Showing posts with label Manhattan. Show all posts
Showing posts with label Manhattan. Show all posts

Saturday, November 21, 2015

नेपाली ले इंडिया मा चौकीदारी किन गर्छ?

The Flag of India. The colours are saffron, wh...
The Flag of India. The colours are saffron, white and green. The navy blue wheel in the center of the flag has a diameter approximately the width of the white band and is called Ashoka's Dharma Chakra, with 24 spokes (after Ashoka, the Great). Each spoke depicts one hour of the day, portraying the prevalence of righteousness all 24 hours of it. (Photo credit: Wikipedia)
नेपाल बाट भारत गएर काम गरेका नेपाली ८० लाख छन भन्ने गरिन्छ। त्यो तथ्यांक गलत हो। ७० लाख त प्रचंड ले उद्दंड मच्चाउँदा मात्र गएका। नेपाल र भारत को दुनिया मा नभएको अचम्म को बॉर्डर छ। त्यसरी सीरिया बाट टर्की छिर्यो भने शरणार्थी स्टेटस पौंछ। नेपालमा प्रचंड ले प्रेशर कूकर बम पड्कायो, आपत पार्यो, लौ न लौ भनेर ७० लाख छिरे। फ़ासफ़ुस। केही न केही। न कसैले शरणार्थी स्टेटस पायो न संयुक्त राष्ट्र संघ ले चासो लियो, न कतै समाचार मा आयो। दुनिया को सबै भन्दा ठुलो रिफ्यूजी क्राइसिस समाचार मा सुद्धा आयेन। भारत ले १२ बुँदे गर्न मा सहयोग किन गर्यो? स्वाभाविक छ। यो प्रचंड ले यही रेट मा अर्को ३०-४० लाख छिराउँछ भनेर आत्तिएको। 

मेरो अनुमान मा कमसेकम डेढ़ करोड़ हुनुपर्छ। त्यस मध्ये अधिकांश ले उता राशन कार्ड पनि बनाएका छन। त्यस्ता कुरा हरुमा इंडिया बड़ो लिबरल देश हो। कम लिबरल हुन efficient हुनुपर्छ। कसले गरोस् त्यत्रो झंझट। लाइन मा लागे जति लाई बाँड्यो राशन कार्ड। न आप का जाएगा न बापका। 

एक करोड़ नेपाली भाषी भारतीय नागरिक त्यसमा गन्ने कुरा आएन। 

नेपाल पहाड़ बाट भारत झरेका पुरुष ले खोजी खोजी चौकीदारी काम नै किन गर्छ? मलाई प्रत्यक्ष थाहा छैन। मैले भारत घुम्दा वर्दा त्यस्तो एक जना पनि कहिले भेटेन। तर सुनेको आधारमा पढेको आधारमा भनेको। न्यू यॉर्क Manhattan मा सड़क को फुटपाथ मा ठेला गाड़ा मा खाजा/खाना बेचने लगभग १००% सब बंगलादेश। छाला को रंग को आधारमा आप किधर से भन्यो भने वाल्ल्ल पर्छ। हिंदी बुझ्दैन। मोनोपोली जमाएर बसेका छन बांग्लादेशी हरु। भारत मा चौकीदारी पेशा मा नेपाली त्यस्तै हो? 

अनि चौकीदारी नै किन? किनभने ठिङ्ग उभिए भो। न बोल्नु पर्छ न केही। ठिङ्ग उभिए को आधारमा ज्याला आउने अर्को पेशा कुन छ? नेपालमा हाई स्कूल मा हिंदी को पठन पाठन गराउ भन्यो भने एह, यो त इंडियन एजेंट भन्दिने गरिन्छ। एजेंट होइन बाबा, म इंडियन नै हो। प्रशांत तामांग नेपाली, म इंडियन। तर त्यही मान्छे जङ्गिन्छ फेरि, मलाई बहादुर भन्यो। पाले भन्यो। चौकीदार भन्यो। भारत पस्नु अगाडि शिक्षा दीक्षा दिने काम गर्नु पर्ने सरकार ले आफ्नो जिम्मेवारी वहन नगरेको जिम्मेवारी कसले लिने?  भारत ले? मोदी ले? लालु ले? 

नेपाल मैं हाई स्कूल पढेर, सीकर्मी, डकर्मी, नर्स काम सिकेर, हिंदी फररर बोल्ने भएर अनि बल्ल जागीर को सिलसिलामा भारत पसे ठिङ्ग उभिने काम किन गर्छ नेपाली? आफ्नो आंग को न भैंसी देख्ने न जुम्रा। 

अमेरिका मा चाहिं ग्रामीण क्षेत्र मा इंडियन भनेको डॉक्टर, शहरी क्षेत्र मा इंडियन भनेको सॉफ्टवेयर इंजीनियर भन्ने छ। दुर्गम क्षेत्र का अधिकांश अमेरिकी ले आफुले भेटेका १००% इंडियन डॉक्टर मात्र भेटेका। मलाई कति सोधियो सोधियो। 

"Are you from India?"

"Yes." (नक्शा मा इंडिया त पत्ता लगाउन नसक्ने लाई नेपाल भनेर उसको आत्म सम्मान मा आघात पुर्याउने काम गर्नु हुँदैन)

"Are you a doctor?"

"No. But I am very smart." (डॉक्टर नभएको मान्छे ले के भन्ने?) 

मेरा भारत महान। 




Sunday, May 11, 2014

BNKS' Gift To Me



I have been talking to some high school friends across the pond recently. In less than a year Nepal will get its constitution and its federalism. After that 100% of the political focus has to shift to development and economic issues. After my work for Nepal's democracy and Madhesi movements to Obama 2008, I am squarely in the entrepreneurship boat by now.

I have come full circle in some ways. One word of appreciation I would like to express is that because of my BNKS experience I have not gone to rooms and halls and events in Manhattan ever and felt like, gosh, these people are too smart for me. That has been BNKS' number one gift to me.


Enhanced by Zemanta