Showing posts with label churiya pahad. Show all posts
Showing posts with label churiya pahad. Show all posts

Saturday, June 12, 2021

ढुंगा–गिटी

संकटमाथि ओलीको 'राज' : विपक्षीलाई तितरबितर पार्ने के छन् त अबका विकल्प? जसपाले मागेभन्दा धेरै ११ जनालाई मन्त्री बनाएर मन्त्रिपरिषदलाई पूर्णता दिन ओली बाध्य भए। बालुवाटार निकट स्रोतका अनुसार जसपामा मन्त्री आकांक्षी भएकालाई पद नदिएमा अर्को समूहमा जाने खतरा बढेपछि ओलीले सबैका लागि मन्त्री पद बाँडेका थिए। ....... उक्त समूहलाई खुसी पार्न ओलीले हाल राजनीतिमा सक्रिय नै नरहेकी बादल पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएर आलोचना खेपिरहेका छन्। ....... नेपाल समूहलाई एमालेबाट अलग हुन नदिएमा विपक्षी गठबन्धन पनि कमजोर हुने र अझै केही सयम सत्ता यात्रा कायमै रहने ओलीको बुझाइ छ। त्यसलै ओलीले आफू एकताका लागि हदैसम्मको लचक भएको सन्देश दिइरहेका छन्।

ओलीमाथि के थियो 'प्रेसर' जसले सहमतिभन्दा धेरै मन्त्री र 'मालदार' मन्त्रालय दिन गरायो बाध्य? प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बारम्बार लाग्ने आक्षेप हो - सहमति गर्ने, कार्यान्वयन चाहिँ टार्ने। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण गराउन आधा-आधा कार्यकाल प्रधानमन्त्रीमा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहने सहमति ‌ओलीले तोडेको नजिर सबैसामु छँदैछ। शक्तिमा रहँदा ओलीले यस्ता सहमति बारम्बार भत्काइरहे। तर, सत्ता टिकाउन हम्मेहम्मे हुँदै गएपछि प्रधानमन्त्री ओली यति उदार हुन पुगेका छन् कि - सम्झौताभन्दा बढी दिन पनि उनले हिच्किचाहट देखाएनन्। ........

२० जना सांसद लिएर सत्तामा बर्गेनिङमा उत्रिएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर-राजेन्द्र महतो समूहलाई १० मन्त्रालय दिन तयार भए

...... सर्वोच्च अदालतका घटनाले प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ कि भन्ने माहोल देखायो। यदि पुनर्स्थापना भइहालेमा पनि आफ्नो पक्षमा बहुमत जुटाउनुपर्ने चुनौती ओलीसामु आउनेछ। त्यही भएर राजकिशोर बिच्किएर उपेन्द्र यादव पक्षतिर जालान् कि भन्ने पिरलोले आफूसँग राखेको मन्त्रालय ओलीले राजकिशोरलाई सुम्पिनुपर्ने परिस्थिति बन्यो। ........ ‘यादवजीसँग ५ जना माननीय हुनुहुन्छ। भोलि संसद् पुनर्स्थापना भयो भने अफ्ठेरो हुन्छ। बहुमत जुटाउनुपर्छ। ५ जना माननीय लिएर (उपेन्द्र यादवतिर) हिँड्नुभयो भने त गडबड भइहाल्छ नि,' ठाकुर समूहका एक सांसद भने, 'ओलीजीले यही डरले मन्त्री बनाउनुभएको हो। पद जोगाउनलाई सबैथोक हुन्छ नि त यो देशमा।’ .........

नेपालको इतिहासमा पहिलोपटक मधेशले ११ जना मन्त्री पाएको छ





सर्वोच्चको अन्तरिम आदेश पनि एमाले एकताका लागि ‘रसायन’ नबन्ने ओली पक्ष पुनरावलोकनमा जाने, पुनरावलोकनले एकतालाई खण्डित गर्ने खनाल–नेपाल पक्षको बुझाइ ........ खनाल–नेपाल पक्षले आदेशले एमालेको नवौँ महाधिवेशनको संरचनालाई ब्युँताएको र यसले पार्टी एकता जोगिने आधार तयार भएको निष्कर्ष निकालिरहेकै वेला ओलीले पुनरावलोकनको तयारी गर्न निकट नेताहरूलाई निर्देशन नै दिएका छन् । ........ ओली पक्षले केन्द्रीय कमिटीको बहुमत संख्याबाटै विधानमा बाधा अड्काउ फुकाएर केन्द्रीय कमिटीकै काम गर्ने गरी महाधिवेशन आयोजक कमिटी गठन गरेको, त्यसैअनुसार पूर्वमाओवादी समूहका नेताहरूलाई मनोनयन गरेको र त्यही कमिटीले फ्लोर क्रस गर्ने आफ्ना प्रदेश सदस्यलाई कारबाही गरेको भन्दै यो संविधान र कानुनसम्मत भएको निष्कर्ष निकालेको छ । ........ ‘दशौँ राष्ट्रिय आयोजक कमिटी नेकपा एमालेको पार्टीको आधिकारिक संरचना होइन । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ अनुसार दल त्यागसम्बन्धी विषयमा कारबाही गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले मात्र कारबाही गर्न सक्ने व्यवस्था छ । पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनले नचिनेको संरचनाबाट गरिएको निर्णय बदरभागी छ’ ....... अदालतको यस्तो आदेशसँगै प्रधानमन्त्री ओलीले २ जेठसम्म कायम केन्द्रीय कमिटीको बैठक नराखी दशौँ महाधिवेशन आयोजक कमिटीको नामबाट त्यसयता गरेका अन्य निर्णय पनि स्वतः खारेज हुने देखिएको छ । वरिष्ठ नेता नेपाल, खनालसहित ११ सांसदमाथि गरिएको कारबाहीले मान्यता नपाउने मात्र होइन, आदेशले विपक्षी दलका नेता शेरबहादुर देउवालाई फ्लोर क्रस गरेर खनाल–नेपाल पक्षले प्रधानमन्त्रीमा मतदान गरे पनि कारबाही नहुने नजिर बस्न सक्नेप्रति ओली पक्ष सशंकित र गम्भीर बनेको छ । ........... अवैध रूपमा एकलौटी रूपले गरिएका निर्णय खारेज गरेर पार्टीलाई २ जेठ ०७५ मा फर्काउनुपर्ने आफूहरूको मागलाई अदालतको आदेशले सम्बोधन गरेको र एकताको आधार तयार भएको बुझाइमा रहेको खनाल–नेपाल पक्ष पुनरावलोकन निवेदनले त्यसलाई खण्डित गर्ने निष्कर्षमा छ । अदालतको आदेशलाई आधार मानेर एकतामा जाँदा संविधान र लोकतन्त्रको रक्षार्थ विपक्षीलाई मतदान गर्ने परिस्थिति नै नआउने अवस्थालाई ओली पक्षले नजरअन्दाज गरेर एकताको विपक्षमा खडा हुन खोजेको खनाल–नेपाल पक्षको बुझाइ छ । ......... ‘पार्टीको विधानमा महाधिवेशन आयोजक कमिटी बनाउने व्यवस्था छैन, त्यसैले दशौँ महाधिवेशन आयोजक कमिटी वैधानिक छैन भनेर हामीले तत्कालै भनेको हो र अहिले पनि भन्दै आएका छौँ । अहिले अदालतले पार्टी विधानमा, संविधान र ऐन–कानुनमै छैन भनेको छ । फेरि त्यसलाई रोक्न जाने भनेपछि नयाँ सकारात्मक परिस्थिति सिर्जना भयो भनेर कसरी मान्ने ?’ ........... २३ फागुनको सर्वोच्च अदालतको फैसलाले भनेकै कुरालाई पछिल्लो आदेशले दोहो¥याए पनि त्यसलाई मान्दिनँ भन्दै पुनरावलोकनमा जानुको अर्थ ओली पक्ष कुनै हालतमा पार्टीलाई एकताबद्ध बनाउन चाहँदैनन् भन्ने पुष्टि हुने भुसालको दाबी छ । ‘फागुन २३ को अदालतको फैसलाले नै २ जेठमा जाऊ भनेकै थियो, तर पछिल्लो आदेशलाई पनि नमान्ने भनेर फेरि उनीहरू अदालत जान्छन् भने त कुनै पनि हालतमा पार्टीलाई एक राख्न चाहँदैनन् भन्ने नै स्थापित गर्छ,’ उनले भने । पार्टी विधान, कानुन र संविधानलाई पनि बहुदलीय व्यवस्था र संसदीय प्रणालीसँग आफूअनुकूल हुने गरी मात्र व्याख्या गर्ने कुरा बेठीक भएको .........

अदालतको बिहीबारको आदेशले महाधिवेशन आयोजक कमिटीलाई नै अवैध ठह¥याएपछि खनाल–नेपाल पक्षको मागअनुसार २ जेठ ०७५ अघिको संरचनामा फर्किन ओली पक्षमाथि दबाब परेको छ ।

........ पछिल्लोपटक नेपाल र खनालसहित ११ सांसदलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्नुका साथै १२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अदालतको पछिल्लो आदेशअनुसार ओली पक्षले गरेका ती सबै निर्णयको वैधानिकतामाथि प्रश्न उठेको छ । त्यति मात्र होइन,

२ जेठ ०७५ सम्म कायम दुई सय पाँच सदस्यीय केन्द्रीय कमिटीको बैठक डाकेर मात्र बाँकी निर्णय गर्नुपर्ने अन्यथा आयोजक कमिटीका निर्णयले वैधानिक हैसियत प्राप्त नगर्ने अवस्था उत्पन्न भएको छ ।





९२ पहाड उत्खनन गर्ने सरकारी योजना : वर्षमा २३ लाख टिपर ढुंगा–गिटी निकाल्दा सरकारलाई जम्मा ९३ करोड आम्दानी १४ जिल्लामा ९२ खानी दोहन गर्दा आठ हजार दुई सय ८० रोपनी वन क्षेत्र विनाश हुने, तर त्यसबापत जम्मा एकपटक मात्र सरकारको खातामा ४१ करोड रुपैयाँ जम्मा हुने



ढुंगा, गिटी भारत पठाउन कहाँ–कहाँ फुटाइँदै छ पहाड ? डाँडाका डाँडा काटेपछि पहाडमा पहिरोले, तराईमा बाढीले विनाश ल्याउँछ : डा. विजयकुमार सिंह, पूर्वसदस्य, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति

सर्वोच्चको आदेशपछि एमालेमा माधव नेपालहरू वैध, बादलहरू अवैध

Saturday, June 05, 2021

Churiya Pahad



‘बहुराष्ट्र’ले निम्त्याएको बबाल! नेपाल विविधताले भरिएको देश भएकाले बहुल राष्ट्रिय राज्य हुनुपर्ने......... दुई राष्ट्रको सिद्धान्तकै जगमा मुहम्मद अली जिन्नाले भारतबाट पाकिस्तान अलग बनाउन सफलता पाएको ........ जापान, स्वीडेन, दि नेदरलैन्ड्स आदि देशहरु धेरै अर्थमा एक राज्य र एक राष्ट्र भएका अत्यन्तै थोरै मुलुकहरुमध्ये हुन्। तर अमेरिका, क्यानडा, भारत र विश्वका अन्य अनगिन्ति देशहरु एक राज्य तर अनेक राष्ट्र भएका मुलुकहरु हुन्। यस अर्थमा नेपाल एक बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय देश हो। ......... नारायणकाजी श्रेष्ठ .... देशभन्दा पद र सत्ता प्यारो ठान्ने कार्यकारी प्रमुखको कारण देश बर्बाद हुँदैछ,बचाऔं । ...... रवीन्द्र मिश्र ....... संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीबाट 'बहूल राष्ट्रिय राज्यका लागि मुक्ति आन्दोलनको तयारी गर्ने' अभिव्यक्ति आउनु अचम्मको कुरा होइन!

महतोकाे अभिव्यक्तिविरूद्व नेपालपक्षीय अनेरास्ववियुले आइतबारदेखि देशभर प्रदर्शन गर्ने

Friday, June 04, 2021

Fragile Chure



मानिस हामी रहौंला कहाँ, प्रकृति नरहे ! मधेसदेखि हिमालसम्म आफ्नै पैतालाले नापेर नेपाली भूगोल, प्रकृति, जनजीवन र पर्यावरण चिनेका विज्ञ हुन् श्रेष्ठ । काठमाडौं उपत्यकाको नेवारी समुदायमा जन्मे–हुर्केका उनले उपत्यकाको संस्कृति र पर्यावरणको अन्तरसम्बन्ध जति मसिनोसँग बुझेका छन्, त्यति नै गहिराइमा सिंगो नेपाली जनजीवनसँग यहाँको पर्यावरणको भूमिका पनि केलाएका छन् । नेपालको आकाशमा मडारिने बादल, विभिन्न उचाइमा उम्रने वनस्पति, त्यो पर्यावरणमा हुर्कने–खेल्ने जीवजन्तु र तीसँगै हुर्किएको विविधतायुक्त नेपाली समाज उनको अध्ययनको विषय हो । ........ उनी विज्ञानका मसिना विषय खोज्छन् र आममान्छेले बुझ्ने भाषामा लेख्छन् । ....... २०१७ देखि २०४७ सम्म वनस्पति विभागको सरकारी सेवामा रहेका उनले फ्रान्सको ग्रिनवल विश्वविद्यालयबाट विद्यावारिधि (कर्णाली क्षेत्रको वन–वनस्पति र पर्यावरणमा शोधकार्य–२०३४) गरेका छन् । ........ बजेट भाषणको साँझदेखि म ढुंगा–गिट्टी, बालुवाको निकासीबाट व्यापार घाटा न्यूनीकरण भएको दिन नेपालको स्वरूप कस्तो होला भनेर सोच्न थालेको छु । सोचिरहँदा

मेरो मस्तिष्कमा चुरे र भावरको लासमाथि लुछाचुँडी गरेर गिद्धले छाडेको लासको कंकालको रूप आउन थाल्यो ।

गिट्टी–बालुवा, ढुंगा नवीकरणीय स्रोत हुँदै होइन । ......... अहिलेको बजेट भाषणको जुन निर्णय छ, त्यो त नेपालको देह–व्यापारजस्तो भयो । एउटा यस्तो व्यापार, जसले देशलाई कंकाल बनाउँछ र जनतालाई कंगाल बनाउँछ । ........ सरकारको यो निर्णयले रूखको आफैं बसेको हाँगा छिमल्न थालेको कालीदासको सम्झना दिलाउँछ । सुन्दरलाल बहुगुणाको चिप्को आन्दोलनमा प्रत्येक रूखलाई अंगालो मारेर बसेका जनताझैं हामीले पनि समर्पित भएर सडकमा लम्पसार परि गिट्टी, बालुवाका ट्रक र ट्र्याक्टरलाई रोक्न सक्नुपर्छ ।

हाम्रो पर्यावरणीय स्थिरताको साङ्लोमा सातवटा कडी छन्– तराई, भावर, चुरे, मधेस, महाभारत, हिमाल र भोट । तीमध्ये सबैभन्दा कमजोर कडी चुरे हो । त्यो कडी चुँडियो भने सम्पूर्ण नेपाल भत्किन्छ ।

......... पूर्वराष्ट्रपति रामवरण यादवबाट थालनी भएको ‘राष्ट्रपति चुरे संरक्षण’ कार्यक्रमले पनि संरक्षणको कुनै चुरो भेट्टाउन सकेन । वर्तमान अवस्थामा चुरेकै थाप्लो–थाप्लोबाट राजमार्गको सडक चलाउने काममा ‘कमरेड मदन भण्डारी राजमार्ग’ क्रियाशील हुँदा वातावरणको महत्त्व कहाँ व्यक्त गर्ने, कसरी व्यक्त गर्ने भन्ने रनभुल्लमा छु । ....... थुप्रै कडी जोडिएर बनेको कुनै पनि साङ्लोको शक्ति त्यहाँको सबैभन्दा निर्वल कडीले निर्धारण गर्छ । त्यस अर्थमा नेपालको वातावरणीय सन्तुलनको शक्ति चुरेले निर्धारण गर्छ । भौगोलिक अवस्थितिले गर्दा मनसुन वर्षाको पहिलो प्रहार वा पश्चिमी वायुको पहिलो झोंक्का चुरेले नै थाप्नुपर्छ । ........

चुरेलाई संरक्षण दिने दक्षिणतिरको चारकोसे झाडी एवं उत्तरतिरको भित्री मधेसका वनजंगल विगत ५०/६० वर्षदेखि मानव अतिक्रमणले गर्दा अधिकांश रूपमा नष्ट भइसकेका छन् । तिनका अतिरिक्त चुरेको अनियन्त्रित उत्खननको रूप कहालीलाग्दो छ ।

....... नेपालको अन्नको ढुकुटी भनी कहलिएको तराई र मधेस पानीको अभावमा मरुभूमीकरणको दिशामा चल्दै छ । ....... चुरेलाई गरिएको अपहेलना र दोहनले हाम्रा समृद्धिका आधारहरू भत्कने पूर्णतया निश्चित छ । यसबाट केही स्थानीय जनशक्तिले तत्काल रोजगारी र व्यवसायीले मुनाफा प्राप्त गरे पनि अन्ततः त्यसले सम्पूर्ण नेपाललाई कंगाल बनाएर छाड्नेछ । ......... पछिल्ला दिन हाम्रा सेता हिमाल कालाम्मे हुँदै गएका छन् भनिन्छ । नदी–नाला सुक्दै गएका छन् । घना जंगल पातलिएका छन् । यस्तो किन भयो ? ........ ‘विकास’ भन्दै अहिले भइरहेका अव्यवस्थित सहरीकरण र अनियन्त्रित प्रदूषणले विनाश पारेको वातावरण–पर्यावरणबारे हामीले खास चिन्ता लिएकै छैनौं । मानिसले अब अत्यन्त गम्भीर भएर सोच्नुपर्छ– प्रकृति नरहे हामी पनि रहन्नौं ! ....... यहाँको वायु प्रदूषणलाई प्रथम कोटीमा राख्नुपर्छ भन्ने कुरा हालैको चैते तुँवालोले प्रस्टाएको छ ।

मानिसको स्वास्थ्यमा अक्सिजनको महत्त्व कस्तो छ भन्ने पाठ कोभिड–१९ ले उजागर गर्दै छ ।

............ जाडो याममा यस उपत्यकामाथि चिसो हावाको तहले बिर्को लगाइदिएर ‘थर्मल इन्भर्सन’ को अवस्था सृजना हुन सक्छ । त्यस अवस्थामा मानिस, पशुपन्छी निसास्सिएर अक्सिजनको अभावमा मर्नुपर्ने हुन्छ । ......... गत वर्षको तुँवालो र डढेलोले काठमाडौं उपत्यका प्रदूषित वायुको विष–प्याला बन्न पुग्यो । यसले संसारका प्रदूषित सहरमध्ये शीर्ष स्थान ओगट्यो । ......... तीन हजारभन्दा बढी ठाउँमा डढेलो सल्केको देखियो । डढेलोले राष्ट्रिय विपत्तिको रूप लियो । ............

कवि भूपि शेरचनसँग निकै गफगाफ चल्थ्यो । गफगाफमा मैले उहाँसँग सोधें, ‘राजनीति के हो र कसरी गरिन्छ ?’ उहाँले भन्नुभयो, ‘हेर्नोस् तीर्थजी त्यो सजिलो छ । बाँचेका नेताहरूलाई मुर्दावाद र दिवंगत नेतालाई जिन्दावाद भन्दै हल्ला गर्ने– भैगयो राजनीति ।’

........ ‘हिमाल’ खबरपत्रिकामा ‘विज्ञान–विचार’ स्तम्भ लेख्न थालेपछि पाठकको धेरै माया पाएको छु । सरकारी सेवाका प्राविधिक कर्मचारीलाई प्रकृति संरक्षणको पक्षमा दह्रोसँग उभिन केही लेखहरू सहयोगी बनेको पनि मैले अनुभव गरेको छु । ......... स्वामित्वबिनाको सहभागिता र सहभागिताबिनाको स्वामित्वले प्राकृतिक सम्पदा र वातावरणको संरक्षण हुन सक्दैन । सामूहिक स्वार्थको पक्षमा जनसहभागिता सजिलै जुट्छ । निजी स्वार्थको पक्षमा जनसमर्थन र सहभागिता खोज्नु व्यर्थको अभ्यास साबित हुन जान्छ । वातावरण जोगाउने विषयमा हाम्रो निजी काम, कर्तव्य र व्यवहारले अहं भूमिका खेल्न सक्छ । निजी वन, निजी वाटिका वा कृषि फर्म, माछापालन, फलफूल खेती तथा यस्तै गरी निजी होटेल, रेस्टुराँ, रिसोर्ट, आवास क्षेत्रले पनि वातावरणलाई हरियो–भरियो बनाउने काम गर्न सक्छ ।


योगेश भट्टराईले भने - एकताको प्रयासमार्फत् पार्टी कब्जा गर्ने नीतिलाई आत्मसमर्पण भन्न मिल्दैन ‘एकता आत्मसमर्पण होइन। एकता ओलीको स्वेच्छाचारिता स्वीकार गर्नलाई पनि होइन, विधिबाट र प्रक्रियाबाट संगठन चलाउन पार्टी कब्जा गर्नका लागि हो।’ ...... ओली पक्षसँगको वार्तामा सहभागी अर्का नेता विष्टले वार्ताको प्रयासलाई कमजोरीका रुपमा बुझ्न नहुने बताएका थिए।

एन्टिजेन परीक्षणको पोजिटिभ दर पनि ३१ प्रतिशत विज्ञ भन्छन्– ‘समुदायमा परीक्षण गर्दा एन्टिजेन पोजिटिभ आउनु गम्भीर विषय हो’

शीर्ष नेतामाथिको कारबाही फिर्ता नलिएसम्म नेपालसमूहले ओलीपक्षसँग औपचारिक वार्ता नगर्ने




The Straw Man of Tibet-Xinjiang Equivalence: A Response the experience of ordinary Tibetans, who are routinely deprived of their freedom of expression, movement, religion and assembly. .......... Freedom House has ranked Tibet as one of the least free places in its 2021 “Freedom in the World” report, assigning it a combined score of 1 out of a possible 100 for civil liberties and human rights –– by comparison, Syria scored 1/100 and North Korea scored 3/100 ......... Chen Quanguo, the architect of the Uyghur internment camps, was deploying against the Uyghurs the tools of tyranny he had sharpened in Tibet ......... Tibet served as a laboratory of repression for Chen’s dystopian vision ........ In the voluminous literature on the strategy of conflict, coercion is said to operate when the threat of retaliation plays a role in getting someone to do something against their will. The direct use of brute force is not necessary for coercion to obtain; the threat of punishment often lurks in the shadows without ever appearing onstage. ...........

in the highly repressive climate of Tibet, the line between choice and coercion is extremely blurry

..... Photos of the Dalai Lama have long been banned in monasteries and homes, but now Chinese authorities are seeking to expunge him altogether from Tibetan Buddhism, which goes far beyond merely “insulting the Dalai Lama.” (To understand what Tibetan Buddhism without the Dalai Lama might actually mean, imagine the Catholic Church without the Pope.) ........... Whereas once the monastery used to be a liminal space relatively impervious to the state, now it is a panopticon filled with surveillance cameras watching the monastics at all times. Instead of spending their day studying the scriptures, monks and nuns are forced to attend political indoctrination programs and immerse themselves in Xi Jinping thought, which can hardly be called a “popular adaptation” of what the Buddha taught. .......... Even more pernicious than Beijing’s attack on Buddhism is its assault on the Tibetan language, a campaign that bears all the hallmarks of a multigenerational project to render a language dead and thus eliminate a people’s identity. ........... What Beijing calls “bilingual education” is more accurately described by the International Tibet Network as a “cradle to grave” education system, where “new methods of 'controlling minds' have been imposed from an early age, with Tibetan toddlers increasingly being subjected to ideological education in hundreds of new and expanded kindergartens across Tibet.” ........ A Tibetan toddler, after attending the “bilingual kindergarten” for a couple of months, came home one day speaking only in Chinese. Her parents were horrified when they realized that their daughter could no longer communicate with her grandparents, who spoke only Tibetan. ........... if children inherit genes from their parents, they inherit culture from their grandparents ........ the vast and growing network of state-led “bilingual kindergartens,” which permanently damage the children’s relationship with their grandparents, are clearly designed to stem the intergenerational transmission of culture and fundamentally reconfigure Tibetan identity. ....... Tibet remains an information black hole. Even North Korea, the hermetically sealed nation, has allowed the Associated Press and the Agence France-Press to establish bureaus on the ground, but

there is not a single foreign reporter in Tibet

. .......... Beijing uses big-data technology of surveillance and state-of-the-art infrastructure of repression –– including the “convenience police stations” and the “double-linked households system,” innovated by Chen Quanguo during his tenure in Tibet –– to keep Tibetans, much like Uyghurs, in a general state of fear. ........ Calling its ethnic unity education “an engineering project of the soul,” Xi Jinping’s China aims for nothing less than to “transform ethnic cultures and identities” as a permanent solution to what it views as the two biggest challenges to its cultural unity and political stability: Tibet and Xinjiang. ......... To conclude, imagine a detective who, after failing to find a gun or a knife in the house of an abusive husband, decides that his battered wife calling for help has no reason to fear for her life. When, in fact, any number of items in the house can be retooled into a deadly weapon. ........... as China wages its multifaceted campaign to displace Tibetan language, erase Tibetan Buddhism, and relocate the nomads from the grasslands into the ghettos, Tibetans get the unmistakable feeling that their culture is undergoing death by a thousand cuts. There is no single policy that destroys a people, no single bullet that kills a culture. It is the totality of state policies and strategies whose interaction creates a complex process that ultimately chokes a culture and lowers it into its coffin, not overnight but over time.

Thursday, June 03, 2021

मधेसवादी का लागि उपयुक्त बाटो को खोजी

संसद पुनर्स्थापना हुन्छ 

त्यति स्पष्ट छ। उपधारा (३) बाट एकै चोटि छलांग मारे केपी ओली ले उपधारा (७) सम्म। अदालत ले फर्काइदिन्छ। माधव पक्षका मनोनीत सांसद हटाए। त्यहाँ आफ्नो मान्छे मनोनीत गर्ने होला। महंथ पक्ष ले जसपा नै समाउने हो। संसद पुनर्स्थापना भएर जसपा संसदीय दल ब्यूँतने हो। मुद्दा को होइन जुँगा को लड़ाइ चलेको छ जसपा भित्र। होइन भने मोटामोटी महंथ को लाइन नै ठीक छ। महंथ राजेंद्र को संसद पद खोसेर पार्टी कब्ज़ा गर्ने दाउ देखियो उपेंद्र यादव को। त्यति सजिलो छैन। कोरम नपुगेर बसेको बैठक। अर्को अध्यक्ष को उपस्थिति छैन। उपेंद्र जी ले बाबुराम समाएको वेदानन्द झा लाइन जस्तो देखियो। अहिले पनि बाबुराम खुल्लमखुल्ला भन्छ, राजनीतिक लड़ाइ सकियो अब सिर्फ विकासको मुद्दा बाँकी छ। अर्थात संविधान संसोधन को उ विरोधी। त्यो बाबुरामको पुच्छर बनेर चल्छ मधेसमा राजनीति? मुद्दा क्रमगत सम्बोधन भएको सही हो। दुई तिहाइ बाट झरेर ९३ पुगेकोले सम्बोधन गरेका ओली ले। 

उपेंद्र यादवको आदेश महंथ ठाकुर ले मान्नुपर्ने जस्तो सोंच देखियो। प्रथम फोरम देखि नै आरोप लाग्ने गरेको। उपेंद्र यादवमा तानाशाही प्रवृति छ भनेर। अहिले उदांग भएको छ। त्यो चल्ने अवस्था छैन। यो उपेन्द्रजी सीपी मैनाली को बाटो लागे जस्तो देखियो। 

यो त दुई गलत मान्छे मध्ये एक छान्नुपर्ने बाध्यता छ। त्यस मध्ये एक ले मुद्दा सम्बोधन गरेको छ। अर्कोले त मुद्दा बारे छलफल पनि गर्न चाहेको छैन। महंथ नगदमा डील गर्ने ओली सँग, उपेंद्र फ़ोकट मा देउबा सँग। त्यो अवस्था छ। ओली पनि देउबा पनि महंथ को नाम पनि सुन्न चाहेको छैन। प्रधान मंत्री आफै बन्ने इच्छा छ। छरस्पष्ट छ। र त्यो त एजेंडा पनि होइन। 

संविधान संसोधन भन्दा सय गुणा ठुलो मुद्दा: चुरिया पहाड़ दोहन को माफियाकरण 

राजस्थान बाट युरोप पुग्छ चट्टान। व्यवस्थित ढंग ले, कानुन को दायरा भित्र रहेर, वातावरण मैत्री ढङ्गले गर्न मिल्छ, तर त्यो ठाउँ महाभारत पर्वत हो, चुरे होइन। बजेट भाषण ले देशको राजनीति को केन्द्रमा ल्याएको यो चुरे दोहनको मुद्दा ले महंथ-राजेंद्र लाई १८० डिग्री दिशा परिवर्तन गर्न बाध्य पार्न सक्नुपर्छ। मधेश मरुभूमि बन्छ भने त्यो मरुभूमि को नागरिकता को के काम? 

ओली सँग सहयात्रा गरेर संविधान संसोधन गर्न पनि जसपा एक ढिक्का नै हुनुपर्ने। चुरे दोहन को माफियाकरण को यो मुद्दा त जीवन मरण को सवाल हो। यो मधेसी को जेनोसाइड को प्रयास नै हो। यस्तो मुद्दा मा पार्टी एक ढिक्का हुन सक्दैन भने जाओ चुल्लु भर पानीमें डुब मरो दोनों भन्नुपर्ने हुन्छ। 





कसले पाउला जसपाको आधिकारिकता ? आयोगका प्रवक्ता श्रेष्ठले ठाकुर र यादव दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा कागजात पेस गर्न पत्र पठाइएको जानकारी दिए। उनका अनुसार कुनै राजनीतिक दलको विवरण हेरफेर गर्नुपर्ने भए अनुसूची १८ बमोजिमको ढाँचाअनुसार निर्वाचन आयोगमा लेखिपठाउनुपर्ने व्यवस्था छ। ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी बैठकको हस्ताक्षरसहितको निर्णयको प्रतिलिपि पठाउन भनिएको उनले बताए।  ........ एकीकरण हुँदाको अवस्थामा कार्यकारिणी समितिमा ठाकुर पक्ष हाबी थियो। तर, नेता महेन्द्रराय यादव अर्कातिर लागेपछि केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ। भने विघटित सांसदमा ठाकुर पक्षको बहुमत छ। कार्यकारिणी समिति ५१ सदस्यीय छ। विघटित प्रतिनिधिसभामा ३४ सांसद थिए। ....... ओली नेतृत्वको सरकारप्रतिको दृष्टिकोणका कारण जसपा विभाजनको अवस्थामा पुगेको हो। ठाकुर पक्ष आफना माग, मुद्दा सम्बोधन भइरहेकोले ओली सरकारको पक्षमा छ भने यादव पक्ष ओलीलाई प्रतिगमनको नायक भन्दै आएको छ।

चुरेबारेको निर्णय सच्याउन केन्द्र सरकारलाई प्रदेश २ का मुख्यमन्त्रीको चेतावनी मुख्यमन्त्री राउतले केन्द्र सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा समावेश भएको ढुंगा, गिटी, बालुवा निकासी गर्ने कार्यक्रम हटाउन भनेका हुन्। यो कार्यक्रम नहटाए प्रदेश २ ले चुरे संरक्षणका लागि आवश्यक निर्णय लिने चेतावनीसमेत राउतले दिएका छन्। .......  चुरे दोहनले तराईको बासस्थान गुम्ने उनको भनाइ छ । देशकै अन्न भण्डारको रुपमा रहेको तराई मरुभूमी हुने भन्दै सरकारलाई सचेत गराएका छन् । उनले यो निर्णयले जनताको बिल्लीबाठ हुने निश्चित भएको भन्दै विरोध जनाएका हुन्। ...... ‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ। चुरे दोहनले सबै प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने निश्चित छ,’ राउतले सार्वजनिक गरेको विज्ञप्तिमा भनेका छन्, ‘सरकारको यस्तो अदुरदर्शी निर्णयले प्रदेश नम्बर २ बाट ढुंगा, गिटी, बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डारका रूपमा रहेको भू–भाग मरूभूमिकरण भई शतप्रतिशत जनताको विल्लीबाठ हुने निश्चित छ।’ 

भारतलाई नै सहायता दिने गरी बंगलादेशले कसरी गर्‍यो तिब्र आर्थिक विकास ? यसै साताको सुरुमा बंगलादेशले श्रीलंकालाई २०० मिलियन डलर सहायता गर्न सम्झौता गरेको छ । उक्त सहायता आर्थिक र स्वास्थ्य संकट झेल्दै गरेको श्रीलंकाका लागि ठूलो मद्दत पुगेको बताइन्छ । ........  बंगलादेश भने त्यस्ता ४० देशको समूहमा परेको छ जुन देशहरुले भारतलाई कोरोनाको दोस्रो लहरविरुद्ध जुध्‍न राहत सहायता पठाएका थिए । मे १८ मा बंगलादेशले विभिन्न २ हजार ६ सय ७२ बक्स एन्टि भाइरल ड्रग्स र कोभिड नियन्त्रक सामग्रीहरु भारतलाई हस्तान्तरण गरेको थियो । त्यसभन्दा पहिले मे ६ मा नै ढाकाले भारतलाई १० हजार भायल्स रेम्डेसिभिर पठाएको थियो । .......  “पाकिस्तानका वर्तमान सरकार सहित हरेक सरकारले भीख माग्‍ने कचौरा लिएर विश्वभर गएका छन् । २०२० मा बंगलादेशको जिडिपी पाकिस्तानको भन्दा झण्डै दोब्बर होला भन्ने कुरा २० वर्षअघि सोच्न पनि सकिँदैनथ्यो । यदी यस्तै रुपमा अगाडि गयो भने बंगलादेश २०३० मा आर्थिक रुपमा पावरहाउस बन्नसक्छ । यदी पाकिस्तानले यस्तै निराशाजनक अवस्थालाई जारी राख्यो भने अब २०३० मा हामीले बंगलादेशबाट आर्थिक सहायता खोज्ने सम्भावना छ । ......... बंगलादेशको आर्थिक उन्नतिको मुख्य कारण भनेको बंगलादेशले यूरोपेली संघको प्राथमिकता योजना (GSP)कार्यक्रम र अन्य व्यापार प्राथमिकताहरूबाट लाभहरू लिन गर्न जारी राखेको छ। ......  बंगलादेशले ईयूको जिएसपी स्किमबाट नियमित रुपमा आर्थिक लाभ लिन सक्षम रह्यो । जसबाट ढाकाले प्रसस्त राजस्व कमाउन सफल बन्यो । यससँगै बंगलादेशले रेमिटेन्सबाट पनि राम्रो रकम कमाउने गरेको छ । ........  बंगलादेशले आन्तरिक रुपमा रेमिटेन्स मात्रै २०० बिलियन डलर कमाउँछ । साथै २०२१ मा मात्रै बंगलादेशले विदेशी मुद्रा भण्डारबाट ४५ बिलियन डलर कमायो । ...... बंगलादेश हाल आसियानका ठूला देशहरूसँग व्यापार गरिरहेको छ ।

‘सेटिङ’ मिलाएर खोला दोहन ठूला यन्त्र प्रयोग गरेर खोला खन्न पाइँदैन। महोत्तरीको बर्दिबास नगरपालिकाले संघीय सरकारले बनाएको कानुनलाई लत्याउँदै दोजर, जेसीबी, स्काभेटरजस्ता हेभी मेसिन प्रयोग गरी ठेकेदारलाई रातु खोला खन्न वैधानिक निर्णय गरेको छ। बर्दिबासको महोत्तरी र धनुषाको साँधमा पर्ने रातु खोलाको दोहन चरम सीमा पुगेको छ। किसाननगरदेखि पशुपतिनगरसम्म झन्डै ७ किलोमिटर लम्बाइ चार जना ठेकेदारले जनप्रनिधिलाई प्रभावमा पारेर उपकरण प्रयोग गरेर खोला खन्न डेढ महिनाअघि निर्णय गराएका थिए । ........  बर्दिबास नगरपालिकाले वातावरण प्रभाव मूल्यांकन गरेर खोला उत्खनन गर्न ठेक्का दिएको छ। रोजगारीमूलक जनशक्ति प्रयोग गरेर ३ फिट गहिरोबाट नदीजन्य सामग्री निकाल्नुपर्ने हो। तर, चुरेको भावर क्षेत्रलाई गम्भीर असर पर्ने ठूला यन्त्र प्रयोग गरेर १० फिटसम्म खाल्टो खनेर ठेकेदारले खोलामा चरम दोहोन गरिरहेका छन्। तर, बर्दिबास नगरपालिकाले उनीहरूलाई कारबाही गर्न आँट गर्दैन। मेयर विदुरकुमार कार्की खोलामा अनुगमन गर्न जान्छन्। सम्झाएको झैं नाटक मञ्चन गर्ने गरेका स्थानीयहरू बताउँछन्। ........ खोलाको दोहोन किसानको गाँस खोसिँदै गएको छ भने जनता तटबन्ध धरापमा परेको छ। चुरेको भावर क्षेत्रको दोहोनले किसाननगरका किसान मनोज साहलाई हातमुख जोड्न कठिन बन्दै गएको छ। बालीनालीको उत्पादन हात पार्न उनलाई फलामको चिउरा चपाउनु परेको छ। रातु खोलाबाट जोडिएको नहरलाई जथाभावी उत्खनन गरेर क्रसरवालाले उनको खेतमा पुग्ने सिँचाइको पैनीलाई  भताभुंग बनाइदियो। उनी कृषि खेतीबाट पलाय हुने अवस्था आएको छ। .........  उत्खननले उनको उर्वरभूमि मरुभूमि बन्दै गएको छ। अझ  वर्षायाम सुरु भएपछि साह र उनको परिवारले कयौं रात खोलाको बाढी हेरेरै जाग्राम बस्नुपर्ने उनको बाध्यता छ। ....... ‘नियमित सिँचाइ हुने ठाउँमा क्रसर उद्योग र ठेकेदारहरूले बालुवा गिट्टी उत्खनन गरेर खाल्टो बनायो।’ उत्खननका लागि गरिने खोलाको वातावरण प्रभाव मूल्यांकनको ठाडो उल्लंघन रातु खोलामा भइरहेको छ। तर, भरपर्दो अनुगमन प्रणाली र जनताको जीवन रक्षाको सवाल प्रहरी, प्रशासन र सरकारको प्राथमिकतामा परेको छैन। बरु, उनीहरूले ठेकेदारलाई नै सघाउँछन्। .......  चुरे माफियाहरूलाई खोलामा दसैं आए जस्तो छ। ...... प्रदेश २ का रातु, बाँके, कमला, बागमतीजस्ता दर्जनौं खोलामा चरम दोहन छ। अनियन्त्रित दोहनलाई निरुत्साहित गर्न ‘ढुंगा गिटी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ नेपाल सरकार मन्त्रिपरिषद्ले जारी ग¥यो। त्यो मापदण्ड स्वयं बर्दिबास नगरपालिकाले नै मानेको छैन। कार्यपालिकाको बैठकबाट मेसिन प्रयोग गरेर ठेकेदारलाई खोला खन्न दिने निर्णय गरिएको बर्दिबास नगरपालिका मेयर विदुरकुमार कार्की बताउँछन्।


Wednesday, June 02, 2021

ओली को चुरे संहार को प्रस्ताव नरसंहार स्तर को हो

अहिलेसम्म मधेसी पार्टी हरुले उठाउँदै आएको मुद्दा मानव अधिकार स्तरको हुने गरेको छ। तर ओली को चुरे संहार को प्रस्ताव नरसंहार स्तरको हो। कुनै पनि हालतमा ओली लाई समर्थन गर्नुहुन्न भन्ने उपेन्द्र यादवको अड़ान गलत मानिएको छ। तर जेसुकै भए पनि, ओली ले जेसुकै गरे पनि ओली लाई समर्थन गर्ने अड़ान गलत मात्र होइन घातक नै हुन सक्छ। पार्टी भित्र संवाद हुनु जरूरी छ। घनीभुत छलफल। 

उपेन्द्र यादव ओली सरकारमा सहभागी भएको प्रतिनिधि सभा विगठन अगाडि हो। संविधान लाई मिचेर प्रतिनिधि सभा विगठन को सिफारिस बहुत अशुभ संकेत हो। त्यो भन्न खोजिएको हो शायद। त्यो पनि दुई दुई पटक। 

सन २००७ को मधेसी क्रांति सन २००६ को लोकतान्त्रिक क्रांति भन्दा अगाडि गर्न सकिँदैनथ्यो। लोकतंत्रको रक्षा प्रथम कर्तव्य हो नै। संवैधानिक निकाय हरुमा आफ्नो मान्छे ठुस्ने देखि लिएर पार्टी भित्र जीहजुरी को संस्कृति निर्माण गर्ने सम्म का काम हुँदै आएका छन। आफ्नै पार्टीका संस्थापक सदस्य हरु लाई पाखा लगाउने ले मधेसी हरु लाई काखा लगाउलान भनेर शायद सोच्न सकिन्न। 

जसपा एक ढिक्का भएर कदम कदम मा सर्वसम्मत निर्णय गर्दै जानुपर्ने बेला हो यो। चुरे को वन मासेर सुर्य बहादुरले देश लाई थप १० वर्ष अध्यारोमा राखेकै हुन। चुरे नै मासेर ओली देश लाई निर्वाचित तानाशाह दिन सक्षम र उद्यत देखिन्छन। अर्को १० वर्ष जाला। 

शंका गर्नुपर्ने ठाउँ प्रशस्त छ। जसपा पार्टनर हो भने संसद विगठन गर्नु अगाडि जसपा लाई सोध्न सकिन्थ्यो। सोधिएन। नागरिकता को सवालमा पनि र थारू सँग मातृभाषामा शिक्षा को कुरामा पनि संविधान मा भएको कुरा लाई कॉपी पेस्ट गरेर के के न दिए जस्तो गरिएको छ। रेशम रिहा गर्ने वाचा गर्ने तर खुसुक्क कानुनी प्रक्रिया पुर्याएर गर्ने भनिएको छ। त्यो भनेको तत्काल नछोड्ने नै भनेको हो निर्दोष मान्छे लाई। 

ओली को चुरे संहार को प्रस्ताव खतरा को घंटी बजाउने खालको छ। यस्तो बेलामा पनि बसेर घनीभुत छलफल गर्न नसक्ने हो जसपा ले भने मधेसको जनता प्रति विश्वासघात हुनेछ। पार्टी भित्र संवादहीनता अचम्मको छ। यो सामान्य अवस्था होइन। महामारी। त्यस माथि कृत्रिम र अनावश्यक राजनीतिक महामारी। र अब आएर चुरे माथिको प्रहार। 

वातावरण माथि अनवरत मानव जाति ले हमला बोलेको ले नै यो महामारी आएको हो। चुरे माथि को प्रहारले महाविनाश निम्त्याउने हो। 

यस्तो अवस्थामा पनि जसपा ले एकता प्रदर्शन गर्न नसके मधेसी अधिकार को लागि लड्ने पार्टी होइन कि जसपा जुँगा को लड़ाइ लड्ने हरु को जमघट रहेको जस्तो देखिनेछ। 



"हाम्रो गाउँमा एकै दिनमा चार जनासम्म मरेको रेडर्क बनेको थियो। ...... करिब ६ हजार जनसंख्या रहेको हाम्रो गाउँको प्रत्येक घरमा पुगेर हाम्रो टीमले समान्य चेकजाँच गर्दै कोरोनाको लक्षणसँग मिल्दोजुल्दो व्यक्तिहरुको तथ्यांक तयार गरेको थियो। र, ती मध्ये ९० प्रतिशतको कोरोना परिक्षण गाउँमै भएको छ। जसमा झण्डै १७ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको हो। ...... गाउँका व्यापारी, भद्रभलादमी र बैदेशिक रोजगारमा रहेका गाउँलेहरुको आर्थिक सहयोगको ओइरो नै लाग्यो। उहाँहरुले अपेक्षाभन्दा पनि धेरै सहयोग गर्नु भएको छ। स्थानीय बुद्धिजिबी, कर्मचारीहरुको पनि उल्लेखिय सहयोग र विश्वास रहेको छ।"









बेताले अभिनेताका चर्तिकला सर्वेसर्वा शर्मा ओलीको विस्थापन राजनीतिक संवैधानिकताको ‘आवश्यकताको सिद्धान्त’ अनुसार हुन्छ वा संवैधानिक राजनीतिको प्रतिस्पर्धाको खेलद्वारा भन्ने कुरा आन्तरिक परिस्थितिभन्दा पनि बाह्य खेलाडीहरूको शक्ति सन्तुलनबाट निश्चित हुने सम्भावना बढी छ । .......... इतिहासविद् एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले गर्दै एक पटक अत्यन्त गम्भीरतापूर्वक भनेका रहेछन्, ‘अन्य प्रधानमन्त्रीजस्तो होइनन् केपी ओली, उहाँलाई सम्पूर्ण शास्त्र, तन्त्र, रामायण, महाभारत, गीता सबै कण्ठ छ, कुनै पनि पण्डितले प्रधानमन्त्री ओलीसँग गएर प्रतिवाद गर्न सक्दैन । कुनै पनि इन्जिनियरले, मेडिकल डाक्टरले उहाँसँग बहस गर्न सक्दैन ।’ .......... स्वशिक्षित (अटोडाइडाक्ट) व्यक्तिलाई भने त्यस्तो कुनै बन्देजले छेक्न सक्दैन । तिनले आफूखुसी ‘गैंडा’ शब्दको प्रामाणिकता स्थापित गर्न सक्छन् । पुर्खाहरूका ‘जेनेटिक मेमोरी’ बारे विद्वत् प्रवचन दिन सक्छन् । बेसार र बेलौतीका पातको चिकित्सकीय महत्ता दर्साउन सक्छन् । मनोगत तवरले पदीय मर्यादाका सीमा तोक्न सक्छन् । स्वशिक्षित व्यक्तिका अभिव्यक्ति स्वतः पुष्टि भएको मानिनुपर्छ, किनभने तिनका बेसारे तर्कलाई शास्त्रार्थको विषय बनाउन सकिँदैन । ..........

पारिवारिक अवस्था वा परिस्थितिजन्य बाध्यताले गर्दा बेलैमा औपचारिक शिक्षा हासिल गर्न नसकेको गहिरो कुण्ठा भने उनका अनियन्त्रित अभिव्यक्तिहरूमा सहजै देख्न सकिन्छ ।

चिकित्साशास्त्रको उच्च शिक्षा हासिल गरेका तत्कालीन राष्ट्रपति रामवरण यादव उनका लागि ‘सुई घोप्ने’ ठहरिएका थिए । उनी बुद्धिजीवीलाई ‘थला पार्ने’ चेतावनी दिन्छन् । लोकसेवा दिएर सरकारी सेवामा लाग्ने मध्यमवर्गको अतृप्त तृष्णाले गर्दा होला, ‘राज्यको पेन्सन खाएर’ स्वतन्त्र भएर बोल्नेहरूले उनलाई उत्तेजित तुल्याउने रहेछन् । केही पूर्वन्यायमूर्तिहरूको नैतिक शक्तिबाट अतालिएर उनी तिनलाई ‘सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने’ समूह ठहर्‍याउँछन् । उनको विपक्षमा बहस गर्ने कानुनवेत्ताहरूलाई ‘कालो कोटधारी केही व्यक्ति’ भनेर खिसी गर्छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथग्रहण समारोहको बीचमा सार्वजनिक तवरले जान्ने भएर ‘त्यो पर्दैन’ भन्दै औपचारिक पाठलाई आफैं सच्याउँछन् । र, उनै फेरि आफ्ना अग्रज, सहकर्मी एवं समवयी व्यक्तिहरूलाई भाषिक मर्यादा सिकाउन पनि पछि पर्दैनन् । .......... परम्परागत मैथिली नाटकहरूमा ‘लबरा’ भन्ने चरित्र हुने गर्थ्यो । संस्कृत नाटक परम्पराको विदूषकजस्तै मैथिली रंगमञ्चमा लबराले दर्शकलाई हँसाउनुका साथै जीवनका विरोधाभास एवं कटु यथार्थहरूसँग पनि साक्षात्कार गराउँछ । सर्वेसर्वा शर्मा ओली अपवाद नभएर आफ्ना नृजातीय प्रवर्गका आदर्श प्रतिनिधि–पात्र मात्र हुन् । त्यस यथार्थलाई हृदयंगम गर्नासाथ समसामयिक राजनीतिका विडम्बनाहरू स्वाभाविक लाग्न थाल्छन् । .........

प्राकृतिक महासंकटलाई अवसरका रूपमा उपयोग गर्न गोरखा भुइँचालो परकम्पहरूका बीच सन् २०१५ को जुन महिनामा सोह्रबुँदे षड्यन्त्र रचिएको थियो ।

साक्षी किनारा सदर गर्ने पारामा पुछारमा दस्तखत गरेका विजयकुमार गच्छदार अहिले राजनीतिक मूलधारबाट बाहिर परेका छन् । दिवंगत सुशील कोइरालाको उपयोगिता उनी जीवित छँदै समाप्त भइसकेको थियो । सामाजिक स्वीकार्यता हासिल गर्न सहर्ष आफ्ना राजनीतिक कार्यसूची परित्याग गरेका पुष्पकमल दाहालको स्थिति अहिले सन्त कबीरका अधीर गृहस्थको जस्तो भएको छ— ‘संसारी से प्रीतडी, सरै न एको काम / दुविधा में दोनों गये, माया मिली न राम ।’ उनले आफ्नो नृजातीय मुख्तियारका रूपमा सहर्ष स्वीकार गरेका व्यक्तिसँग अहिले माया र राम दुवै छ भने उनी आफूजस्तै केही हताश राजनीतिकर्मीहरूका साथ सडकमा बसेर ‘हामी यहाँ छौं’ भन्दै कमजोर उपस्थिति दर्साउन बाध्य छन् । जस्तोसुकै प्रतापी पात्र पनि आफ्ना छनोटहरूको प्रभावबाट सर्वथा मुक्त रहन सक्दैन । मधेसी र जनजातिलाई तिनको ‘ठाउँ देखाउन’ रचना गरिएको सोह्रबुँदे षड्यन्त्रले अन्ततः एकताकाका प्रचण्ड राजनीतिकर्मीलाई समेत तिनको आफ्नो ठाउँमा पुर्‍याइदिएको छ । ............. सर्वेसर्वा शर्मा ओली प्रतिगमनका रचयिता नभएर राजनीतिक उत्पाद हुन् भन्दा हुन्छ । शासन व्यवस्थाको कार्यकारी अधिकारलाई स्थायी सत्ताको अवयव रहेको सर्वोच्च अदालतका पदासीन प्रधान न्यायाधीशलाई सुम्पिएपछि संसदीय सर्वोच्चता स्वतः समाप्त भएको थियो । .......... समसामयिक नेपालमा संविधान भन्ने पुस्तकको उपयोगिता ‘जसले हान्यो, उसले जान्यो’ भन्ने जंगबहादुरको उक्तिमा अन्तर्निहित भावजस्तै अर्थ्याउने व्यक्ति वा संस्थाको अग्रसरतामा निर्भर हुन पुगेको छ । पञ्चायतकालमा ‘माथिको’ निर्देशभन्दा तिनको आशय ठम्याएर अदालतले फैसला सुनाउने गर्थ्यो । पुराना परम्पराहरू रातारात बिलाएर जाँदैनन्, एवं तिनको अवशेषबाट मुक्ति पाउन लामो कालसम्म संघर्ष गर्नुपर्ने हुन सक्छ । ........... पूर्ववर्ती सभाले व्यापक बहसपश्चात् निर्धारण गरेका मापदण्डहरूलाई रद्दीको टोकरीमा मिल्काएर दलीय निर्देशको भरमा छलफलबेगर संविधान जारी गर्ने संसारको एक मात्र गणतान्त्रिक देश नेपाल नभए पनि तुलनीय उदाहरण खोज्न अनुसन्धानकर्मीहरूलाई कठिन भने पक्कै हुनेछ । ............

दिउँसो सदनमा आफ्नो बहुमत छैन भनी सार्वजनिक घोषणा गर्ने व्यक्तिले बेलुका बहुसंख्यक सांसदको समर्थन रहेको दाबीका साथ राष्ट्रपतिलाई मध्यरातमा संसद् विघटनको घोषणा गर्न लगाउन सक्ने

........ नेपाली राजनीतिको घटनाक्रमको नैराश्य, विषाद एवं निरर्थक ऊर्जाको क्षयलाई बरु शेक्सपियरका कालजयी पंक्तिहरूले समेट्छन्— ‘जीवन एउटा कथा हो/कुनै बेवकुफद्वारा सुनाइएको, ध्वनि र रोषले सरोवर/पूर्णतः महत्त्वहीन ।’ ......... महाव्याधिको प्रकोप कम गर्न व्यापक टीकाकरणको विकल्प छैन । महाव्याधि कम से कम नेपालको स्वास्थ्य सेवा क्षमताले थेग्न सक्ने गरी नियन्त्रणभित्र नआएसम्म अर्थतन्त्रले गति समात्न सक्दैन, घोषणा गरिएको निर्वाचन गराउन सम्भव हुनेछैन । नेपालको अर्थ–राजनीतिक गन्जागोल सग्लिनुको साटो झनै धमिलो बन्दै गइरहेछ । ........

दिउँसो जोतिएर बेलुकी छाक टार्ने श्रमिकको पेटमा लात हान्ने घरबन्दी एवं निषेधाज्ञाबाहेक महाव्याधि नियन्त्रणको अर्को उपाय सत्तासँग छैन ।

......... अनपेक्षित अध्यादेशहरूलाई कहिले तत्क्षण जारी गर्न लगाएर एवं कुनै बेला हतारमा फिर्ता गराएर सर्वेसर्वा शर्मा ओलीले राष्ट्रपति पदको प्रतिष्ठा एवं सार्वजनिक छविमा अकल्पनीय ‘बट्टा’ लगाएका छन् । प्रतिनिधिसभाको भाग्य अदालतको बेन्चमा छ । बेन्चले आफ्नै मर्यादाका लागि कानुनकर्मीहरूको बारसँग बहस गरिरहेको छ । .......... सन् २०१५ देखिको निरन्तर सत्ता कब्जा अभियानले गर्दा संवैधानिक अंगहरूमा कार्यपालिकाको एकछत्र नियन्त्रण कायम भइसकेको छ । गणतन्त्र दिवस समारोहसमेत आफ्नो परिसरमा आयोजन गर्न लगाएर जंगी अड्डाले आफ्नो वर्चस्व स्पष्ट गरेको छ । आवरणमा संवैधानिकताको रूप कायम रहे पनि स्वायत्तता, समानता, बन्धुत्व एवं धर्मनिरपेक्षता गरी संघीय लोकतान्त्रिक गणतन्त्रका चारवटै खम्बालाई भित्रैदेखि खोक्रो बनाउन सर्वेसर्वा शर्मा ओली ‘सफल’ भएका छन् । नेपालको शासन–सत्तालाई आफ्नो निर्देशनअनुसार सञ्चालन गर्न इच्छुक शक्तिहरू सर्वेसर्वा शर्मा ओलीलाई अझ बढी ‘सफल’ बनाउन उद्यत देखिन्छन् । ............ खाने मुख दुइटा एवं पचाउने पेट एउटै भएपछि अजीर्ण हुने पक्कापक्की देखेर सर्वेसर्वा शर्मा ओलीले प्रतिस्पर्धीको मुखमा बेलैमा बुजो लगाएर तिनको राजनीतिक आधार ध्वस्त गरिदिएका थिए । धनाढ्यतन्त्र (प्लुटोक्रेसी) चलाउन एकल नियन्त्रण आवश्यक हुन्छ । संविधानवादलाई तबाह गरेर सी विचारधारा संस्थागत गर्न गरिएको प्रयत्नले गर्दा दुवै सिद्धान्त एकसाथ समाप्त भएका छन् । सर्वेसर्वा शर्मा ओलीले बाहिरी टेको ठम्याएर भित्री टेक्ने ठाउँ खोजिरहेका छन् । उनका प्रतिद्वन्द्वीहरूसँग न टेक्ने ठाउँ छ, न त समाउन सक्ने दह्रो टेको ! ............. लाग्छ, मूलतः मधेसमा मताधार भएका दुवै संघटक दलहरूको विभाजन पनि विलयजत्तिकै चामत्कारिक हुनेछ ।

मधेस र मधेसी शब्दसँग सर्वेसर्वा शर्मा ओलीको प्रत्यूर्जता (एलर्जी) अहिले पनि यथावत् छ ।

............ अदालतको फैसला कुरेर बसेका पूर्वराजपाका केही राजनीतिकर्मीहरू आफ्ना मुद्दालाई थाती राखेर धोती, कुर्ता र बन्डीमा इस्त्री लगाउन लागिपरेका छन् । ........ भारतीय जनता पार्टीले ब्राह्मण–वैश्य गठजोडको नियन्त्रणमा अजेय मताधार तयार गरेको छ । ....... आफ्नो सातवर्षे कार्यकालभित्र प्रधानमन्त्री मोदीले संवैधानिकता, संघीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता भारतीय गणतन्त्रका स्थापकीय मान्यताहरूलाई तहसनहस पारिदिएका छन् । सर्वेसर्वा शर्मा ओली भारतीय प्रधानमन्त्रीका लघु संस्करण हुन् । उनले सितिमिति बालुवाटार खाली गर्नेवाला छैनन् । उनलाई विस्थापित गर्न नेपाली कांग्रेसलाई हतार छैन । ........... सर्वेसर्वा शर्मा ओलीको विस्थापन राजनीतिक संवैधानिकताको ‘आवश्यकताको सिद्धान्त’ अनुसार हुन्छ वा संवैधानिक राजनीतिको प्रतिस्पर्धाको खेलद्वारा भन्ने कुरा आन्तरिक परिस्थितिभन्दा पनि बाह्य खेलाडीहरूको शक्ति सन्तुलनबाट निश्चित हुने सम्भावना बढी छ ।


महन्थ ठाकुरलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको निर्णय पेस गर्न आयोगको पत्र आयोगले दुवै पक्षलाई भन्यो- 'अनुसूची- १८' को ढाँचामा विवरण पेस गर्नु ...... ठाकुरलाई केन्द्रीय कार्यकारिणी समितिका सदस्यको हस्ताक्षर यति दिनभित्र पेस गर्नु भनेर समय भने नतोकिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, 'हस्ताक्षर पेस गर्न कति समय लाग्ला र ? १ हप्ता लाग्ला । हस्ताक्षरसहितको निर्णय पेस नगरेसम्म उहाँहरूले मागेजस्तो प्रक्रिया अघि बढ्दैन ।' ......... जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणीमा यादव पक्ष बहुमतमा छ । केही सदस्यले आफू कतातिर भन्ने प्रष्ट नपारिसकेको भएपनि महन्थ ठाकुरको पक्षमा २२ केन्द्रीय कार्यकारिणी सदस्य मात्रै छन् ।

ढुंगा–गिट्टी निकासी : सरकार, हलो काटेर मुंग्रो नबनाऊ सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत गरेको देशको बालुवा, गिट्टी, ढुंगा निकासी फुकुवाको घोषणा आपत्तिजनक मात्र होइन, सरासर राष्ट्रघाती नै छ । देशभित्रका पूर्वाधार निर्माण र लुकीछिपी चोरी निकासीका निम्ति भैरहेको अन्धाधुन्द प्रकृति दोहनका दुष्परिणामहरू हामीले अहिले नै खेप्न थालिसकेका छौं । ........ अझ सरकारले वैधानिक रूपमै खानीजन्य पदार्थहरूको निकासी खुला गरिदिँदा त्यसको विध्वंसात्मक असर कति भयावहपूर्ण होला, सहजै अनुमान गर्न सकिन्छ । यसो गरिएमा प्रश्नै छैन,

केही वर्षमै देखिने गरी नै चुरे–पहाड बगर बन्नेछ र मुलुकको आधा जनसंख्या बसोबास गर्ने तराई–मधेस मरुभूमीकरण हुनेछ ।

तसर्थ, सरकारले व्यापारको बहानामा देश र जनताका निम्ति यति विघ्न घातक हुने कार्य कुनै पनि हालतमा अगाडि बढाउनु हुन्न । आफ्नो नीतिगत विचलनबाट पछि हट्दै उसले यो निर्णय सहर्ष फिर्ता लिनैपर्छ । ........ सरकारसमक्ष प्रचुर दबाब पुगेन वा सम्बन्धित नेतृत्वले विवेक पुर्‍याएन भने निश्चय नै यो निर्णय अविलम्ब कार्यान्वयनमा आउनेछ । आखिर, नेपालमा बजेटको हुबहु कार्यान्वयन हुने भनेकै तलब–भत्ता वृद्धि र प्रायः यस्तै स्वार्थ समूहको हित जोडिएका विषय मात्रै त हुन् । त्यसैले चाँडोभन्दा चाँडो सरकारले यसबारे पुनर्विचार गर्नुपर्छ । नत्र, यो निर्णय कार्यान्वयनले समग्र चुरेभावरको पारिस्थितिक प्रणाली र जैविक विविधतालाई खलबल्याउनेछ । र, चुरे नासिँदा तराईमा बाढीको बबन्डर मात्र मच्चिँदैन, भूमिगत पानी पनि उति नै मात्रामा नासिँदै जान्छ । पहिले–पहिले यसो खोस्रिँदै पानी आउने कति ठाउँमा अहिले नै पम्प गाड्न सय मिटरभन्दा गहिरो खन्नुपर्ने भैसकेको छ । ......... पछिल्लो समय क्रसर व्यवसायीले वन क्षेत्रसमेत पर्ने ३० स्थानमा खानी चलाउन वन मन्त्रालयसमक्ष दबाब दिइरहेका थिए । यही परिप्रेक्ष्यमा स्वार्थ समूहको प्रभावमा परी यस्तो निर्णय लिइएको हुन सक्छ । या ‘प्रकृति–पृथ्वी जेसुकै होस्, जसरी पनि पैसा आओस्’ भन्ने शैलीको सोच राख्ने प्राविधिज्ञ/विषयविज्ञको सल्लाह सुनेर जिम्मेवार नेतृत्वले अञ्जानवश नै यसो गरेको पनि हुन सक्छ । कुरा जे होस्— चालबाजी भए पनि, नियत नभए पनि यो निर्णय खतरनाक छ । यसबाट प्रकृतिको मनपरी दोहन मात्र हुने छैन, मुलुकमा ‘डनतन्त्र’ पनि झनै मौलाउनेछ । अहिले नै क्रसर उद्योगहरू बढी भएका जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँगसँगै यस्ता उद्योगीहरूको ‘समानान्तर सत्ता’ चल्ने गरेको तथ्य छिपेको छैन । अझ कति जनप्रतिनिधिदेखि जिम्मेवार अधिकारीहरूसम्मको यसमा गोप्य लगानी भएकैले मापदण्ड मिचेर प्रकृति तथा नदीजन्य पदार्थको सहजै दोहन हुने गरेको खुला रहस्यै छ । सरकारले ‘निकासी गरिने खानीजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवे निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुलमा छुट’ समेत गरेकाले कतै सम्पूर्ण ‘सेटिङ’ मै यो काम भैरहेको त छैन भन्ने आशंका पनि छ । त्यसैले, स्वार्थ समूहबाहेक कसैलाई फाइदा नपुग्ने कामको पछाडि सरकार दौडिन छाड्नुपर्छ । ............ गिट्टी–ढुंगा निकासीबाट धेरथोर व्यापार भएर अलिअलि घाटा पनि पुर्ताल भएछ रे लौ, तर पनि यसरी हलो तासेर मुंग्रो बनाउने कार्य कसैगरी स्वीकार्य हुन सक्दैन । हामीले गुमाउने पर्यावरणीय मूल्यको भार राजस्व र व्यापारको हिस्साले धान्न सक्दैन ।




आधा जनसंख्याको बिल्लबाठ गराउने सरकारी निर्णय सरकारले जे तर्क गरे पनि ढुंगागिटीको निकासी खोल्नु भनेकै चुरे सक्नु हो ......... अर्थमन्त्रीले शनिबार बजेट वक्तव्य वाचन गर्दा बुँदा नम्बर १९९ पढ्नेबित्तिकै त्यसपछिका कुरा सुन्न छाडेर चुरे संरक्षण अभियानमा लागेका अभियन्ताहरूबीच चिन्ताका विद्युतीय सन्देश आदानप्रदान सुरू भइसकेको थियो। ........ ढुंगागिटी निकासीको मामिलामा चुरे भनेर किटान गरिरहनैपर्दैन, किनभने अहिलेको अवस्थामा चुरेबाहेक अन्यत्रका खानी उत्खनन् गरेर निकासी गर्नु आर्थिक रूपले फाइदाजनक देखिँदैन। भारतीय बजारसँग नजिक र पूर्वाधारसमेत पुगेको चुरेका नदीखोला खोस्रिएर अकुत कमाउने ठाउँ हुँदाहुँदै क्रसर उद्योगहरू त्यसलाई छाडेर सडक, बिजुलीबत्तीजस्ता पूर्वाधार नभएका मध्यपहाडी खानीस्थलहरूसम्म पुग्छन् भनी पत्याउने आधार वास्तवमा छैन। ......... ललितपुर, भक्तपुर, सिन्धुपाल्चोकका कतिपय डाँडा क्रसरवालाहरूले सखाप पारेका दृश्य हाम्रै आँखासामुन्ने छन्। ........... सरकारले यति संवेदनशील विषयमा तराई-मधेसका बासिन्दा, प्रादेशिक सरकारहरू र वातावरण तथा पर्यावरण विज्ञहरूसँग छलफल र सार्वजनिक बहस नै नगरी एकाएक निकासी खोल्नुले नियत ठिक नभएको दर्शाउँछ। ढुंगागिटी, बालुवा निकासी गर्दा त्यसले तराई–मधेस क्षेत्रका भावी सन्ततिलाई पर्ने दीर्घकालीन असर र ती क्षेत्रमा पानीका स्रोतहरू सुकेर सिंगो बस्ती नै उठिबास हुने अवस्थाप्रति सरकार संवेदनशील देखिँदैन। .......... चुरे क्षेत्रको माटो एकदमै कमजोर छ। कमजोर भूबनोटका कारण यहाँ ढुंगागिटी अत्यधिक खोस्रियो भने नदीको बहाव तीव्र हुन्छ। यसले माथिको माटो सोहोरेर पहिरोको जोखिम बढाउँछ र नदीको तीव्र बहावले बगाएर ल्याउने बालुवा तराई–मधेस क्षेत्रमा थुप्रिँदै जान्छ। ........ विगतमा चुरे क्षेत्रबाट अनधिकृत रूपले ढुंगामाटो खोस्रिँदा प्रतिकूल असरहरू देखिएका थुप्रै उदाहरण छन्। यसले चुरेको पानी सञ्चय गर्ने क्षमता गुमेको छ। चुरेले पानी सोस्न नसकेपछि तराई–मधेसका धेरै गाउँमा इनारहरू सुकेका छन्। कतिपय गाउँका बासिन्दा विस्थापित भएका छन्। बर्खामा आएको भलले बस्ती नै बगाउँदा रौतहट, धनुषा, सप्तरी र सिराहाका कयौं गाउँ बस्नलायक छैनन्। ......... अन्तर्राष्ट्रिय स्तरमै नाम कहलिएका बाघ, गैंडा, गोही, मयूरजस्ता अनगिन्ती लोपोन्मुख पशुपन्छी र वन्यजन्तुको बासस्थान हो चुरे-भावर क्षेत्र। चुरे दोहनले मानवीय बसोबास सँगसँगै यी सबै प्राकृतिक सम्पदाले पनि आफ्नो आश्रयस्थल गुमाउनेछन्। ......... यही समस्या हेरेर सरकारले २०६६ सालपछि पटक–पटक ढुंगागिटी निकाल्ने मापदण्ड तोकेको थियो। तर, ती मापदण्ड कार्यान्वयन भएनन्।

क्रसर उद्योग चलाउने र तिनलाई संरक्षण गर्ने राजनीतिक दलका नेताहरू सरकारभन्दा बलिया थिए।

क्रसर उद्योगहरूको दादागिरीका कारण मापदण्ड लामो समय निष्क्रिय रहे। कतिपयले त कुरा नबुझेर ‘नेपालको सेतो सुन भनेकै ढुंगागिटी हो’ भन्दै निकासीको पक्षमा वकालत नै गरे। ............ चुरे विनाशलीलाका भुक्तमान तराई–मधेसका धेरै जनतालाई समेत आफूले भोग्नुपरेको सुख्खा र बाढीको खास कारण चुरे दोहन हो भन्ने थाहा थिएन। उनीहरू भाग्यलाई सराप्थे र एउटा ठाउँमा बाँच्न कठिन भएपछि लालाबाला च्यापेर अर्को ठाउँ बसाइ सर्थे। ........ निर्यात गर्दा तोकिनुपर्ने मूल्य नतोकेका कारण सरकारको राजस्व पनि गुमेको थियो। यसबाट क्रसर उद्योग र ठेकेदारहरू त लाभान्वित थिए, तर आमनेपालीले केही पाएका थिएनन्। उल्टो हाम्रो प्राकृतिक स्रोत विनाश भइरहेको थियो, तराई–मधेस क्षेत्रमा दीर्घकालीन खडेरीको संकट निम्त्याउँदै थियो र मधेसका जनताको उठिबास हुँदै थियो। .......... क्रसर उद्योगहरूलाई चुरेको फेदी, मानवबस्ती, नदी, राष्ट्रिय राजमार्ग, विद्युत प्रसारण लाइनबाट पाँच सय मिटरदेखि दुई किलोमिटरसम्म टाढा सार्ने गरी मापदण्ड लागू गरियो। ........... हामीकहाँ ढुंगागिटीलाई ‘सेतो सुन’ मान्दै यसको निकासीबाट विदेशी मुद्रा आर्जन गर्न, राजस्व बढाउन र देश धनी बनाउन सकिन्छ भन्ठान्ने सरकारले मध्यपहाडी र हिमाली क्षेत्रका ढुंगाखानी उत्खनन् र थप खानी पहिचान गर्न कुनै चासो नदेखाउनु उदेकलाग्दो छ। ...........

नेपालमा विस्तृत भौगर्भिक अध्ययनबिना खनिएका सडकले पश्चिम बैतडीदेखि पूर्व पाँचथरसम्मका हजारौं बस्तीमा पानीका मुहान सुकेका छन्। पानी लाग्ने खेत सुख्खा टारमा परिणत भएका छन्।

पछिल्लो ठूलो भुइँचालोले जमिन हल्लिएर पानीका धेरै मूल सुकेको यही सरकारका मन्त्रीहरूले पनि देखेकै हुन्। ........... चुरे मात्र होइन, नेपालका सबै पहाड बहुमूल्य स्वच्छ पानीका प्राकृतिक भण्डार हुन्। यिनको मूल्यभन्दा बढी ढुंगागिटीको मूल्य नहोला। .......

चुरे क्षेत्रबाट ढुंगागिटी झिकेर १२–१३ सय प्रतिशत फाइदा कमाउने रस बसेका क्रसरवालाहरू

सरकारले भन्दैमा लगानीको जोखिम मोलेर मध्यपहाडी खानीस्थलसम्म उक्लन्छन् भनेर हामी आश गर्न सक्दैनौं। ....... जसरी हामीलाई दैनिक नुन चाहिन्छ, विकास निर्माणमा गिटी पनि त्यस्तै हो। यसैको फाइदा उठाउँदै क्रसर उद्योगहरू जतिसुकै ठूलो लप्पनछप्पन गरेर वा जतिसुकै माथिल्लो पहुँच लगाएर भए पनि आफ्नो कारोबारलाई निरन्तरता दिइरहन चाहन्छन्। ......... लामो समयको अथक प्रयास, थुप्रै नीतिगत सुधार र धेरै विज्ञ तथा प्रशासकहरूको जोडबलपछि हामी चुरे दोहनको दलदलबाट बल्लतल्ल बाहिर निस्कँदैछ। सरकारले व्यापार घाटाका नाममा ढुंगागिटी, बालुवा निकासी खुला गर्नु भनेको फेरि त्यही दलदलमा जाकिनु हो। ............ हामीकहाँ क्रसरवालाहरूको एउटा गिरोह छ। गलत नियत भएका राजनीतिज्ञहरूले त्यस्तो गिरोहलाई छहारी दिँदै आएका छन्। क्रसर उद्योगबाट हुने अकुत कमाइ राजनीतिज्ञहरूको निम्ति आम्दानीको ठूलो स्रोत बन्दै आएको छ। कामदार आफैं पनि ज्यालाभन्दा अरू लाभले आकर्षित छन्।

कतिपय अवस्थामा मालिक नै अदृश्य हुन्छन्। गाउँलेहरूले बस्ती विनाश भइरहेको जान्दाजान्दै विरोध गर्न सक्दैनन्।

.......... यो एक किसिमले अपराधसँग गाँसिएको र असीमित नाफा कमाउने रक्तचन्दनको तस्करीजस्तै हो, जसमा बाहुबलको अत्यधिक प्रयोग हुन्छ र जसलाई राजनीतिक साँठगाँठले प्रश्रय दिन्छ।

अहिले बिनातयारी र बिनाछलफल जसरी हचुवा भरमा ढुंगागिटी निकासी खुला गरिएको छ, त्यसले क्रसर उद्योगसँगको राजनीतिक साँठगाँठ उजागर गर्छ।

.......... नेपाली ढुंगाको एउटा ठूलो सम्भाव्य बजार युरोप पनि हो। भारतले राजस्थान, महाराष्ट्र र आन्ध्रप्रदेशबाट ठूलो परिमाणको ढुंगा युरोपेली मुलुकहरूमा निकासी गर्दै आएको छ। त्यो बजार हामी पनि उपयोग गर्न सक्छौं। ........ काठमाडौं उपत्यकाको माग पूरा गर्न कास्की, धादिङ लगायत ठाउँमा क्रसर उद्योगहरू खुले। चुरे–भावर क्षेत्रबाट निकालिएका ढुंगागिटी भने भारत निकासी हुन थाल्यो। ......... यसरी भारत र नेपालको बढ्दो बजारलाई लक्ष्य गरेर चुरे क्षेत्रमा धमाधम क्रसर खुल्न थालेपछि वातावरणीय तथा पर्यावरणीय विनाशको शृंखला सुरू भयो, जसले तराई–मधेस क्षेत्रलाई मरूभूमीकरणको संघारमा पुर्‍यायो। ........ बजेटको अघिल्लो दिन सार्वजनिक नीति तथा कार्यक्रममा समेत यसबारे चुइँक्क बोलिएन। देशको आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने भू–भागको दुरगामी भविष्यसँग जोडिएको विषयमा जनतालाई अन्धकारमा राखेर निर्णय गर्नु सरकारको बेइमानी हो, जनताप्रति धोकेबाजी हो।


ठाकुर–महतोलाई ८ मन्त्रालय एक–दुई दिनमै सरकारमा सहभागी हुने सम्भावना छ। स्रोतका अनुसार ठाकुर पक्ष गृह मन्त्रालयबिनै सरकारमा सहभागी हुन लागेको हो। सो समूहले गृह मन्त्रालयमा पाउनुपर्ने दाबी गर्दै आएका थियो। ....... स्रोतका अनुसार महतो जसपाबाट नेतृत्व गर्दै सरकारमा जाने प्रबल सम्भावना छ। ....... सरकारमा जान शरत्सिंह भण्डारी, राजकिशोर यादव र अनिल झाले पनि इच्छा देखाएका छन्। उनीहरूको सम्भावना प्रबल रहेको स्रोतले बतायो। उपेन्द्र यादव पक्षबाट कित्ता परिवर्तन गरेका सांसद उमाशंकर अरगरैया, विमल श्रीवास्तव, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरुङ र रुहीनाथलाई मन्त्री बनाउन ठाकुरलाई दबाब बढेको छ। यीमध्येबाट अरगरैया र श्रीवास्तवको सम्भावना रहेको स्रोतले बतायो। यसैगरी प्रमोद साहलाई पनि मन्त्री बनाउन ठाकुर—महतो पक्षलाई दबाब छ। ठाकुरका सम्धी उमाकान्त झा पनि मन्त्री बन्ने प्रबल सम्भावना छ। ........... प्रधानमन्त्रीसँग अहिले रक्षासहित ८ वटा मन्त्रालय खाली छन्। गृह, जलस्रोत तथा ऊर्जा, सहरी विकास, श्रम तथा रोजगार, युवा तथा खेलकुद, खानेपानी, उद्योग, वाणिज्य तथा आपपूर्ति मन्त्रालय मन्त्रीविहीन छन्। यिनै मन्त्रालय ठाकुर–महतो पक्षलाई दिन ओली तयार भएको स्रोतले बतायो। ......... प्रधानमन्त्री र जसपाका नेताहरूबीच भएको वार्तामा यसबारेमा पनि कुराकानी भएको स्रोतले बतायो। त्यो अवस्था आएमा कानुनी अड्चन हटाउन ठाकुर पक्षले प्रधानमन्त्रीसँग सहयोग मागेको स्रोतको भनाइ छ। ‘त्यसैले सरकारमा जानुअघि नै कार्यकारिणीमा बहुमत जुटाउन ठाकुर—महतो सक्रिय भएका छन्’, स्रोतले भन्यो। यता अर्का अध्यक्ष उपेन्द्र यादवले ठाकुर–महतो पक्षका नेतालाई कारबाही गर्न सबै कानुनी प्रक्रिया पूरा गरेका छन्। ‘हामी अझै पनि उहाँहरू सही बाटोमा फर्कनुहुनेछ भन्ने आशामा छौं’, यादवले भने, ‘तर कार्यकारिणी समितिको निर्णयविपरीत उहाँहरू सरकारमा जानुभयो भने पार्टीले निष्कासन गर्नेछ। यो कार्यकारिणीको निर्णय हो।’

Wednesday, July 01, 2015

मधेसी र चुरिया


मधेसी को प्रत्येक नक्शा मा -- चाहे त्यो एक मधेस एक प्रदेश होस् --- चाहे त्यो एक मधेस दुई प्रदेश होस् --- चाहे तीन या चार प्रदेश होस् ---- त्यो प्रत्येक नक्शा मा चुरिया पहाड़ समेटेकै हुन्छ --- किन होला?

किनभने चुरिया माई हो। चुरिया को मधेसी ले पुजा गर्छ। त्यो परापूर्व काल देखि चलिआएको।

मुसलमान लाई गाई भनेको मासु --- हिन्दु लाई गाई त गौ माता। पर्वते का लागि चुरिया काठ। रुख काट्यो, बेच्यो, जग्गा मिच्यो, खेतवारी गर्यो।

पर्वते ले नेपाल हाम्रो, हामी यहाँ का लोकल मान्छे भन्दा केही सय वर्ष को कुरा गर्छ। मधेसीले लाख वर्ष को कुरा गर्छ। राजा जनक को कुरा गर्छ।

Red Indian को कब्रिस्तान हरु लाई गोरा ले कब्रिस्तान मानेनन् ----- ईसाई को कब्रिस्तान जस्तो देखिने केही हुँदा पनि नहुने। हेर्दा वन जंगल जस्तो। पर्वते ले चुरिया मा जब जब जंगल देख्यो, जहाँ जहाँ देख्यो --- त्यहाँ बस्ती नभएको खाली ठाउँ देख्यो। सित्तैमा लिए हुने --- कसैको स्वामित्व नभएको। पशुपतिनाथ मंदिर कसको स्वामित्वमा छ? त्यो सोलटी होटल ले आफ्नो बनाउन मिल्छ?