Showing posts with label shesh ghale. Show all posts
Showing posts with label shesh ghale. Show all posts

Tuesday, October 18, 2022

Green Hydrogen

सप्तरी–२ : चर्चामा उपेन्द्र र सीके, बलिया ठाकुर ! सत्ता गठबन्धन र एमाले– जसपा गठबन्धनबीच दोब्बर मतको फरक मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तरगत मधेस प्रदेशमा यसपटक सबैभन्दा बढी चर्चा सप्तरी–२ को भइरहेको छ । सो क्षेत्रबाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट जेपी ठाकुर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । ...... काठमाडौँमा बालेन शाह जिते जसरी सीके राउतले पनि जित्ने उनले दाबी गरे ।

‘ग्रीन हाइड्रोजनले नेपाललाई ‘ग्लोबल पावर प्लेयर’ बनाउन सक्छ’ नेपालमा विश्वकै सस्तो हाइड्रोजन उत्पादन सम्भाव्यता देखिएको छ : शेष घले हाल विश्वका ठुला अर्थतन्त्र भएका अमेरिका, बेलायत, चीन र भारत लगायतका देशहरूले आफ्नो सम्पूर्ण ध्यान ग्रीन हाइड्रोजनमा लगाएका छन् । कार्बन शून्य गर्ने लक्ष्य भेट्टाउन ग्रीन हाइड्रोजनले सहयोग पुर्‍याउने भएपछि विश्वको ध्यान नै यसतर्फ मोडिएको हो । ....... शेष घलेले समेत नेपालमा ग्रीन हाइड्रोजनमा १०० मिलियन अमेरिकी डलर बराबरको लगानी गरेर वार्षिक ५० मेगावाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने घोषणा गरेका छन् । ........ ‘नेपाल ग्रीन हाइड्रोजन समिट, एन्टिडोट फर मेल्टिङ हिमालय’ ...... वार्षिक २ लाख मेट्रिक टन युरिया उत्पादन गर्ने कारखाना स्थापना गर्नका लागि ६ सय मिलियन डलरको लगानी आवश्यक पर्छ । यो भनेका बिलियन डलर लगानी हो । ........ सन् २०४५ को नेट कार्बन लक्ष्य भेट्टाउनलाई १०० बिलियनभन्दा धेरै डलरको लगानी आवश्यक छ । यस क्षेत्रमा गरिने लगानीले नेपाल विश्वको ऊर्जा क्षेत्रमा मुख्य प्लेयर बन्न सक्छ । ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गर्न चाहिने लगानी जुटाउन हामी तयार छौँ । तर, कति लगानी लाग्छ र कति उत्पादन हुन्छ भन्ने विषयमा भने अध्ययन गर्न बाँकी छ । ........ हाल भारतमा कोइलाबाट उत्पादित बिजुलीलाई प्रयोग गरेर हाइड्रोजन उत्पादन गरिरहेका छन् । यसलाई ग्रे र ब्लू हाइड्रोजन भनिन्छ । तर, हामी जलविद्युतबाट हाइड्रोजन उत्पादन गर्न तयारी अवस्थामा छौँ र यसलाई ग्रीन हाइड्रोजन भनिन्छ । हामी ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजन उत्पादनमा जान खोज्दैछौँ । नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्न भारतीय धनाढ्यहरू इच्छुक हुनुहुन्छ भने हामी स्वागत गर्न तयार हुनुपर्छ । ......... नेपालमा प्रयोग भएर बाँकी रहेको वा खेर जान लागेको जलविद्युतको प्रयोग गरेर ग्रीन हाइड्रोजनको उत्पादन हुनेछ । हाल २ हजार मेगावाट बिजुली उत्पादन हुँदा नै हामीले प्रयोग गर्न नसकेर खेर गइरहेको छ । अबको ३/४ वर्षमा थप ३/४ हजार मेगावाट बिजुली उत्पादन सुरु हुन्छ । यसअनुसार नेपालमा जति बिजुली उपलब्ध हुन्छ सो अनुसार अधिकतम ग्रीन हाइड्रोजनको उत्पादन गर्न सकिन्छ । ......... यसलाई पेट्रोलियम पदार्थ जस्तै धेरै चरणमा उत्पादन गर्न सकिन्छ । यसको पहिलो चरण ग्रीन हाइड्रोजन हुन्छ । यसको प्रयोग गर्न सकिएन भने एमोनिया हुन्छ र अन्तिम चरणमा युरिया बन्छ । यसो हुँदा ग्रीन हाइड्रोजन बहुउपयोगी समेत बन्न सक्छ । यसका सबै चरणहरूलाई बिक्री गर्न सकिन्छ । ......... एउटा अध्ययनले नेपाल र साउदी अरेबियामा ग्रीन हाइड्रोजनको उत्पादन गर्न सबैभन्दा सस्तो हुन आउँछ । साउदी अरबमा हावा र सोलारबाट तथा नेपालमा पानीबाट निकालिएको बिजुलीको प्रयोगबाट उत्पादन गर्दा सस्तो पर्ने उक्त अध्ययनले देखाएको थियो । यी दुई मुलुकमा समेत नेपाल झनै सस्तो मूल्यमा ग्रीन हाइड्रोजन उत्पादन गर्न सक्ने क्षमता देखिन्छ । ........ नेपालको कर्मचारीतन्त्रले यसमा अड्को थाप्छ जस्तो लाग्छ । सरकारले अबको केही महिनामा ग्रीन हाइड्रोजनसम्बन्धी भिजन सार्वजनिक गर्नुपर्छ र आगामी एक दशकमा कुन स्थानमा पुग्ने भनेर लक्ष्य तय गर्नुपर्छ । कानुन बनाएपछि आवश्यक नीति नियम समेत निर्माण हुँदै जान्छ । तर, हामी कानुन कुरेर बस्दैनौँ । अब ग्रीन हाइड्रोजनको उत्पादन गर्न लगानी सुरु गर्छौँ । ........ ग्रीन हाइड्रोजनको उत्पादन र प्रयोग सुरु भएपछि पेट्रोलियम पदार्थ, कोइला र खाना पकाउने ग्यासलाई पूर्णरूपमा विस्थापन गर्न सकिन्छ । जसले वर्षमा सयौँ टन कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्छ र सन् २०४५ सम्म भेट्टाउने लक्ष्य लिइएको जेरो कार्बनको उद्देश्य पुरा गर्न सहयोग पुग्छ । ....... ग्रीन हाइड्रोजन पेट्रोलियम पदार्थको तुलनामा ३/४ गुणा बढी शक्तिशाली हुन्छ । ......... हामी आगामी ४/५ वर्षमा नेपालमा ग्रीन हाइड्रोजन उत्पादन गर्न सक्छौँ । तर, नेपालको काम गर्ने शैलीका आधारमा सन् २०३० भित्रमा ग्रीन हाइड्रोजनको उत्पादन सुरु गर्ने लक्ष्य हाम्रो छ ।

चीनले ताइवानलाई गाभ्ने प्रयासलाई तीव्र पारेको छ : अमेरिका

Tuesday, June 30, 2015

द्वैध नागरिकता को सवाल

पहिलो कुरा त प्रवासी नेपाली को परिभाषा मा दक्षिण एशिया लाई पनि गन्नु पर्ने भो। अहिले त कस्तो छ भन्दा खेरी, हामी धनुषा महोत्तरी का मधेसी लाई गन्दैनौं त्यस बाहेक का लाई मात्र गन्छौं जस्तो अवस्था छ। जब कि सबसे खाँटी मधेसी त्यही धनुषा महोत्तरी मा छ। भारत मा बसेका प्रवासी नेपाली भनेको सबै भन्दा खाँटी NRN --- उसै लाई नगने भयो अब?

द्वैध नागरिकता को सवाल त्यति पेंचीदा छ र? एक पटक को नेपाली सधैको नेपाली। बरु आफ्नो नेपाली नागरिकता कायम राख्दै अर्को देशको नागरिकता पनि लिन चाहेमा त्यो देशमा तिर्ने वार्षिक कर को कागज देखाउँदै आफ्नो आम्दानी को ३% नेपाल सरकार लाई बुझाउनु पर्ने गर्न सकिन्छ। अनि त नेपाल सरकार ले आफ्नो विदेशमा हुने जति खर्च सबै त्यसै बाट उठाउँछ।

तर बदलामा वोटिंग राइट दिनु पर्ने हुन्छ। ऑनलाइन वोटिंग। नेपालको प्रत्येक निर्वाचनमा ऑनलाइन वोट खसाल्न पाउने।चाहेमा नेपाल आएर चुनाव लड़न पाउने। त्यस का लागि नेपालमा सम्बन्धित चुनाव क्षेत्रमा कमसेकम एक वर्ष स्थायी बसोबास गरेको हुनुपर्ने। त्यस्तै केही।

SMS voting हुन सक्छ भारतमा रहेका प्रवासी नेपाली का लागि।

अर्को कुरा प्रवासी नेपाली संगठित हुने कुरामा एउटा मात्र संगठन लाई कानुनी मान्यता दिनु पंचायती व्यवस्था भएन त्यो? एक भन्दा बढ़ी संगठन हुँदैमा के बिग्रिन्छ?


Monday, June 29, 2015

NRN सँग व्यापक बेइमानी हुन लागेको छ



पहिलो कुरा त दक्षिण एशिया मा बसेका नेपाली NRN कुन आधारमा भयनन? त्यो त मधेसको नेपाली नेपाली नै होइन भने जस्तै बेतुक को कुरो हो। त्यहीं फ्रांस मा हुन्छ ब्रिटेन को मान्छे अनि Dual Citizenship लिएर बसेको हुन्छ। अझ दक्षिण एशिया का NRN लाई त झन बढ़ी चाहिएको हो द्वैध नागरिकता। क्यानाडा को मान्छे Dual Citizenship लिएर अमेरिका बसेको मान्छे मैले कति भेटे कति, गिन्ती छैन।

गैर आवासीय नेपाली भनेको नेपाल बाहिर बसेको नेपाली। त्यो भारतमा पनि हुन सक्छ। अधिकांश भारत मैं त छन। नेपाल बाट भारत गएर बसेका हरु सकेसम्म भारत को पनि नागरिकता लेउ, तर नेपाल को नागरिकता नछोड़ भनेको हो।

अर्को बड़ो उटपट्याङ्ग कुरो छ ---- नागरिकता दिने तर राजनीतिक अधिकार बिनाको। वोट खसाल्न नपाउने, चुनाव लड़न नपाउने। त्यसो हो भने हामी नेपाल भुमि बिनाको देश बनाऊँ। कुरा उस्तै उस्तै हो। नागरिकता को प्रमुख कुरा नै वोट खसाल्न पाउने भन्ने हो। फेरि अहिले इलेक्ट्रॉनिक वोटिंग, ऑनलाइन वोटिंग को संभावना को जमानामा!

न्यु यॉर्क मा छन -- एकसे एक माई का लाल हरु। काठमाण्डु मा पानी पर्नु अगाडि यहाँ छाता ओढ़न भ्याउने हरु। यहाँ हेडेक खड़ा गर्नु भन्दा बरु यिनी हरु नेपाल गएर चुनाव लड़दिए हुन्थ्यो जस्तो लाग्ने। प्रेशर कुकर मा सेफ्टी वाल्व चाहियो एउटा --- नत्र भने यिनी हरु यहीं पड्किन बेर लाउँदैन।

एउटा सीके राउत फर्कियो, देश उथलपुथल भयो। ५-१० वटा सीके राउत फर्कि दिए के होला?

संसारको सब भन्दा कंगाल देश ले मेक्सिको बाट मेक्सिकन हरु अमेरिका छिर्न लागे जस्तो माइंडसेट लिन भएन। NRN लाई Dual Citizenship भनेको नेपालको आर्थिक क्रांति को लागि गर्न सकिने सबैभन्दा राम्रो सबैभन्दा सस्तो उपाय हो। NRN लाई Dual Citizenship दिन्न भनेको FDI हामीलाई चाहिँदैन, हामी त नेपाली भने जस्तो हो। Makes no sense.

NRN लाई Dual Citizenship नदिने अनि नेपाल लाई human exporting country बनाएर राख्ने -- त्यही हो गेमप्लान?

NRN सँग व्यापक बेइमानी हुन लागेको छ। NRN भनेको मधेसी जनजाति जस्तो।

संविधान २०७२ : विदेशको नागरिकता लिइसकेका एनआरएनले पनि नेपाली नागरिकता पाउने
प्रस्तावित संविधानको मस्यौदामा सशर्त दोहोरो नागरिकताको प्रावधान राखिएको छ। यसअघिका संविधानहरुमा वंशज, अंगीकृत र सम्मानार्थ नागरिकताको मात्र व्यवस्था भए पनि यस पटक गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको छ। संविधानको मस्यौदाको धारा १९ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरेका व्यक्तिले पनि यस्तो नागरिकता पाउने व्यवस्था छ। तर, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सात देशभन्दा बाहिरका देशमा बसोबास गरेका नेपाली मूलका व्यक्ति मात्र यस्तो नागरिकताका लागि योग्य हुनेछन्। गैरआवासीय नेपाली नागरिकता भएकासँग राजनीतिक अधिकार अर्थात् भोट खसाउने, उम्मेदवार बन्ने आदि जस्ता अधिकार हुने छैनन्। यद्यपि उनीहरुलाई सम्पति किनबेच गर्ने, विभिन्न कम्पनीहरुमा लगानी गर्ने जस्ता कानुन बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार हुनेछन्।


संविधानको मस्यौदाः मुख्यमन्त्रीभन्दा माथि प्रदेश प्रमुख हुने 'भारतीय मोडेल' प्रस्ताव

Saturday, June 27, 2015

उपेन्द्र महतो, विनोद चौधरी, शेष घले र नेपालमा मधेसी जनजातिको सवाल



उपेन्द्र महतो, विनोद चौधरी मधेसी, शेष घले जनजाति -----  तर यी तीन जनाले मधेसी र जनजाति को राजनीतिक उत्थान को सवाल मा केही गरे जस्तो लाग्दैन। बरु जानी नजानी मधेसी जनजाति लाई थिचेर राखेका शक्ति हरु लाई नै बेला बेलामा बल पुर्याएका छन।

तीन जना self made billionaire हरु।

लोकतन्त्रमा शक्तिका तीन आधार: Money, Message, Organization.

Message र Organization भएका मधेसी जनजाति शक्ति हरु छन ---- यसो Money ले help गर्दिनु टाइम टाइम मा।

होइन भने देश टुट्छ। 

Friday, June 12, 2015

NRN America

नेपाली हरु ----- अमेरिका जस्तो देशमा पनि चुनाव मा धाँधली गर्न भ्याएको!

Shesh Ghale Tells It Like It Is