Wednesday, April 06, 2016

विनय पंजियार र मधेस स्वराज अभियान भित्र लोकतंत्र

सीके राउत अमेरिका या युरोप द्वारा संचालित व्यक्ति होइन। सीके राउत जतिको शैक्षिक उपलब्धि काठमाण्डु को एक जना अमेरिकी अथवा युरोपेली कुटनीतिक व्यक्तिको छैन। संचालित हुन त दिमाग सानो हुनुपर्यो।

सीके राउत को एजेंडा देश तोड्ने भएको भए सीके ले ११ बुँदे को विरोध गर्नुपर्ने। तर सीके ले ११ बुँदे लाई पुर्ण समर्थन मात्र गरेको छैन, मधेस आंदोलन ३ शुरू भए पछि आफुले केही समय विश्राम लिएको, कुनै किसिमले डिस्टर्ब न होस भनेर। सीके ले ११ बुँदेको पुर्ण समर्थन गरेका छन। र मेरो analysis हो कि ११ बुँदे अनुसार संविधान संसोधन भएर इमान्दारीपूर्वक कार्यान्वयन हुन्छ भने मधेस अलग देशको एजेंडा आफसेआफ गायब हुन्छ। किनभने मधेस अलग देश चाहिएको समानता का लागि हो। नेपाल भित्र नै मधेसी ले समानता पाउँछ भने अलग देश किन चाहियो। तर नेपाल भित्र समानता पाउँदैन भने दुई त के नेपाल लाई १० टुकड़ा पार्नु पर्छ। त्यो मेरो कथन।

सीके को लक्ष्य समानता हो, अलग देश होइन। तर सीके को अहिले सम्म को analysis के हो भन्दा नेपाल भित्र मधेसी ले समानता पाउने संभावना नै छैन। छ भने मलाई गलत प्रमाणित गर।

अहिले सम्म सीके सही प्रमाणित भएको अवस्था छ। मधेसी ले नेपाल भित्र समानता पाएको छैन। ११ बुँदे बारे छलफल समेत गर्न तैयार छैन सत्ताधारी। भने पछि देश टुट्छ त। अहिले जुन बाटोमा देश हिडेको छ त्यस बाटोमा दुई वर्ष अझ हिड्ने हो भने देश टुट्छ। त्यो मेरो analysis हो। International Crisis Group ले भर्खर त्यही भन्यो। ICG ले देश टुट्नु पर्छ भनेको होइन कि देश टुट्ने बाटोमा हिडेको छ भनेको। ICG ले देश तोड़ने होइन कि देशले आफैले आफुलाई तोड़ने भनेको। देशको व्यवहारले देखाइरखेको छ देश टुट्ने कुरा।

सीके राउत को रोडमैप ८-१० वर्षको हो। ८-१० वर्ष बितिसक्यो तर नेपालमा मधेसी को हालत अहिले जस्तै छ भने सीके राउत को भन्दा चर्को स्वर मेरो हुनेछ। देश टुट्नु नै पर्छ त्यस अवस्थामा।

तर मानव अधिकार को मुद्दा मा कमसेकम मेरो दिमागमा कुनै विवाद छैन। अहिंसात्मक किसिमले जो सुकैले जे सुकै बोल्न पाउँछ। जुन सुकै राजनीतिक क्रियाकलाप गर्न पाउँछ। स्वराजी लाई धरपकड़ गर्ने काम को विरोध नगर्ने ले लोकतंत्र पनि मानेन, मानव अधिकार पनि मानेन।

मेरो सीके सँग फरक मत नितांत टैक्टिकल हो। मेरो सोच हो कि ५ लाख मात्र मधेसी संगठित हुने हो भने मधेसीले सारा देश खान्छ। सारा नेपाल कब्ज़ा हुन्छ। मधेस अलग देश गलत एजेंडा होइन कि सानो एजेंडा भयो। त्यति मात्र हो।

१५ लाख मधेसी सडकमा आउने तर ५ लाख मधेसी पनि संगठित नहुने ---- त्यो त मधेसी नेतृत्व को कमी कमजोरी भयो।  भुल सुधार गर्नु पर्ने भो।

देश टुक्राउने होइन कि देश कब्ज़ा गर्ने।

सीके को संगठन ले महाधिवेशन गरेर आफ्नो एजेंडा को लोकतान्त्रिक अनुमोदन खोजने हो भने त्यो संगठन आफसेआफ सही ट्रैक मा आउँछ। मधेस अलग देश लाई दुरको लक्ष्य मान्दै मधेसी समानता का लागि त्यति बेलासम्म को प्रत्येक आंदोलन र प्रत्येक चुनाव मा सक्रीय रुपले सहभागी हुने गरी एउटा राजनीतिक पार्टीको रुपमा अगाडि बढ्ने ---- सही बाटो शायद त्यो हो। त्यो दुर भनेको १०० वर्ष अथवा ५० वर्ष होइन, १० वर्ष पनि हुन सक्छ। तर अहिले त मधेसी मोर्चा को ११ बुँदे वाला अभियानमा सीके को संगठन १००% होम्मिनु पर्यो। मधेसी मोर्चा को सदस्य संगठन बन्नुपर्यो।



सीके राउतलाई समर्थकको कडा टक्कर, देश टुक्राउने अतिवादी मागको कुनै तुक छैन
वर्णन गर्नै नसकिने मधेसमाथिको चरम उत्पीडनको परिणामका कारण जन्मिएका डा.सी.के. राउतका केही बाहेक अधिकांश माग जायज छन् । ..... नेपालको राज्यसत्ताले कहिल्यैपनि मधेसीलाई यो देश तिम्रोपनि हो, राज्यमा तिम्रोपनि अधिकार छ, सेनामा कर्मचारीतन्त्रमा अथवा राज्यका प्रत्येक निकायमा तिम्रोपनि उपस्थिती हुन्छ भनेर कहिल्यै महशुस गराउन सकेन । जसको कारणले गर्दा मधेसीहरु जहिल्यै राज्यबाट बहिष्कृत भए, उपेक्षित भए र राज्यसंग मधेसीको सम्बन्ध टाढिँदै गयो । फलस्वरुप आज विखण्डनका श्वरहरु मधेसमा गुञ्जिरहेका छन् । ...... एकीकृत नेपालभित्रै मधेस समस्याको हल खोजिनुपर्छ र सिंगो नेपालको राजनीतिको मुलधारमा सी.के. राउतलाई पनि ल्याउनुपर्छ । मधेसमा लादिएको औपनिवेशिक शासनको अन्त्य गर्न बौद्धिक र राजनीतिक बहसलाई तीव्र पार्नुपर्छ । सेनामा मधेसीको प्रतिनिधित्वलाई अबिलम्ब सुनिश्चित गरि आम मधेसी युवाहरुमा देशप्रति गौरवको भावना जागृत हुने अवस्था सिर्जना गर्नुपर्छ । भाषिक, सांस्कृतिक, राजनीतिक र आर्थिक विभेदलाई अन्त्य गर्न सकियो भने मलाई लाग्छ सी.के. आफैं मुलधारको राजनीतिमा आउन बाध्य हुनेछन् । यी माग पूरा हुने हो भने देश टुक्राउनेजस्तो अतिवादी मागको कुनै तुक देख्दिन म ।

तर यदि विभेद कायम नै रहने हो भने यो देशले हजारौं सिके राउतहरुको सामना गर्नुपर्नेछ ।

...... डाटा र तथ्यसहित बोलिरहेका सी.के. राउत प्राबिधिक रुपले सहि छन् । म आफैं र मेरा वरपरका साथीहरु कसैलेपनि उनले उठान गरेका विषयमा त्रुटि पाएनौँ । ......

क्याम्ब्रिजमा पढेको र विश्वप्रतिष्ठित संस्थामा वैज्ञानिकका रुपमा काम गरिसकेको मेधावी व्यक्तिले मधेसका हितमा बोलेको सन्दर्भले हामीलाई आकर्षित गरेको हो । मधेसलाई सवल, सक्षम र कुशल नेतृत्व कसैले दिन सक्छ भने त्यो निर्विकल्प रुपमा सी.के. राउत नै हो ।

..... हामीले टिचिङ हस्पिटलबाट आरक्षणको मागसहित आन्दोलन ग-यौँ । हाम्रो भनाइ सुन्ने र बुझ्ने कोशिषै गरिएन । ...... मलाई के लाग्यो भने यदी डा. सी.के. राउतले समग्र मधेसको नेतृत्व लिन सक्ने हो भने युगौँ देखिको दलनमा रहेका मधेसीहरुपनि नेपाली राजनीतिको मुल धारमा आउन सक्छन् । त्यसैले मैले सिके राउतलाई बचाउनुपर्छ भनेर लागि परेको हो । ...... पहिलोपटक म आफैंले पनि मधेसको डिस्कोर्सका विषयमा उहाँसंग तालिम लिएको थिएँ । उहाँले मलाई मधेसको दलनका विषयमा केही पुष्तकहरुपनि दिनु भएको थियो । त्यसबाट मधेसका यथार्थ समस्याहरुका विषयमा म जानकार भएको थिएँ । ...... विकासका लागि आवश्यक पहिलो शर्त नै स्वतन्त्रता हो । दास समाजले कहिल्यैपनि विकास गर्न सक्दैन । त्यसैले मेरो भनाइ के हो भने मधेसको उपनिवेश अन्त्य गर्नुपर्छ । दोश्रो कुरा सेनामा मधेसीको समानुपातिक समावेशी उपस्थिती गराउनुपर्छ । यसो भयो भने मात्र यो देश र संविधान मधेसीको पनि हुन्छ । यो बाटोबाट गयौँ भने हामी सम्पूर्ण नेपालीका सौभाग्यका दिन शुरु हुनेछन् । ..... म आफुले चाहिँ यो समस्याको निचोड, सी.के. राउतको राजनीति र राजनीतिक जीवनको ‘सेफ ल्यान्डिङ’का लागि केही बिकल्प सोचेको छु । पहिलो कुरा पुरा गर्नसकिने र गर्नुपर्ने सी.के. राउतले उठाएका मागहरुलाई तत्कालै पूरा गरिनुपर्छ ताकि उनको अभियान अतिवादबाट यथार्थको धरातलमा आउन सकोस् । ..... भाषिक, सांस्कृतिक, राजनीतिक र आर्थिक विभेदलाई अन्त्य गर्न सकियो भने मलाई लाग्छ सी.के. आफैं मुलधारको राजनीतिमा आउन बाध्य हुनेछन् । यी माग पूरा हुने हो भने देश टुक्राउनेजस्तो अतिवादी मागको कुनै तुक देख्दिन म । तर यदि विभेद कायम नै रहने हो भने यो देशले हजारौं सिके राउतहरुको सामना गर्नुपर्नेछ ।
स्वतन्त्र मधेश नै सर्वोत्कृष्ट माग : डा. पन्जियार
मधेशी युथ थिंक ट्याङ्कका संयोजक डा. विनय पन्जियारले वर्तमान परिवेश र राज्यले जारी राखेको विभेदले गर्दा स्वतन्त्र मधेश देश नै मधेशका लागि उचित माग रहेको दाबी गरेका छन् । स्वतन्त्र मधेश देशको माग गर्दै आएका डा. सीके राउतको मागलाई समर्थन गर्दै डा. पन्जियारले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै डा. राउतको नेतृत्वले मात्र मधेशमाथि लादिएको उपनिवेशवादको अन्त्य गराउन सक्षम रहेको डा. पन्जियारको दाबी रहेको छ । ....‘२५० वर्षको विभेद र ६५ वर्षको संघीयताको संघर्षले मधेशीलाई बन्धक बनाउने काम मात्र भएको उनको ठहर छ । आफू सदैव मधेश र मधेशी जनताको हकहितको निम्ति संघर्षरत रहिरहने र आफ्ना समर्थकलाई कुनै हल्लाको पछाडी पनि नलाग्न आग्रह गरेका छन् ।


No comments: