Showing posts with label job creation. Show all posts
Showing posts with label job creation. Show all posts

Sunday, June 12, 2022

5Gi (फाइव जी आई) टेक्नोलॉजी, काठमाण्डु महानगर, काठमाण्डु उपत्यका र बृहत नेपाल

चीन को 5G लाई उछिन्ने गरी भारत मा 5Gi (फाइव जी आई) टेक्नोलॉजी आइसक्यो। हाम्रो लागि चीन भन्दा भारत उसै पनि सजिलो हो। 

5Gi Vs 5G: What Is 5Gi And Why It Might Be Incorporated In India? Detailed Report 5Gi is a locally designed telecommunication network that has been designed by IIT Hyderabad, IIT Madras and the Centre of Excellence in Wireless Technology.

मलाई लाग्छ प्रथम कदम नै यो हो। पहिला फोहर व्यवस्थापन, त्यस पछि खानेपानी, त्यस पछि बिजली, त्यस पछि 5Gi (फाइव जी आई) टेक्नोलॉजी होइन कि प्रथम कदम नै 5Gi (फाइव जी आई) टेक्नोलॉजी हो। अहिले को युग स्थानीय तहमा रोजगारी सिर्जना गर्नुपर्ने युग होइन। कमसेकम हाई स्कुल पास मान्छे दुनिया भरि गएर देश नै नछोड़ि काम गर्न पाउँछ। अर्थात भएको काम लिन सक्ने मान्छे हरु चाहियो। 5Gi (फाइव जी आई) टेक्नोलॉजी छ भने स्कुल पनि कॉलेज पनि इंटरनेट मैं छ र त्यो पनि मुफ्त मा। 

युवा पुस्ता व्यापक रोजगारी मा जानु भनेको अर्थतंत्र बलियो हुनु हो। टैक्स बेस बढ्छ। त्यही फोहर व्यवस्थापन, खानेपानी, बिजली आदि का लागि बढ़ी पैसा हुन्छ सरकार सँग। 

फेरि यो 5Gi (फाइव जी आई) टेक्नोलॉजी को काम भने सबैभन्दा सजिलो। सरकार ले लाइसेंस मात्र दिने हो। काम त निजी क्षेत्र का कंपनी ले गर्ने हो। काम पनि गर्छ र उल्टो सरकार लाई पैसा पनि दिन्छ। नेपाल का चोर बुढ़ा नेता र भ्रष्ट कर्मचारी हरु ले त्यति पनि गर्दैनन। किन भन्दा तिनको पहिलो प्रश्न हुन्छ, "हामीलाई कमिशन खोइ?" बाकस भविष्य बाट अजित युवा पीढ़ि क्रांतिकारी रफ़्तार मा टोल टोल गाउँ गाउँ नगर नगर मा स्वतःस्फुर्त किसिम ले संगठित भएर देश को नेतृत्व यी सड़ेगलेका बुढ़ा हरु बाट लुछ्ने बेला भइसक्यो। अझ अबेला भइसक्यो। 

दिमाग काम गर्न छोडिसक्यो। शरीर शिथिल छ। पद छोड्ने नामोनिशान छैन। टीवी मा रयाल काढ़ने धोको। 

काठमाण्डु महानगर को खानेपानी को समस्या समाधान गर्ने तरिका हो नया पिढ़ी को नया पार्टी ले प्रदेश सरकार बनाउने। देशव्यापी स्वीप गरेर देश लाई प्रत्यक्ष निर्वाचित राष्ट्रपति शासन मा लाने। ५०% बढ़ी मत ल्याउनै पर्ने। अर्थात एक करोड़ मत। २०-३० हजार भोट पाउने हरु प्रधान मंत्री बनेका छन। जगहँसाई। 

तीन राउंड इलेक्शन। पहिलो राउंड दर्ता गर्ने सबै उम्मेदवार होइन कि हस्ताक्षर संकलन गरेको हुनुपर्ने, पैसा उठाएको हुनुपर्ने। जस्तो कि वडा अध्यक्ष मा लडन सो वड़ा को कमसेकम १०० जना को हस्ताक्षर र कमसेकम १०० जना बाट एक सय एक सय उठाएको हुनुपर्ने गरिदिने हो भने बैलट पेपर अनावश्यक बारह बिघा मैदान बन्दैन। पहिलो राउंड त्यो भयो। दोस्रो राउंड मा कुनै पनि उम्मेदवार ले ५०% बढ़ी मत नल्याए सबैभन्दा बढ़ी मत ल्याउने दुई जना तेस्रो राउंड मा पुग्ने। होइन भने खसेको मत को १०% मत पाउने हरु पनि जितेका छन। त्यो चुनाव जितेको कि चुनाव हारेको

राम्रो काम गरेको आधार मा लगातार २० वर्ष बालेन प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहन्छ भने त्यही हो राजा। गणतंत्र मा राजा भनेको त्यही हो। लिच्छवी गणतंत्रवादी थिए। अंशुवर्मा कुनै रानी को कोख बाट जन्मेको होइन। अंशुवर्मा को कर्म को आधारमा अंशुवर्मा की आमा राजमाता बनेकी हुन। अंशुवर्मा को नेपाल दुनिया को जर्मनी जापान थियो। भारतवर्ष भरिका राज्य हरुसँग बराबरी को सम्बन्ध थियो। 



the main problem with global 5G technology is that the range of coverage goes down with an increase in frequency. This is where 5Gi steps in, as it provides a higher range at a lower frequency. ........ Essentially, 5Gi network technology is capable of working at a lower frequency than 5G by still providing a higher range. The technology works on a Low Mobility Large Cell method, which transmits a cell-based waveform which results in increased range. the TSDSi or the Telecommunications Standards Development Society of India says that "Enhanced cell coverage enabled by this standard, will be of great value in countries and regions that rely heavily on mobile technologies for connectivity but cannot afford dense deployment of base stations due to lack of deep fibre penetration, poor economics and challenges of geographical terrain." ...... If implemented in the right manner, the 5Gi technology can be fruitful to a large country like India as the large scale implications will make the technology cost-effective. Additionally, owing to its high range, 5Gi will be able to provide better network connectivity in the rural area of the country. ....... smartphone companies might have to incorporate specialized receivers to work on the 5Gi technology.


Friday, November 02, 2018

नेपालका नेता ले आफ्नो आंग को भैंसी नदेख्ने प्रवासी नेपाली को आंगको जुम्रा देख्ने




नेपाल फर्कौं महाअभियान
डुबिसकेको चीनलाई पुनर्जन्म दिने देङ स्याओ पिङ हुन् वा भारतमा महात्मा गान्धी र जवाहरलाल नेहरू, मलेसियामा महाथिर महमद हुन् या सिंगापुरका ली क्वान यु, सबैले कुनै न कुनै रूपमा विदेशी शिक्षा र अनुभव प्राप्त गरेका थिए। अफ्रिकाको अनुभव त अझै चकित पार्ने खालको छ। सन् २०११ मा ४० वटा देशको अध्ययन गरेर जर्मनीको एउटा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले तयार पारेको प्रतिवेदनले विदेशमा अध्ययन गरेका नेताहरूले देशको राजनीतिक, सामाजिक र आर्थिक विकासमा स्वदेशमै अध्ययन गरेका नेताहरूले भन्दा बढी सकारात्मक प्रभाव पारेको निष्कर्ष निकालेको थियो। नेपालको रूपान्तरणमा विदेशमा रहेका नेपालीहरूले आमूल परिवर्तनकारी संवाहक (क्याटलिस्ट) को भूमिका निर्वाह गर्न सक्छन्।


प्रवासी नेपाली कोही पनि नेपाल नै नफरकिउन भन्ने मेरो तर्क हुँदै होइन। यस्तो अभियान किन चलाएको भन्ने पनि मेरो प्रश्न होइन। तर यो भावावेग मा आएर तेर्स्याइने तर्क हरुले ५० लाख बढ़ी प्रवासी नेपालीको अपमान चाहिँ गर्नु हुन्न। भारत लाई पनि गन्ने हो भने र नगनी सुख? भारत प्रवास होइन भने के हो? भारत लाई पनि गन्दा र सारा इतिहास हेर्दा आजको म्यादमा नेपाल भित्र भन्दा नेपाल बाहिर नेपाली बढ़ी छन। तीन करोड़ नेपालमा छन। तीन करोड़ बढ़ी नेपाल बाहिर रहेको अनुमान गर्न सकिन्छ। सन १९५० को नेपालको जनसँख्या र त्यति बेला देखिको जनसँख्या वृद्धि दरको ग्राफ कोर्दा नेपालको जनसंख्या आज ६ करोड़ बढ़ी पुगेको हुनुपर्ने। भने पछि बाँकी ३ करोड़ कहाँ गए? कहिले नफर्किने गरी भारत पसे। सोझो अनुमान। भारत फेरि समुन्द्र। त्यहाँ मान्छे को लेखाजोखा छैन। राशन कार्ड जसले पनि बनाउन पाउने र राशन कार्ड नै त्यहाँ नागरिकता जस्तो।

दक्षिण एशिया बाहिर नेपाली हरु ठुलो संख्या मा जान थालेको सन १९९० पछि हो, अर्थात बहुदल आएपछि। त्यो संख्या नै ५० लाख काटिसक्यो। ठ्याक्क कति भन्ने तथ्यांक नै छैन।

र यो रेमिटेंस भन्ने कुरा ठुला ठुला अर्थविद हरुले नदेखेको कुरा। भए पछि नोटिस गरेको मात्र हो। खाड़ी देशमा गएर पसिना चुहाएर निरक्षर नेपाली ले आफ्ना छोराछोरी लाई "बोर्डिंग स्कुल" मा पढाएका छन। शिक्षाको महत्व नबुझेर त होइन होला।

नेताले जॉब क्रिएट गर्नुपर्यो भन्ने सोंच नै छैन। तर जॉब क्रिएट गर्ने हरु को बाटो मा तगारो न बन्देउ भन्ने हो। नेपालमा ब्यूरोक्रेट देखि नेता सम्म ले पाइला पाइला मा तगारो हाल्ने काम गर्ने गरेका छन। भने पछि नेपाल भित्र जॉब क्रिएट हुन पनि नदिने, अनि जागीर खोज्दै नेपाली विदेश जाँदा judgmental कुरा गर्ने?

नेपालले आज मैनपावर एक्सपोर्ट गरेको अरु सबै इम्पोर्ट गरेको छ। चामल देखि लिएर सब थोक। त्यो बलियो अर्थतंत्र अबश्य होइन। तर तथ्यपरक र व्यावहारिक ढङ्गले सोच्नुपर्ने हुन्छ। पहिलो कदम त विदेश काम गर्न जाने लाई सकेसम्म सहयोग नै गर्नु पर्छ। जाने नै भए हाम्रो तर्फ बाट पुरा सहयोग छ भन्नु पर्छ। सरकारी निजी सबै तह बाट।

प्रमुख देश हरु जहाँ नेपाली हरु जाने गरेका छन तिनी सँग नेपाल सरकार ले संधि समझौता हरु गर्नु परयो। वीसा आदि का लागि पहल गर्नुपर्यो। पहिलो पटक उड़न लागेका हरु का लागि सहुलियत ब्याज दर मा लोन मिलाउनु पर्छ कि? विदेशमा हुँदा तत तत दुतावास का ले सुरक्षा मा चासो लिनुपर्यो। जॉब मार्केट बारे जानकारी प्रवाह हुनुपर्यो। विदेश जानु अगाडि देशमैं केही सीप सिक्न सकिन्छ कि, सीप सिकेर गए बढ़ी कमाइन्छ कि? विदेशमा गएर कमाएको पैसाले देशभित्र बिजनेस व्यापार का लागि लगानी गर्ने अवसर हरु खोज्नु पर्ने हुन्छ। होइन भने जसले पनि जग्गा नै किन्ने घरै बनाउने भए पछि रियल इस्टेट मार्केट ले आकाश छुने तर देश भित्र रोजगारी सिर्जना को अवस्था एक पीढ़ि पछि जस्तातस्तै हुने डर रहन्छ।

चीन ले सन १९९० पछि यस्तो फड्को मारयो कि आज अमेरिका लाई नै प्रतिस्प्रधा दिन भ्याएको छ। तर चीन ले अगाडि बढ़ने निर्णय गरे पछि सबैभन्दा भर परेको समुह को भन्दा प्रवासी चिनिया। पुँजी लगाउने मानिस त चाहियो। त्यस्तै आज देश विकास गर्ने सपना देख्ने रविंद्र मिश्र जस्ता ले प्रवासी नेपाली प्रति सकारात्मक सोंच राख्न सक्नु पर्छ। फर्केको राम्रो तर फर्किन नसक्ने ले पनि योगदान गर्न सक्ने उपाय हरु प्रस्तुत गर्नु पर्छ। नेताले गर्ने भनेको पालिसी मेकिंग नै हो।

राम्रो पालिसी फ्रेमवर्क बनाउन सकेको खण्डमा प्रवासी नेपाली मात्र किन विदेशी नै पनि ओइरो लागेर आइपुग्छन।