Wednesday, June 10, 2015

Political Explosion


  • प्रतिनिधि सभा का ५०% सीट तराई मा हुनुपर्यो 
  • राज्य सभाका ५०% सीट तराई मा हुनुपर्यो ---- त्यस का लागि ८ मध्ये ४ प्रदेश तराई मा राख्नु पर्छ भने राख्नु पर्छ ---- तराईमा ४ प्रदेश बनाउँदा झापा बाट चितवन समेट्दै कंचनपुर सम्म --- कोचिला, मिथिला, भोजपुरा, थरुहट 
  • मतदाता नामावली बाट माधव नेपालले फाल्दियेका ४३ लाख लाई घर वापसी गर्नु पर्यो (बामे सुपरडॉन, माधव सुपर डुपर डॉन) ----- मतदाता को वोट को लागि आकर्षक कार्यक्रम हरु लगेर प्रतिस्प्रधा गर्ने हो, वोटर लिस्ट बाट तिन लाई फाल्ने होइन 
यस बाट deviate गरे देशमा राजनीतिक विस्फोट हुन्छ। 

हिन्दी भाषाको कतै केही कुरै भएको छैन। आर्थिक कारणले र विश्व राजनीतिका कारणले देश भरि नै हिंदी लाई नेपाली सरह स्थान दिनु राम्रो। तर पहाड़ का जनता लाई interest छैन भने तराई का मधेसी को त त्यो हक़ हो। तराई का राज्य मा हिंदी नेपाली सरह सरकारी कामकाजको भाषा हुनु पर्यो। नत्र के सोंचिएको छ? कि एउटा अर्को पीढ़ि मधेसी ले फेरि संघर्ष गरोस् भनेर सोंचिएको छ? 

तराई का राज्य हरुमा हिन्दी भाषा सरकारी कामकाजको भाषा नहुने कुरा सोँच्न पनि सकिँदैन। यत्रो दुई दुई पटक मधेसी क्रान्ति भएको के को लागि?

कुरा बुझ्दा ७५ जिल्ला कायम रहने जस्तो देखियो। केन्द्र, राज्य, जिल्ला, गाउँ/शहर।



No comments: