Showing posts with label fedeeralism. Show all posts
Showing posts with label fedeeralism. Show all posts

Monday, November 09, 2015

In The News (27)



कांग्रेसबिना वार्ता हुँदैन : मोर्चा, कांग्रेस भन्छ, 'अहँ वार्ता टोलीमा जाँदैनौं'
आइतबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले राईलगायत मोर्चा नेताहरूलाई फोन गर्दै गम्भीर वार्ताका लागि आफूहरू सकारात्मक रहेको, चाँडै औपचारिक वार्ताको तयारी गर्नुपर्ने बताएका थिए । मोर्चा वार्ता टोली सदस्य तथा तमलोपा महामन्त्री सर्वेन्द्रनाथ शुक्लले वार्ताका पाँच पूर्वसर्त पालना गर्ने सरकारी प्रतिबद्धता अझै कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए । ‘वार्ता गर्ने कुनै जानकारी हामीलाई आएको छैन, हल्ला मात्रै हो,’ उनले भने, ‘सरकारका गतिविधि वार्ता गर्नेभन्दा पनि वातावरण बिगार्नेतर्फ उन्मुख छन् ।’ ..... अघिल्लो कोइराला सरकारका पालामा मोर्चासँग सरकारी टोली नभई तीन ठूला दलको वार्ता टोली बनाइएको सन्दर्भमा केपी ओली नेतृत्वको नयाँ सरकारले उक्त निर्णय खारेज गरी छुट्टै वार्ता टोली घोषणा गरेकामा कांग्रेसले आपत्ति जनाएको छ । मधेसी मोर्चा आइतबार संसद् फर्के पनि वार्ता प्रक्रिया अघि नबढ्ने, बरु उचित अवसर हेरेर कांग्रेसले संविधान संशोधन मुद्दा उछालेर सरकारलाई सकसमा पार्ने रणनीति बनाएको बताइएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यसमेत रहेका एक सांसदका अनुसार संसदीय दलको बैठकमा यसबारे छलफल भइसकेको छ ।


प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै



[अन्तर्वार्ता] ‘भारतले नेपालको संविधान अस्वीकार गरेको होइन’
ट्रकहरू त्यहाँ छन् भन्नुको प्रस्ट तथ्य नै नाकाबन्दी छैन भन्ने हो। यसको अर्थ ती ट्रकहरू नेपाल छिर्ने पर्खाइमा छन्, यदि नाकाबन्दी भएको हुन्थ्यो भने कार्गो भरिएका ट्रकहरू त्यहाँ हुने थिएनन्। ........ खास मुद्दालाई सम्बोधन गर्ने गरी संवाद सुरु भएकामा हामी धेरै खुसी छौं। ...... सुदूरपश्चिममा केही समस्या छैन। पूर्वी नाकामा पनि केही समस्या छैन, त्यो भनेको काँकडभिट्टाको पानीट्यांकी नाका। यी नाकाबाट सहज आपूर्ति भइरहेको छ। तर अन्य ठाउँहरू जस्तै सुनौली–भैरहवामा ट्रकवालाहरूलाई धम्क्याउने गरिएको छ। त्यहाँ केही ट्रक जलाइएका पनि छन्। हालसालै वीरगन्जमा पनि एउटा घटना भयो। त्यसकारण त्यहाँ केही मात्रामा त्रासको अवस्था छ। वास्तवमै तथ्य यो हो कि नेपालमा भारतबाट हुने आपूर्तिको मुख्य प्रणालीमा अवरोध भएको छ। तर अन्य नाकाबाट जेजे आउन सक्छ, त्यो नेपालमा आइरहेकै छ। वीरगन्जमा हालैको घटनापछि निश्चय पनि आपूर्तिमा केही कमी आएको छ। वीरगन्ज–रक्सौलको अवस्थामा सुधार आएपछि आशा गरौं– आपूर्तिमा सुधार आउने छ। ......

विरोध प्रदर्शनहरू गएका ८०–९० दिनदेखि जारी छन्, त्यसैले त्यस सन्दर्भमा एउटा विकल्प भनेको– केही नगर्ने, ताकि प्रदर्शन गरिरहेका समूहहरू आफैं थाकून् र प्रदर्शन रोकून् भन्ने हो।

दोस्रो विकल्प भनेको– बल प्रयोग गरेर उनीहरूलाई हटाउने हो। र तेस्रो विकल्प– संवादबाट मुद्दाको समाधान खोज्नु नै हो। त्यसैले मेरो विचारमा तपार्इंहरूको सरकारले हरेक विकल्पको लाभ–हानिको ख्याल गर्नुपर्छ। नेपाल सरकारलाई उसले के चाहेको हो, त्यो निर्णय गर्ने स्वतन्त्रता छ। तर जहाँसम्म भारतको कुरा छ, हामी महसुस गर्छौं कि यो (मधेसको) मुद्दाको समाधान गर्ने सर्वोत्तम बाटो भनेकै संवाद र सम्झौता नै हो। ...... जहाँसम्म हामीलाई थाहा छ, भर्खर २० वर्ष पुगेको यो भारतीय केटो विरोध प्रदर्शनमा सहभागी भएको थिएन। तर उसलाई टाउकामा गोली हानिएको छ र त्यो पनि पछाडिबाट। ..... दुई देशबीच रहिआएको यो अद्वितीय सम्बन्ध हो। ...... दुई देशबीचको सम्बन्धको प्रकृति हेर्नुहोस्, त्यो कति अद्वितीय छ भने हजारौं वर्षदेखि हरेक दिन मानिसहरू सीमा पार गरिरहेका छन्। र मेरो विचारमा यो नेपाल–भारत सम्बन्धको एउटा सकारात्मक पाटो हो। .....

तराईमा, सुदूरपश्चिममा र काठमाडौंमै पनि दुई देशबीच पारिवारिक सम्बन्ध छ।

.... कुनै नाकाबन्दी छैन। र, आपूर्तिमा अवरोध हुनुको कारण नेपालभित्रैका समुदायहरूले गरेको विरोध प्रदर्शन हो। ..... यदि शान्तिपूर्ण माध्यमबाट मुद्दाहरूको समाधान गरिएन भने मुलुकमा अस्थिरता बढ्ने खतरा रहन्छ। नेपालमा हुने अस्थिरताको चुनौतीको प्रभाव भारतमा पनि पर्ने छ, त्यो नेपालको एक भागमा मात्रै सीमित हुने छैन। ...... जब तीन महिना पहिले आन्दोलन सुरु भयो, त्यहाँ धेरै अवसर थिए। संविधान घोषणा भइसकेपछि पनि यी मुद्दा सल्टाउन सकिने अवसर थिए। तर एक वा अरू विभिन्न कारणले त्यसो हुन सकेन। अझै पनि म आशावादी छु कि दुवै पक्ष संवादका लागि इमानदार छन् र यी मुद्दा सल्टाइने छन्। ........ भारतले नेपालको घरेलु मामिला व्यवस्थापन गर्न कहिल्यै कोसिस गरेको छैन। हाम्रो एक मात्रै अभिप्राय भनेको यहाँ शान्ति र स्थिरता सुनिश्चित होस् भन्ने हो। किनभने अस्थिर नेपाल हामी दुवैको हितमा छैन। यो भारत सरकारको स्पष्ट रणनीतिक नीति र उद्देश्य हो। ..... हरेक मुलुकका आफ्ना गुप्तचर एजेन्सीहरू अरू विभिन्न मुलुकमा काम गरिरहेका हुन्छन्। त्यसैले यो कुनै नयाँ कुरा होइन। उनीहरूका आफ्नै म्यान्डेट छन्। र, मैले नेपालमा हामीले कुनै प्रकारको सूक्ष्म व्यवस्थापन गरिरहेका छैनौं भनिरहँदा भारत सरकारका सबै अंगमा यो कुरा लागू हुन्छ। .....

भारत छिमेकमा शान्ति स्थिरता नभएसम्म आफ्नो पनि विकास सम्भव छैन भन्ने महसुस गर्छ।

त्यसैले छिमेकी देशहरूमा शान्ति र स्थिरता कायम हुनुमा भारतको आफ्नै स्वार्थ छ। त्यसभन्दा पनि बढी

हामी हाम्रा सबै छिमेकी देशसँग आर्थिक क्रियाकलाप बढाउन चाहन्छौं। हामी दक्षिण एसियालाई आसियान अथवा युरोपेली युनियनजस्तै विकसित बनाउन चाहन्छौं। अझ बढी शक्तिशाली आर्थिक एकीकरणका लागि ठूलो सम्भावना छ र हामी त्यो दिशामा अघि बढ्न चाहन्छौं।

मलाई लाग्दैन कि यस्तो नीतिलाई प्रभाव क्षेत्रका रूपमा व्याख्या गरिनुपर्छ। आज सारा विश्व एकआपसमा परनिर्भर छन्। ....... विशेष रूपले हाम्रो प्रधानमन्त्रीको नेपालप्रति ठूलो लगाव र हार्दिकता छ। ..... तपार्इंहरूको तीन भागको दुई भाग व्यापार भारतसँग हुन्छ। तपार्इंहरूले बन्दोबस्ती र मूल्यका कुराहरूलाई पनि विचार पुर्‍याउनुपर्ने हुन्छ। ..... म नेपालका लागि राजदूत मात्रै हुँ, त्यहाँ केही ‘आर्मचेयर’ रणनीतिकार होलान्, जसले यसलाई भूराजनीतिक हिसाबले देखिरहेका हुन्। म यसलाई नेपाल–भारत सम्बन्धको हिसाबले हेर्छु

मधेश आन्दोलन शुरू भएको केही दिन पछिनै काठमाण्डौंको सुनधारा नजीकै धोती लगाएका कारण मरणासन्न हुने गरि कुटपीट र दुर्व्यवहार...

Posted by सदभावना पार्टी on Monday, November 9, 2015

नयाँ शक्ति अभियान आज हेटौंडामा पुगेकोछ! यात्रा निरन्तर जारी रहोस्!

Posted by Dr. Baburam Bhattarai on Monday, November 9, 2015

रातमा प्रहरीको दमन, दर्जनौ घाईते, कयौं हिरासतमा गए राती सप्तरीको भारदह र रूपनिमा आतंकारी सरकारले चरम दमन गर्दै दर्जनौ...

Posted by Upendra Mahato on Sunday, November 8, 2015

नाकाबन्दी जारी हैबीरगंजको मितेरी पुलमा नाकाबन्दीको क्रममा यहांको अवस्था बुझ्न आएका मानवाधिकारवादी संस्थाका प्रतिनिधिहरूको जिज्ञासा र सवालको जवाफ दिंदै

Posted by सदभावना पार्टी on Monday, November 9, 2015

Ha ha ha..yo Prachanda Le bhaneko?...sahi chha!!Aru k k sunna paenchha herdai jaau...

Posted by Abhishek Shah on Monday, November 9, 2015

मधेश आन्दोलन र नाकाबन्दी विषयमा मंत्रिपरिषद्ले आज पारित गरेको विशेष प्रस्तावको सम्बन्धमा सदभावना पार्टीका राष्ट्रीय अध्य...

Posted by Upendra Mahato on Monday, November 9, 2015

मधेश आन्दोलन र नाकाबन्दी विषयमा मंत्रिपरिषद्ले आज पारित गरेको विशेष प्रस्तावको सम्बन्धमा सदभावना पार्टीका राष्ट्रीय अध्य...

Posted by Upendra Mahato on Monday, November 9, 2015

पर्सा जिल्लाका विभिन्न गाविसका पूर्व मुखियाहरू संग जारी मधेश आन्दोलन र नाकाबन्दीलाई सफल तुल्याउन विचार विमर्श गर्दै पार्टीका राष्ट्रीय अध्यक्ष

Posted by सदभावना पार्टी on Monday, November 9, 2015
जाग कुम्भकर्ण - Hami Nepali

अब हामीभित्रको कुम्भकर्णलाई जगाउने समय आएको छ lआउनुहोस्, यही कार्तिक २४ गते, मंगलवार दिउँसो ठीक १ बजे वसन्तपुरमा भेला हौऔं र हामीभित्रको कुम्भकर्णको सदाको लागि अन्त्य गरौँ l#HamiNepali

Posted by Hami Nepali on Sunday, November 8, 2015

अब हामीभित्रको कुम्भकर्णलाई जगाउने समय आएको छ lआउनुहोस्, यही कार्तिक २४ गते, मंगलवार दिउँसो ठीक १ बजे वसन्तपुरमा भेला हौऔं र हामीभित्रको कुम्भकर्णको सदाको लागि अन्त्य गरौँ l#HamiNepali

Posted by Ujwal Thapa उज्वल थापा on Sunday, November 8, 2015

बीरगंजमा थारू समुदायका अगुवा प्रतिनिधिहरूसंग आन्दोलनबारे विचार विमर्श गर्दै

Posted by सदभावना पार्टी on Monday, November 9, 2015

काठमाण्डौमा बिरोध प्रदर्शन ......संयुक्त लोकतान्त्रिक महिला मोर्चाले आज काठमाण्डौमा बिरोध प्रदर्शन गरेको छ।

Posted by Upendra Mahato on Monday, November 9, 2015

यिन्होने तो मधेश बिरोधी पार्टी को परित्याग करदिया, आप कब कर रहें हैं ???जलेश्वर– नेकपा एमालेका महोत्तरी जिल्ला कार्यसम...

Posted by Upendra Mahato on Monday, November 9, 2015

यादवसहित सयौं नेता कार्यकर्ताद्वारा एमाले परित्याग - Ratopati

Posted by Rato Pati on Monday, November 9, 2015

बीरगंजको छपकैयावासीको अनुरोधमा स्थानीय आन्दोलनकारीहरू लाई संबोधन गर्दै

Posted by सदभावना पार्टी on Sunday, November 8, 2015

भेदभावको बिरूद्ध र मधेश अधिकारको लागी आन्दोलन जारी छ....सदभावना पार्टिका गढीमाई नगरपालिका नगर अध्यक्ष रामबाबु कलवारलाई...

Posted by सदभावना पार्टी on Monday, November 9, 2015


संविधानमा मधेशीको अधिकार नदिएको खनालको स्वीकारोक्ति
चीनसँग सिधै समुन्द्री बाटोसम्म पुग्ने व्यापार सहमति हुँदै
प्रधानमन्त्री केपी ओलीले अबको ३/४ दिनमा राष्ट्र र जनताको नाममा सम्बोधन गर्ने र त्यसले नेपाललाई आत्मनिर्भरता तर्फ लैजाने बाटो तय गर्ने उनले जानकारी दिए । अहिलको संकटलाई पार गरेर अगाडि बढ्ने पनि नेपाल सक्षम हुने उनले बताए । ..... ‘चुल्हो नबल्दा गाह्रो छ, तरपनि अहिले लागेका कालो बादल हट्छन्, स्वाधिनताको सूर्यपनि झल्कन्छन् । त्यसमा हामी प्रतिबद्ध छौं ।’ सचिव ज्ञावालीले भने ।
जनता एमाओवादीको चकचकबाट दिक्क छन्
तीन दलकै नेताले आ-आफ्ना घोषणा पत्र पढून्
कांग्रेस र एमाले नसच्चिए मधेसीलाई आफैँ सरकार बनाउने छुट हुन्छ : प्रचण्ड
'अब मधेसीका हातमा नेपालको भाग्य र भविश्य'

भौगौलिक एकीकरण झन्डै अढाई सय वर्षअघि गरिए पनि भावनात्मक वा सांस्कृतिक रूपले अझै नेपाल एकीकरण हुन नसकेको तथ्य कसैले लुकाइ...

Posted by Luisang Waiba on Monday, November 9, 2015

M4C demonstration about Nepal crisis happening now. #M4C

Posted by Darshan Rauniyar on Sunday, November 8, 2015




देशद्रोह मा नलगाउन र नलाग्न तथा राजनेता हुने सुवर्ण अवसरबाट बन्चित नहुन सम्पुर्ण नेपाली नेतृव बर्गमा मेरो आग्रह

Posted by Bidur Adhikari on Monday, November 9, 2015

पोखरामा ‘नयाँ शक्ति’ अभियानको घोषणा - Ratopati

Posted by Rato Pati on Monday, November 9, 2015
वीरगञ्जमा यसरी मारिए भारतीय युवा

वीरगञ्जमा यसरी मारिए भारतीय युवा आशीष कुमार राम (भिडियो) https://shar.es/15vkBb

Posted by Annapurna Post on Wednesday, November 4, 2015

Saturday, November 07, 2015

काँग्रेस ले मधेस आंदोलन को नेतृत्व लिन खोज्दैछ, सावधान

यो गलत संविधान दिएकै सुशील ले, ५० जना मधेसी मारेकै काँग्रेस ले। काँग्रेस ले मधेस मा उही बोक्सी उही झाँखरी को खेल खेल्ने समय समाप्त भयो। मधेस जागिसक्यो। मधेस आंदोलन को प्रतिपक्ष मा तीन बाहुन दल छन। संसद को अंक गणित मधेस आंदोलन को सरोकार को विषय होइन। त्यो तीन बाहुन दल को टाउको दुखाइ हो। हाम्रो टाउको दुखाइ होइन त्यो। गलत संविधान पास गर्ने बेला तिमी लाई गार्हो परेन मत बटुल्न, अब आएर किन गार्हो पर्यो?

यो क्रांति संविधान संसोधन मा गएर समाप्त हुँदैन। यो क्रांति तीन बाहुन दल लाई तीन सीट मा नझारे सम्म चलिराख्छ। संविधान संसोधन पछि नाकाबंदी समाप्त हुन्छ। बंद कार्यक्रम हरु समाप्त हुने हो।

सीमांकन, नामांकन र संविधान घर को नक्शा पास हुने मात्र हो। सिंगो घर बनाउने काम बाँकी नै रहन्छ। संघीयता को घर बनाउने काम मा बेइमानी गर्ने ठाउँ १० गुणा बढ़ी छ। नक्शा कोर्ने समय मा तीन बाहुन दल ले आफ्नो बेइमानी प्रशस्त प्रस्तुत गरिसके। संघीयता को घर बनाउने बेला यी तीन मध्ये कसै लाई विश्वास गर्न सकिन्छ भनेर कुनै मधेसी नेता ले भन्छ भने त्यो मधेसी नेता ले या त संघीयता नबुझेको हो, या त खुद बेइमान हो।

संघीयता र समावेषिता खेळांची होइन, मधेसी र जनजाति का लागि जीवन मरण को सवाल हो।

संविधान संसोधन का लागि चाहिने दुई तिहाई तीन बाहुन दल को टाउको दुखाइ हो। काँग्रेस को पुच्छर बनेर रोष्ट्रम घेर्ने नौटंकी नगर्ने। काँग्रेस मधेस को दोस्त होइन दुश्मन हो। काँग्रेस आफ्नो इतिहास भरि मधेस को दुश्मन हो। बिहार मा काँग्रेस को जे हाल भयो अब मधेस मा पनि त्यही हाल हुन्छ। मधेसी नेता हरु मुर्ख भएर काँध थापन नजाने।

क्रांति सड़क मा हुन्छ। सड़क मा पनि संसद मा पनि कहीं क्रांति हुन्छ? सम्झौता भएछ भने संविधान संसोधन को क्रम मा वोट खसाल्ने बेला बरु गए हुन्छ। त्यो भन्दा अगाडि काँग्रेस को पुच्छर बन्न नजाने। काँग्रेस अब समाप्त भयो। बागमती किनार मा लगेर पार्टी को काजक्रिया गरे हुन्छ।