Showing posts with label boston. Show all posts
Showing posts with label boston. Show all posts

Thursday, October 09, 2014

न्यु यर्क शहरका ठगिएका बाहुनहरु

न्यु यर्क शहरको नेपाली समुदायमा शायद ८०% बाहुनहरु नै होलान। यदि न्यु यर्क आई पुग्नु प्रगति हो भने यी बाहुणहरुलाई नेपालको बाहुनबादको फाइदा भएकै हो। तर म इनलाई ठगिएका बाहुनहरु भन्छु।

  • यिन मध्येका नेपाली नागरिकलाई नेपाली चुनावमा वोट खसाल्न दिएको छैन। 
  • यिन मध्येका अमेरिकी नागरिकलाई दोस्रो दर्जाको द्वैध नागरिकता दिने षड्यंत्र वामदेवले गर्दैछ। त्यो बाहुनले यी बाहुनलाई गनेको छैन। 
  • आजभन्दा २०० वर्ष अगाडि बोस्टनमा आयरिशहरु नागरिक भए पनि, नभए पनि, ग्रीन कार्ड भए पनि नभए पनि शहरको चुनावमा वोट खसाल्थे, र त्यस कारणले त्यहाँ उनीहरुको पुछारथ हुन्थ्यो। यी बाहुनहरुको न्यु यर्क शहरमा कुनै पुछारथ छैन। धोबीका कुत्ता न घरका न घाटका भने जस्तो। 
  • उसै पनि न्यु यर्कको सबैभन्दा पिछडिएको जात नै शायद यो नेपाली बाहुन समुदाय हो। भले इनले घरमा फर्केर इंडियनलाई जति गाली गरुन, आखिर ९५% को रोजीरोटी त्यही इंडियनले चलाई दिएको छ। कालेलाई गाली गरुन, एउटा काले राष्ट्रपति भएको देश। 
प्रवासी नेपालीलाई नेपालमा द्वैध नागरिकता दिने तर दोस्रो दर्जाको, राजनीतिक अधिकार नभएको। बाहुनहरु फुरुङ्ग छन। २०० वर्ष अगाडिको कालो स्लेवहरुले पार्टी गरे जस्तो। Partying like there is no tomorrow. 

एउटा छ नेपालमा आइन्स्टाइन, बाबा वामदेव। राजनीतिक अधिकार बिनाको नागरिकता र आत्म अधिकार बिनाको संघीयता ल्याउन मरि मेटेर लागेको छ। त्यस पछि ल्याउने भनेको निर्दलीय प्रजातन्त्र नै हो। त्यो आइन्स्टाइनले प्रयास छोड्दैन। 

न्यु यर्क शहरको बाहुनलाई म मधेसी बाहुन भन्छु। जसरी नेपालमा मधेसीलाई समानता र अधिकार छैन, न्यु यर्कका बाहुनहरु त्यस्तै हो।