Friday, November 03, 2017

नेपाल ले चीन र भारत दुबै सँग सिक्नुपर्छ























चीन र भारत लाई जुधाउन सक्ने, खेलाउन सक्ने शक्ति नेपाल होइन। काठमाण्डु ले आफ्नो self-importance त्याग्नुपर्छ र humility देखाउनुपर्छ। चीनसँग पनि, भारत सँग पनि सिक्नुपर्छ।  चीनको पनि, भारतको पनि सहयोग लिनुपर्छ। चीनको पनि पुँजी, भारतको पनि पुँजी तान्ने प्रयास गर्नुपर्छ। सकिन्छ भने चीन र भारत लाई जोड्ने पुल बन्नुपर्छ। चीन हिजो को भारत हो। भारत भोलि को चीन हो। दुबै विश्व शक्ति हुन। दुबै नेपाल लाई समृद्ध देख्न चाहेका शक्ति हुन।

लोकतंत्र र मानव अधिकार मा compromise हुँदैन। त्यसका अलावा समाजवाद भनेको के? कम्युनिस्ट, काँग्रेस, फोरम सबैले समाजवाद नै भन्छन। शिक्षा, स्वास्थ मा व्यापक लगानी गर। गरीब जनतासम्म रोजगारी, विकास, पूर्वाधार पुर्याउ। काम गर्न नसक्ने हरुको हेरचाह गर। कसले शिकायत गर्छ?

कुरा कुरामा भारत र चीन लाई दोष दिने, भारत र चीन लाई गाली गर्ने कुरा आफ्नो आंग को भैंसी नदेख्ने कुरा हो। Deal त गर्नुपर्छ दुबै छिमेकी सँग। कुनै पनि देशको आफ्नो self-interest हुन्छ नै। नेपालको छ। भारतको छ। चीनको छ। Deal गर्दा पर्याप्त गृहकार्य गरेर deal गर्ने, आफ्नो कार्यक्षमता प्रदर्शन गर्ने। अधिकांश त win win संभावना हरु नै बढ़ी छन।

समस्या चीन होइन। समस्या भारत होइन। समस्या प्रमुख रूपले आतंरिक हो। देशमा व्याप्त भ्रष्टाचार, गरीबी, उच्चतम राजनीतिक संस्कृति को अभाव। तर विस्तारै विस्तारै देश ट्रैक मा आउँदैछ। त्यति निराशाजनक अवस्था भने छैन। एउटा नया पीढ़ि तम्तयार देखिन्छ।

दुनिया को पहिलो र तेस्रो ठुलो अर्थतंत्र को बीचमा रहेको भौगोलिक स्थिति --- यो त नेपाल लाई चिट्ठा परेको हो।


No comments: