Showing posts with label harivansha acharya. Show all posts
Showing posts with label harivansha acharya. Show all posts

Tuesday, July 07, 2015

काठमाण्डु का मलाई सबै भन्दा मनपर्ने दुई कुरा: मम र मह



MaHa: National Treasure



मधेशी बुद्धिजीवीका तीन सुझाव : रोस्ट्रम घेर, मस्यौदा जलाऊ, भएन भने संविधानसभा छोड
चार पार्टीको १६ बुँदे सहमतिको आधारमा संघीयताविनाको संविधान निर्माण प्रक्रिया अगाडि बढिरहेको छ । संघीयतालाई थाती राखेकोबाहेक प्रदेशलाई दिइएको अधिकार र नागरिकतासम्बन्धी प्रावधानलगायत संविधानका दर्जनौं विषयमा मधेशवादी पार्टीहरुको गम्भीर असहमति हुँदाहँदै पनि ती पार्टी ‘नोट अफ् डिसेन्ट’ दर्ज गर्दै संविधान निर्माणमा सहभागी हुन चाहेको देखिन्छ । ....... तर मधेशका बुद्धिजीविहरु भने मधेशी पार्टीहरुको यस्तो भूमिकादेखि सन्तुष्ट छैनन् । उनीहरुले संविधानसभामा रोस्ट्रम घेराउदेखि संविधानसभाभित्रै संविधानको मस्यौदा जलाउने र संविधानसभा परित्याग गर्नेसम्मको सल्लाह दिन्छन् । ........ ‘संविधानसभा परित्याग अन्तिम हतियार हो । मधेशी जनताको हकअधिकारविनाको संविधान पास हुँदैछ भन्ने निश्चित नभएसम्म मधेशी पार्टीका सभासद्हरुले शान्तिपूर्ण र तर्कपूर्ण दबाब दिनुपर्दछ । त्यसका लागि उनीहरुले संविधानसभाभित्र आफ्नो स्पेसलाई भरपूर सदुपयोग गर्नुपर्दछ’ ...... चन्द्रकिशोरले काठमाडौंमा संविधान निर्माणका क्रममा भइरहेको छल, कपट र बेइमानीबारे मधेशी पार्टीहरुले मधेशका जनतालाई समेत जानकारी गराउनुपर्ने र त्यसका लागि अभियान नै चलाउनुपर्ने बताए । ...... पूर्वराजदूत तथा नागरिक अभियन्ता विजयकान्त कर्ण भने मधेशीको हकअधिकारविनाको संविधान निर्माण हुने स्पष्ट भइसकेकोले मधेशी नेताहरुले संविधानसभालाई तत्काल बाइबाइ गर्नुपर्ने बताउँछन् । ... ‘संविधानसभाभित्र मधेशी सभासद्को कुनै काम छैन । उनीहरुले झोला झिँगटी बोकेर मधेश झरे हुन्छ । मधेशी नेतृत्वले काठमाडौं परित्याग गर्ने जोखिम तत्काल मोल्नुपर्दछ,’ कर्णले भने । ...... ‘कांग्रेसकै विमलेन्द्र नीधि, अमरेश सिंह र गगन थापाजस्ता नेताहरुले संविधानसभाबाटै संघीयतासहितको संविधान बन्नुपर्ने अभिव्यक्ति दिएका छन् । यसले पनि सकारात्मक परिणाम ल्याउने संकेत गर्दछ । मधेशी पार्टीका सभासद्हरुले पनि तत्काल दबाबबाटै संघीयतासहितको संविधान ल्याउने पक्षमा हरसम्भव प्रयास गर्नुपर्दछ,’ अध्येता साहले भने । ...... संविधानको अन्तिम छिनोफानो हुने बेलासम्म चौतर्फी दबाबका बाबजुद संघीयतासहितको संविधान आउने सम्भावना नदेखिए संविधानसभा परित्याग गरेर मधेशमा जानुको विकल्प नरहने साहको भनाइ छ ।


‘जब बडामहारानी मज्जाले हाँसिदिनुभो, मेरो तलव सय रुपैयाँ थपियो’
हरिवंश आचार्यले सुरुमा आफ्नो बाल्यकाल सुनाए । उनका अनुसार बा-आमाले उनलाई ठूलो पुरेत बनाउने आकांक्षा राखेका थिए । ...... तर, उनी भने बा-आमाको सपनालाई पन्छाउदै म संस्कृत विद्यालय विद्यालयबाट भागेर सिनेमा हल जान्थे । उनले अघि भने-सिनेमा घरलाई नै मैले आफ्नो विद्यालय बनाएँ । जयनेपाल चित्रघरलाई जयनेपाल माध्यमिक विद्यालयका रुपमा लिएँ । रञ्जना हल मेरो लागि रञ्जना उच्चमावि बनिदियो । विश्वज्योति हललाई विश्वज्योति विश्वविद्यालय मानेँ । ..... ती विद्यालय र विश्वविद्यालयमा मैले धेरै पढेँ । साह्रै ध्यान दिएर, मन लगाएर पढेँ । त्यहाँ मेरा गुरुहरु हुनुहुन्थ्यो जितेन्द्र, राजेश खन्ना, अमिताभ बच्चन । गुरुआमाहरु हुनुहुन्थ्यो, हेमामालिनी, सायरा बानु । ....... सैद्धान्तिक कक्षा जयनेपाल माविमा लिन्थेँ, अनि प्राक्टिकल पद्मोदयमा गर्थेँ । प्राक्टिकल पनि सित्तैमा गर्दिनथेँ । एक सिफ्टको एक रुपैयाँ लिन्थे । मेरो प्रयोगात्मक कक्षा सञ्चालन गर्ने स्थान पद्मोदयको चौर थियो । ....... म अरु विद्यार्थीलाई आफूले हेरेका सिनेमाका कथा सुनाउँथे । विथ एक्सन, विथ डायलग, विथ फाइट, विथ डान्स । एकै जनाले यति धेरै विधा सम्हाल्नु गाह्रो काम थियो । तर, आखिर काम हो गाह्रो मानेर भएन । कहिलेकाहीँ दिनमा ३-४ सिफ्टसम्मको ओभरटाइइम पनि गर्थे । ....... एसएलसीमा पाएको असफलता ..... तीन वर्ष लगातार एसएलसीको झापड खाएँ । एसएलसी गुल्टिएपछि मैले जसरी पनि पैसा कमाउनुपर्ने भयो । ...... म एकदम दुब्लो-पातलो थिएँ । स्वर पनि नछिप्पिएको मरञ्च्यासेँ थियो । मलाई नोकरको छोटो रोल प्राप्त भयो । ....... पछि त नोकरको रोलमा राम्रैसित स्थापित भएँ । जितेन्द्र दाईले त मलाई नोकरको रोल नराखी नाटक नै लेख्न छोडन्नुभो । उनले अघि भने-‘उहाँले नै पछि मलाई राष्ट्रिय नाचघरमा लिएर जानुभो । त्यहाँ पहिलोचोटी अमरसिंह भन्ने नाटकमा सानो भूमिका पाएँ । त्यो बेला राजारानीलाई नाटकहरु देखाउने चलन थियो । ........ राजाका सचिव नारायणप्रसाद श्रेष्ठज्यूले मलाई औंल्याएर यो भाई एकदम राम्रो छ है भनेर त्यतिबेलाका राष्ट्रिय नाचघरका महाप्रवन्धक नगेन्द्रप्रसाद काफ्लेलाई भनिदिनुभो । उहाँले त्यति शब्द भन्दिनाले मैले करार सेवाबाट अस्थाई सेवामा जागिर खान पाएँ । ...... पछि जितेन्द्र दाईले लेख्नुभएको ‘हाम्रो पनि कथा छ’ भन्ने नाटकमा अलि लामो र सभ्य रोल पाएँ । त्यो हेरेर बडामहारानी धेरै नै हाँस्नुभएछ । उहाँ कृपापूर्वक त्यसरी हाँसिदिनाले मेरो तलव महिनाको एक सय रुपैयाँ बढ्यो । ५-६ महिनापछि रानी फेरि नाटक हेर्न आउनुभो । फेरि कृपापूर्वक मज्जाले हाँसिदिनुभो । र, फेरि मेरो तलव एक सय रुपैयाँ थपियो । यसरी मेरो कस्तुरीको रेट मासिक चार सय रुपैयाँ पुग्यो । ....... मदन कृष्ण श्रेष्ठसँगको भेटलाई ठूलो कस्तुरी भएको मन्छे भेट्टाएको बताए । ...... ‘प्रज्ञाभवन गाइजात्रा महोत्सवमा चार वर्ष आफ्नो प्रस्तुति गरेँ । गाइजात्रा गर्ने क्रममा नै मैले अझ ठूलो कस्तुरी भएको मान्छे भेट्टाएँ । उहाँको नाम हो मदनकृष्ण श्रेष्ठ । (तालीको गड्गडाहट) मदनकृष्ण दाई र मेरो कस्तुरी मिलाएर दुई पोको कस्तुरी हुन पुग्यौं । त्यसपछि पछाडी फर्केर हेर्नुपरेको छैन ।’ .......... संसार एसएलसीमा डिस्टिसन ल्याउने र फस्र्ट डिभिजन ल्याउनेको मात्रै होइन । जस्ट पास र फेल हुनेको पनि हो । पास हुनेको मात्रै होइन फेल हुनेको पनि धेरै ठूलो आवश्यकता छ यो संसारमा । व्यवसायीक शिक्षामा हामी रुची लिदैनौं, घोकन्ते शिक्षामा मात्रै ध्यान दिन्छौं । हामीलाई खरदार-सुब्बाको जागिर चाहिएको छ । तर, एउटा डकर्मी र सिकर्मीले दिनमा १५ सयदेखि २ हजार कमाउछ । जबकी खरदार-सुब्बाको तलब घुसबाहेक १५-१६ हजार मात्रै हुन्छ । ........... धेरै पढेको मान्छेले मात्रै संसार जित्ने भए बिल गेट्स विश्वकै धनी मान्छे हुँदैनथे होलान् ।

हामी नपढेकाहरु विल गेट्सको नाममा गौरव गरौं ।

..... हामीले बनाएको अभिनन्दन सिरियलमा पुलिसले चोरलाई सम्मान गर्छ । तपाईंहरुकै कारणले हाम्रो रोजीरोटी चलेको छ भनेर ढोग्छ । चोरले लामो भाषण दिन्छ । उसले भन्छ : हामी चोरले गर्दा आज देशमा पुलिसले जागिर खान पाएका छन् । जहान, छोराछोरी पाल्न सकेका छन् । .... चोर नभएका भए झ्यालमा गि्रल नै लगाउनु पर्दैनथ्यो । हामीले गर्दा नै देशमा यति धेरै ग्रील उद्योगहरु खुलेका छन् । वेल्डिङ गर्दा कति मान्छेका आँखा चट् हुन्छन् । त्यसले गर्दा कति आँखाका डाक्टरले काम पाएका छन् । कति चश्मा पसलहरु खुलेका छन् । आँखाका डाक्टरलाई घर भाडामा दिँदा कति घरबेटीहरुले भात खान पाएका छन् । ...... हामी नभएका भए घरमा पातला-पातला गाह्रो लगाउने थिए । ठूलो-ठूलो गाह्रो लगाउनुपर्दैनथ्यो । ठूलो गाह्रो लगाउनाले कति धेरै इंट्टा उद्योगहरु खुलेका छन् । सिमेन्ट उद्योगहरु चलेका छन् । रोडा, बालुवाहरुका लागि क्रसर उद्योग स्थापना भएका छन् । रोडा-बालुवा ढुवानीका लागि गाडीहरु चलेका छन् । गाडीहरु चल्नाले पेट्रोलपम्म खुलेका छन् । पञ्चट टाल्ने वर्कसपहरु खुलेका छन् । ....... विजुली खपत नभए विद्युत प्राधिकरण बन्द हुन्छ । विद्युत प्राधिकरण बन्द भए वल्र्ड बैंक, एशियन डिभलपमेन्ट बैंकले लगानी कहाँ गर्छन् ? यिनीहरुको लगानी भित्रिएन भने डिपार्टमेन्ट स्टोरहरु कसले किन्ने ? गाडीहरु कसले चढ्ने ?

चोरहरुले गर्दा नै बैंकहरु खो ल्नुपरेको हो । नत्र मान्छेले घरमै पैसा राख्थे । बैंक नभएको भए उद्योगमा कसले लगानी गर्थ्यो ?

..... नेपालमा अहिलेसम्म जिउँदो मान्छेलाई पात्र बनाएर कसैले लेखेको छैन । मलाई पनि किताब आउने अघिल्लो दिन सुइकिन्छु कि भन्ने डर लागेको थियो । धन्न बाँचेको छु । ...... म पनि लेखक भइटोपलेको मान्छे । मेरो किताब त कस्तो भयो भने अलि साहित्य बुझेका एकजनाले पनि राम्रो छ भनेनन् । तर, कहिल्यै किताब नपढ्ने र साहित्य नबुझेकाहरुले दोहोर्‍याई तेहेर्‍याइ पढ्नुभएको पाएँ । फाइन पि्रन्ट खुशी छ । नत्र फाइनपि्रन्टका साथीहरु मलाई भेट्दा उज्याले मुख लाउनुहुन्नथ्यो होला । म पनि खुशी छु लेखक हुन पाएर । ........ कतिले त चिना हराएको मान्छे मैले लेखेको होइन अमर गिरीले लेखेको हो पनि भने । उहाँले सम्पादन गर्नुभएको हो । अब उहाँ आफैंले लेखेको किताब पढ्नुस् । यो किताब आˆनो नाइटोमा रहेको कस्तूरी नचिनेका करोडौं मान्छेहरुको कथा हो । ..... यसमा रहेको एउटा असफल पात्र, जसको अनुहार र व्यवहार मसँग मिल्छ र नाम पनि हरिवंश नै छ, उसलाई भेट्न पाए एउटा प्रहशनमा भूमिका दिन चाहन्थेँ । मदन दाइसँग कुरा गरेर ‘मह’ मा अर्को ह मिसाएर अर्को ‘महह’ बनाउन सकिन्थ्यो ।


त्रिपुरेश्वर-नागढुंगा सडक : अब यस्तो हुनेछ !

Thursday, June 18, 2015

प्रचण्ड र बाबुराम बीचको Dynamic

मलाई उनीहरु बीचको सम्पुर्ण इतिहास थाहा छैन, थाहा पाउनु जरुरी पनि छैन। तर प्रचण्ड र बाबुराम बीचको Dynamic को एउटा घटना: बाबुराम एक पटक प्रधान मंत्री भएको। त्योभन्दा अगाडि उ माओवादी संसदीय दलको नेता बन्नुपर्ने। प्रचण्ड भर्खर कटुवाल प्रकरण मच्चाएर देश विदेशमा बदनाम भएको मान्छे। उ तत्काल प्रधान मंत्री बन्ने संभावना थिएन। बाबुराम प्रचण्ड होइन तर पार्टी को मान्छे त हो, पदमा सीनियर नभए पनि विचारमा सीनियर शिक्षा दीक्षामा सीनियर। पढाई लिखाई ले फरक पार्छ त --- makes a HUGE difference  ------- प्रचण्ड को कटुवाल प्रकरण ले गर्दा नै हो पहिलो संविधान सभा तुहिएको। देश विदेशमा अनावश्यक माओवादी पार्टी प्रति शंका बढेर गयो त्यस पछि। त्यो एउटा strategic होइन मुर्ख कदम थियो। यो त विपक्ष मा बस्न रुचाउने मान्छे रै छ जस्तो लागेको। मुखले सबै ले प्रधान मंत्री बनने नै भनेको हुन्छ --- तर त्यति सजिलो कहाँ छ र सत्ता सम्हालन? राष्ट्रपति बने पछि ओबामाको कपाल फुल्यो। त्यति सजिलो होइन सत्ता भन्ने कुरा। प्रचंड लाई सत्ता हातमा आगो जस्तो भयो। कति गार्हो --- आम्मामा। अनि त्यो आगो हात बाट फाल्न उसले कटुवाल सँग र राम वरण सँग निहुँ खोज्यो। प्रचण्ड फेरि प्रधान मंत्री बन्नु पर्ने मान्छे होइन। देशको हितमा त्यो छैन।

तर त्यति बेला प्रचण्ड ले बाबुराम लाई सकेसम्म बाटो छेकेर बसेको। प्रचण्ड को त्यो व्यवहार मार्क्सवाद र माओवाद अथवा माओवादी पार्टी को strategic thinking मा आधारित व्यवहार हुँदै होइन। त्यो चाहिँ मह को एउटा जोक छ नि --- नेपाली भ्यागुता हरु लाई टोकरी को ढक्कन नै नचाहिने जोक। त्यो भ्यागुतावाद हो त्यो प्रचण्डको व्यवहार।


प्रचण्ड को इशारा बिना माओवादी पार्टी भित्र पात पनि हलिँदैन भनेको त्यो भ्यागुतावाद हो।

Investigative Journalism Sample: मिथिलामा माफियाराज (विस्तृत रिपोर्ट)