Pages

Showing posts with label goldstar. Show all posts
Showing posts with label goldstar. Show all posts

Thursday, August 27, 2026

जुत्ता, चश्मा

विपक्षी सांसदले बालेन सरकारको आलोचना गर्दा मलाई अचम्म अथवा नमजा लाग्दैन। विपक्षी सांसदको काम नै त्यही हो। तलब खाएका छन त्यसकालागि। नमजा लाग्ने भनेको आफ्नो काम नगर्दा। तर्कसंगत आलोचना गर। आफ्नो गृहकार्य गर। त्यो गरेको देखिएन। 

सत्ताधारी सांसदले आलोचना गर्दा उदेक लाग्छ। अरे बाबा, तिमीलाई त सत्तामा पुर्याएको हो। काम गर। तिमीले माग राख्ने होइन, काम गर्ने हो। आफ्नो रोल अदा गर्ने हो। 

जुत्ता, चश्मा। आम्मामा। प्रधानमंत्री ले कुन ब्रांडको जुत्ता लगाउने त्यस बारे जनमत संग्रह गर्नुपर्ने हो? अरु देशमा हुने गरेको छैन। आजसम्म कुनै राष्ट्राध्यक्ष को जुत्ताको ब्रांड को गफ भएको मलाई थाहा छैन। पहिला धनी देश बनौ। त्यसपछि त्यस किमिसको जनमत संग्रह गर्ने साधनस्रोत भएपछि जनमत संग्रह पनि गरौं। त्यति बेला मलाई आपत्ति हुने छैन। अहिले त आपत्ति छ।