Pages

Tuesday, September 08, 2026

मोदीले फोन गर्न भ्याए त बालेन लाई


मोदीले फोन गर्न भ्याए त बालेन लाई। घटना घटेकै दिन। किन होला? किनभने दुनिया भरिकै चलन हो। एउटा PMO ले अर्को PMO लाई सीधा संपर्क गर्न सक्छ। डिप्लोमैटिक भाषामा प्रोटोकॉल भनिन्छ। राष्ट्रपति डोनाल्ड ट्रम्प को व्हाइट हाउस ले चाहेको खण्डमा नेपालको PMO सँग सीधा संवाद गर्न सक्छ। 

त्यसरी नै अमेरिका को विदेश मंत्रालय को नेपालको विदेश मन्त्रालयसँग सीधा संवाद चलिरहन्छ। त्यो संवैधानिक व्यवस्था हो। विदेश नीति विदेश मंत्रालय मार्फ़त नै चल्ने हो। 

तर अमेरिकी विदेश मन्त्रीले नेपालको सत्ताधारी पार्टी को सभापति लाई फोन गर्नु कुनै अनौठो कुरा होइन। सकारात्मक कुरा हो। राष्ट्रपतिले प्रधान मन्त्रीलाई फोन गर्न समय पाएनन। विदेश मंत्री ले पार्टी सभापतिलाई फोन गरे। यस्तो कुरा बारे गन्थनमन्थन हुने भनेको नेपाल जस्तो देशमा मात्र हो। 

नेपालको प्रधान मंत्री ले सत्ता सम्हाले लगत्तै अमेरिकी राजदुत लाई भेटेकै हो। 

जनता को मैंडेट ले बनाएको प्रधान मंत्री ले पहिला आफ्नो घरायसी मामलामा फोकस गर्नु अनौठो होइन। मैंडेट को सम्मान हो। विदेश नीति ठप्प भएको अवस्था होइन। त्यसैकालागि त विदेश मंत्री छ। त्यत्रो परराष्ट्र मंत्रालय छ। 

पार्टी सभापतिले तर पदमा रहेका विदेशी अधिकारी हरुसँग को अन्तरक्रिया बारे परराष्ट्र मंत्रालय सँग समन्वय भने गर्नुपर्ने हुन्छ। होइन भने त्यो अनौपचारिक गफगाफ भयो। 


No comments: