Pages

Tuesday, September 08, 2015

In The News (34)













Twilight of tokenism
Gachhedar could have claimed centre-stage through the Third Madhesh Uprising. Perhaps it is fear rather than greed keeping him in bondage ....... People of earthquake-affected regions wanted relief and rehabilitation. The Nero-head of the Brahma in the person of Premier Sushil Koirala has played the tune of democratic values on his flute instead. Music is the food of love. Tamangs of Sindhupalchowk and Gurungs of Gorkha better be grateful for the enlightenment. The legislation required for the formation of earthquake reconstruction authority is a minor matter that will sort itself out if left ignored long enough. The government has failed to spend a paisa of over four billion dollars of international commitment made for rehabilitation and reconstruction. But so what? Making Vedic music is a worthwhile task and more important in times of multiple crises. ....... The Zero-head of the lawgiver is Chairman Khadga Prasad Sharma Oli, who gives a zilch for diversity, stability and unity of the country. He is busy coining pithy epithets to insult whoever dares to voice disagreement with his patently disagreeable views. Folk literature, after all, is an important component of Sanatana Dharma.

Countries come and go but the community remains forever. The 'C' in CPN-UML stands unwaveringly for communalism of Tagadharis that flaunt their sacred thread as mark of superiority.

....... Once the Maoist Supremo, Chairman Pushpa Kamal Dahal probably accepted that his best days were over when he was forced to resign and walk out of Baluwatar in disgrace in May 2009 and has since learned to live as a complete conformist. Languishing in political wilderness, he desperately needed to don a new garb to get into mainstream. When the Zero made an offer he couldn't refuse, the Hero shed his revolutionary garments and showed to the world that he too had feet of clay. ........ Magars were the mainstay of Maoist armed campaigns. They have been left at the mercy of their tormentors. The Tharus gave their body, mind, heart and soul to an armed conflict they believed was being waged for equality, equity and justice. In their hour of need, they suddenly find what they considered their saviour is in fact a mere survivor with neither the will nor the means to support a long, peaceful and sustained struggle. .......

the Nero of Baluwatar .. Tulsi Giri when he was the personal assistant of maverick politico in early-1960.

Giri was known as the Mother of Panchayat System fathered by King Mahendra. When conservation of status quo is the highest aspiration, politics too becomes just another for-profit business for individuals engaged in the enterprise. ......

Former Maoist Baburam Bhattarai too has begun to realize significance of the Giri Ideology. There is a reason Sher Bahadur Deuba, the bargain-basement edition of upscale Giri, continues to retain centrality in democratic politics notwithstanding his utter failure during every stint in Singha Durbar.

........ the Zero .. Since he has no courage to openly call for restoration of monarchy, he has settled for the next best thing: Institutionalization of an oligarchy committed to the principle of maintaining PEON hegemony....... a degraded Hero. Chairman Dahal ... Desperate to get a certificate for his past performances, he is ready to clutch at any document to hide his present irrelevance. .......

All these three gentlemen of high-caste birth, middling education and relatively low appreciation for the diversity of the country

..... The Nero-Zero-Hero combine is convinced that most Nepalis are incapable of thinking for themselves. ...... Mahanth Thakur seldom minces his words. He had said in a forthright manner that all political negotiations were taking place between the Big Three and likelihood of minority-friendly constitution in existing scenario was next to nil. Upendra Yadav had thundered in his usual egoistical manner that no matter what anyone did, he was committed to continuing the struggle for the rights of Madheshis. Mahendra Yadav had opined in a roundabout manner that if Madheshis failed to accept whatever was being offered, the danger of losing even that was very real. ...... The First Madhesh Uprising produced Upendra Yadav. Mahanth Thakur emerged as a messiah after the Second Madhesh Uprising ....... The world is changing and Nepal can't remain a land-island forever.
उपेन्द्र यादवको फेसबुक एकाउन्ट बन्द गरियो
फेसबुक कसले किन बन्द गर्यो त्यसबारे खोजी गर्ने फर्सुद नभएको उल्लेख गर्दै उनले भने, ‘ यो काम सरकारको त होला नी ! ’
बारा र पर्सामा अत्याधिक बल प्रयोग : मानवअधिकारकर्मी
सशस्त्र प्रहरीमा भिड नियन्त्रण तालिमका अभाव पाएको र उनीहरुले सबैभन्दा बढी बल प्रयोग गरेको पाइएको बताए । ....... आन्दोलनमा मर्ने अधिकांश आन्दोलनकारी नभई सर्वसाधारण भएको पाइएको भन्दै उनले छलफलको क्रममा प्रमुख जिल्ला अधिकारी र शसस्त्र प्रहरी प्रमुखले गल्ती स्वीकारेको जानकारी दिए । उनले घटनाको निष्पक्ष छानविन गरेर दोषीमाथि कारवाही गर्न आग्रह समेत गरेका छन् ।
Piece it together
Dalit leaders cannot establish their agendas if they isolate themselves from other marginalised groups



घैंटे इन्काउन्टरपछि मध्यतराईबाट एसएसपी खनाललाई हेर्दा
पछिलो एकदशकदेखि थाती काम दुई महिनामै पूरा गरेर उनले आफ्नो कार्य क्षमतालाई देखाएका छन् । उनले २ असारमा महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका थिए । तर, भित्र–भित्र काम थालेका उनी त्यति बेला चर्चामा आए, जब डन घैंटेको इन्काउन्टर गरे । ......

घैंटेको इन्काउन्टरपछि राजधानीमा रहेका अन्य डन फरार छन् ।

..... समाजमा शान्तिसुरक्षा कायम गराउन भूमिका खेलेको भन्दै उनलाई वीरगन्जमा एक सय किलो फूलको माला लगाएर सम्मानसहित बिदाइ गरिएको थियो । खनालको कामबाट प्रभावित भएर भारतको रक्सोलस्थित नागरिक अगुवाले पनि औपचारिक कार्यक्रम गरेर उनलाई सम्मानित गरेका थिए । वीरगन्जमा बढेको प्रहरीको सक्रियताले भारतीय क्षेत्रमा समेत शान्तिसुरक्षामा सुधार भएको अगुवाले बताएका थिए । एसएसपी खनालसँग भारतीय प्रहरी अधिकृतले पाठ सिक्नुपर्ने उनीहरूको धारणा थियो । त्यत्रो ठूलो सम्मान पाउने सम्भवतः उनी नेपाल प्रहरीका पहिलो अफिसर हुन् । भारतमा सम्मान पाएर उनले समग्र नेपाल प्रहरीको गरिमा बढाएको जानकारको दाबी छ । ....... जनकपुर हुँदा त्यहाँ मौलाउँदै गएको सशस्त्र भूमिगत संगठन नियन्त्रणमा पनि उनको भूमिका उल्लेखनीय थियो । सभासद् सञ्जय साह टकलामाथि पनि कारबाही चलाएका महानगरीय अपराध महाशाखाका प्रमुख खनालले राजधानीलाई अपराधमुक्त बनाउन आफू पूर्ण प्रतिबद्ध रहेको रातोपाटीलाई बताएका छन् । नेपाली नागरिक स–सम्मान मर्यादित जीवन गुजार्न पाउनुपर्ने र अपराधीसँग जस्तोसुकै मुकाबिला गर्न दृढ रहेको खनालको भनाइ छ ।


गच्छदारलाई सहभागी नगराए संविधान जारी गर्न कठिन हुने तीन दलको निष्कर्ष
सीमांकनलगायतको विषय लिएर तराई मधेशमा आन्दोलनरत पक्षसँग वार्ता गर्न तीन दल गृहकार्यमा लागेका छन् । ..... नवलपरासीदेखि कैलाली अथवा नवलपरासीदेखि कञ्चनपुरसम्म थारुहट प्रदेश दिने कुरा दलहरुको बीचमा एक प्रकारले सहमति नै भएको थियो । तर पटक–पटक छलफल गर्दा पनि सो कुरा सम्बोधन नभएको प्रति अध्यक्ष गच्छदारको मुख्य असन्तुष्टि रहेको छ । ...... तर, एमाओवादीको यो निष्कर्षप्रति काँग्रेस सहमत भएपनि एमाले तत्कालै सहमत हुने पक्षमा छैनन् । ...... एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार थारुको मागलाई सम्बोधन गर्न सकिएन भने नेपाली राजनीतिक गम्भीर मोडमा जाने छ । ...... फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार विराटनगरबाट आउने बित्तिकै छलफल गर्ने तयारी तीन दलको रहेको छ । त्यस्तै यही वार्ताको वतावरण बनाउका लागि हिजै तमलोपाका अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव काठमाडौ आएका छन् । तीन ठूला दलको बीचमा छलफल भइसकेपछि मधेशवादी दलसँग छलफल गर्ने बताइएको छ । ...... काँग्रेस, एमाले र एमाओवादी संसदीय दलका तीन जना प्रमुख सचेतकहरुले आज संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ्गलाई भेटेका छन् । तराई मधेशमा भइरहेको आन्दोलनरत पक्षसँग वार्ताको वतावरण मिलाउन पहल गर्न अध्यक्ष नेम्वाङ्गलाई पहल गर्न उनीहरुले आग्रह गरेका छन् ।
“टाठाबाठा नेताहरुले दुधपोखरीलाई पानी पोखरी बनाए, मगरहरु फेरि लड्नैपर्ने भो” : नन्दकिशोर पुन
पछिल्लो पटक पहिचानसहितको संघीयताको पक्षमा निकै कमजोर अडान लिएको भन्दै एमाओवादीभित्र चरम असन्तुष्टि बढिरहेको छ । खासगरी त्यसभित्रका आदिवासी जनजाति र मधेशी नेताहरुले जनयुद्धको क्रममा जनतालाई बाँडिएको मुक्तिको सपनामध्ये प्रमुख एक मुद्दा ‘पहिचान’लाई नै शीर्ष नेताहरुले लात हान्न खोजेको भन्दै असन्तुष्टि जनाइरहेका छन् । ..... संविधान निर्माण पक्रियालाई ‘क्षेत्री–बाहुन एक भएर पुरानै सत्ता कायम गर्न खोजेको’ ...... ‘पहिचानकै लागि १३ हजारभन्दा बढीले बलिदान गरे । हामी मगर भएर होला सायद दुध पोखरी बनाउँछौं भनेर लागियो, तर टाठाबाठा बाहुन–क्षेत्री नेताहरु मिलेर फेरि पानी पोखरी नै बनाए । अब साँच्चिकै दुध पोखरी बनाउन जुटौं ।’ ...... एमाओवादीमा मगर नेताहरुको ठूलो समूह छ । जनयुद्धकालमा सबभन्दा बढी शहादत प्राप्त गरेका छन् । तर अहिलेको सिमाङ्कनमा मगरहरुको सघन बसोबास भएको क्षेत्रलाई तीनतिर छरिएको भन्दै पार्टीभित्र उनीहरुले ठूलो असन्तुष्टि पोख्दै आएका छन् । सिमाङ्कनप्रति सचिव वर्षमान पुन ‘अनन्त’, पासाङ, लीलबहादुर थापा, उपसभामुख ओनसरी घर्ती, गणेशमान पुनसहित नेताले असन्तुष्टि जनाएका छन् । यसमा जनार्दन शर्माको पनि साथ छ । ...... मगरहरुको संयुक्त मोर्चाले भदौ २२–२४ गतेसम्म मगरहरुको सघन बस्ती भएको १८ जिल्लामा मगरात प्रदेशको नारासहित वाल पेन्टिङ, २५ गते मगर बस्तीहरुलाई एउटै प्रदेशको क्लस्टरमा राख्न मागसहित जिल्ला प्रशासन कार्यालयबाट संविधानसभामा मागपत्र पठाउने; २६ गते थारु, लिम्बुवान लगायत पहिचान पक्षधरको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने र २९ गते तनहूुँको दमौली, बागलुङ, पाल्पा र रोल्पामा विरोध सभाको आयोजना गरेको संयुक्त मगर मञ्चका संयोजक लोकबहादुर थापा मगर र नेपाल मगर संघका महासचिव नवीन रोका मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
कपिलवस्तु के तौलिहवा में जेल भरो आन्दोलन

Monday, September 07, 2015

In The News (33)

पूर्वमा सेना अलर्ट
मधेसवादी दल र संघीय लिम्बुवान पार्टी नेपालले आन्दोलन सशक्त बनाउँदै लगेपछि सरकारले पूर्वी नेपालमा उच्च सतर्कता अपनाएको छ। ...... आन्दोलनमा प्रहरी परिचालन भएपछि थप क्षति हुन नदिन पूर्वाञ्चलका विभिन्न जिल्लामा नेपाली सेनाको टोली तयारी अवस्थामा राखिएको छ। कैलाली, बर्दिया, वीरगन्ज, रौतहटलगायत जिल्लामा आन्दोलन हिंसात्मक बनेपछि सेनाले पूर्वाञ्चलका १६ वटै जिल्लामा २४ घन्टे फोर्स तयारी अवस्थामा राखेको छ। ...... पूर्वाञ्चलको सुरक्षा बलियो बनाउन सेना, जनपद प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई परिचालन गर्न तयारी अवस्थामा राखिएको ...... आन्दोलन चर्कंदै गएपछि सेनाका सबै युनिटलाई उच्च सतर्कतामा राखिएको ..... पूर्वाञ्चलका १६ वटै जिल्लामा खटिनुपर्ने अवस्था आउनसक्ने भन्दै सेना तयारी अवस्थामा राखिएको ....... पूर्वी नेपालमा मधेस प्रदेश, थरुहट स्वायत्त प्रदेश र लिम्बुवान स्वायत्त राज्य माग गर्दै लगातार बन्द र हडताल भइरहेको छ। पूर्वी तराईका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा र उदयपुरमा सेनाको फोर्स तयारी अवस्थामा राखिएको छ। ...... आन्दोलनमा खटिएको प्रहरी टोलीले भीड नियन्त्रण गर्न नसक्ने बित्तिकै सम्भावित घटनालाई ध्यान दिँदै सेना खटाउन तयारी गरिएको जानकारी स्रोतले दिएको छ।स्रोतका अनुसार सेनाले विराटनगर, इनरुवा, दुहबी, राजविराज, लाहान, मिर्चैया, गाईघाटलगायत तराईका जिल्ला र लिम्बुवान पार्टीले थालेको पूर्वी नेपालका धरान, इटहरी, बिर्तामोड, दमक, पाँचथर, इलाम, ताप्लेजुङ, धनकुटा, संखुवासभालगायत स्थानमा निगरानी बढाएको छ।


शस्सत्र प्रहरी द्वारा आलम कुटिए
सद्भावना पार्टीका केन्द्रिय सल्लाहकार तथा मुस्लिम स्वायत परिषद्का केन्द्रिय संयोजक महमुद आलमलाई राति करिब १० बजेतिर शस्सत्र प्रहरीले कुटपिट गरि घाइते बनाएका छन् I घाइते अवस्थामा आलम लाई रात भर इलाका प्रहरी कार्यलय लहानमा राखिएको थियो i घाइते आलमका अनुसार मैले कोण सभामा कडा अभिवेक्ति दिएको कारण मलाई आन्दोलन चौक नजिक शस्सत्र प्रहरीको एक टोलीले मलाई दुरव्यवहार गर्दै गाली गलोज गर्न थाल्यो त्यसपछि म ‘ जयमधेश को नारा लगाई आउन थाल्दा मलाई ४/५ जना प्रहरीले बन्दुकको नालले हानि घाइते बनाएका हुन् i त्यसपछि वडा प्रहरी कार्यलयमा मलाई रात भरि राखी करिव ४ बजे बिहान मलाई घर पुर्याएका हुन् i अहिले आलमको लहान अस्पतालमा उपचार भैरहेको छ भने उपचारको क्रममा आलमको निधारमा ७ वटा टाका लगाइएको छ
राजकुमार लेखीले चुनौती दिए, “सक्छौ भने मलाई जेल हालेर देखाऊ”
आदिवासी जनजाति महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा थारु कल्याणकारिणी सभाका सचिवालय सदस्यसमेत रहेका लेखीले बुधबार गाईघाटमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शान्तिपूर्ण आन्दोलन गर्दा ‘सक्ने भए जेल हाल सुशील र वामदेव’ भन्दै चुनौती दिएका हुन् । .....

नेता लेखीले तीन हप्ता लामो आन्दोलनलाई समेत बेवास्ता गरेकाले सरकारले गृहयुद्ध चाहेको बताएका छन् ।

...... कैलालीको टिकापुर घटनापछि सरकारले आन्दोलनलाई दमन गर्न सेना परिचालन गरेर कर्फ्र्यु लगाएको भन्दै

इँटाको जवाफ पत्थरले दिने घोषणा गरेका छन् ।

...... टिकापुरामा सेना परिचालन र कर्फ्र्यु लगाएर २५ थारुको घरमा आगो लगाउने कार्यले सुशील र वामदेवले गृहयुद्ध चाहेको पुनः बताएका थिए । ....... राष्ट्रिय नागरिक पार्टी, नेपालका अध्यक्षसमेत रहेका लेखी आन्दोलनको १९औं दिन थारु कल्याणकारिणी सभा तथा आदिवासी जनजाति महासंघ उदयपुरले आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न आइपुगेका हुन् । ....... आन्दोलनरत पक्षले विशाल सभा गर्ने उद्घोष गरेपछि चोक चोकमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्रियुगा नगरपालिकाका विभिन्न स्थानबाट आन्दोलनकारी आउने कार्य जारी रहेको छ । ...... सशस्त्र प्रहरी बलको संख्या थप्न सिरहा र सप्तरीका विभन्न ठाउँबाट मगाइएको सुरक्षा स्रोतले बताएको छ ।


लिम्बूवान सङ्घर्ष समिति गठन, भदौ २४ र २५ गते आमहड्ताल गर्ने
समितिमा लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल, लिम्बूवान स्वशासित सङ्घ (एकीकृत), लिम्बूवान राज्य परिषद्, सङ्घीय लिम्बूवान पार्टी नेपाल, लिम्बूवान प्रदेश समिति, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल र किरात याक्थुङ चुम्लुङ छन्। .... सो सङ्घर्ष समितिले धर्म निरपेक्ष राज्य, समानुपातिक निर्वाचन प्रणाली, बहुभाषिक नीति, आइएलओ १६९, युएन ड्रिपलाई संस्थागत गर्ने समितिको उद्देश्य रहेको जनाएको छ।


कैलालीमा बिशाल प्रदर्शन, थारु नेतालाई ठीक पार्ने चेतावनी



आङकाजी रिहाईका लागि महन्थ ठाकुर र राजेन्द्र महतोको दबाब
मौलिक हक र मानवअधिकारको हनन् भएको सङ्घीय गठबन्धनको ठहर
सङ्घीय समाजवादी फोरम, नेपालको तिनकुनेस्थित पार्टी कार्यालयमा आइतबार वसेको बैठकले

जनताको शान्तिपूर्ण रुपले हिडडुल गर्न पाउने, अभिव्यक्ति दिन पाउने र राजनितिक विचार राख्न पाउँने संविधानप्रदत्त मौलिक हक र मानवअधिकारको हनन् भएको

पनि ठहर गरेको छ ।


तनावग्रस्त जिल्लाका न्यायाधीश र कर्मचारी डरले राजधानीतिर
तराईमा बन्द, हडताल र तनाव बढदै गएपछि ती जिल्लाका न्यायाधीश तथा कर्मचारी धमाधम राजधानी आउने क्रम बढेपछि ..... श्रेष्ठले काठमाडौंमा न्यायाधीश राख्ने ‘डम्पिङ साइट’ नभएको .......

तराईका धनुषा, रौतहट र महोत्तरी जिल्लाका १२ न्यायाधीश सबभन्दा पहिला राजधानीमा आएका थिए ।

त्यसपछि तराईका अन्य जिल्लाका न्यायाधीश र कर्मचारी पनि धमाधम राजधानी आइरहेका छन् । न्यायाधीश तथा कर्मचारी गरी झण्डै १०० भन्दा बढी राजधानीमा नै रहने गरी आउन लागेपछि उनीहरुलाई व्यवस्थापन गर्न असजिलो हुने भएकाले सबैलाई बाहिर जान निर्देशन दिइएको हो ।


नेम्वाङलाई प्रचण्डले सोधे ‘अबको प्रक्रिया के हुन्छ?
नेम्वाङलाई अपराह्न एमाओवादी नेता एवं संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले पनि टेलिफोन गरेर सोधे, ‘संविधानसभामा अब भोलि (मंगलबार) देखिको प्रक्रिया के हुन्छ?’ ...... नेम्वाङले जवाफ दिए, ‘भोलि संविधानको परिमार्जित विधेयकमाथि संशोधन दर्ता गराएका सभासदलाई क्रमैसँग आफ्नो प्रस्ताव अघि सार्दै धारणा राख्न समय दिइन्छ। त्यसपछि बुधबार संसदीय दलका नेताहरूलाई संविधानको परिमार्जित विधेयक र संशोधनबाहेकका केही विषयमा फरक मत राख्नुपर्ने अवस्था भए बोल्न समय दिइन्छ। त्यसपछि बोल्नका लागि नाम टिपाएका सभासदलाई समय दिइन्छ। अनि संविधान पारितको प्रक्रिया सुरु हुन्छ।’ ..... नेम्वाङलाई कांग्रेस र एमालेका प्रभावशाली र शीर्ष नेताहरूले नै यसै गरी ‘अब संविधान निर्माणको प्रक्रिया के हुन्छ? भनी भेटेर वा टेलिफोनमा सोधिरहेका छन्। ......

धेरैजसोले १६ बुँदे सहमति कायम गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको माग सम्बोधन गर्ने कुनै बाटो छ कि? भनेर लगातार नेम्वाङसँग जिज्ञासा राखिरहेका छन्।

...... नेम्वाङको जवाफ छ, ‘अझै पनि एउटा अवसर छ। ५६ जना सभासदले राखेका संशोधन प्रस्ताव तपाईंहरूले ध्यान दिएर हेर्नुस्, कुनै न कुनैमा गच्छदारजीले अघि सारेका धारणा समावेश गर्न सकिने गरी संशोधन प्रस्ताव दर्ता भएको हुन सक्छ। त्यो प्रस्तावलाई तपाईंहरूले सहमति गरेर पारित गर्न सक्नुहुनेछ।’ ......... ‘त्यो प्रक्रियामा सहमत नभए के हुन्छ?’ नेम्वाङलाई ती दलका शीर्ष नेताको एउटै प्रश्न छ। नेम्वाङले उनीहरूलाई सोझो जवाफ दिन्छन्, ‘अहिलेदेखि नै वार्ता र छलफललाई तीव्रता दिनुस्। संविधान जारी भएको भोलिपल्टै संशोधन गरेर माग सम्बोधन गर्न सकिन्छ।’ ...... एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधानसभा सार्वभौम भएकाले कुनै न कुनै बीचको बाटो निकालेर पनि फोरम लोकतान्त्रिकको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए। .......

५६ वटा संशोधन प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता भएका छन्।

तीमध्ये फिर्ता भएका ४ बाहेक अन्य संशोधनकर्ताले पालैपालो आफ्नो संशोधन प्रस्ताव संविधानसभाको पूर्ण बैठकमा पेस गर्नेछन्। ......... छलफल सकिएपछि संशोधन प्रस्तावहरू क्रमैसँग निर्णयार्थ पेस गरिनेछन्। संशोधनकर्ताले आफ्नो प्रस्तावमा दुई तिहाइ मत प्राप्त गर्न सके संविधानको विधेयकमा रहेको व्यवस्थालाई प्रतिस्थापित गर्नेछ। नभए प्रस्ताव अस्वीकृत हुनेछ। ...... भोटेले जनजाति महासंघका अध्यक्षसमेत रहेका कांग्रेस सभासद नगेन्द्र कुमालसँग संशोधन प्रस्ताव दर्ता गरेका थिए। कुमालले पनि फिर्ता लिने बताइएको भए पनि सोमबार अबेरसम्म फिर्ता लिएका थिएनन्।


कांग्रेसमा चिरैचिरा
तत्काल प्रक्रिया नरोके पार्टी निर्देशन अवज्ञा गर्ने

संविधानसभाको सबैभन्दा ठूलो दल कांग्रेसभित्र नयाँ संविधानको विधेयकमा पार्टीका तीन शीर्ष नेताबाहेक सबैजसो असन्तुष्ट देखिएका छन्।

...... सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबाहेक सबैजसो नेताहरूले संविधानका कुनै न कुनै धारामा विमति राख्दै संशोधनको आग्रह गरेका छन्। नेतात्रयको संविधान विधेयकको एकोहोरो ढिपीलाई महामन्त्री कृष्णप्रसाद सिटौलाले भने साथ दिएका छन् । नेतात्रय र सिटौलाबाहेक केन्द्रीय समितिमा अरूको फरकमत देखिएको छ। ...... कतिपयले आफ्ना विमतिहरू पार्टीभित्र पेस गरेका छन् भने कतिपयले संविधानसभामै संशोधन प्रस्तावका रूपमा दर्ता गराएका छन्।

सरकारको नेतृत्व गरेको पार्टीभित्र नयाँ संविधानको विधेयकमा देखिएको यति धेरै विमतिलाई सम्बोधन गर्ने विषयमा तीनै नेता मौन छन्।

........ पार्टीभित्रका जनजाति, थारू, दलित र मधेसी सभासद्को संविधानसभामा पेस भएको विधेयक र कांग्रेस, एमाले र एमाओवादीले पेस गरेको साझा संशोधन प्रस्तावमा असहमति छ। जनजाति र दलितले आफ्ना असहमतिलाई संशोधन प्रस्ताव दर्ता गरेरै रेकर्ड गराएका छन्। ......

‘मधेस र थारू आन्दोलनलाई सम्बोधन नगर्ने हो भने हामी सबै सभासद्को घर जल्छ

, हिंसा बढ्छ’, सभासद् डिल्ली चौधरीले भने, ‘नेताहरूले मिलाउनुपर्छ, मिल्छ भन्दै आउनुभएको थियो तर तीन दलको साझा संशोधन परेपछि अब त्यो सम्भावना सकियो। मंगलबार नेताहरूसँग विस्तृत छलफल गरेर के गर्ने भन्ने निष्कर्षमा पुग्छौं।’ ...... कांग्रेसका मधेसी र थारू सभासद्हरूले भने अझै पनि आफूहरूले उठाउँदै आएको माग नयाँ संविधानमा समावेश नहुने र तराईमा जारी आन्दोलनको बेवास्ता गरे संविधानसभा नै छोड्ने चेतावनी दिएका छन्। सोमबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मधेसी र थारू सभासद्हरूको भेलामा बोल्ने अधिकांश सभासद्हरूले पार्टीले वास्तै नगर्ने हो भने राजीनामा दिनुपर्ने धारणा राखेका थिए। .......

‘संविधानसभाको प्रक्रिया अविलम्ब रोकी आन्दोलनरत समूहसँग वार्ता थाल्नुपर्ने भेलाको ठहर हो,’

सभासद् अजयकुमार चौरासियाले भने, ‘सबैलाई बाहिर राखेर संवधिान जारी गर्ने हो भने त्यसको कुनै अर्थ हुँदैन, हामी यही कुरा पार्टी नेतृत्वसमक्ष राख्छौं।’ ......... कांग्रेसका नेतात्रय भने संविधानसभामा पेस भएको साझा संशोधन प्रस्तावमा तलमाथि गर्न नसकिने भन्दै सबैलाई संशोधन प्रस्ताव फिर्ता लिएर पार्टी नीतिअनुसार अघि बढ्न आग्रह गरिरहेका छन्। ‘सबैको माग सकेसम्म सम्बोधन भएको छ। तीन पार्टीबीच सम्झौता गर्नुपर्ने भएकाले कतिपय विषयहरूमा हामीले सम्झौता गर्नुपरेको हो। .....

कांग्रेसमा तीन दलले पेस गरेको संशोधन प्रसतावमा महामन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधि, प्रभावशाली केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, अर्जुननरसिंह केसी, शेखर कोइराला, खुमबहादुर खड्कालगायत अधिकांश असन्तुष्ट छन्। असन्तुष्ट समूहले मंगलबार प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति सुशील कोइरालालाई भेटेर तत्काल संविधानसभाको प्रक्रिया रोकेर आन्दोलनरत समूहसँग वार्ता अघि बढाउन आग्रह गर्ने भएको छ।



राज्यद्वारा गरिएको दमनको अमेरिकामा विरोध
मधेशमा जारी आन्दोलनमा राज्यले गरेको दमनको अमेरिकामा बस्ने विद्यार्थीहरुले विरोध गरेका छन् । अमेरिकाको वासिङटनस्थित व्हाइट हाउस अगाडि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।


अब आर या पारको लडाई हुने : ठाकुर
मोरङ के १३ मधेशवादी दल एकसाथ कहा : अब की लडाई आर या पार की
मधेश आन्दोलन अन्तरीम संविधान में संस्थागत किए एजेन्डा को सड़क आन्दोलन से ही नयाँ संविधान में उल्लेख करवाने के लिए मोरङ में सक्रिय रहे सम्पूर्ण मधेश केन्द्रित दल एक स्थान में एक साथ खड़े हैं । ..... मधेश का हृदय पूर्व का जिला झापा , मोरङ और सुनसरी जिला को स्वायत मधेश प्रदेश के भीतर रखना होगा, मधेश आन्दोलन के बाद राज्य के द्वारा किए गए सम्झौता तथा अन्य उत्पीड़ित समुदाय का आन्दोलन के बाद हुए सम्झौता कार्यान्वयन करने के लिए मधेश केन्द्रित राजनीतिक दल तथा विभिन्न जातीय संघ संगठन एक हुए हैं मधेश बचाओ संघर्ष समिति के संयोजक उमेश यादव ने बताया । उन्होंने कहा कि मोरङ के १३ मधेशवादी दल तथा संघ संगठन एक होकर अधिकार प्राप्ति के लिए आन्दोलनरत हैं । उन्होंने कहा कि

एक होने के बाद मोरंग के मधेशी जनता अधिक उत्साहित हुए हैं और पहले से चार गुणा अधिक संख्या में उनकी उपस्थिति बढी है ।

............ संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा के साथ मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक ) मधेशी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) , नेपाल सद्भावना पार्टी, तराई मधेश राष्ट्रिय अभियान, मधेश बचाउ संघर्ष समिति, मधेशी युवा विद्यार्थी संघर्ष समिति के साथ ही बृहद मधेशी नागरिक समाज भी अब से संयुक्त रुप में एक होकर निर्णायक आन्दोलन का उद्घोष किए है । ...... संघिय समाजवादी फोरम नेपाल के मोरङ अध्यक्ष राजकुमार यादव, सद्भावना पार्टी के मोरङ अध्यक्ष चन्द्र राजवंशी, मधेश बचाओ संघर्ष समिति के उपाध्यक्ष उमेश यादव, तराई मधेश सद्भावना पार्टी के जिला अध्यक्ष रमानन्द साह, फोरम गणतान्त्रिक के मालबाबु सहनी, तमरा अभियान के जफर जमाली और राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन के जिला अध्यक्ष साहव अहमद गुड्डु ,बृहद मधेशी नागरिक समाज के सुर्यनाथप्रसाद सिंह ने एक होकर आन्दोलन करने में एक्यबद्धता बताई ।
अधिकार नपाए सम्म आन्दोलन जारी रहने - उपेन्द्र यादवको चेतावनी



‘कांग्रेस, एमाले र एमाओवादीविरुद्ध विद्रोह गर्नुस्’
यो मुलुक कति मुर्ख नेताहरूले चालएका छन् ?
‘एमाले अध्यक्ष केपी ओलीले मधेशी र थारुको माग थाहा छैन भन्नुहुन्छ’, सुमनले भन्नुभयो, ‘यो देश कति मुर्ख नेताले चलाइ रहेको छ भन्ने पुष्टि हुन्छ ।’ ..... थारु र मधेशीहरूको माग सम्बोधन गर्न तदारुकता नदेखाउने कांग्रेस, एमाले र एकीकृत माओवादीमा सभासदहरूलाई बसिरहनुको कुनै अर्थ नहुने बताउनुभएको छ । ‘कांग्रेस, एमाले र एकीकृत माओवादीका सभासदहरूले अब न्यायापूर्ण विद्रोह गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘अधिकार र पहिचानका लागि आफ्नै दलका नेता र सभासदले भनेको नमान्नेहरूविरुद्ध विद्रोह गरौँ ।’ .... थारु र मधेशीले अगाडि सारेका मागलाई संविधानको विधेयकमाथि प्रमख तीन दलले शनिबार राति दर्ता गराएको संशोधन प्रस्तावले नसमेटेको जनाएका मधेश केन्द्रित राजनीतिक दलले आफूहरूको आन्दोलनलाई अझै सशक्त बनाउने जनाइसकेका छन् । उनीहरू सरकारलाई आन्दोलनबाट घुँडा टेकाउने अभियानमा जुटेका छन् ।
‘आर या पार’को आन्दोलन : उपेन्द्र यादव



सरकारले आन्दोलनको स्वर सुनेन : महन्थ ठाकुर
‘अठार हजार मरेपछि एमाओवादी त आए, मधेसी किन नआउने ?’
विगतमा मधेशवादीसँग भएका सम्झौता सरकारले कार्यान्वयन नगरेको भन्ने जिज्ञासामा रिजालले आफ्नो सुविधा अनुसार जसले जसरी व्याख्या गर्दा पनि हुने बताए अब पछाडि फर्किए संविधान नबन्ने खतरा रहेको प्रस्ट गरे । .....

‘संविधान बन्नका लागि मन नपरेका विषयमा त एमाओवादीले सहमति जनाएर आएभने मधेशवादी किन आउन नहुने ?’

...... संविधान निर्माणको काम निकै अगाडि बढेकोले सबै प्रक्रिया पूरा गरिसक्दा अब यो असोजको दोस्रो सातासम्म आउने सम्झावना बढेको रिजालले बताए । उनले माओवादी द्वन्द्वको उदाहरण दिदैं भने,‘अठार हजार मानिस मर्नेगरी भएको माओवादी संघर्ष त टेबुलमा आई वार्ता गरेर समाधान भयो भने मधेशको माग पनि हुनसक्छ ।’


आङकाजीको रिहाइका लागि चक्काजाम गरिँदै
पूर्व राजदूत डा. गणेश योञ्जनको संयोजकत्वमा बौद्धका स्थानीयबासीले शेर्पालाई ससम्मान रिहा गर्न माग गर्दै १ घण्टा चक्काजाम गर्ने भएको हो । साइबर क्राइमको आरोपसहित थुनामा राखिएका शेर्पाको पक्षमा बेलुकी ४ बजे देखि ५ बजेसम्म पासाङ ल्हामु चोक, चुच्चेपाटीदेखि जोरपाटी चोकसम्म चक्काजाम गरिने आयोजकहरुले जनाएका छन् । ..... चक्काजाममा सहभागी हुन सम्पुर्ण शेर्पा समुदायलगायत बौद्धबासीलाई भोलि ३ बजे चुच्चेपाटी आइपुग्न अनुरोध गरिएको शेर्पा संघका पूर्व महासचिव निमा तुण्डुप शेर्पाले जानकारी दिएका छन् । ...... निमा तुण्डुप शेर्पा भन्छ्न्, ‘आङकाजी शेर्पा शेर्पा समुदायको मात्र नभएर सम्पूर्ण जनजातिको अधिकारलाई सुनिश्चित गर्न लागिपरेका एक योद्धा हुन् । त्यसैले अहिले राज्यसत्तामा बसेकाहरुले अपहरण शैलीमा उनलाई थुनामा राखेकोमा

बौद्धबासीहरु आक्रोशित छन् ।’

मोर्चाको बैठकमा जब गच्छदार रोए…
बैठकमा उनले संविधान जसरी पनि जारी गरेर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभाुमख बाँडीचुँडी खाने दिवास्वप्नमा तीन दलका नेता डुबेको भन्दै आफूलाई अहिलेको अवस्थामा प्रधानमन्त्री दिए पनि नचाहिने बताएका थिए। .... फोरम गणतान्त्रिकका अध्यक्ष यादवले सोमबार बस्ने बैठकले भावी कार्यक्रम घोषणा गर्ने जानकारी दिए।


भैरहवामा नाकाबन्दी, तरकारी र दूध आपूर्ति बन्द
स्थानीय किसान भन्छन्- हाम्रा कुरा खान दिँदैनौं, गोली पनि खाँदैनौं
आन्दोलनकारीको आग्रहमा मर्चवार, लुम्बिनी लगायत क्षेत्रका किसानहरुले दूध, तरकारी लगायतका सामाग्रीहरुको बिक्री वितरण ठप्प पारेका छन् । .... ‘हिजो प्रहरीले मेरो मधेसी भाइलाई गोली हन्यो, भोली मलाई पनि गोली हान्न सक्छ,’ मोर्चाको आन्दोलनमा सहभागी भएका गोनाहाका तरकारी व्यवसायी मोहम्मद खलिल शेखले अनलाइनखबरसँग भने, ‘त्यसकारण हामी तरकारी व्यवसायीहरुले भैरहवामा तरकारी लैजान बन्द गरेका हौं । हाम्रा कुरा खान दिँदैनौं, गोली पनि खाँदैनौं।’ ...... आन्दोलनकारीले भैरहवा नगर क्षेत्रका बिभिन्न ठाउँमा छेकबार लगाएर आवत जावत बन्द गराएका छन् । रुपन्देही प्रशासनले जिल्ला सदरमुकाम भैरहवा नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको विरोधमा उनीहरुले आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका हुन् । ...... मैनैहिया ५ का दूध व्यवसायी जनार्दन यादवले आफ्नो सतिसावित्री पशु फार्म बन्द गरेर आन्दोलनमा होमिएको बताए । उनले भने,

‘भैरहवामा दूध बेच्न लैजान्नौं, बरु आन्दोलनकारी साथीहरुलाई खुवाउँछौं ।’

काँग्रेस एमाले र एमाओवादी पार्टी छोड्ने हरुको बाढ़ी

एमालेका मधेशी सभासद ले पार्टी छोड़
प्रचंड को बाहुन चरित्र
काँग्रेस पार्टी…… स्वाहा!

काँग्रेस एमाले र एमाओवादी पार्टी छोड्ने हरुको बाढ़ी चाँडै शुरू हुनेछ। त्यस का लागि संघीय गठबन्धनले उपयुक्त संरचना बनाउनु पर्ने भो।

संघीय गठबन्धन को संरचना प्रत्येक तह मा हुनुपर्छ। र आगंतुक लाई बजाप्ते सोध्ने, "तपाइँ संघीय गठबंधन को कुन पार्टी को सदस्य बन्न चाहनु हुन्छ" भनेर। अनि तिनलाई सम्मानजनक स्थान दिने चाँजोपाँजो मिलाउने।

कोही मान्छे सभासद छ अहिले भने उसलाई अर्को चुनाव मा उसको क्षेत्र बाट टिकट दिने आश्वासन का साथ भित्र्याउन सकिन्छ। कोही मान्छे जिल्ला सभापति छ भने उसलाई जिल्ला स्तर मा accommodate गर्नु पर्ने हुन्छ। त्यस्तै।

मुख्य रुपले सभासद हरु लाई टारगेट गर्नु पर्ने भो।

मधेस बाट त काँग्रेस अब गायब नै हुन्छ। त्यस का लागि संघीय गठबंधन ले दैनिक सदस्यता अभियान चलाउनै पर्छ स्थानीय स्तर मा, वडा वडा मा।


एमालेका मधेशी सभासद ले पार्टी छोड़

एमालेका मधेशी सभासद भन्छन्, ‘आन्दोलनमा जान पार्टी नै छोड्नुपर्छ’
दस बुँदे ज्ञापनपत्र पार्टी अध्यक्षलाई बुझाउँदा पनि त्यस विषयमा पार्टीले चासो नदिएको एमालेका मधेशी सभासदहरुको भनाई रहेको छ । पार्टीभित्र मधेश थरुहटको मुद्दा उठाउँदा उठाउँदै सम्बोधन नहुँदा मधेशी र थारु सभासदहरु दुखित बनेका छन् । ..... धनुषा क्षेत्र नम्बर ७ बाट निर्वाचित सभासद शत्रुघन महतो हुलाकी न्यूजसँग भन्छन्, ‘हामीले अध्यक्षलाई आफ्नो मागहरु बुझायौं, त्यस विषयमा पार्टीमा अहिलेसम्म केही भएको बुझिएको छैन । हामी पार्टीभित्र संघर्ष गरिरहेका छौं तर, हाम्रो संघर्षको कदर भएको छैन ।’ ..... पार्टीमा आन्दोलनका विषयमा अधिक कुरा गर्न सक्ने अवस्था नरहेको भन्दै महतोले भने,‘जारी आन्दोलनमा समर्थन जनाउन हामीले पार्टी नै छोड्नुपर्ने हुन्छ ।

हाम्रो अवस्था कस्तो छ भने, या त पार्टीमा बस्नुपर्छ या त पार्टी छोडेर आन्दोलनमा जानुपर्छ ।

तर, अहिलेसम्म हामी पार्टीमै बसेर संघर्ष गरिरहेका छौं ।’ ....... जारी आन्दोलनमा अधिकांश स्थानमा एमालेको पार्टी कार्यालय तथा एमाले सभासदहरुको घरमा तोडफोड भएको छ । आन्दोलनकारीहरु एमालेप्रति निकै आक्रमक देखिँदै आएका छन् । ..... एमाले अध्यक्ष केपी ओलीप्रति आन्दोलनकारीहरु ओलीकै बोलीले आक्रमक भएको देखिन्छन् । उक्त विषयमा महतो भन्छन्, ‘कसैलाई घोच्ने पेच्ने, होच्याउने खालको अभिव्यक्ति नदिन हामीले हाम्रा नेताहरुलाई भनिसकेका छौं । मधेशकै मतबाट हामी जितेका छौं र मधेशीलाई होच्याएर आएका अभिव्यक्तिहरु सरासर गलत हो । यस्तो अभिव्यक्ति नदिन हामीले नेताहरुलाई आग्रह गरेका छौं ।’



प्रचंड को बाहुन चरित्र

प्रचंड प्रतिगामी हो



संशोधन चित्त नबुझाउने थारु सभासदलाई प्रचण्डले भने,‘ कि चित्त बुझाउ, कि पार्टी छोडेर जाउ’
संविधान निर्माणमा लागिपरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराइएको संविधान विधेयकमाथिको संयुक्त संशोधन प्रस्तावमा असहमति राख्ने आफ्ना सभासद्हरुलाई चित्त नबुझे पार्टी छोड्न चुनौती दिएका छन् । ..... कांग्रेस, एमाले, र एमाओवादीका तर्फबाट शनिवार दर्ता गराइएको संशोधन प्रस्तावले आफ्ना मुद्दा सम्बोधन नगरेको गुनासो पोख्न आइतबार बिहान

दाहाल निवास लाजिम्पाट पुगेका एमाओवादीका सातजना थारु सभासद्हरुलाई उनले भने, ‘संविधान कुनै हालतमा जारी गर्न म प्रतिबद्ध छु, तपाईहरुलाई चित्त बुझ्दैन भने पार्टी छोडेर जानुहोस् ।’

In The News (32)



कसले बुझ्ने राउत परिवारको पीडा (रिपोर्ट)
आइतबार बिहान तराई मधेसका अन्य क्षेत्रमा जस्तै भारदहमा पनि श्रीकृष्ण जन्माष्टमी मनाउने तयारी चल्दै थियो । सबैका घरमा पूजा मन्दिर बनाइएको थिए । तर, भारदहकै राजीव राउतको घर सुनसान थियो । ...... बाजागाजाका साथ स्थानीय रमझम गरिरहँदा राजीवकी श्रीमती निलमको गहका आँसु ओभाएका थिएनन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा चलिरहेको मधेस आन्दोलनको तेस्रो दिन भारदहमा प्रहरीको गोली लागेर ढलेका राजीव उठेनन् । आइतबार राजीवको घरमा पुग्दा राजीवका बुबा भीमे गाईगोठबाट दुवै हात जोड्दै बाहिर निस्किए । तर, छोराको निधनको पीडाले राम्ररी बोल्न सकेनन् । ‘म घरमै थिएँ । ऊ कतै निस्कियो, केही समयपछि गोलीको आवाज आयो, उसलाई लागेछ,’ उनी भावुक बने, ‘ऊ गोली लागेर मर्‍यो,

मैले यो आन्दोलन मधेस प्रदेशभन्दा अरू बुझेको छैन ।’

.......... उनले मधुरो स्वरमा थपे, ‘यो घर हेर्नुहुन्छ ? यो घरमा हरेक वर्ष मूर्ति बनाएर कृष्णाष्टमी पर्व मनाउथेँ । तर, भगवानले मेरो छोरालाई लिएर गए । भगवानले छोरालाई नलगेको भए अरू घरमाझैँ मेरो घरमा पनि रमझम हुन्थ्यो ।’राजीवको घरको आँगनमा पुग्दा उनकी आमा मदियादेवी भान्छाबाट निस्किइन् । ‘मेरो छोरा मर्‍यो, अब के गरेर बस्नु ? उनी भावुक बनिन् । हातमा दूधे बालक लिएकी निलम भने बोल्न सकिनन् । उनी तीनमहिने छोरी समातेर उभिएकी थिइन्, उनको १८ महिने छोरालाई दाजुले समातेका थिए । .......

१ भदौमा २४ वर्षीय राजीव राउतको ज्यान गएका थियो । रावतको निधनसँगै सप्तरीमा मधेस आन्दोलन चर्कंदै गएको छ ।

अहिले सदरमुकाम राजविराज, भारदह, रुपनी, कल्याणपुर, हनुमाननगर, नारदह, कठौनालगायतका केन्द्रमा आन्दोलन चर्कंदै गएको छ । उनीहरूले ती ठाउँमा

दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

........ प्रदर्शन र विरोधले २३औँ दिनसमेत सप्तरीको प्रमुख बजार ठप्प छन् । सामुदायिक तथा संस्थागत सबै विद्यालय पूर्ण रूपमा ठप्प छन् । पूर्वपश्चिम लोकमार्गमा २३ दिनदेखि दिनभर लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । राति भने सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना लगाएर लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाउने गरिएको छ । लगातारको बन्दले भएका कलकारखाना चलेका छैनन् भने बजारमा दैनिक उपभोगका सामग्री अभाव हुन थालेको छ । ........ पूर्व–पश्चिम लोकमार्गमा नेपाली सेना खटिने गरेको छ ..... भारदहमा झन्डै पााच सय बिघामा केराखेती गरिएको छ । त्यसबाट कम्तीमा दैनिक पााच ट्रक केरा उत्पादन हुन्छ । तर, अहिले केरा बोटमै कुहिरहेको छ । .... खाद्यान्नको संकट हुँदैन । मलको पनि खासै समस्या छैन । हामीले अत्यावश्यक सामग्रीको आपूर्ति गरेका छौँ । .... आन्दोलनलाई शान्तिपूर्ण बनाउन लागिपरेका छौँ । यहाँका अन्य दल सामाजिक संघसंस्था सबै शान्तिपूर्ण आन्दोलनको समर्थनमा छन् । हामीले खोजेको पहिचान र अधिकार हो । २०६३ मा मधेसीसँग गिरिजाप्रसाद कोइरालाले गर्नुभएको सम्झौता कार्यान्वयन भए हामीलाई पुग्छ । अब आन्दोलनको स्वरूप परिवर्तन गर्छौँ । अबको आन्दोलन राज्यको गतिविधिमा भर पर्छ । दमन भए प्रतिरोध अवश्य हुन्छ ।


मधेश आन्दोलनमा विवेकशील नेपालीको समर्थन
विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापाले आईतबार प्रधानमन्त्री सुशील कोइरालालाई पठाएको पत्रमा संविधान निर्माणका दौरान उठेका विरोध र मागलाई सुनुवाई नै नगरी दमनको विकल्प रोज्नु लोकतान्त्रिक मूल्य मान्यताको विपरित रहेको बताएका छन् ।
सावधान मधेशी ! एमालेले खटायो युवा संघ
मधेशमा जारी आन्दोलनले अब साम्प्रदायिक रुप लिने पक्का भएको छ । यसअघि सम्म अधिकारका लागि लडिरहेका मधेशीहरुको आन्दोलन गृहमन्त्री बामदेव गौतमले प्रहरी र सेना लगाएर रोक्न नसकेपछि अब एमाले अध्यक्ष केपी ओलीले युवा संघलाई मधेशको आन्दोलनलाई प्रतिकार गर्न फिल्डमा खटाएका छन् । ..... यस अघिसम्म मधेशीको आन्दोलनलाई हिंसात्मक र साम्प्रदायिक भन्दै आएको एमाले पार्टीले आफ्नो कार्यकर्तालाई परिआए भिडन्त गर्नु भन्ने सम्मको निर्देशन दिएको छ । ..... मधेशको सडकमा मधेशी दलका नेता कार्यकर्ता भन्दा बढी सर्वसाधारण जनता रहेका छन् । ती जनताविरुद्ध एमाले पार्टीले आफ्ना तालिमप्राप्त युवा संघका लडाकु परिचालन गरेको छ । यसले जारी आन्दोलनमा युवा संघका कार्यकर्ता र मधेशी जनताबिच मुठभेड हुने, रक्तपात हुने र सिंगो मधेश आन्दोलन नै बदनाम हुनसक्ने डर पनि छ । ..... एमालेको युवा संघ पहिलेदेखि नै अराजक गतिविधि गर्न बदनाम संगठन हो । यसका नेताहरु पनि समय समयमा ठूलो विवादमा आइरहन्छन् । युवा संघले राजनीतिक भन्दा पनि गुण्डागर्दी र हिंसात्मक झडप तथा भिडन्तका कामहरु गर्दै आएको प्रशस्त उदाहरण छ । ...... एमाले पार्टीकै नेताहरुले एमाले भ्रातगठन युवा संघलाई गुण्डागर्दी गर्ने संगठनका रुपमा भन्दै आएका छन् । ...... युवा संघले मधेश आन्दोलनमा उत्रिने आन्दोलनकारीमाथि प्रहार गर्नु, आन्दोलनमा भिजिलान्ते बन्नु र आन्दोलनलाई साम्प्रदायिक तथा हिंसात्मक रुप दिन सुरक्षाकर्मीमाथि पनि आक्रमण गर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । ...... सडकमा रहेको प्रतिपक्षीविरुद्ध सत्तापक्षले आफ्ना कार्यकर्ता सडकमा उतार्नु घोर अराजनीतिक कदम हो । ...... मधेशी नेता तथा आन्दोलनरत मधेशी जनता युवा संघका कार्यकर्ता र आन्दोलनमा आउने घुसपैठिया तथा भिजिलान्तेबाट सतर्क रहन जरुरी छ ।
तीन दलले धोका दिए : गच्छदार
गच्छदारले तीन दललका नेताले आफूलाई मात्र नभई सम्पूर्ण जनतालाई धोका दिइएको र त्यसको बदला जनताले लिने बताएका छन् । .... गच्छदारले मेचीदेखि महाकालीसम्मका मधेशका जनताको आन्दोलनको एजेन्डा सम्बोधन नभएसम्म संविधान निर्माणको प्रक्रियामा नजाने पनि दोहर्याएका छन् । ..... उनले थारु आदिवासी जनताको माग सम्वोधन नभएसम्म संविधान निर्माणमको प्रक्रियमा नजाने र दबाब मुलुक कार्यक्रम गर्न बताए । तीन दलका ठूला नेताहरु मुलुकमा द्वन्द्व सिर्जना गर्ने किसिमको संविधान निर्माण गर्नेतर्फ अग्रसर भएको आरोपसमेत लगाए ।

In The News (31)

डा. भीमार्जुन आचार्य र गगन थापासंग



तराईका ६ जिल्लालाई स्वायत्त थारुवान प्रदेश नबनाए देशमा अर्को युद्ध सुरु हुने थारु नेताहरुको चेतावनी
इटहरी– मुलुकमा जारी हुन लागेको नयाँ संबिधानमा थारु जातीहरुको पहिचान नसमेटिए संबिधान जलाउने र च्यात्ने थारु नेता तथा सभाषदहरुले चेतावनी दिएका छन । ...... तराईका ६ जिल्ला सुनसरी , मोरङ्ग , झापा , उदयपुर, सिरहा, सप्तरीलाई स्वायत्त थारुवान प्रदेश नबनाए मुलुकमा अर्को युद्ध सुरु हुने चेतावनी समेत दिएका छन् ।


ह्‍वीप नमाने दल त्याग
कांग्रेस, एमाले र एमाओवादीले संविधानसभामा मत विभाजनका वेला दलीय ह्वीप नमान्ने सभासद्हरूलाई दल त्याग ऐन २०५४ अनुसार कारबाही गर्ने भएका छन् । ...... एमाओवादीले संविधानको विधेयक पारित गर्ने क्रममा पार्टी नीति विपरीत मतदान गरे सभासद्लाई कारबाही गर्ने तयारी गरेको छ । एमाओवादीले त्यसरी ह्वीप लगाउने निर्णय गरेको जानकारी संविधानसभा सचिवालयलाई समेत गराइसकेको छ, अहिलेलाई यो विषय गोप्य राख्ने आग्रहसहित । ...... १६ भदौमै संविधानसभा भवनमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले पनि सभासद्हरू पार्टी नीति विपरीत जान नपाउने निर्णय गरेको छ । ...... ‘संशोधन प्रस्ताव प्रस्तुत गर्दा अन्य दलहरूसँग छलफल गरी दुईतिहाइ बहुमत पु¥याउने सुनिश्चित गरेर मात्र संशोधन प्रस्ताव प्रस्तुत गराउने जिम्मेवारी पार्टी नेतृत्वलाई दिने र संशोधन प्रस्ताव प्रमुख सचेतकले पार्टी नेतृत्वको निर्देशन बमोजिम प्रस्तुत गर्ने’ बैठकको निर्णयमा उल्लेख छ । कांग्रेस सह–महामन्त्री पूर्णबहादुर खड्का भन्छन्, “कसैले पार्टी ह्वीप उल्लंघनको रहर गर्छ भने कारबाहीको भागीदार बन्छ ।” ...... संविधानसभामा दलका नेता रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त ८ भदौमै आफ्ना सभासद्हरूलाई ‘फ्लोर क्रस’ नगर्न निर्देशन दिएका थिए । एमालेका सचिव प्रदीप ज्ञवाली निर्णायक समयमा पार्टी अनुशासन नमान्नेमाथि कठोर कारबाही हुने बताउँछन् । उनका अनुसार, त्यस्ता सभासद्लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनसम्म गरिनेछ । ......... अन्तरिम संविधान २०६३ ले सुषुप्त अवस्थामा पुर्‍याइदिएको दल त्याग ऐन २०५४ लाई तत्कालीन एमाओवादी सरकारले ल्याएको ‘गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६’ त्यसले संशोधन गर्‍यो । ७ माघ २०६६ मा संशोधन गरेर यो ऐनमा संविधानसभामा पनि व्यवस्थापिका–संसद्मा जस्तै ह्वीप लाग्ने व्यवस्था राखिएको हो । ...... तर एउटै फरक के छ भने– संविधानसभामा दलका नेताले ह्वीप जारी गर्नुपर्छ । (हे. बक्स) संसद्मा भने सचेतकको निर्देशन पालना गर्नुपर्छ । कांग्रेस, एमाले र एमाओवादीले ह्वीप लगाएपछि संविधानसभामा सजिलै दुईतिहाइ पुग्छ । ........ संविधान निर्माण अन्तिम चरणमा पुगिसकेको छ । त्यही अनुसार, भदौ मसान्तभित्र नयाँ संविधान जारी गर्ने तयारी भइरहेको संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ बताउँछन् । उनका अनुसार, ढिलोमा पनि २२ भदौभित्र संविधानसभा बैठक बसिसक्नेछ । ‘अधिकार हाताहाती चाहिन्छ’ भन्नेहरूलाई सुझव दिंदै सभाध्यक्ष नेम्वाङ भन्छन्, “प्राप्त उपलब्धिहरूलाई संस्थागत नगरे चित्त नबुझेकाे विषयमा छलफल गर्न पनि नपाउने अवस्था आउन सक्छ ।” ....... विधेयकको धारा पारित गर्दा ध्वनि मत र सिंगै विधेयक पारित गर्दा मत विभाजन गर्नुपर्ने कानूनी व्यवस्था छ । १० प्रतिशत (६१ सभासद्) ले माग गरेको अवस्थामा भने धारा–धारा पारित गर्दा पनि मत विभाजन गर्नुपर्ने हुन्छ । ...... नाम उल्लेख गर्न नचाहने ती अधिकारी संविधानसभाले नै सबै काम गर्ने भएकाले राष्ट्रपतिलाई चित्त नबुझ्े पनि संविधान जारी हुने बताउँछन् । एमाले सचिव ज्ञवाली प्रक्रियागत रूपमा संविधान निर्माणमा केही अवरोध बाँकी नरहेको बताउँछन् । .....

सचिव ज्ञवालीका अनुसार, सीमांकन विनाको संविधान आउन लाग्यो भनेर बखेडा झ्क्निेहरूले नै सीमांकन ठीक भएन भनेर विरोध गर्नु जायज मागमा पर्दैनन् ।

..... मधेशी समुदायका सभासद्हरूले ‘फ्लोर क्रस’ गर्ने संभावनालाई ध्यानमा राखेर ह्वीपमा कडाइ गरिएको कांग्रेस र एमाओवादीका नेताहरू बताउँछन् । सभासद् अमरेशकुमार सिंहलाई पार्टीले कारबाही गर्न नसकेको विषयमा आलोचना भएपछि कांग्रेसले ह्वीप लगाउने विषयमा कडा रूपमा प्रस्तुत हुन लागेको हो । “जिम्मेवार सभासद्ले ह्वीप उल्लंघन गर्नुहुन्छ जस्तो लाग्दैन”, कांग्रेस संसदीय दलका मुख्य सचेतक चीनकाजी श्रेष्ठ भन्छन्, “उल्लंघन गरिहाले दल त्याग ऐन छँदैछ ।”



जबरजस्ती संविधान जारी गरिए देशै ठप्प पार्ने माओवादी मोर्चाको चेतावनी
मोर्चाको बैठकमा बिजय कुमार गच्छदार धुरुधुरु रोएपछि
अनौपचारिक बैठकमा मुलुक बचाउन नसकेको भन्दै गच्छदार रोएका हुन् । ..... ‘तीन दलका शीर्ष नेताले मेरो कुरा नबुझेका कारण मुलुक दुर्घटनाफर्त अघि बढ्दैछ ।’ आफूले मधेसी र थारुको गाली पचाएको, पार्टी विभाजनको संघारमा पुगेको तर प्रमुख तीन दलले कुरै नबुझेकोे उनले बैठकमा बताएका थिए । ....... ‘अन्ततः उनीहरुले मलाई बाइपास गर्दै संविधानको विधेयकमा संशोधन दर्ता गराए । उनीहरुको यो कार्यले राष्टङ ठूलो दुर्घटनामा पर्नेछ ।’
‘अब मधेसमा के के हुन्छ, भन्न सक्दिन ’
४७ सालको संविधानलाई गीता, बाइबल, रामायण झै ठानिएको थियो । तर त्यो पनि टिकेन । अब यी तीन दलले लादेको संविधान हामी कसरी मान्छौ ? कुनै पनि हालतमा मान्दैनौ । ..... आफ्नो माग सम्बोधन होला भनेर जनताले धैर्य गरेका थिए । तर अब हरेक नागरिक घरबाट निस्केर सडकमा आउँदा आन्दोलन कस्तो हुन्छ भन्ने यी खसवादी शासकले राम्रोसँग बुझ्ने छन् । अबको आन्दोलन कठोर र सशक्त हुनेछ । ..... अहिलेसम्मको अनुभवले सिकाएको के हो भने कुनै पनि काम नगर्नका लागि हो आयोग बनाएर नाटक गर्ने । आयोग बनाउने भन्ने बित्तिकै बुझ्नु पर्छ, काम हुनेवाला छैन । आयोगको कुरा गर्नेले अघिल्लो संविधानसभामा गठीत आयोगले तराईमा दुई प्रदेश हुनु पर्छ भनेको थियो त । किन हुँदैन त्यो कार्यान्वयन ? यसकारण आयोग बनाउनु भनेको फेरि पनि जनतालाई अधिकार नदिने षडयन्त्र गर्नु हो । ....... मधेसको भूमि पहाडसँग मिसाएर मधेसीहरुलाई विभक्त गर्ने मात्रै होइन, झापा, मोरङ, सुनसरीलाई मधेससँग अलग गरेर राज्यले मधेसी र पहाडी समुदायबीच फाटो ल्याउन खोजको छ । किनभने पूर्वका यी तीन जिल्लामा जनजाति, पहाडीहरुको संख्या उल्लेख्य छ । अव पहाडीको जनसंख्या बढी हुनेबित्तिकै उनीहरुले मधेससँग यी तीन जिल्ला अलग गरिदिए । पश्चिममा पनि थारुहरुको हकमा त्यही गरिदिए । यसको मतलव हो कि पहाडी र मधेसी एकै प्रदेशमा मिलेर नबसून भनेर तीन नेताले यस्तो निर्णय गरे । साम्प्रदायिक सोच भएका यी कोइराला, ओली र दाहाल नयाँ राजाको रुपमा आफूलाई स्थापित गर्न खोजिरहेका छन् । २५० वर्षको राजसंस्था त जनताको शक्तिको अगाडि टिकेन भने यीनीहरु कसरी टिक्छन् ?


गच्छदारले मागे आठौं प्रदेश
भन्छन्, ‘चितवनदेखि कैलालीसम्मको अलग प्रदेश’
‘चितवनदेखि कैलाली सम्म ६७ प्रतिशत थारु बसोबास गर्छन्, त्यसलाई आठ प्रदेश घोषणा गर्ने हो भने संघीयता सम्भव छ । यदि त्यो सकिन्ने झापा मोरङदेखि सिरहा सम्मलाई अर्काे प्रदेश बनाउन सकिन्छ ।’ ..... ‘भूमिपुत्र थारुहरुले आफ्नो पहिचान खोजेका हुन हिंसा खोजेका होइनन् ।’ अरु जात जातिको भिडमा जनजाति र आदिवासीको पहिचान गुम्दै गएकाले पहिचान खोजेका हुन जातीय हिंसा खोजेका होइन् .....

संघीयताका ५ आधार र सामथ्र्यका ४ आधार टेकेर ८ राज्य निर्माण गरिनु पर्छ भनेर आफूले चारदलिय १४ बुदे सहमतिमा सहभागिता जनाए पनि एकाएक छ प्रदेश र ७ प्रदेश बनाउने काम भएको बताए । उनले भने, ‘छ पछि सात प्रदेश बनाउन सकिन्छ भने ८ प्रदेश बनाउन किन नमिल्ने ?’

...... तीन तिर मुख फर्काएर बसेका दललाई संविधान निर्माण प्रक्रियामा आफूले लिएर आएको बताए । उनले भने, ‘ठूला ठूला तीन बाघलाई मैले एउटै घाटमा ल्याएको छु ।’ संविधान निर्माण प्रक्रियामा आफूले मियोको काम गरिरहेको भएपनि आफ्नै माग भने तीन दलले वेवास्ता गरेको कारण सडकमा आउनु परेको बताए ।
असोज ४ गते नयाँ संविधान घोषणा गर्ने प्रस्ताव
विधेयकमाथि एक सातासम्म दफावार छलफल हुनेछ भने त्यसमा उठेमा प्रश्नमाथि मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ जवाफ दिने बताइएको छ । सिटौलाको जवाफपछि संशोधन प्रस्ताव फिर्ता नभएको खण्डमा मतदानमार्फत टुंगो लगाउने प्रक्रिया अवलम्वन गरिने सचिवालका एक अधिकारीले बताए ।


सेना परिचालनको विरोधमा अमेरिकाको गभर्नर कार्यालयमा धर्ना



सिंहदरबारमा जुँगा मस्काउँदै सभामुखले भने– ‘जे सुकै होस्, संविधान ल्याउँछु’
प्रमुख दलहरु मार्फत् आन्दोलनरत दलहरुलाई सहमतिमा ल्याउने प्रयास गर्न आग्रह गर्ने बताउँदै संशोधन प्स्ताव मार्फत् उनीहरुको माग समावेश गर्ने पनि बताए । ...... विभिन्न पार्टीका सभासदहरुले दर्ता गराएको संशोधन प्रस्तावमा उनीहरुको माग समेटीएको


CM की रेस में नीतीश आगे, लोगों की पसंद महागठबंधन
64 प्रतिशत लोगों ने नीतीश कुमार को मुख्यमंत्री के रूप में अपना सबसे पसंदीदा नेता बताया है। .... पूर्व उपमुख्यमंत्री सुशील कुमार मोदी को 24 प्रतिशत .... सर्वाधिक 53 प्रतिशत लोगों की पसंद महागठबंधन है जबकि 46 प्रतिशत लोग एनडीए के पक्ष में हैं। एक प्रतिशत लोगों की चाह वामदल है।


आन्दोलनको समर्थन गर्दै महोत्तरीमा कर्मचारीको र्‍याली

२४ औं दिन पनि महोतरीको सम्पूर्ण बजार बन्द रह्यो।



आफ्नै थारू नेताहरुलाई ठिक पार्ने चेतावनी
केन्द्रस्तरका नेताहरु कैलालीमा एक महिनादेखि चलिरहेको आन्दोलनमा सहभागी हुन नआएको आक्रोश पोख्दै उनीहरुले आफ्नै केन्द्र स्तरका नेताहरुलाई ठिक पार्ने चेतावनी दिएका हुन् । ..... थरुहट/थारुवान संयुक्त संघर्ष समिति क्षेत्र न–४ कैलालीद्वारा मंगलबार मसुरियामा आयोजित विरोधलाई सम्बोधन गर्दै एनेकपा माओवादी कैलाली सचिव तथा पूर्व सभासद कृष्णकुृमार चौधरी आफ्नै नेताहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । उनले पहिचान पक्षधर तथा थरुहट/थारुवान पक्षधरका केन्द्र स्तरका नेताहरु हालसम्म कैलालीमा नआएको भन्दै उनले कारवाही गर्ने आक्रोश व्यक्त गरे । त्यस्तै उनले शासक वर्गहरु आफ्नो लुटको स्वर्ग बचाउँन धेरै प्रकृतिका भ्रामक हल्लाहरु फैलाउँदै आएको आरोप लगाए । ..... पूर्व सभासद चौधरी आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म थरुहट आन्दोलन जारी राख्ने ठोकुवा गर्दै राज्यले आफुहरुको आन्दोलनलाई अझै दमन गर्ने रणनीति लिए

सबै थारुहरुलाई जेलमा थुनेर देखाउँन चेतावनी दिए ।

थारुहरु गोली खान तयार रहेको बताउँदै पूर्व सभासद चौधरीले आफुहरुको आन्दोलन थारु बाहुल्य भूगोललाई थरुहट प्रदेश नबनाएसम्म जारी रहने पनि बताए । ....... आजसम्म आफुहरुको आन्दोलनको कुनै सम्बोधन नभएको बताउँदै आब राज्य विरुद्ध असहयोग आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । उनीहरुले राज्य विरुद्ध असहयोग कार्यक्रम, भण्डाफोर, तालाबन्दी, नागरिकता फिर्ता गर्नेलगायत आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिएका हुन् । ........ थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलाली संयोजक लाहुराम चौधरी एक महिनासम्म आन्दोलन जारी रहेपनि आजसम्म राज्यले आफुरुहको जायज आन्दोलनको कुनै सुनुवाई नगरेको दुखेसो सुनाए । आफुहरुको पहिचान र अधिकारको अन्तिम आन्दोलन रहेको बताउँदै उनले राज्य विरुद्ध भण्डाफोर अभियान चलाउँने चेतावनी दिए । ...... कार्यक्रममा थारु कल्याण कारिणी सभा कैलालीका निवर्तमान सभापति प्रभात चौधरीले पनि थरुहट प्राप्त नभएसम्म आफुहरुले जस्तो सुकै आन्दोलन गर्न तयार रहेको बताए । ...... थरुहट आन्दोलनको क्रममा अखण्ड सुदूर पश्चिम पक्षधर र प्रशासनबाट पटक–पटक दमन हुदै आएको बताउँदै उनले ज्यान गएपनि थारु बाहुल्य भुगोललाई थरुहट/थारुवान प्रदेश बनाएरै छोड्ने दाबी गरे । त्यस्तै

टीकापुर घटनापाछि कैलालीको प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले थारु समुदायको बड्घरहरुलाई कानूनी दायरामा ल्याउने भनी दिएको अभिव्यक्तिको कडा प्रतिवाद गर्दै प्रजिअ चापागाईलाई बड्घर प्रथाबारे अध्ययन गर्ना सुझाव पनि दिए ।

...... करिब आठ हजार भन्दा वढीको संख्यामा उपस्थिति रहेको उक्त विरोध सभामा नेकपा एमाले कैलालीका तिलुराम चौधरी, थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडक चौधरी, दलित संयुक्त संघर्ष समिति कैलालीका रतन सुनार, नेपाली काँग्रेस क्षेत्र न–४ कैलालीका क्षेत्रीय सभापति खेमराज चौधरी, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का जिल्ला उपाध्यक्ष गयाप्रसाद कुश्मी, आदिवासी जनजाति समन्वय समिति कैलाली अध्यक्ष तेजतरामी मगर, तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य जयदेव चौधरी, सदभावना पार्टीका फोनीराम चौधरी, संघीय समाजवादी फोरमका सुशिला चौधरीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
मधेसी मोर्चाले गौशालामा दुई प्रहरी विटमा आगजनी गरे
नारावाजी गर्दै आएका मोर्चा आबद्ध कार्यकर्ताले गौशाला नगरपालिकामा रहेको निगौल चौकको प्रहरी विट तथा बजार सुरक्षाका लागि बजार परिसरमा रहेको प्रहरी विटमा आगजनी गरेको हो । आगजनीबाट दुवै प्रहरी विट पूर्णरुपमा जलेर नष्ट भएका छन् ।


यसरी जल्यो काँग्रेस कार्यालय, प्रहरीले जोगाए एमाले कार्यालय
पछिल्लो २४ दिनदेखि आन्दोलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिउँसो ३ बजे जनकपुरको जनक चोकबाट लाठी जुलुश निकाल्यो । जनक चोकबाट सुरु भएको लाठी जुलुश नाराबाजी गर्दै शिव चोक, भानु चोक, कदम चोक, जिल्ला प्रशासन हुदैँ विषहारा चोक पुगेपछि प्रदर्शनकारीमध्येको एक समूह काँग्रेस पार्टी कार्यालय रहेको पिडरीया माईस्थानतर्फ लम्किएका थिए । ..... पिडरीया माईस्थान नजिकै रहेको नेपाली काँग्रेस पार्टी कार्यालयतर्फ अगाडि बढेका प्रदर्शनकारीहरुले पेट्रोल छर्केर आगो लगाईदिए । अन्य दिन २४ घण्टै ड्यूटी गर्ने गरेको प्रहरी सोमबार कार्यालयमा आगो लागेको १० मिनेट पछि मात्रै पुगेको थियो । प्रहरीको टोली पुगेपनि कार्यालयमा दन्किरहेको आगोलाई नियन्त्रणमा लिने प्रयाससम्म गरेको देखिएन । करिब ३० मिनेटपछि पुगेको जनकपुर उपमहानगरपालिकाको वारुण यन्त्रले एक घण्टा लगाई आगो निभएको थियो । ...... आगोले कार्यालयमा रहेको महत्वपूर्ण कागजातहरु, कम्प्यूटर, टेबल, सोफा, टेलिफोन, फ्याक्सलगायत सामग्रीहरु जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडिसमेत केहीबेर नाराबाजी गरेका थिए । ..... काँग्रेस कार्यालयमा आगो लगाएर फर्केपछि प्रदर्शनकारीहरुको समूह एमाले पार्टी कार्यालयमा आगो लगाउन अगाडि बढेका थिए । जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएर रहेको एमाले पार्टी कार्यालयमा आगो लगाउन गएका प्रदर्शनकारी र काँग्रेस कार्यालयमा आगो लागेपछि सचेत भएका प्रहरीबीच जनकपुरको समशान घाट नजिकै झडप सुरु भयो । ..... स्मशान घाटबाट सुरु भएको झडप विस्तारै राम चोक, जनक चोक, शिव चोक, भानु चोकतिर फैलिए । झडप दुईतर्फी ढुंगामुढा भएको थियो भने प्रहरीले रबरको गोली चलाएको छ । त्यस्तै दुई दर्जन भन्दा बढी अश्रुग्याँस र करिब १० राउण्ड भन्दा बढी हवाईफायर गरेको छ । जसबाट

दर्जनौँ प्रदर्शकारी घाईते भएका छन् ।

प्रहरीले भानु चोकमा करिब १० जना युवालाई नियन्त्रणमा लिई कुटपीट समेत गरेका थिए । ...... सोमबार प्रदर्शनकारीहरुको समूहले काँग्रेस पार्टी कार्यालयमा आगो लगाएपछि तनावग्रस्त बनेको जनकपुरमा प्रहरीले गोली चलाउँदा तीन जना घाईते भएका छन् । घाईते हुनेहरुमा धनुषा धनौजीका रंजित साह, महोत्तरी बनौलीका रुपेश चौधरी, रतौलीका शोभित राउत रहेका । प्रहरी–प्रदर्शनकारीबीच झडप सुरु भएपछि प्रहरीले राम चोकबाट गोली चलाउँदा उनीहरु घाईते भएका हुन् । घाईतेहरुको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेको छ ।

मधेसी जनजाति लाई सेनाको डर देखाउने बाहुन हरु मुर्दाबाद

यो अलि अलि दिएको लेउ होइन भने यो पनि दिन्न भन्ने patronizing गफ मा तल्लीन छन बाहुन जात। तिमी सँग कसैले केही मागेकै छैन। तिमी सँग दिनलाई के छ? अधिकार तिम्रो भकारी मा रहेको चामल हो र तिमीले इच्छा लागे दिने? संघीयता अधिकार हो, र त्यो अधिकार मधेसी र जनजाति को हृदय भित्र बाट आउने कुरा हो। त्यसै कारण त क्रांति गर्नु परेको। ह्रदय मा दियो जलाउन। राजनीतिक चेतना को दियो बल्यो, बस काम फत्ते भयो। 

यो बिना संघीयता, बिना समावेशीता को संविधान लेउ होइन भने लोकतंत्र, मानव अधिकार र गणतंत्र पनि गायब पारदिंछु भन्ने बाहुन को धम्की कस्तो धम्की हो यो? बाहुन ले मधेसी जनजाति लाई कलमले घोच्छु भनेको कि के भनेको? 

नेपाल सेना ले त भनेको भन्यै छ। अहिले को देश को समस्या को समाधान सैन्य छैन राजनीतिक मात्र छ भनेर। अंतरिम संविधान अनुसार नेपाल सेना सारा देशको हो। बाहुन को सेना इतिहास मा कहिले थियो? 

मधेसी जनजाति लाई सेनाको डर देखाउने बाहुन हरु मुर्दाबाद। नेपाल सेना मा अधिकांश सैनिक जनजाति भए जस्तो लाग्छ मलाई। 


संविधान सभा मा व्हिप जारी हुँदैन

संविधान सभा का स्पष्ट स्थापित अन्तराष्ट्रिय  मुल्य मान्यता का अनुसार संविधान सभा मा व्हिप लाग्ने भन्ने हुँदैन। कुनै देशले हाम्रो देश मा मानव अधिकार छ तर हामीले अरु सबै पाए पनि वाक स्वतंत्रता नपाउने भनेर कानुन पास गरेका छौं भन्न मिल्दैन। त्यो बाझिएको देखियो।

संविधान सभा मा व्हिप जारी हुँदैन। व्हिप जारी हुन्छ भने त्यो संविधान सभा नै होइन।

व्हिप जारी नहुने संविधान सभामा जुन सुकै सभासद ले संसोधन प्रस्ताव दर्ता गर्न पाउने हुन्छ। तर त्यसरी दर्ता गरेको भनेर कुनै राजनीतिक पार्टी ले सो सभासद लाई पार्टी बाट निकाल्ने अथवा अरु कुनै सजाय दिने निर्णय गरेमा त्यस्तो पार्टी लाई सो सभासद ले अदालत लान पाउने भन्ने हुन्छ।

संविधान सभा का स्पष्ट स्थापित अन्तराष्ट्रिय  मुल्य मान्यता छन। ती मुल्य मान्यता का आधारमा चल्ने हो संविधान सभा। कुनै बाजेको whim मा चल्ने संस्था होइन संविधान सभा। संविधान सभा कसरी चल्ने कसरी नचल्ने भन्ने बारे कुनै पार्टी ले नियम बनाउन सक्दैन। अहिले काँग्रेस एमाले एमाओवादी ले गरेको नेपाल मा पास गरेको कानुन भुटान मा लागु हुन्छ भने जस्तो हो।

जहाँ सम्म पार्टी बाट निकाल्ने कुरा छ, त्यो त जुन सुकै निहुँ मा निकाल्न सक्छ। त्यहाँ दमजम ले राजनीतिक निर्णय लिने हो। आफै पार्टी छोड्ने। नया पार्टी खोले पनि भो, संघीय गठबंधन ज्वाइन गरे पनि भो।

उसै पनि असोज ५ का दिन काँग्रेस पार्टी देश बाट गायब हुन लागेको छ। देश भरि का काँग्रेसी हरुलाई म संघीय गठबंधन का सदस्य पार्टी मध्ये एक रोजेर सदस्य बन्न आह्वान गर्दछु। काँग्रेसी राजनीतिक प्राणी। बिना पार्टी त कसरी बस्न सक्दो हो र! मधेस को हकमा यो विशेष किसिमले लागु हुन्छ।

अरे मधेसियो, जिस शक्ति के बल पर काँग्रेस आज तुम पर जुल्म ढाए जा रहा है, उसको वो शक्ति तुमने ही तो दिया। छिन लो, वापस ले लो वो शक्ति।

संविधान जारी गरे पछि होइन, संविधान जारी हुनु अगाडि नै देश अनिश्चित कालीन बंद मा लानुपर्ने हुन्छ। असोज ४ संविधान सभा को बैठक बस्न नमिल्ने बनाउनु पर्छ।

नहीं चलेगी, नहीं चलेगी, तीन बाहुनवादी दलों की तानाशाही नहीं चलेगी।


Janakpur

जनकपुर भाद्र २१ गते । २५००० से ज्यादा लोग ।

Posted by Brikhesh Chandra Lal on Monday, September 7, 2015

जनकपुर आन्दोलनकारीयों के हाथ में । भाद्र ८ गते

Posted by Brikhesh Chandra Lal on Tuesday, August 25, 2015