Wednesday, June 10, 2015

शंका गर्ने ठाउँ अति धेरै छ

नामै ले थाहा हुन्छ ---- संविधान सभा भनेको संविधान बनाउने हो। पहिलो संविधान सभा ले संघीयता को नामांकन र सीमांकन बाहेक अधिकांश कुरामा काम सकाएको हो। अहिले आएर नामांकन र सीमांकन बिनाको संघीयता राखेर संविधान घोषणा गरिदिने अनि संविधान सभा विगठन गरिदिने भन्ने कुरा आएको छ।

फुटबॉल को मैदान मा सुशील र केपी ले दुई हातले भकुण्डो समातेर कुदेको बेला अब हामी बल एक हातले मात्र समात्छौ भन्दा सहमति भएको अवस्था छ। खेलको नियम हुन्छ।

मधेसी राष्ट्रपति र उप राष्ट्रपति फाल्न हतार भएको मात्र हो। बेइमानी गर्ने यति धेरै ठाउँ छ। संविधान घोषणा गर्दियो, स्थानीय चुनाव गराई दियो। अनि ६ महिना पछि हामी आयोग को कुरा मान्दैनौं भन्यो अथवा ६ - ६ महिना गर्दै आयोगको म्याद ६ वर्ष सम्म थप्दै गयो। अनि संघीयता मा गए जस्तो गर्नु पर्यो, जानु चाहीं परेन।

पहिलो संविधान सभाको दुई वटा आयोग लाई काँग्रेस-एमाले का बाहुन ले १/३ अल्पमत मा हुँदा हुँदै नमानेके हो।

स्थानीय चुनाव गर्दियो, अनि यही विकेंद्रीकरण नै हो, संघीयता जस्तै हो यो पनि भन्यो, बस्यो।

शंका गर्ने ठाउँ अति धेरै छ


No comments: