Saturday, September 23, 2017

सीके ले कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो



"८ जिल्लामा असोज २ गते सम्पन्न स्थानीय निर्वाचनमा २१ लाख मतदाता मध्ये ३ लाख अधिकको मत हासिल गर्न सफल भएको छ"

के सीके राउत ले ३ लाख मत तानेकै हुन त! कोठली बाहर को मत गन्न मिल्यो। तर पहिला पहिला चुनाव हरुमा पनि हुने गरेको मत बदर गन्न मिलेन। जस्तै कि रुख र गाछी को बीच मा। त्यस्तै अज्ञानतावश अर्कै ठाउँमा।

२०४७ को चुनाव बहिष्कार गर भनेर हिडेको मशाल पार्टी ले पछि ४०% मत आफ्नो भनेर क्लेम गर्यो। किनभने ६०% ले मात्र मतदान गरे। आशा गरौं जोश मा त्यस किसिमको अंक गणित सारिएको छैन।

मधेस अलग देश एजेंडा भएको पार्टी दर्ता गराउने व्यवस्था नेपालको संविधानले गरेको छैन।

होइन यदि तीन लाख खसेकै हो भने तीन लाखको महत्व के र पाँच लाख खसेको भए के हुन्थ्यो? १० लाख नै खसेको भए के हुन्थ्यो?

क्रांति को बाटो अलग देश एक मात्र बाटो उपलब्ध छ। के त्यो बाटो संभव छ? क्रांति हुनुपर्यो। क्रांति सफल हुनुपर्यो। अलग देशको घोषणा गर्दा कुन सीमाना क्लेम गर्ने? सबभन्दा पहिला त भारतले मान्यता दिनुपर्यो। तर न भारत न चीन त्यसको पक्ष मा छ आ आफ्नै आतंरिक कारन ले गर्दा।

भने पछि सीके राउत ले रोजेको बाटो लंदन को कुनै dead end street त होइन?

तर पार्टी दर्ता गराएर चुनाव लड़े ३ लाख अति धेरै मत हो। मधेस कब्ज़ा गर्ने र देश हल्लाउने किसिमको मत हो। अलग देश एजेंडा भएको पार्टी ले दर्ता गर्न पाउने संविधानले दिएको छैन। तर त्यो नदिने प्रावधान संसोधन गर्ने एजेंडा भएको पार्टी त दर्ता गर्न कसैले रोक्न सक्दैन। पहिला संविधान संसोधन गर्ने, प्रदेश ले अलग देश का लागि जनमत संग्रह गर्न पाउनु पर्ने किसिमले संविधान संसोधन गर्ने अनि बल्ल जनमत संग्रह मा जाने बाटो त उपलब्ध छ।

सीके ले त्यो बाटो रोजेको राम्रो हो। होइन भने एउटा समुचा पीढ़ी लाई नै गुमराह गर्ने खतरा रहन्छ।

कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो। आखिर लोकतंत्र त स्वीकारेका व्यक्ति हुन सीके।





No comments: