Tuesday, August 21, 2007

पहाडी बाहुन सुजीत ढकाल

DL21C Annual Summer Bash: Barack Won The Straw Poll

No Point Talking, Got To Get Down To Protests
Best Possible Scenario: How It Could Unfold
Upendra Yadav Book 1
Lull Before The Storm
Democracy, Transparency, And The Nepali Diaspora

गुगलले एउटा नया टुल ल्याएको : ब्राउजर बाट नै नेपालीमा टाइप गरेर सर्च गर्न िमल्नेमैले मेरो नाममासर्च गरेंजनकपुरमैं हुर्के बढेको, एउटै पर्ाइमरी स्कुलमा पढेको हाल न्यु यर्कमा बस्ने सुजीत ढकालको लेखअायोयो लेख पहाडी बाहुन prejudice को ज्वलन्त उदाहरण होत्यो prejudice भनेको देश तोड्ने prejudice हो

न्यु यर्कको बाहुन समुदाय भनेको तारा बाहुनले सरापेको समुदायस्थानीय राजनीितमा जीरो अौकात राख्नेनेपाली पहाडी समुदाय न्यु यर्कको िमनी नेपालमा नेपालको जस्तै anti-Madhesi prejudice ले अोतप्रोत । मलाई नेपालीहरूले भोट निदइकनै म सारा नेपालीको नेता भिनटोपल्ने तारा बाहुनको बाहुनवादले खान भ्याएको छ। त्यो अलोकतान्त्िरक रवैयाले स्थानीय नेपालीलाई स्थानीय राजनीितमा घाटा छ तर तीनलाई त्यसको मतलब छैन। Homesick बाहुनहरूलाई बरू तारा बाहुनकै बाहुनवाद मन पर्छ। अलोकतान्त्िरक त छ तर बाहुनवादको झझल्को त िदन्छ।

जनजाितहरू बाहुनसँग डील गर्दा जनजाित बिनटोपल्ने, मधेशीसँग त्यही बाहुनसँग एक भइिदने। पहाडी prejudice पोख्ने। नत्र नगेन्द्र इङगमको कस्तो उट्पटाङ प्रश्न। प्रश्न सुन्दा लाग्छ नेपालमा मधेशीहरूले नेपाली भाषालाई िथचेर राखेका छन्। उल्टे चोर कोतवालको डाँटे।

१९८९ देिख न्यु यर्क बसेका सत्य यादव। म न्यु यर्क पस्नु अगािड मधेशी organizing को म नदेखेका सत्य यादव। नेपालमा मधेशी क्रान्ित हुँदैछ, Quit India Movement जस्तो ठुलो, ऐितहािसक, तर उता पहिरयाहरूले अपमान गरेर यो त िहन्दु कट्टरपन्थीको खेल हो भनेकोले off season मा लङ अाइलैण्डमा िशवरात्री मनाइिदने। त्यो तारा बाहुनको करतुत हो। न्यु यर्ककै पिहलो ठुलो मधेशी event जुन न्यु स्कुलमा भयो जसका बारेमा सुजीत ढकालले बडो अपमनापुर्ण ढङगले लेखेका छन् नेपाली टाइम्समा। त्यसलाई स्थानीय मधेशीले बिहष्कार गरे। तारा बाहुनको नेतृत्वमा। न्यु यर्कमा ANTA स्थापना गर्ने व्यक्ित म। त्यसपिछ मैले ANTA को सदस्यता छोड्िदएँ। मानिसक दासताको के दवाइ छ?



Source: New York Nepali Times

मधेशीहरुलाई जनजातीहरुको प्रश्न : किन नेपाली भाषाको बिरोध गर्छौ ?

टाईम्स् सम्बादादाता

न्यूयोर्क्,फेब्रुअरी १०, दबिएको नेपाली समूदायको भएपनि जनजातीहरुलाई नेपाली भाषा र नेपाली राष्ट्रियताको असाध्यै माया छ भने नेपालको मूल प्रवाहमा आउन खोज्ने अर्को दबिएको बर्ग मधेशीहरु किन नेपाली भाषा र नेपाली शब्द लाई 'हेट्' गर्छन? किराँत याक्थुम चुम्लुङ अमेरिकाका उप सभापति नगेन्द्र इङ्नामले तराईका सम्बन्धमा शनिबार न्यूयोर्कमा आयोजित एक कार्यक्रममा सोधेको यो प्रश्नले न्यूयोर्कमा रहेका नेपाली मधेशीहरुलाई अन्तत्: भावुक बनाई छाडयो ।

नेपालको संसदमा हालै केही मधेसी सांसदहरुले तराईको भाषामा सम्बोधन गर्दा कमान सिंह लामा लगायतका अर्का सांसदहरुलाई पर्न गएको अप्ठ्यारो प्रती पनि धेरैले मनमनै भावुक भएर सोचे कार्यक्रममा ।

प्रत्युत्तरमा मधेशी मूलका प्राध्यापक प्रमोद कण्ठ्ले भने--अनेक भाषा भाषी भएको तराईमा मधेशीहरुले आ-आफ्नो भाषा प्रयोग गरेपनि राष्ट्रिय स्तरमा संपर्क भाषा नेपालीको सम्मान मधेशीहरुले पनि गर्नु पर्छ । उँहाले आफूले पनि नेपाली भाषामा कविता लेखेको उल्लेख गर्दै तराईबासी र पहाड्वासी मिल्नुपर्ने कुरामा जोड दिनुभयो ।

प्राध्यापक महेन्द्र लावतीले मान्छेले बौद्यिक रुपमा संगठित भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।

संयुक्त राष्ट्रसंघका उप महासचिब कुलचन्द्र गौतमले जती जात जातीहरुमा बाडिंएपनि नेपाली राष्ट्रियता र अखण्डता भन्दा ठुलो अरु केही नहुने बताउनु भयो ।

कार्यक्रममा तराई आन्दोलनका क्रममा "मधेशलाई छुट्टै राष्ट्र बनाउने र छुट्टै राष्ट्र बनिसके पछि त्यसले नेपाललाई शत्रुको रुपमा हेरी नेपालसंग कहिल्यै कूटनीतिक सम्बन्ध स्थापना नगर्ने" भन्ने आशयको अभिब्यक्ती दिने परमेन्द्र कुमार भगतलाई र्()याख र्()याखती पारिएको थियो ।

यूनाईटेड नेप्लिज डेमोक्र्याटिक फोरमका टेक गुरुङ्ले सम्बिधान सभामा जान लागेको "क्रीटिकल्" अवस्थामा पहाडे मधिशे जस्तो सम्बेदनशील बिषयमा आगो सल्काएकोमा उनीप्रती तीतो प्रकट गरेका थिए भने अनिल शाहीले अर्को देश बनाउने कुरा गर्नुको असल नियत के हो भनी प्रश्न गरेका थिए ।

अझ अर्का मधेशवासी सतेन्द्र साहले नेपालको तराईमा अन्य भाषाहरु भएको अवस्थ।मा हिन्दी भाषाको वकालत गर्नु ठीक नभएको बिचार ब्यक्त गरे ।

कार्यक्रम न्यू स्कूल बिश्वबिद्यालयको इण्डिया- चाईना ईन्स्टिच्यूट्ले आयोजना गरेको थियोउक्त अवसरमा ईन्स्टिच्यूट्का निर्देशक अशोक गुरुंगले पनि बोल्नु भएको थियो

The New School Event: Madhesi Question: Photos 2
The New School Event: Madhesi Question: Photos
The New School Event: My Speech To Be Delivered
February 10: New School: Nepal In Transition: The Terai Qestion

पुरे देशको प्यारालाइज कर दो
िगिरजाको कुर्सी से हटा दो, सेरेमोिनयल बना दो
अगर सडक पर िफर से उतडनी पडी तो
चुनावी जंग
िवजयकी सुगन्ध अा रही है
समानता अौर अिधकार पर्याप्त नहीं हैं, हमें तो शक्ित चािहए
माघे क्रान्ित
सत्ताधारी सात पहाडी पार्टीको घैंटोमा अझै घाम लागेको छैन
माघे क्रान्ित, राजावादी र िहन्दु कट्टरपन्थीबारे
डटे रहो
शान्ित वार्ता क्या, िवजय घोषणा करो
बराबर जनसंख्याबाला २०५ सीट
मधेश जल रही है
िफर से कह दो एक बार इन्िकलाब


परमेन्द्र भगत नामका नटबरलालबारे
- दिनेश आचार्य

एकजना छन अमेरिकाको न्यूयोर्कमाआफुले आफैलाई बुद्धिमान घोषणा गर्दै आफु बिदेशिनुलाई ब्रेन डर्नको सज्ञा दिने त्यो सख्श अरु कोही होइन अनाबश्यक रुपमा तपाई हाम्रो ब्यक्तिगत मेल अकाउन्टको यनबाक्स फुल गर्ने हिन्दु अतिवादी तराईको शान्त नेपाललाई भारतीय भुमन्डलमा मिलाउने प्लानका सेवक हुन-परमेन्द्र कुमार भगत

