Showing posts with label parikrama sadak. Show all posts
Showing posts with label parikrama sadak. Show all posts

Friday, November 21, 2014

वामदेवको बदमाशीले जनकपुरलाई ५०० करोड़को घाटा


मोदीलाई बारह बिघा मैदानमा आम जनतालाई सम्बोधन गर्न दिन्न भन्ने वामदेवको बेतुक अडानले जनकपुर नगरीलाई ५०० करोडको घाटा लागेको छ। मोदी जनकपुर आउँदा आफुसंग ५०० करोडको पैकेज लिएर आउन लागेका थिए। जनकपुर शहरको कायापलट हुन लागेको थियो।

काठमाण्डुमा रहेको पहाड़ी शासक वर्गले आफुले मधेशको विकास नगर्ने मात्र होइन कि अरु कसैले मधेसको विकास गर्न खोज्दा त्यसमा पनि बाधा व्यवधान खड़ा गर्छन। काठमाण्डुमा रहेको पहाड़ी शासक वर्गले आफुले मधेशको विकास नगर्नु उपनिवेशवाद हो। तर अरु कसैले मधेसको विकास गर्न खोज्दा त्यसमा पनि बाधा व्यवधान खड़ा गर्नु त सरासर दुश्मनी हो।

मधेशका जनताले, जनकपुरका जनताले वामदेवसँग र काठमाण्डुमा रहेको पहाड़ी शासक वर्गसँग ५०० करोड़को हिसाबकिताब माग्ने बेला आएको छ। किनभने वामदेवको बदमाशीले जनकपुरलाई ५०० करोड़को घाटा भएको छ।
मान्छेहरुको बस्ती भएर जाने हुलाकी राजमार्ग महेन्द्रले बनाएन किनभने ती मानिस मधेसी थिए। मनु मखु मर्स्या ख। वामदेव जस्ता महेन्द्रपुत्र त पशु हुन जसले मान्छेलाई मान्छे देख्दैनन।