Showing posts with label party convention. Show all posts
Showing posts with label party convention. Show all posts

Saturday, February 21, 2015

वार्ता नै उपयुक्त हो

माओवादी-मधेसीको दुई तिहाई हुँदा पनि नहुने रहेछ। काँग्रेस-एमालेको दुई तिहाई हुँदा पनि नहुने रहेछ। त्यति देखि सकियो। भने पछि संख्या होइन वार्ता नै मुख्य कुरा रहेछ। र वार्ताको वातावरण बनाउने प्रमुख जिम्मेवारी प्रधान मंत्रीको हो। वार्ता नै उपयुक्त हो।

आंदोलन भनेको वार्ताको लागि दबाब हो। क्रांति अंतिम अस्त्र मात्र हो। आंदोलन पछि पनि वार्ता नै हुने हो भने, क्रांति पछि पनि वार्ता नै हुने हो भने, अहिल्यै वार्ता किन नगर्ने?

तर वार्ता भनेको आत्म समर्पण होइन। वार्ता सम्मानजनक हुन्छ। माओवादी-मधेसीले चाहेको सबै कुरा माओवादी-मधेसीले पाउने होइनन्। काँग्रेस-एमालेले चाहेको सबै कुरा काँग्रेस-एमालेले पाउने होइनन्। वार्ताको स्पिरिट त्यस प्रकारको हुन्छ।

पार्टी सभापति भन्दा पार्टी महासमिति माथि भन्ने यथार्थ लाई सुशीलले मान्ने हो भने झापा, मोरंग, सुनसरी, चितवन, कैलाली, कंचनपुर को झमेला त्यसै गायब हुन्छ। जो अगुवा उही बाटो ______!