the government of Nepal has deployed large numbers of army and police personnel; the clamping down through the armed personnel, and via curfews and expansion of prohibited areas in the Terai has only increased tensions and confrontations with the aggrieved local population.



The killing of police personnel in Kailali is condemnable, however, this incident is not and should not be viewed in isolation; more than an attack on the 'police' it is but an escalation of ethnic violence which can turn worse if its nature is not understood. On the other hand,

the local administration has declared Birgunj as a riot zone. This is but an excuse to deploy the Nepal Army to suppress the protests. This does not bode well for the democracy that Nepal intends to become.



The violence, taking place in the Terai daily, has historic bearings when seen from the lens of the history of the communities, but also needs to be comprehended with regard to the chain of events in the past two months. After protesters died in police firing in Surkhet District in August, the Ministry of Home Affairs released a circular that the policemen should not carry bullets. That is why

in Kailali, on August 24,

the Nepal police only carried rubber bullets.

On that day, 8 police officers including a toddler were killed; the officers were mob lynched, stabbed and speared and burnt to death. Following this, the police have erupted with violence in Nepal’s Terai. They are not following minimum standard in the use of force and have been shooting directly with intend to kill, with a revenge and tribal mentality that cannot be justified under any circumstances. Terai now burns; are 2-5 deaths almost everyday.



Prolonged protests have heightened tension between the protestors and security personnel and such a situation has increased the risks of human rights violations. The AHRC, therefore, urges all the stakeholders, including the political parties and the government to seek a negotiated settlement with respect to the outstanding constitutional issues and the demarcation as soon as possible. The AHRC calls upon the political leaders to dialogue and reconsider the demands of Tharu and Madhesi groups. Leaders from the Madhesi and Tharu groups must urge restraint to ensure protestors do not turn to violence.

The security agencies for their part must strictly follow the rules set in Local Administration Act, 1971, before using lethal force. The security personnel must not use lethal force above the knee and in mass protests. The Nepal State should treat the injured protestors for free and provide compensation to those who have died in police firing.

The AHRC also urges the National Human Rights Commission to issue fresh directives to security agencies so that they maintain restraint and respect human rights even during the protests.


आरक्षण कोटा अन्तर्गत मधेसी कोटामा नाम निकाल्ने।न्याय अन्तर्गत
रोल न.134082
"मनोज कुमार खडका "
"MANOJ KUMAR KHADKA"
पद=शाखा अधिकृत
सेवा=न्याय
श्रेणी=रा.प.त्रीतिय
(मधेसी कोटा)मा नाम निकालेका छन,
कुन जिल्लाबाट प्रमाणित गराएका छन,CDO लाई घुस खुवाएर।
(मधेसमा बसेर आफुलाइ मधेसी नठान्ने तर आरक्षण कोटामा आन्खा लगाउने ,छलेर भएनी ,CDO लाई पैसा खुवाएर भएनी मधेसी भनी प्रमाणित गराउने )
चेतना भया।
आजको गोर्खा पत्र(page no.14)
टीकापुरमा ७ प्रहरी दाजुभाइ ढल्दा तपाईं रुनुभयो । वीरगञ्जमा ५ नेपाली दाजुभाइ ढल्दा मौनता साध्नुभयो। वीरगन्जमै गिरिजाप्रसादको शालिक ढल्दा तपाइं आक्रोशित हुनुभयो । जय नेपाली । जय नेपाल ।


ओली की बोली फिर गोली की तरह निकली है। मधेशी को यूपी बिहार भेजने की बात कहने वाले एमाले अध्यक्ष ओली ने मधेश आन्दोलन में रहे आन्दोलनकारियों को विदेशी बताते हुए उन्हें "ठिकाना" लगाने का निर्देशन अपने कार्यकर्ताओं को दिया है। और एमाले में रहे मधेशी सभासद, नेता कार्यकर्ता हाथ में चुडियां पहन कर ओली के इस भाषण पर ताली बजाते नजर आए।

क्यों अपने कार्यकर्ताओं को मरवाने पर लगे हो ओली जी? यदि मधेशी को ठिकाना ही लगाना है तो खुद मैदान में उतरो। हत्यारा गृहमंत्री तो तुम्हारी पार्टी का ही है जिसके बल पर तुम निर्दोष मासूम मधेशी/थारू जनता को गोली मरवा रहे हो। यदि हिम्मत है तो मधेश के किसी भी जिले में आकर देख लो पता लग जाएगा कौन किसको ठिकाने लगाता है?


झलनाथको अभव्यक्तिविरूद्द सर्लाहीमा धोती स्वभिमान र्‍याली



In The News (5)

चीनको शक्ति प्रदर्शन
बेइजिङमा रहेको थिआन मन स्क्वायर विश्वकै सबैभन्दा ठूलो चोक हो । यसको पूर्वतिर विश्वकै सबैभन्दा ठूलो संग्रहालय चिनियाँ राष्ट्रिय संग्रहालय रहेको छ भने दक्षिणतिर नयाँ चीनका संस्थापक नेता माओत्सेतुुङको शव राखिएको भवन छ । पश्चिमतिर विश्वकै सबैभन्दा ठूलो संसद भवन चीनको जनबृहत सभाभवन रहेको छ र उत्तरतिर विश्वकै सबैभन्दा ठूलो राजदरबार फोर्बिडन सिटी छ । .... परेड अवलोकन गर्न ४९ वटा मुलुकले आफ्ना प्रतिनिधि पठाउने निश्चित गरेका छन् । तीमध्ये ३० जना राष्ट्रनायक र सरकार प्रमुख छन् भने १९ जना उच्च सरकारी प्रतिनिधि रहेका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठनका १० जना प्रमुखहरू समावेश छन्, जसमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुन पनि छन् । यस बाहेक चीनमा रहेका कूटनीतिक नियोगका प्रमुख र सैनिक सहचरीलाई पनि परेड अवलोकन गर्न निमन्त्रणा गरिएको छ । परेडमा सत्र विभिन्न देशका एक हजार सैनिकसहित १२ हजार सैनिकले मार्चपास गर्दैछन् । ..... दोस्रो विश्वयुद्धमा सैनिकहरू मात्र तीन करोड पचास लाखको मृत्यु भएको थियो । चीनले जापानसँग सन् १९३१ देखि १९४५ सम्म चौध वर्ष युद्ध गर्नुपरेको थियो । सो युद्धमा मात्र एक करोड पचास लाख चिनियाँले ज्यान गुमाएका थिए भने दस करोड चिनियाँहरू आन्तरिक शरणार्थी बनेका थिए ।

सन् १९३७ मा जापानले चीनको नानचिङमा गरेको मानव नरसंहारलाई विश्वकै सबैभन्दा क्रूर हत्याकाण्ड मानिन्छ ।

दोस्रो विश्वयुद्धताका चीनले भोगेको पीडालाई पश्चिमा जगतले अनुभूत गर्न नसकेको गुनासो चीनले गर्दै आएको छ । ...... सैनिक परेडको उद्देश्य शान्ति र विजय रहेको चीनले घोषणा गरे पनि पश्चिमाहरूले यसलाई चीनको आन्तरिक राष्ट्रभक्तिलाई अझै सशक्त बनाउने र पार्टी तथा सैनिक शक्तिबाट आन्तरिक विद्रोहलाई थर्काउने उद्देश्य रहेको बताएका छन् । .... बेइजिङमा मात्र ८ लाख ५० हजार नागरिक सुरक्षाकर्मीलाई खटाइएको छ । .... यो अवधिमा बेइजिङका १० हजारभन्दा बढी कोइला कारखानाहरूलाई बन्द गरेर बेइजिङको आकाश सफा बनाउने प्रयास गरिएको छ । .... यो सैनिक परेडबाट विशेषगरी जापान, भारत र अमेरिकाले आशंका व्यक्त गरेका छन् । जापान विरुद्धको युद्धकै स्मरण दिवस भएकाले यो दिवसले जापानको टाउको दुख्नु स्वाभाविक हो । तर गत मे ९ तारिख रूसमा आयोजित उस्तै सैनिक परेडमा सक्रियतापूर्वक भाग लिएको भारतले भने बेइजिङ परेडमा झारा टार्ने उपस्थिति जनाउने भएको छ ।


सरकार गम्भीर देखिएन : यादव
मधेसमा विद्रोह भइरहेको छ । अब हिमाल र पहाडतिर पनि सल्किइसकेको छ । ....

यसरी गोलीको सस्तो प्रयोग राजा महेन्द्र, ज्ञानेन्द्र र वीरेन्द्रको पालामा पनि भएको थिएन । अन्तर्राष्ट्रिय कानुनअनुसार भन्ने हो भने यहाँ मानवताविरुद्धको अपराध भएको छ । विदेशी राष्ट्रहरूले गम्भीरतापूर्वक लिनुपर्छ । राज्य जातीय संहारको बाटोमा उभिएको छ । यो नेपालको मात्रै चासोको विषय रहेन ।

...... हामीले कूटनीतिक चासो सम्बन्धमा विदेशी कूटनीतिज्ञ अन्तर्राष्ट्रिय मानव अधिकरसँग भेट गर्ने विचार गरेका छौं । .... सरकार विगतका सहमतिको कार्यान्वयन गर्न चाहन्न । ऊ विगतका सम्झौता उल्टाउन चाहन्छ । अहिले आन्दोलनमा मारिनेहरू आफ्ना नागरिकहरू हुन् भन्ने अनुभूतिसम्म उहाँहरूलाई छैन । वार्ता वार्ता भनेर उहाँहरू नौटंकी गरिरहनुभएको छ । ...... पहिलो, जनता मार्ने काम बन्द गर्नुपर्‍यो । दोस्रो, विगतमा भएका ८ बुँदे र २२ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्‍यो । नरसंहार र वार्ता एकैपटक हुन सक्दैन । तेस्रो, संविधानका अन्तर्वस्तुमा सहमति गर्न सभाको कारबाही रोक्नुपर्‍यो । चौथो, आन्दोलनमा मारिएकालाई क्षतिपूर्ति र सहिद घोषणा, घाइतेको उपचार र क्षतिपूर्ति हुनुपर्‍यो । ...... टीकापुरमा मैले बोल्दै नबोलेको कुरालाई बोल्यो भनेर काल्पनिक प्रचार गरियो । त्यसलाई सत्य भनी ठड्याउने काम गरियो । छिमेकीसँग सम्बन्धको कुरा पनि त्यस्तै अर्को प्रचार छ ।

राजनाथ सिंहले नेपालमा लाखौं मधेसी नागरिकताविहीन छन् भनी बोलेको

कुरालाई एउटा मिडियाले बंग्याएर के लेखेको थियो, सारा प्रचार भयो । ......

बलपूर्वक संविधान लाद्ने पक्षमा उहाँहरू हुनुहुन्छ ।

..... अहिलेसम्म आन्दोलन हुँदा कहीं मधेसी र गैरमधेसीबीच झगडा भएको छ ? बरु सुरक्षाकर्मीले आक्रमण गर्दा पो प्रतिकार भएको छ । यो विभेद र शोषणविरुद्ध लडाइँ हो । अर्को जातविरुद्धको लडाइँ होइन । यो मधेस आन्दोलनमा पहाडी समुदायको समेत सहयोग छ । कांग्रेस र एमालेले साम्प्रदायिक दंगामा रूपान्तरण गर्न खोजेका थिए, असफल भए ।


सेनाको स्कर्टिङमा ग्यास ल्याइने
केही दिनयता काठमाडौं उपत्यका, पोखरा, चितवन, हेटौंडालगायत ठाउँमा अभाव .... ग्यास आयात हुने मुख्य नाका वीरगन्जमा समस्या देखिएको छ । ती नाकाबाट ग्यास आयात गर्न सकिएको छैन । ..... ‘आन्दोलनकारीले ग्यास बुलेटमा सुत्ले बम फाल्ने डरले सुरक्षाका कारण स्कर्टिङ गरेर आयात गर्न गाह्रो भयो । सोमबार ग्यास ल्याउन सकेनौं,’ निगमका प्रवक्ता दीपक बरालले भने, ‘स्कर्टिङको प्रबन्ध हुने बित्तिकै ग्यास आउँछ ।’ उनका अनुसार १३ गते ११ बुलेट ग्यास आएको थियो । १२ गते ग्यास ल्याउन सकिएन । ११ गते ४ बुलेट मात्रै आएको थियो । ..... निगमका अनुसार भन्सार नाकामा १ सय ६५ बुलेट थन्किएको छ । एक बुलेटमा १८ टन (एक टनमा ७२ ग्यास सिलिन्डर) हुन्छ । यसअनुसार २ लाख १३ हजार ८ सय ४० सिलिन्डर भन्सार नाकामै रोकिएको छ । ती बुलेटहरू ४ दिनयता थन्किएको निगमले जनाएको छ ।


‘वार्ताका लागि आएको होइन’
- महन्थ ठाकुर, अध्यक्ष तमलोपा

वार्ता गर्ने सरकारी मनसाय देखिदैन ।

सरकार सत्ताको आकाशमुनि ओत लागिरहेको छ । यसले यथार्थको धरातल टेक्नै बाँकी छ । जनताबाट जनतालाई मार्न लगाउने काम भइरहेको छ । कुनै यस्तो जिल्ला छैन, जहा यस्तो घटना नभएको होओस् । ...... आन्दोलन गाउसम्म पुगिसक्यो, खेती गरिरहेका किसानकहा हामी पुग्दा खेतबाटै जय मधेस भनेर स्वतस्फूर्त कराएको सुनियो । आजै वीरगन्जबाट आउदा युवाहरुको संख्या बढी देखियो । वीरगन्जमा त बालबालिका समेत हास्दै रमाउदै आउछन् । महिलाको उपस्थिति उस्तै छ । ..... अहिले त युद्धमय परिस्थिति छ । सरकार विगतमा भएका सम्झैताको कुरा उठाउदैन, वार्ताका लागि वार्ता भन्छ । मुद्दामा प्रवेश गर्दैन । मुद्दाको कुरा गरौं, तब न वार्ता हुन्छ । त्यत्रा साथीहरु पक्राउ परेका छन् । अस्पतालभित्रै लाठीचार्ज भएको छ । अस्पताल कम्पाउन्डभित्रै गोली चलेको छ । शान्त वातावारणमा वार्ता हुन्छ, यहा त मृतकका परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार हुनुपर्छ । ..... अरु राज्यको सीमांकन र नामांकन बाकी होला, मधेसको त पहिल्यै सम्झौतामा उल्लेख छ । मधेसको भूभागमा स्वायत्त मधेस राज्य हुने भनेर पहिल्यै सरकारले प्रतिबद्धता जनाइसकेको छ । अरु क्षेत्रमा समेत स्वायत्तता दिने भनिसकेको छ । अरु संघको नाम नहोला, हाम्रो त स्वायत्त मधेस प्रदेश नाम भइसकेको छ । मधेस भनिसक्दा स्वत: एउटा भूमिको विम्ब आउछ । पूर्व मेचीदेखि महाकालीसम्मको समथर भूमि । अझ भित्री मधेस पनि मधेस नै हो । भूमिले नै सीमांकन र नामांकन भइसक्नुपर्ने हो । पहाड र मधेसमा छठ, होलीजस्ताको छुट्टी नै अलग अलग दिइन्छ, पहिलेदेखि नै यो व्यवहारमा अभ्यास भइसकेको कुरा हो । .....

सत्तापक्षकै कुनै सभासद् आफ्नो क्षेत्रमा जान सक्ने अवस्था छैन, किन ?

...... सरकारले पहिल्यै १० लाख तोकेकै हो ..... यताबाट सीडिओ एकैछिन पर्ख म एक गाडी गोली पठाइदिन्छु भन्छन् । जति मार्न सक्छौ मार भनेको होइन ? ...... यस्तै स्टन्ट सद्भावनाको निर्णय पनि हो । राजीनामा विधिवत् भइसकेको छैन । अहिलेसम्म प्रक्रिया पुरा भएको पनि छैन । दोस्रो, मोर्चाको कुनै त्यस्तो निर्णय भएको छैन । मोर्चाले त सदनदेखि सडकदेखि सदनसम्मै लड्ने भनेको छ । यो गर्नुछैन, राजीनामा दिइसक्नुभएछ साथीहरुले । ...... सिनेमामा हामी बेलाबखत यस्ता स्टन्ट देख्न पाउछौं ........ विगतका सहमति कार्यान्वयन । अरु कुनै नया कुरा छैन । .....

प्रधानमन्त्रीसग कुरा गर्न बस्यो भने हामीलाई राष्ट्रियता र लोकतन्त्रको परिभाषा सिकाउन थाल्नुहुन्छ । ठोस कुरै गर्नुहुन्न, सधैं एउटै कुरो भनिरहनुहुन्छ, लोकतन्त्र ।

...... राज्यपुनसंरचना समिति र विज्ञहरुको आयोगले दिएको सुझावलाई बेवास्ता गरिएको छ । हाम्रो सम्झौतामा स्वायत्त मधेस किटेर लेखिएको छ । अहिले मनपरी गर्न पाइन्छ ? ...... नेपालमा विपक्षलाई अराष्ट्रिय, विखडनवादी आजदेखि भनिएको होइन । पन्चायतकालमा उहाहरुले नै पाउनुभएको हो यो नाम । अब सत्तामा गएपछि गंगास्नान भयो भने मेरो भन्नु केही छैन । ........ हामीलाई कहिले पो राष्ट्रिय नेता भनियो ? म कांग्रेसमा हुदै पनि मधेसैको नेता भनियो । मधेसको नेता भएकाले महेन्द्रनारायण निधिजीलाई त्यसै भनियो । जति गरे पनि हामी मधेसी नेता नै रहेछौं, देशका होइन रहेछौं । जीवनभरि यो देखियो, भोगियो ।


मुस्लिम पनि आन्दोलनमा
थरुहट र मधेसीले आन्दोलन गरिरहेको लामो समयपछि उनीहरुले पनि सडकमा उत्रिएका हुन् ।

लोकतान्त्रिक मुस्लिम मञ्च

नाम दिएर प्रदर्शनमा उत्रिएका उनीहरुले संवैधानिक मुस्लिम आयोगको सुनिश्चित्ता, संविधानमा मुस्लिमको पहिचान, कैलाली र कञ्चनपुरलाई बाँके, बर्दियासँग जोडेर नेपालगञ्जलाई प्रदेशिक राजधानी कायम गर्नुपर्ने मुख्य माग राखेका छन् ।

बोक्सी पनि उही, झाँखरी पनि उही: मानसिक दासता को पराकाष्टा

एकताबद्ध हुँदै दलित आन्दोलन
नेपालको दलित मुक्ति आन्दोलनको इतिहासमा सबैभन्दा एकताबद्ध आन्दोलनको रूपमा संयुक्त राजनीतिक दलित संघर्ष समितिको नेतृत्वमा संविधानमा दलित अधिकार सुनिश्चितताका लागि सञ्चालित २०७२ को आन्दोलनलाई लिनुपर्छ । ..... राजनीतिक रूपमा क्रियाशील प्राय: सबै दलित संगठन एवं भ्रातृ संगठनहरू, दलित सभासद समन्वय समिति, दलित नागरिक समाज र विभिन्न समुदायद्वारा सञ्चालित समुदायगत संगठनहरू यो आन्दोलनमा सहभागिता जनाइरहेका छन् । यो स्तरमा अहिलेसम्म कहिल्यै पनि दलित आन्दोलन एकताबद्ध भएको छैन । ...... तेस्रो चरणसम्म आइपुग्दा दलित मुक्ति आन्दोलन गर्व गर्नलायक नै बनेको छ । संविधानसभाभित्र रहेका सोह्रबुँदे सहयात्री शक्तिहरू र संविधानसभाभन्दा बाहिर रहेका शक्तिहरूसँग आबद्ध राजनीतिक दलित संगठन एकठाउँमा उभिनु खुसीको कुरा हो ।

देशव्यापी रूपमा दलितहरू सडकमा आएका छन् ।

...... संयुक्त आन्दोलन चलिरहँदा शासकहरूचाहिँ कानमा तेल हालेर बसेका छन् । उनीहरू पुरानो विष्ट प्रवृत्तिबाट उठ्नसकेका छैनन् । ......

निश्चित रूपमा दलित आन्दोलनमा उभार आएकै हो । यसको नेतृत्व एकीकृत नेकपा माओवादी, नेकपा एमाले, नेपाली कांग्रेस पार्टीमा विकास भएका दलित समुदायको उच्च नेतृत्वले गरेको छन् । उनीहरूलाई धन्यवाद दिनैपर्छ ।

बोक्सी पनि उही, झाँखरी पनि उही। अहिले को अवस्थामा दलित को अधिकार चीर हरण गरेकै काँग्रेस, एमाले एमाओवादी ले हो। मानसिक दासता को पराकाष्टा हो यो। दलित ले आफ्नै पार्टी खोल्न सक्नु पर्छ। यही रोग मधेसी र जनजाति मा पनि छ। शोसक नै काँग्रेस, एमाले एमाओवादी हो। त्यो गुलामी को जंजीर नतोड़े सम्म प्रगति हुँदैन।



वार्ताद्वारा समस्या समाधानमा कांग्रेस सभासदको जोड
मधेश र थरुहट लगायतका क्षेत्रमा प्रदेशको सिमांकनका विषयमा चर्किएको आन्दोलनलाई वार्ताबाट सम्बोधन गर्न नेपाली कांग्रेसका सभासदहरुले नेतृत्वलाई दवाब दिएका छन् । पार्टी संसदीय दलको बैठकमा बोल्ने अधिकांश सभासदले वार्ता र सम्वादबाट आन्दोलरत्पक्षलाई संविधानसभाबाट संविधान निर्माणको बाटोमा ल्याउन नेतृत्वलाई आग्रहसहितको दवाब दिएका हुन् । बिहान बसेको बैठकमा मधेसबाट प्रतिनिधित्व गर्ने अधिकांश सभासदले बोलेको र सबैले मधेश/थरुहटको आन्दोलनलाई लचिलो भएर वार्ताबाट समाधान गर्न जोड दिएको सभासद रामकृष्ण यादवले बताए । .......

'उनीहरुले उठाएका जायज मागको सम्बोधन गरिनुपर्छ,'

यादवले भने । .... कतिपय सभासदले

महाधिवेशन स्थगित गरेर पार्टी नेतृत्व सरकार र पार्टी दुवै मोर्चामा असफल साबित भएको

आरोप लगाएका थिए ।
कांग्रेसले सभामुखसँग माग्यो सहयोग
महाधिवेशन संकट
भदौभित्र नयाँ संविधान जारी गरी त्यसकै व्यवस्थामा टेकेर महाधिवेशन गर्न एमालेको सुझाव-..... एमाले नमाने तत्काल महाधिवेशन मिति तोक्ने कांग्रेस नेताहरूको भनाइ ..... अन्तरिम संविधान संशोधनको बाटोमा जाँदा कांग्रेसले संविधान जारी गर्ने समय लम्ब्याउने एमालेको आशंका छ। नयाँ संविधानको राजनीतिक दलसम्बन्धी प्रस्तावित व्यवस्थामा ५ वर्षभित्रमा महाधिवेशन हुन नसके ६ महिना बढाउन सकिने उल्लेख छ। ......

‘एमाले तयार भएन भने पार्टीलाई संवैधानिक संकटमा पुर्‍याउन दिँदैनौं। महाधिवेशनको तयारीमा जुट्छौं।’

...... ‘एउटा पार्टीको महाधिवेशनका लागि संविधान नै संशोधन गर्नु लज्जास्पद हुन्छ।’ ..... ‘एक वा दुई दिनका लागि महाधिवेशन सुरु गर्ने र हाल रहेकै कार्यसमितिलाई ६ या १ वर्षका लागि निर्वाचित भएको सहमतिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने उपाय राम्रो हुन्छ।’ ..... ‘पार्टी नेतृत्व गम्भीर नभएका कारण महाधिवेशन हुन नसकेको हो,’ उनले भने, ‘अहिले आएर महाधिवेशन हुन नसक्ने बाध्यात्मक स्थिति निर्माण गर्नु नेतृत्वको असक्षमताको एउटा नमुना हो।’
आन्दोलनको भिडिओ खिच्न प्रहरीको सर्कुलर
आन्दोलनको नेतृत्व गर्ने मुख्य नेता र प्रदर्शनकारीको तस्विर र भिजुअल लिने ब्यवस्था मिलाउन भनिएको हो । ती सामाग्री र सुचना संग्रह गरेर त्यही अनुरुप सुरक्षा नीति बनाउन निर्देशन भएको प्रहरीले जनाएको छ ।


जनकपुरमा प्रदर्शन उग्र भएपछि स्थानीय प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
१९ औं दिन पनि जनकपुर बन्द
मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म ती क्षेत्रलाई निषेधित घोषणा गरिएको छ । यही क्षेत्रमा जिल्ला प्रशासन, जिल्ला विकास समिति, मालपोत, जिल्ला प्रहरी, प्रमुख जिल्ला अधिकारीको आवास, कोष तथा लेखा नियन्त्रण, वन, पशु, कृषि, सिंचाईलगायतका सरकारी कार्यालयहरु छन् । ..... स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३(क) अनुसार निषेधित क्षेत्रमा सभा, सेमिनार, प्रदर्शन लगायतका गतिविधिमा रोक लगाइएको छ । यस क्षेत्रमा खटेका सुरक्षाकर्मीहरुलाई अन्तिम बलस्वरुप गोलीसम्म चलाउने अधिकार दिइएको छ । .... बन्द सफल बनाउन आन्दोलनकारीहरु बिहानैदेखि नगर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । आक्रोशित आन्दोलनकारी बिहानैदेखि भानुचोक, मुरली चोक, पिराडी चोक, नयाँ बस पार्क सहितका चोकहरुमा प्रदर्शन गरिरहेका छन् .... आन्दोलनकारीहरुले आजदेखि बन्दलाई अझ सशक्त बनाउँदै मोटरसाइकल चलाउन पनि रोक लगाएको छ ।


कर्फ्यूकाे तेस्रो दिन वीरगन्ज शान्त

सेनाको स्कर्टिङमा २०० मालवाहक ट्रक राजधानी पठाइएको प्रशासनले बताएको छ । जसमा पेट्रोल, डिजेल तथा एलपिजी ग्याँस बोकेका ट्याङकर सहित खाद्यान्न सामग्री बोकेका ट्रक समेत छन् ।

...... प्रहरीले रातको समयमा मालवाहक गाडीहरूलाई स्कर्टिङ गर्दै गन्तव्य तर्फ पठाउँदै आएको विरोधमा वीरगन्ज भन्सारबाट कुनैपनि गाडी छिर्न नदिनेभन्दै प्रदर्शनकारी सडकमा उत्रिएपछि भिडन्त सुरु भएको थियो ।


गच्छदारको नयाँ मधेसी मोर्चा घोषणा हुँदै
विजय गच्छादरको छुट्टै मोर्चा घोषणा: १९ गतेसम्मको अल्टिमेटम
माग सम्बोधन नभए संविधान निर्माण प्रक्रियाबाट अलग हुने चेतावनी
गच्छदारले तीन दललाई मिलाएर संघीय लोकतान्त्रिक मोर्चाको गठन गरेका छन् । उक्त मोर्चामा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस सदभावना पार्टी र राजकिशोर यादवको फोरम गणतान्त्रिक जोडिएको छ । ..... तीनै जना नेताले

संविधानको विधेयक संशोधनको अवधि भाद्र १९ गते भित्र ठूला तीन दलले आफूहरुको माग नसुने संविधानको सम्पूर्ण प्रक्रिया छाडेर बाहिरिने चेतावनी दिए । संविधानसभामा फोरम लोकतान्त्रिकका १४, रामसपाका ३ र फोरम गणतान्त्रिकका १ जना सभासद छन् ।

....... कांग्रेस, एमाले र एमाओवादीलाई कुनैपनि हालतमा ८ प्रदेशको संरचनामा ल्याउन बाध्य गराउने


वार्ताको वातावरण छैन: ठाकुर
वार्ताका लागि तराईका विभिन्न स्थानमा परिचालन गरिएका सुरक्षा निकाय र निषेधाज्ञा फिर्ता भई, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा र घाइतेको निःशुल्क उपचार तथा मृतक परिवारलाई राहत दिने प्रतिबद्धता सरकारका तर्फबाट आउनुपर्ने खाँचो औँल्याए । ..... “राज्यसँग विगतमा भएका सम्झौता र समझदारी पालना भएको छैन । फेरि अर्को सम्झौता के का लागि ? त्यसैले मधेसीसँग तत्कालीन सरकारले प्रमुखदलसहित गरेका सम्झौता पालना गर्ने प्रतिबद्धता आउनुपर्छ, तब मात्र सहमतिको वातावरण बन्छ,”


दलितहरू पनि सडकमा
दलितलाई अन्तरिम संविधानमा प्रदान गरिएको अधिकारबाट वञ्चित गरेर ‘वैधानिक हत्कडी’ मा राख्न खोजेको भन्दै सांकेतिक प्रदर्शन गरेको हो । .... अधिकार घटाउँदै दलितलाई दोस्रो दर्जाको नागरिक बनाउने योजनाविरुद्ध सडकमा ओर्लिनुपरेको बताए । आन्दोलनमा सबै पार्टीका दलित संघ/संगठन आबद्ध कार्यकर्ता सहभागी थिए । जुलसले बजार परिक्रमा गरेको थियो । ..... तराईमा ३ प्रदेश कायम गरिनुपर्ने र चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने लगायत माग राखेर थारू कल्याणकारिणी सभाले आहान गरेको ४ दिने आमहडतालको तेस्रो दिन मंगलबार चितवन माडीमा जनजीवन प्रभावित भएको छ ।


आङकाजी शेर्पा प्रहरी नियन्त्रणमा
संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पालाई महानगरिय प्रहरी अपराध महाशाखा, टेकुको टोलीले बौद्धबाट नियन्त्रणमा लिएको छ । .... अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले शेर्पालाई साइबर अपराध अन्तर्गत अनुसन्धान गर्नका लागि नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । ..... ‘शेर्पाको अकाउन्टबाट हिंसा बढ्काउने खालका कुराहरू लेखिएको पाइएकोले उनलाई नियन्त्रणमा लिइएको हो,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’




यादव र ठाकुर वार्ताका लागि काठमाडौंमा
वीरगञ्जमा महतो र कलैयामा महेन्द्ररायले जारी आन्दोलनको संयोजन गरिरहेका छन्।

प्रचंड गच्छेदार को बाटो मा



एमाओवादीको नेतृत्वमा मधेसमा जन्मियो संघीय मधेसी मोर्चा, प्रचण्ड पनि सदस्य
केन्द्रमा संविधान निर्माण, मधेसमा आन्दोलन चर्काउँदै प्रचण्ड
तराई मधेसमा जारी आन्दोलनलाई उचाईमा पुर्याउन भन्दै रुपन्देहीमा संघीय मधेसी मोर्चा गठन भएको छ । ...... ५ माओवादी घटक मिलेर बनेको संयुक्त मधेसी राष्ट्रिय समिति र अन्य ५ दलको सहभागितामा संघीय मधेसी मोर्चाको गठन भएको मोर्चाका रुपन्देही संयोजक देवेन्द्र पाण्डेय “सागर” ले जनाए । ..... मोर्चाको गठन र आगमी कार्यक्रमको बारेमा जानकारी दिन सोमबार सांझ भैरहवामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै जिल्ला संयोजक सागरले

तराई मधेसका ६५ प्रतिशत जनता अहिले आन्दोलनमा होमिएकोले

सरकारले यथोचित मागलाई सम्बोधन नगरे मुलुकमा ठूलो दुघर्टना निम्तिने चेतावनी दिए । ....... एमाओवादीका राज्य समिति सदस्य समेत रहेका सागरले संघीय मधेसी मोर्चाको गठनले विगत केही दिनदेखी तराई मधेसमा चल्दै आएको संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनलाई थप बल दिने तर्क गरेका छन् । उनले भने “हाम्रो संघीय मधेसी मोर्चा, संयुक्त मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिसँग मिलेर

समग्र मधेस एक प्रदेश निर्माणको लागी आन्दोलन गर्नेछौं ।”

..... नवगठित मोर्चाले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गर्दै आन्दोलनका क्रममा मृत्यु भएका सुनिल यादव, दुर्गेश यादव, शैलेन्द्र यादवलाई सहिद घोषणा गर्न माग गरेको छ । यस्तैगरी घाइतेको निशुल्क उपचार तथा भौतिक समानको क्षतिपूर्ती सरकारले दिनुपर्ने, निषेधाज्ञा तुरुन्त हटाउनुपर्ने, नैतिकताका आधारमा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने र समग्र मधेस एक प्रदेशको निर्माण गर्न सरकारसंग माग समेत गरेको छ । ...... मोर्चाका जिल्ला संयोजक पाण्डेय र नेपाल सद्भावना पार्टिका रुपन्देही अध्यक्ष हरिश्चन्द्र यादवद्धारा संयुक्त रुपमा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तीमा भनिएको छ “विगतमा विभिन्न आन्दोलनरत पक्ष र तत्कालिन सरकारसंग भएका विभिन्न वार्ता सम्झौताहरु संविधानमा सम्बोधित गर्न गराउन आज आन्दोलनको केन्द्र मधेसमा बनाइएको हो ।” ..... मोर्चाले मंगलबारदेखी जिल्लामा आन्दोलनलाई शसक्त बनाउने, हरेक आन्दोलमा एक जना टोली नेता चयन गर्ने, स्वयंसेवक खटाउने, आन्दोलनकारी रुट भन्दा बाहिर नजाने, १६ वर्ष भन्दा कम उमेरकालाई आन्दोलनमा सहभागीता निषेध गरिने, नशालु पदार्थ सेवन गरेकोलाई आन्दोलनमा सहभागी नगराउने, सबै प्रकारका हातहतियार पुर्ण रुपमा निषेध गरिने, निर्धारित नारा भन्दा अन्य नारा नलगाउने गरी आन्दोलनको आचारसंहिता जारी गरिएको मोर्चाको संयोजक पाण्डेले जनाए । उनले भने आचार संहिता विपरित आन्दोलनमा कोही प्रस्तुत भए त्यो घुसपैठीया हुने र त्यस्तालाई स्यंसेवक दस्ताले तुरुन्त नियन्त्रणमा लिई आवश्यक कारबाहि समेत गर्ने जनाए । ...... एमाओवादीका केन्द्रिय सल्लाहकार विनोद उपाध्ययले समग्र उत्पीडित मधेसी समुदायको उत्थानकोलागी एक मधेस एक प्रदेश आवश्यक रहेको जनाउदै भने “राज्यले एक मधेस एक प्रदेश घोषणा गर्नुपर्दछ बाँकी आवश्यक्ता अनुसार थारु, कोचीला, अवध, मधेसलाई सम्बोधन गर्ने काम संघीय प्रदेशले गर्दछ ।” संविधान सभाका पूर्व सदस्य समेत रहेका उपाध्ययले तराई मधेसका जनतालाई अहिले पनि राज्यले विभेद गरेको भन्दै आक्रोश व्यक्त गर्दै भने “सुर्खेतमा ३ जना मर्दा त्यहांको माग सम्बोधन हुने मधेसमा दर्जनौ मर्दा वेवास्ता गर्ने यो राज्यको विभेदकारी नीतिको पछिल्लो उदाहरण हो । यसैबाट बुझ्न सकिन्छ की राज्य मधेसी समुदायप्रति कस्तो दृष्टिकोण राख्दछ भन्ने ।” ...... नेपाल सद्भावना पार्टिका जिल्ला अध्यक्ष हरिश्चन्द्र यादवले राज्यले शान्तिपुर्ण आन्दोलनलाइ वेवास्ता गरे निषेधाज्ञा ताडेर कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । नेकपा माओवादीका जिल्ला सदस्य प्रदेशी यादवले मधेसीलाई नजर अन्दाज गरेमा राज्यले ठूलो मूल्य चुकाउनु पर्ने बताए । ...... रुपन्देहीमा गत साउन २७ गतेदेखी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट संघर्ष समितिको नेतृत्वमा आन्दोलन हुदैं आएको छ । शान्तिपुर्ण भनिएको आन्दोलन भदौं ३ गते भैरहवामा हिंसात्मक हुँदा त्यसपछि २ दिन प्रशासनले कर्फयू समेत लगायो भने अहिले भाद्र १८ गते सम्मलाई भैरहवालाइ केन्द्रमा राखी स्थानिय प्रशासनले निषेधाज्ञा समेत लगाएको छ । आन्दोलनका बीच भैरहवामा आन्दोलनकारीका तर्फबाट सोमबार सम्म ४ जनाको मृत्यु भएको छ । सुनिल यादव, दुर्गेश यादव र शैलेन्द्र यादव सहित आन्दोलनका क्रममा वेपत्ता भएका बोधबार गाविसका रामेश्वर पासीको शब स्थानिय डण्डा नदीमा भेटिएको छ । स्थानिय प्रशासनले भैरहवामा निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले बनगाई पश्चिम र बसन्तपुर पुर्व केन्द्रित आन्दोलन गरिरहेका छन् । यसैबीच सोमबार सांझ संघिय मधेसी मोर्चाले पत्रकार सम्मेलन गर्यो । मधेस आन्दोलन एउटा उचाईमा पुगिरहेको बेला अर्को मोर्चाको गठन हुनुले धेरैले अनेकथरी अड्कल बाजी गर्न थालेका छन् ।

मधेसी आन्दोलनलाई तुहाउन हो वा मधेसी आन्दोलनलाई थप बल पुराउन जे जस्तो भएता पनि संघिय मधेसी मोर्चाको नेतृत्व एमाओवादीले गरेको देखिएको छ ।

...... एमाओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वका नेताहरु नै रुपन्देहीको संघिय मधेसी मोर्चाको कमाण्ड सम्हालि रहेका छन् । केन्द्रमा कांग्रेस एमालेसंग मिलेर समयमै संविधान जारी गर्न उद्धत रहेका प्रचण्डकै जिल्ला स्तरीय नेताहरु भने संघिय मधेसी मोर्चा मार्फत आन्दोलनलाई शसक्त पार्ने योजनामा छन् । एमाओवादीका केन्द्रिय सल्लाहकार तथा पुर्व विधायक विनोद उपाध्यय कुनै समय माओवादीको मधेस विभागका उपप्रमुख थिए । रुपन्देही जनसरकार प्रमुख समेत रहेका उपाध्यय सहित एमाओवादी अवध राज्य समिती सदस्य देवेन्द्र पाण्डेय, गोविन्द केवट, पुरन यादव लगायतका नेताहरुले संघिय मधेसी मोर्चाको कमाण्ड सम्हालीरहेका छन् । ........ तराईमा आन्दोलन चर्किरहदा एमाओदी छाडी नेकपा माओवादी गठन गरेका

मातृका यादव साउन ३२ गते भैरहवा आएका थिए । उनैको निर्देशनमा संघिय मधेसी मोर्चा गठन भएको बुझिएको छ ।

पुर्व मन्त्रि समेत रहेका नेकपा माओवादीका अध्यक्ष यादव संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितीका संयोजक समेत छन् । ...... नेकपा माओवादीका अध्यक्ष मातृका यादव संयोजक रहेको संयुक्त मधेसी राष्ट्रिय समितीमा प्रचण्ड नेतृत्वको एमाओवादी, नेत्र विक्रम चन्द विप्लप नेतृत्वको माओवादी, मोहन बैद्य नेतृत्वको माओवादी, मणि थापाको माओवादी सहितको सहभागीता रहेको एमाओवादीका केन्द्रिय सल्लाहकार विनोद उपाध्ययले जनाए । सो समितीमा अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, कौशल कुमार सिंह नेतृत्वको लोक दल, गंगा महरा नेतृतवको बहुजन समाजवादी पाटि, हरिनारायण कामती नेतृत्वको जनता दल लोकतान्त्रिक र जीवन शाह नेतृत्वको लोकतान्त्रिक पार्टी नेपाल रहेका छन् । ......

संघिय मोर्चाले राज्यले आफुहरुको मागलाई सम्बोधन नगरी जवरजस्ती पेलेर गएमा नाका बन्दी गर्ने समेत बताएका छन् । उनीहरुले गाऊगाऊमा मधेस सरकार गठन गरेर सोही मार्फत स्थानिय प्रशासन चलाउने, मधेस दस्ता गठन गर्ने र आन्दोलन विरोधीलाई कारबाहि गर्ने समेत चेतावनी दिएका छन् ।




बरु पार्टी डुबोस् तर क्षेत्री बाहुन को ठाउँ मा न आइपुगोस्

बरु पार्टी डुबोस् तर क्षेत्री बाहुन को ठाउँ मा न आइपुगोस्। त्यही होइन सुशील ले गरेको?

उसको व्यवहार ले देखाएको कुरा।

बरु देश तहसनहस होस्, टुटोस, मारकाट होस, गृह युद्ध होस्, त्यो मंजुर, तर मधेसी/जनजाति/दलित/महिला को बराबरी नामंजूर ----- त्यही होइन attitude?

कानुन र संविधान नमानेको भन्दै सुशील र बामे दुबै लाई क्रांतिकारी बाई बाई गर्ने बेला आयो।




काँग्रेस को महाधिवेशन अन्यौल नै अंततः समस्याको समाधान हो



कांग्रेस महाधिवेशनः निर्णायक बन्दै ओली र प्रचण्ड

असोज पहिलो साता महाधिवेशन नगर्दा पार्टीको अस्तित्व नै समाप्त हुने भएपछि

..... महाधिवेनको क्रममा सक्रिय सदस्यको विवाद चर्को रुपमा देखा परेको छ छ भने संस्थापन र देउवाको दुई गुट केन्द्रदेखि गाउँसम्म फैलिएको छ । दुइ पटक सभापतिमा प्रतिस्पर्धा गरेका देउवा यस पटक आफू सभापति हुनेमा ढुक्क देखिन्छन । तर पार्टी सभापति कोइरालाले आफ्नो गुटभित्रको आन्तरिक सक्तिसन्तुलन नमिलेका कारण महाधिवेशनको मिति धकेल्दै आएका छन् । .... संविधानको मस्यौदाले देशभर आन्दोलन भइरहेको बेला

कांग्रेसले संविधान संशोधन गर्न गरेको प्रस्ताव एमाले र एमाओवादीले अस्वीकार गर्ने बताएका छन् ।

अहिले देशमा देखिएको समस्या समाधान गर्नतिर भन्दा पनि त्यसलाई ओझेलमा पार्नको लागि काग्रेसको तयारी देखिन्छ एमाओवादीका एक नेताले भने,‘कांग्रेसको आन्तरिक मामिला होस चाहे महाधविशेन गरोस चाहे नगरोस यो हाम्रो टेन्सनको विषय भएन ।’ समयमा महाधिवेशन गर्न नसक्नु कांग्रेसकै कमजोरी हो, महाविधेशनको लागि संविधान संशोधन गर्ने प्रस्ताव हामी स्वीकार गदैनौ, उनले भने । एमालेले पनि समय छउन्जेल केही पनि नगर्ने समय सकिएपछि संविधान संशोधन गर्ने काममा आफूहरुको समर्थन नहुने बताएको छ । एमाले एक स्थायी समिति सदस्यले भने,‘कांग्रेसजस्तो लोकतन्त्रको कुरा गर्ने पार्टीले अहिले आएर संविधान संशोधन गर्ने प्रस्तावलाई हामी किन मान्ने ? यो कांग्रेसको महाविधेशन हो, संविधानसभाको निर्वाचन होइन, उनले भने । .....

संविधानको मस्यौदाप्रतिको विवादलको कारण नागरिक र सुरक्षाकर्मीले ज्यान गुमाउंदा समेत कांग्रेस अहिले देखिएको समस्या समाधान गर्नको लागि गम्भीर देखिएको छैन । वार्ताको लागि केही पार्टीहरुको लागि आह्वान गरेपनि सार्थक वार्ता गर्ने रणनीतिमा कांग्रेस देखिएको छैन् ।

कांग्रेसलाई अहिले महाधिवेशन गर्दा संविधान निर्माणको काममा बाधा पुग्ने निष्कर्ष निकाल्दै पछि धकेल्ने खेलमा लागेको बताइएको छ । यो रणनीतिसँगै कांग्रेसले सरकारको आयु पनि लम्ब्याउने विषयमा आन्तरिक छलफल गरेको एक नेताले बताए । ......... संविधानत प्रत्येक राजीतिक दलले पाँच बर्षभित्र महाधिवेशन नगरे त्यो दलको निर्वाचन आयोगको दर्ता खोजर हुने प्रावधान छ ।
काँग्रेस को महाधिवेशन अन्यौल नै अंततः समस्याको समाधान हो।

  • मधेस बाट यो क्रांति पहाड़ हिमाल काठमाण्डु सम्म पुग्छ र यो सरकार ढल्छ। उसै पनि दुई वर्ष उमेर को संविधान सभा। सरकार पनि ढल्छ, संविधान सभा पनि। 
  • क्रांतिकारी अंतरिम सरकार बन्छ। क्रांतिकारी सीमांकन नामांकन हुन्छ। 
  • काँग्रेस पार्टी को रजिस्ट्रेशन गुम्छ। तर त्यो भनेको पार्टी ब्यान हुने होइन। आखिर लोकतंत्र हो। काँग्रेस ले फेरि नया पार्टी को रुपमा दर्ता गर्नु पर्ने हुन्छ। नया नाम, नया चुनाव चिन्ह, नया झंडा। 
  • नवंबर मा प्रत्यक्ष निर्वाचित प्रधान मंत्री, संविधान सभा/प्रतिनिधि सभा, प्रदेश सभा, स्थानीय चार चुनाव एकै पटक हुन्छ। त्यसमा काँग्रेस ले लड्ने। नेपाली काँग्रेस (परिमार्जित), अंग्रेजी मा Nepali Congress (New And Improved) नामांकन का साथ जनता को मा जाने। हुन त नामांकन मा काँग्रेस संगठन भित्र झगड़ा नहोला भन्न सकिन्न। 
  • एमाले, एमाओवादी, र संघीयतावादी लाई बढार्नु पर्ने कसिंगर हावा ले उडाई दियो जस्तो भै राख्या होला। 
  • चुनाव चिन्ह गैड़ा? झंडा एक नास ले सेतो।  
  • नाम त खास हुनुपर्ने हो नया पार्टी को बाहुन समाज। 


लेनिन र सद्दामजस्तै गरी ढल्यो गिरिजाको शालिक !
वीरगञ्जमा रहेको सो शालिकको अनावरण गर्ने उनै सुशील कोइराला हुन्, जो अहिले प्रधानमन्त्री पदमा आसीन छन् । सुशील नेतृत्वको सरकारले गिरीजाको शालिकको सुरक्षा गर्न सकेन । ..... वीरगञ्जमा सोमबार भएको प्रदर्शनका क्रममा कोइरालाको शालिक पूर्व सोभियत संघमा लेनिन र इराकमा सद्दाम हुसेनको जस्तै गरी ढलेको छ । ..... मधेस आन्दोलनसँगै नेपाली कांग्रेस र एमालेमाथि प्रहार केन्द्रित भएको देखिएको छ । .... प्रदर्शनकारीहरुले सोमबार कलैयामा एमालेको कार्यालयमा आगजनी गरेका छन् भने महोत्तरीमा कांग्रेसको कार्यालय जलाएका छन् ।


प्रधानमन्त्रीलाई एमाओवादीले भन्यो-बल प्रयोगले समस्याको सामाधन गर्दैन
आन्दोलनरत पक्षलाई वार्तामा बोलाएर

जाजय माग सम्बोधन गर्न

सरकारलाई आग्रह गरेको छ । ..... एमाओवादी अध्यक्ष प्रचण्ड र नेता डा. बाबुराम भट्टराईले मंगलबार साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका हुन् ।
Nepal constitution protests leave five dead
The latest deaths bring the total killed in political violence in recent weeks to at least 20 people.
एमाले सभासदको घरमा तोडफोड
पर्सा क्षेत्र न ५ का एमाले सभासद जय प्रकाश थारुको घरमाथि प्रदर्शनकारीले तोडफोड गरेका छन् । निकै ठूलो संख्यामा रहेका प्रदर्शनकारीले

मधेश विरोधी पार्टी भन्दै

सभासद थारुको घरमा तोडफोड गरेका हुन् । त्यस्तै पर्सा क्षेत्र न ३ का सभासद राज कुमार गुप्ताको घरमा पनि तोडफोज भएको छ ।सोमबार मात्रै एमाले पार्टी कार्यालयमा तोडफोड भएको थियो ।


महोत्तरीमा आन्दोलन उग्र,नेपाली काँग्रेस लगायतका कार्यालयमा तोडफोड
आन्दोलनकारी उग्र हुदै जलेश्वरको खैरा चौकमा रहेको शसस्त्रको चेकपोष्टमा ढुगांमुढा गर्दा केहि बेर चौक असान्त भएको थियो । .... अहिले जलेश्वरका विभिन्न सरकारी तथा निजि कार्यालयहरु असुरक्षित देखिए पनि प्रहरीको तर्फबाट अझै कुनै किसिमको प्रतिकार भएको छैन ।


राधेमाइ र लक्ष्मनवामा पनि गोली चल्यो, ६ जना घाइते



बाँकेमा नाकाबन्दीको तयारी चल्दै
संयुक्त थरुहट मधेस संघर्ष समिति र संयुक्त लोकतान्त्रिक मोर्चाले भोलि आइतबारबाट बाँकेमा नाकाबन्दी गर्ने भएका छन् । ..... विगत दुई साता भन्दा बढीको लागातारको बन्द हड्ताल पछि दुई दिने खुलेको बाँकेमा भोलिबाट आन्दोलन चर्काइने आन्दोलनकारीहरुले जानकारी दिएका छन् । ...... पर्वलाई मध्यनजर बन्द खुकुलो पारिएको थियो अब भोलिबाट कडा रुपमा नाकाबन्दी गरिनेछ, समितिका प्रवक्ता पशुपति दयाल मिश्रले भने । मिश्रले आन्दोलन शान्तिपूर्ण र सशक्त बनाउने जानकारी दिए । ...... कोहलपुरमा पनि भोलिबाट आन्दोलन चर्काउन व्यापक तयारी गरिएको छ । .... थरुहट संयुक्त संघर्ष समितिले आन्दोलनमा साथ दिन कोहलपुरका व्यवसायीहरुसँग अहिले छलफलमा बन्दैछ । ....... थरुहट संयुक्त संघर्ष समितिका संयोजक चन्द्र बहादुर चौधरीले आन्दोलन थारु जातिको मात्रै नभएर थारुहट जातिको लागि भएकाले सबैले साथ दिन उद्योग, व्यापारीसँग छलफलमा बस्न लागेको बताए । ....... यसअघि नै कोहलपुरका स्थानीय व्यवसायी र आन्दोलनकारीहरु बीच समन्वयकारी ढंगले साँझ पसल व्यवसाय सञ्चालन गर्न दिइदै आएको छ । ..... प्रशासनले बाँकेमा लगाएको निषेधित क्षेत्र फिर्ता लिएपछि भोलि शान्तिपूर्ण प्रदर्शन गर्न कुनै रोकावट छैन । ..... विगत दुई सातादेखि कैलाली, कञ्चनपुरदेखि चितवनसम्मका १० जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै थरुहटका कार्यकर्ता आन्दोलनरत् छन् । जसलाई मधेसी मोर्चाले समेत साथ दिएको छ ।
मधेस आन्दोलनको निकास भनेकै विगतमा भएको सम्झौताको कार्यान्वयन : अध्यक्ष यादव
गोली चलाएर समस्या समाधान हुँदैन : राजेन्द्र महतो
वार्ताको माहौल बनाउन सरकारसँग आग्रह
वीरगञ्जमा सोमबारदेखि भइरहेको प्रदर्शनमा सदभावना अध्यक्ष महतो लगायतका नेताहरुले प्रत्यक्ष नेतृत्व गरिरहेका छन् ।


मगर संघका अध्यक्ष भन्छन्, ‘मगरलाई धेरै हेपियो अब मान्दैनौँ’
अन्तरिम संविधान र विभिन्न सहमतिमा पनि उल्लेख भएको कुरा हामीले राज्यसँग मागिरहेका छौँ । तर, सरकार र केही राजनीतिक दलका शीर्ष नेता प्रतिगमनतिर गैरहेका छन् । हामीले त्यसको विरोधमा शान्तिपूर्ण आन्दोलन गरेका हौँ । ......

संविधानसभामा १९ जना मगर समूदायका सभासद् हुुनुहुन्छ । उहाँहरुको पनि यो आन्दोलनप्रति समर्थन छ ।

...... हामीले हाम्रा मागका बारेमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाका प्रमुखलाई मात्र अवगत गराएका छैनौँ । संविधानसभाका अध्यक्ष र राजनीतिक सम्वाद तथा सहमति समितिका सभापतिलाई समेत जानकारी गराएका छौँ । कतैबाट पनि हाम्रो माग सम्वोधन नभएपछि विकल्पका रुपमा बन्द रोजेका हौँ । हाम्रो यो बाध्यता हो । ..... गण्डकी, धौलागिरी, लुम्बिनी र राप्तीका धेरै जिल्ला र गाविस मगर समूदायको बाहुल्यता रहेको ठाउँ हो । यहाँ मगर समूदाय पहिलो वा दोस्रो स्थानमा छ । त्यसैले हामीले यो क्षेत्रलाई मगर समूदायको ऐतिहासिक पृष्ठभूमिलाई आधार मानेर मगरात स्वायत्व प्रदेश बनाउनुपर्छ भनेको हो । तर, हाम्रो आन्दोलनलाई कमजोर बनाउन हचुवाका भरमा निर्माण गरेको प्रदेश–४ र प्रदेश–५ मा लगेर यी अञ्चललाई टुक्र्याउने काम भएको छ । .....

बन्दको विकल्प खुला हुँदैन । बन्दको विकल्प बिद्रोह हुनसक्छ । हामी त्यो अवस्थासम्म सकेसम्म जानु नपरोस् भन्नेमा छौँ ।

आन्दोलनको १९औं दिन भदौ १६ मा विशाल जनसभा हुने
आन्दोलनको १९औं दिन भोलि भदौ १६ गते विशाल शक्ति प्रदर्शनसहित थारु कल्याणकारिणी सभा तथा आदिवासी जनजाति महासंघका उदयपुर शाखाद्वारा गाईघाटको पिपलचोकमा सभा आयोजना हुन लागेको हो । ..... आदिवासी जनजाति महासंघ नेपालका पूर्व अध्यक्ष तथा आदिवासी वा थारु आन्दोलनका अगुवा

राजकुमार लेखी

सभालाई सम्बोधन गर्न आउने आदिवासी जनजाति पत्रकार महासंघ फोनिज (उदयपुरका अध्यक्ष अप्सरा समाल मगरले जानकारी दिइन् । ..... नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चादेखि थारु कल्याकारिणी सभा, आदिवासी जनजाति महसंघ लगायत सक्रिय रहेको उदयपुरमा जनजीवन अस्तव्यस्त हुँदै गएको छ ।
सेना परिचालनले मधेशमा आक्रोशसँगै विखण्डन निम्त्याउँदै

राज्यले मधेशका माग नस्वीकारेमा स्वायत्त मधेश प्रदेशको नारा परिवर्तन भएर स्वतन्त्र मधेश समेत साझा माग बन्नसक्छ ।

..... देशको खासगरी तराई–मधेश अहिले पूरै अशान्त र आक्रान्त बन्न पुगेको छ । झण्डै दुई सातादेखि मधेश ठप्प छ । .... मधेशका अधिकांश जिल्लामा सरकारले कर्फ्यू आदेश, दङ्गाग्रस्त क्षेत्र घोषणासँगै नेपाली सेनासमेत परिचालन गरेको छ । शान्तिपूर्ण रुपमा उठिरहेका आवाजलाई राज्यपक्षले बेवास्ता गरी आन्दोलनमा बलप्रयोग गर्ने काम गरेको छ । .....

सरकारले आन्दोलनकारीका जायज मागलाई सम्बोधन नगरी पुलिस प्रशासनको आडमा बलपूर्वक यातायातका साधन स्कर्टिङ्ग गराउने कार्य गरिरहेको छ । स्कर्टिङ्गकै क्रममा सयौं यातायातका साधनमा क्षति हुनुका साथै दर्जनौं साधन जलेका छन् ।

यसले सवारीधनी मात्र नभई राज्यपक्षलाई समेत क्षति पुगेको छ । ....... भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले चलाएको गोलीबाट मारिनेको संख्या अत्यधिक छ । ..... एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेता समेत रहेका गृहमन्त्री वामदेव गौतमलगायतका नेताहरुको चर्को अभिव्यक्तिले गर्दा मधेशी जनतालाई झन् आक्रोशित बनाएको छ । डा. रामशरण महत, कृष्णप्रसाद सिटौलासहितका नेताले दिएको मधेशविरोधी अभिव्यक्तिले समेत मलजल गरेको छ । ......

चार दलको सहमतिका संविधान जारी भयो भने यसले थप द्वन्द्व निम्त्याउने छ ।

....... आधा हिस्सा ओगटेको मधेशलाई उपेक्षा गरेर संविधान जारी गरियो भने त्यो संविधान कति मान्य हुन्छ ? .....

गोली र हतियार किन्न सरकारले झण्डै दुई अर्ब रुपैयाँ दिएको समाचारले अनिष्टको संकेत गरेको । मधेश आन्दोलित रहेको बेला गोलीगठ्ठा किन्न ठूलो रकम खर्चिएको खबरले जनतालाई झन आक्रोशित पारेको छ ।

......... डा. सीके राउत .. राज्यले उनलाई हिरासतमा लिने, सार्वजनिक रुपमा सभासम्मेलन गर्न नदिने तथा राजविराजस्थितको आफ्नै घरमा अघोषित नजरबन्दमा राख्नाले उनीप्रति मधेशीहरुको समर्थन बढ्दो छ । उनलाई नजरबन्दमा राखिए पनि उनका प्रचारात्मक अभियान भने मधेशका गाउँ–गाउँसम्म पुगेको छ ।
म थारु हुन नपाउने, म नेपालको एक थुँगा फूल हुन नपाउने ?
म शान्त थिएँ
तालमा जमेको पानीझैं
जे भोगे आफ्नो भाग्य ठान्थें
जे जे पर्छ सहन्थें
अरुले जे भन्छ गर्थें, अनि बन्थें
अरुको लागि मतवाली बनें
जंगली बनें
कमैया बनें, कमलरी बनें
सहिरहें सवै
कर्म र भाग्यलाई दोषी ठानिरहें

मानव बन्ने अर्को जुनीको कल्पनामा डुबिरहें


त्यसैको आशमा यो जुनीमा सबै सहिरहें

मेरोसामु आउने अनेक तरङ्ग
जस्ले मेरो भावनालाई छोयो
मलाई म हुनुको आभास गरायो
अझ मलाई मानव हुनुको आभास गरायो

अर्को जुनी कुर्नु नपर्ने विश्वास दिलायो



हो, अब भएँ म मानव
अरु जस्तै सचेत मानव
अरु जस्तै समान अधिकार भएको मानव
जमिन हरण गरेर दास बनाइसकेपछि मुक्त मानव
नेपालको विविधतामध्ये एक फरक अस्तित्व बोकेको मानव
फरक भाषा, संस्कार र संस्कृति बोकेको मानव
मानव सभ्यताको विकाससँगै बस्दै आएको मानव
प्रचण्ड गर्मी, बाढी, खोला र औलोसँग लड्दै आएको मानव
हो,

म एक फरक पहिचान भएको आदिवासी थारु मानव

भुइँमा होइन अरुसँगै कुर्सीमा बसेर चिया खानु थियो


अनि शान्त तलाउको पानीमात्र होइन
अरु जस्तै बग्ने नदी बन्न सक्छु भन्नु थियो

अघि बढ्दै थिएँ म
एकाएक ढोकाहरु बन्द गर्न थाल्यो
तलाउको निकास थुनेर अग्लो पर्खाल लगाउन थाल्यो
आफ्नो राजनीति टिकाइराख्न अखण्ड नेपालीको नारा लगाउन थाल्यो
मेरो भावानालाई उपेक्षा गर्न थाल्यो
अनि तिमी जस्तै मानव हुने चाहना छेक्न थाल्यो
हडपेको जमिन खोसिने डरले काँप्न थाल्यो
र जात नेपाल, हामी नेपाली

तिमी मात्र सभ्य मानव
नेपाललाई आफ्नो बनाइराख्ने सभ्य मानव
अरुको अस्तित्व स्वीकार गर्न नसक्ने सभ्य मानव
अरुलाई घृणा गर्ने र आफू राम्रो बनाउने सभ्य मानव
आफ्नो चाहाना पूरा गर्न अरुलाई दास बनाउने सभ्य मानव

घरघरमा सुरक्षाकर्मी लगाऊ
मेरै पसिनाको तलब खाने सेनाको डर देखाऊ
तर के यो समाधान हो ?



त्यसैले मलाई चिन्ने प्रयास गर ए सभ्य मानिस !
मलाई बुझ्ने कोसिस गर ए सभ्य मानिस !
मलाई मानव हुनमा साथ दिने कोसिस गर ए सभ्य मानिस !
अहं होइन आफ्नो हृदयलाई सोध ए सभ्य मानिस !
मैले कतै फरक नेपाल खोजेको छैन
मैले कतै तिम्रो अधिकार मागेको छैन
मात्र तिमी जस्तै नेपाली भनी चिनाउनु छ
सयौं थुङ्गाको एक थुङ्गा भनी चिनाउनु छ
आफ्नो पहिचानसहितको थारु नेपाली भनी चिनाउनु छ


वीरगञ्जमा अस्पताल भित्रै गोली चल्यो, ३ घाइते
वीरगञ्ज मंगलबार पनि विहानैदेखि अशान्त छ । स्थानीय प्रशासनले कर्फ्यु लगाए पनि प्रदर्शनकारीले त्यसको उल्लंघन गर्दै आएका छन् । मधेसी मोर्चाका कार्यकर्ताहरुले कर कार्यालयमा, जानकी टोलको प्रहरी चौकीमा र सीमा प्रहरी चौकीमा आगजनी गरेका छन् । आन्दोलनकारीले वीरगञ्जस्थित आन्तरिक राजश्व कार्यालयका बा १ झ २७२५ र ना १ झ ९७१ नम्बरको गाडीसमेत जलाएका छन् ।


मेरो आग्रह छ, सुशीललाई पढाइदिनोस् : उपेन्द्र यादव
'यसरी खोज्न सकिन्छ समस्याको निकास'
तर, त्यो सम्झौताका धेरै विषयलाई अहिलेकै संविधानको मस्यौदाले सम्बोधन गरिसकेको प्रधानमन्त्री सुशील कोइरालाले बताइसकेका छन्, अझै कार्यान्वयन गर्नुपर्ने विषय के छ र ? यस्तो प्रश्न गर्दा यादवले भने, ‘मेरो आग्रह छ, त्यो सम्झौता एकपटक सुशील कोइरालालाई पढाइदिनोस् ।’ ..... ‘संविधान स्वायत्त मधेस प्रदेशको खाकासहित आउनुपर्‍यो । आदिवासी जनजातिको प्रादेशिक स्वायत्तताको अधिकार संविधानमा सुनिश्चित हुनुपर्‍यो । समानुपातिक र समावेशी अधिकार संविधानमा उल्लेख हुनुपर्‍यो । पहिचानलाई मान्यता दिनुपर्‍यो ।’ .....

‘मोर्चासँग पहिल्यै भइसकेको सम्झौता कार्यान्वयन हुनुपर्‍यो, गोली हान्न भएन ।’

...... संघीयता, प्रादेशिक स्वायत्तता, समानुपातिक, समावेशिता एवं पहिचानको कुनै व्यवस्था नगरिएको उनले जिकिर गरे । उनले भने- ‘अहिलेको संविधानमा यी कुनै कुराहरु छैनन् ।’ ......

सरकार वार्ताप्रति सम्वेदनशील हुनुको साटो हिटलरी शैलीको दमनमा उत्रिएको

..... टाउकोमा ताकेर गोली हान्ने काम गरिरहेको छ ।’ .... -‘सरकार घोर साम्प्रदायिक देखियो, कर्णाली र सुर्खेतको आन्दोलनलाई तत्कालै सम्बोधन गरियो, किनभने उनीहरु सगोत्री थिए ।’ ......

‘अझै पनि टेरेनन् भने के-के हुन्छ, के-के हुन्छ ।’



गृहमन्त्री बामदेवलाई मृत्यु दण्ड दिने आङकाजीको घोषणा !
बाहुनका शालिकहरु तोड्ने अभियान शुरु भएको भन्दै तस्विर समेत सार्वजनिक गरेका छन् । ....... उनले केपी ओली र बामदेव गौतमले आदिवासी जनजाति, मधेसी नेताहरुलाई गिरफतार गर्ने तयारी र सादा पोषकमा प्रहरी खटाएर ईनकाउण्टर गराएर हत्या गर्ने विशेष योजना बनाएको, थारु, मधेसी र आदिवासीहरु आतङकारी देशद्रोही हुन गोली ठोकेर मार्न वामदेव गौतमलाई के पी ओलीले आदेश दिएको,

थारु जातीका प्रहरी, सत्रशस्त्र प्रहरी तथा सेनहरुलाई कैलाली र तराइमा नखटाउन सुरक्ष परिषदको गोप्य आदेश दिएको

लगायतका आरोप लगाएका थिए । ..... उनले विभिन्न सञ्चार माध्यमलाई पहिचानविरोधी सञ्चार माध्यमको सज्ञा दिँदै उनकै शब्दमा ‘पहिचान विरोधी सञ्चार माध्यम कान्तिपुर, इमेज, एभिन्युज र माउण्टेन टिभिलाई थारु, आदिवासी, मधेसीका आन्दोलनलाई बदनाम गराउने भ्रमित समचार सम्प्रेषण गर्न राजवादी शक्ति केन्द्रबाट करोडौ रकम वितरण गरिएको आरोप समेत लगाएका थिए .....