Showing posts with label signature campaign. Show all posts
Showing posts with label signature campaign. Show all posts

Monday, October 05, 2015

Signature Campaign: As Excellent An Idea As The Human Chain

#HumanChainTerai



४० लाख मधेशी–थारुको हस्ताक्षर संयुक्त राष्ट्र संघलाई बुझाइने
संघीय मधेशी मोर्चाले मधेश–थरुहटमा एकहप्ते हस्ताक्षर अभियान चलाएर ४० लाख हस्ताक्षर राष्ट्र संघलाई बुझाउने जनाएको छ । .... मोर्चाको निर्णयअनुसार मधेशको गामघर तथा सहरबजारमा हस्ताक्षर अभियान शुरु गरिनेछ । .... यो कार्यक्रम मधेशका प्रमुख शहर, नगर, गाँउ, टोल, बजार, चौक चौराहामा गर्ने तथा मधेश बाहिर मधेशी समुदायको उपस्थिति रहेको स्थानहरुमा समेत संचालन गरिनेछ । जारी आन्दोलनको पक्षमा जनमत सिद्ध गर्दै मधेशको पहिचान र अधिकारको समर्थनमा संकलन गरिने न्यूनतम ४० लाख हस्ताक्षर नेपालस्थित संयुक्त राष्ट्र संघको आवासीय प्रतिनिधिमार्फत संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनलाई पठाईनेछ । सो कार्यक्रममा नेपालस्थित सबै कुटनीतिक नियोग प्रमुख÷प्रतिनिधिको समुपस्थितिको लागी आग्रह गरिनेछ ।’..... त्यस्तै मोर्चाले १८ गते साँझ मैनबत्ती जुलुस, २० गते विहान ११ बजे थाल ठटाउने कार्यक्रम र २२ गते शुक्रबार अर्धनग्न जुलुस प्रदर्शन गर्ने नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य राजिव झाले हुलाकी न्यूजलाई बताएका छन् । .... त्यस्तै मोर्चाले विभिन्न मोर्चा तथा राजनीतिक दलसँग सहकार्यका लागि पाँच सदस्यीय कार्यादलसमेत बनाएको छ । कार्यदलमा कौशलेन्द्र मिश्र, सीएन खडगा, पुजन महरा, धमेन्द्र यादव र रामइश्वर यादव रहेका छन् ।