उनी हरेक दिनजसो दर्जनौ मेल दुनियाका हजारौ मेलबक्समा पठाउछन् । कुनैबेला नेपालको प्रजातान्त्रिक आनदोलनलाई सहयोग गर्ने नाममा काठमाडौंको आन्दोलनको फोटो किन्ने भगत अहिले हरेक दिन पहाडिका नाउमा बिद्वेश उराल्दै मधेशीका मनमा घृणाको बीउ रोप्न उद्यत छन् । अर्थात उनी पहाडी र मधेशी नेपालीबीच माराकाट गराएर साम्पर्दायिक हिसाको बिउ रोप्न चाह्छन । किनभने यो उनको मालिकको आदेश हो ।

भारत नेपालमा के चाहन्छ ब्वासोले गाइको बाच्छालाई मायाले सुम्सुमाएर कन्याउदै मुटु कलेजो झिकेर खाएजस्तो गर्ने प्लानमा छ । नेपालमा हिसा बढेपछि बिचरा भन्दै सुमसुमाउन आए जस्तो गरि तराइलाइ आफ्नो भागमा मिलाउने र को दीर्घकालिन रणनीती पुरा गर्ने एजेन्ट हुन उनी । उनीमात्र होइन उपेन्द्र यादव हृदयेश त्रिपाठी र जयकृस्ण गोइतहरु पनि त्यही हुन । जो आफुलाई नेपाली भनाउन समेत चहदैनन् ।

हिजोसम्म श्री ५ को सरकार हुदा उनीहरुले जनआन्दोलन भाग २ मा कहि पनि मधेशका नाउ उच्चारण गर्न परेन । राजाकै शाशनमा मस्त भए । किनभने अहिलेका राजा भारतीयकै ज्वाई र नातेदार अनि उतैबाट आएका थिए । तर अहिले जब नेपाली जनताको ुनेपाल सरकारु भयो उनीहरुलाई नेपाली भन्न लाज लाग्यो र मधेश सरकारको नारा उचाल्न थाले ।

केही समयअघि सम्म मधेशी र लोबतन्त्रको नारामा ब्लग लेखिरहेका उनी एक्कासी नेपालबिरोधी र भारतसमर्थक भएर निस्किए । उनी नेपाली पासपोर्टकै आधारमा अमेरिकामा बसिरहेका छन् भलै भारतीय कृपादृष्टिले पालिएका किन नहोस । तर आफुलाई नेपाली भनाउदा लाज लाग्छ रे । मधेश छुट्टै देश हो रे । नेपालीहरुले त्यस देश हडपेका हुन रे । उनका पछिल्ला लेख पढ्दा यस्तै लाग्छ ।

काठमाडौंका नेवारले नजानेर किम्बदन्ती वा जोक्स बनाएको ‘मनु मखु मडिस्या ख’ लाई ठुलो मुद्दा बनाएर आर्टिकल लेखे । पहाडिया भनेका मान्छे नै होइनन र उनीहरुलाई खत्तम गर्नुपर्छ भन्ने उनको आशय झल्किन्छ ।

वास्तबमा यो फलाम तातेको बेलामा हिट गरेजस्तै हो । तराईमा सयजना मान्छे अगाडि लगायो हजार जना पारीबाट सय रुपैया दैनिक दिएर ल्यायो । नत्र काठमाडौमा लाखौ मान्छे उत्रदा जनआन्दोलन २ मा किन तराईमा मान्छे सुन्यप्राय थियो राजतन्त्र बिरुद्ध ११ बर्ष जनयुद्ध हुदा पहाडमा जसरी क्रान्ति मौलायो तराईमा लुटेर खानेहरु मात्र बढे किन हुन त तराईमा पुरानो डाका सस्कारले गर्दा पनि माओवादीमा लाग्नेहरु लागेका थिए लुट्न नपाउने भएपछि जनतान्त्रीकमा लागे । राजा फाल्ने आन्दोलनमा चाही नलाग्ने अहिले ठुृलो क्रान्तिकारी कुरा गर्ने

भगत जस्ता कथित नौटंकी अनुहारहरु धेरै छन् यहा । उनी कहिले आफु नेपालमा राजनीति गर्न नफकर्कने कुरा गर्छन त कहिले अमेरिकामा सबैले नेपाल गएर राजनीति गर भनिरहेको लेख्छन ।

परमेन्द्र भन्ने मान्छेले एकपटक अनौठो कुरा गर्यो । सारा सार्क क्षेत्र एउटै रास्ट्र हुनुपर्ने प्रस्ताब राख्छन । यसको अर्थ के हो हिन्दुस्तानले भन्ने गरेको सारा भारतबर्ष एउटै देश होओस भनेको होइन पाकिस्तान बंगलादेश देखि नेपाल र भुटानसम्म भारतमै गाभियोस भन्ने उनको आशय हो कि होइन यस्ताले तराइको आन्दोलन हाकेको दाबी गरेका छन् । के यो कहाबाट सन्चालित हो यसै थाहा हुदैन

अमेरिकामा उनी कसरी पुगे यहा के काम गर्छन उनी बेलाबखत नेपालमा पत्रिका र इन्टरनेट साइट चलाउनेहरुलाई अलिअलि रकम दिएर भारतीय लाइनका नेपाली नेताहरुका। अन्तर्बातार्ता लिन लगाउछन् । यता केही पैसामा बिकेर पत्रकार भनाउदाहरु भारतकै दलालीमा बोलेको कुरा छाप्छन । उनको धन्दा यस्तै छ । आफुलाई महान बनाएर आर्टिकल लेख्दै दुनियाका मेलमा बिना अनमति बग्रेल्ती िलंक पठाएर उनले दुनियालाई दुःख दिएबापत क्षतिपुर्ती तिर्नुपर्दैन अमेरिका बस्नेलाई त यो थाहा हुनुपर्ने उनले अरुको मेल आइडी कसरी थाहा पाए प्राइभेसी ल अनुसार त कारबाही हुन्छ आफु बिदेशिदा ब्रेन ड्रेनको घोषणा गर्नेलाई त थाहा हुनुपर्ने ।

गगन थापासित अकंमाल गरेको फोटो खिचाउदा आफुलाई भाग्मानि ठानेर आर्टिकल लेख्नेले अहिले तिनै थापाहरु अर्थात पहाडेहरुका बिरुद्ध बिषबमन गर्दा कस्तो लाज नलागेको । साइटभरी आफ्ना नानाभातिका फोटो राखेर प्रचार गर्ने भगतले लेखेका अग्रेजीका भाषण कतिजना तराइबासीले पढ्छन त्यो उनलाई के मतलब भगतले त त्यो भाषण आफ्ना मालिकहरुलाई देखाएर पैसा झार्नका लागि हो । साच्चै तराइका लागि सबेदनशील हो भने त कलैयामा आएर जुलुसको नेतृत्व गरुन न । सोझा गरिब मर्ने भगतहरुचाही अमेरिकामा बसेर तर मार्ने

पहाडिया र मधेशीको साम्प्रदायिक सदभाब भडकाएर मान्छे मार्ने खेल हुदैछ । यदी त्यसो भयो भने नेपालको इतिहासमा पहिलोपटक लाखौ मानिस मारिन्छन । देश बिखन्डन पक्का हुन्छ । भगतहरुको मास्टर प्लान यही हो ।

जनअधिकार फोरम भनेको भारतीय दुतावासबाट रकम ल्याएर सास्कृतिक कार्यक्रम गर्ने गोष्ठि गर्ने र एक दुइटा प्रतिबेदन छपाएर मधेशीको नाम भजाउदै पैसा कमाउने एनजिओ होइन यो कुनै पार्टी हो जसले बिचारको आन्दोलन गर्छ त्यहा बसेका नेताहरुको कुण्डल हेर्नुपर्छ कहा कहाबाट सन्चालित छन यसै थाहा हुन्छ ।

उपेन्द्र यादव काठमाडौंको बानेश्वरमा एकजना राजावादीको घरमा भाडामा सायद सित्तैमा बस्छन् । किशोरकुमार बिश्वास भन्ने मण्डले जो सद्भावना पार्टी छाडेर दरवारहुदै भारतीय क्याम्पमा पुग्यो उनी पत्रकारहरुको फोन नम्बर सकलन गर्दै आफ्नो नाम बजाइदिने अनुरोध गरिरहन्छन् । अर्का आफुलाई महासचिब बताउनेचाही उपेन्द्र यादबले बोक्ने ९८४१-४३५७७१ नम्बरको मोबाइल उठाउछन र आफ्नॊ नाम उल्लेख गरेर समाचार लेखिदिन र आफ्नै अन्तरवार्ता लिइदिन करकर गरिरहन्छन् । उनका अन्तरवार्ता लिन मानेन भने उपेन्द्र यादवलाई सम्पर्क हुनै दिदैनन उनी ।

अस्ति भारतको गणतन्त्र दिवसका भारतीय दुतावासमा भएको पार्टीमा फोरमका नेताहरु कसरी कानेखुशीमा मग्न थिए त्यो कुरा सहभागि यो पंक्तिकारलाई थाहा छ । राजेश अहिराज जस्ता नटबरलाल पत्रकारहरु पनि त्यस दिन एक लाख भारुको पुस्तक पुरस्कार लिदै चलमलाइरहेका थिए ।

Source: Hamro Blog

No comments: