Sunday, October 17, 2021

अबको चुनाव रविन्द्र मिश्रको अन्तिम हुइँया

रविन्द्र मिश्र ले संघीयता बारे जनमत संग्रह गर्नुपर्छ भन्दा मैले भने यो मान्छे लाई संघीयता मात्र होइन लोकतंत्र नै पनि चाहिएको छैन। नभन्दै आर्मी ले एक्शन लिनुपर्यो भन्न थालिसके। 

आर्मी ले एक्शन लिसकेको। सन २००६ को अप्रैल क्रांति का दौरान नेपाल आर्मी ले भए भरको बल लगाएको हो। त्यस दौरान चंद्र लोक को यात्रा मा व्यस्त रविन्द्र मिश्र मार्का मान्छे हरु लाई मात्र त्यो कुरा थाहा छैन। त्यस मानेमा नेपाल भारत जस्तो हो। ३० वर्ष पंचायत आर्मी ले चलाएको होइन। जनता को राजा प्रति को अन्धविश्वास ले चलेको हो पंचायत। शुरू भएको चाहिं बीपी को गलती ले। ४०० जना मात्र हथियारधारी आफ्नो सुरक्षा मा बीपी ले राख्ने गरेको भए पंचायत आउने गुंजायस थिएन। 

नेपाल भारत जस्तो हो। नेपालमा सैनिक शासन संभव छैन। नेपाल सेनाले त्यस्तो कुनै प्रयास गरेछ भने त्यसपछि नेपाल कोस्टा रिका हो। चाहिँदैन नेपाल सेना। पुरा सेना नै विसर्जन गरिदिनुपर्छ। 

रविन्द्र मिश्र अकुशल मान्छे हो। राजनीति गर्न चाहिने प्रतिभा छैन। निभ्न लागेको बत्ती। निभ्न अगाडि कहिले राजतन्त्र बारे जनमत संग्रह, कहिले धर्म बारे जनमत संग्रह, कहिले संघीयता। लोकतंत्र बारे चाहिं जनमत संग्रह किन नभनेको? सीधा आर्मी लगाउने त्यो मुद्दा मा? 

आर्मी ले प्रयोग गरिरहेको मान्छे पनि होइन रविन्द्र। डुबते को तिनके का सहारा। अबको चुनाव आफ्नो अन्तिम चुनाव हो भन्ने डर हो। 

राजा ले संघीयता ल्याएको भए ल अब जनता को पनि विचार लिउँ भन्ने हुन्थ्यो। धर्म निरपेक्षता नबुझ्ने रविन्द्र र पुष्पकमल मार्का मान्छे हरु ले मात्र हिन्दु धर्म माथि संकट देख्छ। रविन्द्र ले बरु दुई चार वटा योगासन हरु सिक्नु। हात खुट्टा बांगिदैन। 

धर्म निरपेक्षता भनेको नेपाल मा हिन्दु धर्म को रक्षा गरिपाउ भनेको हो। केही गरी झुक्किएर पुष्पकल जस्तो नास्तिक मान्छे अथवा हात खुट्टा नबांगिने रविंद्र जस्तो मान्छे सत्ता मा पुगेछ भने पनि हिन्दु धर्म को अभ्यास मा कुनै किसिम को बाधा व्यवधान खड़ा नहोस भन्ने अभिप्राय हो नेपाल को संविधान को धर्म निरपेक्षता। कुनै सीडीओ ले देश को विदेश नीति को चिंता नलेउ भने जस्तो हो। राजकाज चलाउ, धर्मकर्म तिम्रो क्षेत्राधिकार भन्दा धेरै माथिको कुरा हो भनेको हो। 

सन २००६ अप्रैल क्रांति नबुझ्ने अर्को पात्र प्रचंड। बहुदलीय लोकतंत्र र मानव अधिकार मा विश्वास गर्ने हरु कुनै पनि हालत मा हथियार नउठाउने मानिस होइनन। प्रचंड ले गोंजालो पथ छोड़ेर संविधान सभा, गणतंत्र आदि भन्न थालेर मात्र शांति समझौता संभव भएको हो। तर प्रथम संविधान सभा ध्वस्त पारे। अचेल राजा मिस गर्छन। (मलाई राजा मिस भएको छैन।)

प्रचंड बहुदल मान्दैनन। बहुदल नमान्ने पात्र अरु पनि छन नेपालमा। जस्तो किरण। मोहन विक्रम सिंह। आदि। त्यो वाक स्वतंत्रता हो। शांतिपुर्वक त्यस्तो विचार राख्न पाइन्छ। समस्या होइन। 

प्रचंड ले १० वर्ष बन्दुक को बलमा फत्ते गर्न नसकेको काम नेपाली जनता ले १९ दिनमा शांतिपुर्वक फत्ते गरे। त्यो समाचार तर चंद्रलोक पुगेन। रविन्द्र मिश्र त्यति बेला चंद्रलोक को यात्रा मा थिए। 

उज्वल थापा मैले राम्रो सँग चिनेको मान्छे। केही दिन अगाडि मैले एक जना साथी को फेसबुक पेज मा लेखें, उज्वल को १% पनि मैले रविंद्र मा देखिरहेको छैन। मैले गलत भनेछु। रविंद्र उज्वल को माइनस १०% हो। उल्टो दिशामा कुदिरहेको रेल। 

कांग्रेस कम्युनिस्ट मा नया पुस्ता उदाउनु असंभव। रविंद्र केजरीवाल होइन। रविंद्र राप्रपा को युथ विंग भन्दा बढ़ी केही पनि होइन। नया राजनीति का लागि जनमत पार्टी नै पहाड़ पस्नुपर्ने भो। 



No comments: