Friday, October 06, 2017

मधेस स्वराज आंदोलन सँग अहिले कुनै रोडमैप छैन

मधेस स्वराज आंदोलन भित्र लोकतान्त्रिक संवाद को जरुरत



स्थानीय चुनाव पछि सीके राउत ले गरेको आफ्नै स्थानीय सरकार घोषणा गर्ने उद्घोष ले स्वराज आंदोलन भित्र रहेको रणनीतिक दिशाहीनता उजागर गरेको छ। फोरम र राजपा ले मिलेर झण्डै ५५ सीट र काँग्रेस ले ४० सीट जितेको चुनाव, मधेसवादी ले काँग्रेस लाई उछिनेको यो पहिलो पटक हो। बरु ३० देखि ३०० मत ले हामीले १०-१२ सीट हारयौं भन्ने राजेंद्र महतो को जुन दाबा छ त्यसको विश्लेषण हुनुपर्छ। सीके को मत बदर अभियान ले गर्दा ३८ सीट जित्नुपर्ने राजपा २५ सीट मा खुम्चिएको त होइन? विचार गर्नुपर्ने छ। राजपा ले २५ सीट जित्दा देश हल्लिएको छ। हस्याङ्ग फस्याङ्ग दुई बाहुन पार्टीले एकीकरण गरेका छन आत्तिएर। ३८ सीट जितेको भए के हुन्थ्यो?

सीके ले कुर्दिस्तान र केटलोनिआ को कुरा ल्याएका छन। अनि कुर्दिस्तान देश बनेको हो त? केटलोनिआ देश बनेको हो? जनमत संग्रह ले मात्र देश बन्दैन रहेछ। त्यो कुर्दिस्तान र केटलोनिआ को जनमत संग्रह ले भर्खर देखाएको छ। जब कि दुबै ठाउँमा बजाप्ते जनमत संग्रह भएको हो। जस्तो जनमत संग्रह त्यो दुई ठाउँ मा भयो त्यस्तो जनमत संग्रह मधेसमा हुने संभावना दुर क्षितिज मा पनि देखिँदैन। एक त जनमत संग्रह को संभावना छैन। दोस्रो जनमत संग्रह मात्र ले मधेस अलग देश बन्दैन। भने पछि सीके को अहिलेको रोडमैप ले राजपा र फोरम लाई कमजोर पार्छ र एउटा सारा पीढ़ी लाई गुमराह पार्छ। के त्यो मधेस सशक्तिकरण को रोडमैप हो? कदापि होइन।

भन्दैमा मधेस अलग देशको नारा छोड़ भनेर पनि भनेको होइन। खालि sequence मिलाउन मात्र भनेको हो। प्रथम कदम फोरम, राजपा र स्वराजी को सांगठनिक एकीकरण। दोस्रो कदम चुनाव लड्ने। तेस्रो कदम मधेसी को साक्षरता ९०% माथि लाने किसिमको विकास। साथै नेपालको प्रत्येक प्रदेश ले आत्म निर्णय का लागि जनमत संग्रह गर्न पाउने किसिमले नेपालको संविधान संसोधन का लागि प्रयास गर्ने तर त्यसलाई बैकबर्नर मा राख्ने, मुख्य मुद्दा अहिले लाई नबनाउने।

सीके मुख्य मंत्री बन्नुपर्छ। अहिले का लागि त्यो उचित कदम हो।


लोहा गरम है, मारो हथौड़ा
सीके को मधेस अलग देश का तीन चरण
मधेस अलग देश विरुद्ध का तर्क हरु
फोरम, राजपा र स्वराजी को एकीकरण मैं छ मधेसको उद्धार
सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ
सीके ले कोठली बाहर होइन आफ्नो कोठली भितर मत बटुलेको राम्रो
मधेस आन्दोलनको आध्यात्मिक पक्ष
सीके राउत ले चुनाव लड़नै पर्ने कारण हरु
संविधान DERAIL को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो
महंथ ठाकुर, उपेंद्र यादव, सीके राउत र मधेस
मधेसवादी तीन ध्रुव: मंजिल एक और राही तीन फिर वार्तालाप क्यों न हो?
गोरखा समथर बन्यो, अब काठमाण्डु समथर बन्न चाहन्छ

No comments: