Pages

Wednesday, April 08, 2015

अहिंसात्मक क्रांति नै हुन लागेको हो


  • मधेस स्वतंत्र देशको नारा सहित गाउँ गाउँ शहर शहरमा लाठी जुलुस निस्कन्छ दुई हप्ता सम्म 
  • दुई हप्ता मधेस पुर्ण रुपले ठप्प रहनेछ 
  • यो एउटा अहिंसात्मक क्रांति हुनेछ 
  • क्रांतिका दौरान मधेस स्वराज पार्टीको क्रांतिकारी रफ्तारमा गाउँ गाउँ शहर शहर टोल टोल मा संगठन विस्तार गरिनेछ 
  • दुई हप्ताको क्रांति पछि मधेस स्वतंत्र देशको घोषणा हुनेछ 
  • सीके राउतको नेतृत्वमा क्रांतिकारी अंतरिम सरकारको स्थापना हुनेछ 
  • क्रांतिमा सहभागी सम्पुर्ण मधेसी दल त्यसमा सामेल हुनेछन् 
  • बन्दुक धारी मधेसी दलहरु का सैनिक मधेस सेनामा पुर्ण रुपले समायोजन भइ सके पछि ती दल लाई पनि अंतरिम सरकारमा सामेल गरिनेछ 
  • अंतरिम सरकारसँगै अंतरिम संविधान जारी गरिनेछ 
  • क्रांतिकारी अंतरिम सरकारले सत्ता सम्हालेको एक वर्ष भित्र संविधान सभाको चुनाव गराउनेछ 
  • त्यस सभाले एक वर्ष भित्र क्रांतिकारी अंतरिम संविधान अनुमोदन गर्नेछ 
  • त्यस संविधानमा संघीयता रहनेछ, समावेशीता रहनेछ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहनेछ 
  • मधेस स्वतंत्र देशको घोषणा भएको १५ दिन भित्र पहाड़ी पुलिस, सेना, प्रशासनले आ-आफ्नो पुलिस चौकी, ब्यारेक, कार्यालय खाली गर्नु पर्नेछ ---- त्यस किसिमको अल्टिमेटम को घोषणा गरिनेछ --- तिनले बोर्डर क्रस गरेर घर फर्के भो --- अथवा मधेस मा नै घर छ भने पुलिस चौकी, ब्यारेक, कार्यालय खाली गरेर सादा पोशाक मा आफ्नो पुलिस चौकी, ब्यारेक, कार्यालय बाहिर जहाँ बसे पनि भो ----- तिनको सुरक्षा को जिम्मेवारी मधेस सरकारको हुनेछ 
  • क्रांतिकारी अंतरिम सरकारले नया मधेस सेना, मधेस पुलिस र मधेस प्रशासनको समायोजन गर्दा समावेशीताको सिद्धांत अपनाउने छ ----- त्यसमा मधेसका नेपाली भाषीहरुलाई कुनै किसिमको पुर्वाग्रह नगरी उनीहरुको समानुपातिक उपस्थिति को प्रयास रहनेछ ------- नया मधेस सरकार को अंतरिम संविधान छोएर शपथ खाने सबै त होइन तर थुप्रैलाई आफ्नो पुरानो सरकारी जागीर फेरि पाउने संभावना रहनेछ ----- त्यो सेना का सैनिक, प्रहरी, प्रशासक सबैको हकमा लागु हुनेछ 
  • मधेसमा एक तिहाई पर्वते रहेको तथ्यको आदर गरिनेछ 
  • हिंदी र नेपाली दुबै मधेस का राष्ट्रीय भाषा हुनेछन् 
  • कैलाली, थरुहट, अवध, चितवन, भोजपुरा, मिथिला, कोचिला ---- सात राज्य रहनेछन् --- तिनलाई आत्म निर्णयको अधिकार रहनेछ ---- कुनै पनि राज्य सरकारले आफ्नो राज्यको संसद मा बहुमतको आधारमा जनमत संग्रह गराउन पाउने छ ----- अलग देश को एजेंडा ले बहुमत पाएमा अलग देश घोषणा गर्ने अधिकार हुनेछ 
  • मानव अधिकार मधेस राज्य को आधारभूत सिद्धांत हुनेछ ---- आफ्नो इच्छाको धर्म मानने सबैलाई अधिकार हुनेछ 
  • दलित, महिला, मुसलमान, आदिवासी, जनजाति, पिछड़ा, गरीब का लागि विशेष व्यवस्था गरिनेछ 
  • मधेसमा बोलिने प्रत्येक भाषालाई स्थानीय सरकार र प्राथमिक शिक्षा मा क्रमबद्ध स्थान दिइनेछ 
  • त्यस्तो प्रत्येक भाषाको विकासको लागि विशेष योजना बनाइनेछ 
  • महिला का लागि सरकारको प्रत्येक तहमा आरक्षणको व्यवस्था हुनेछ --- एक तिहाई 
  • त्यसरी आरक्षण गर्दा दलित, मुसलमान, आदिवासी, जनजाति, पिछड़ा, गरीब महिला का लागि ठाउँ छुट्याइनेछ 
  • देश मा एक जना प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनेछ ---- जसको कार्यकाल ४ वर्षको हुनेछ ---- र एक व्यक्ति लगातार बढ़ी मा दुई पटक सम्म मात्र राष्ट्रपति बन्न पाउनेछ -------  राष्ट्रपति पदको लागि चुनाव लडेको व्यक्तिले कमसेकम  ५०% मत ल्याउनु पर्नेछ ----------- चुनाव लडेको व्यक्ति यदि पुरुष हो भने उसको उप राष्ट्रपति अनिवार्य महिला हुनुपर्ने छ ------- राष्ट्रपति सेना प्रमुख हुनेछ ------ राष्ट्रपति को कैबिनेट को सदस्य बन्न संसदको सदस्य हुनु आवश्यक हुने छैन 
  • देशको राजधानी जनकपुर हुनेछ 

  • क्रांति अहिंसात्मक हुनेछ ------ गाउँ गाउँ मा लाठी जुलुस निस्किनेछ ------ तर उपनिवेशी प्रहरी/सेनाले हिंसात्मक दमन गरेमा ईंट को जवाफ पत्थर हुनेछ ----- हिंसात्मक दमनको प्रतिकार मा बन्दुकधारी मधेसी दलका सैनिक अग्र पंक्तिमा रहनेछन् ------- हिंसात्मक दमन को प्रयास भएमा कड़ा भन्दा कड़ा प्रतिकार गरिनेछ 
  • दुई हप्ता क्रांति हुनेछ --- त्यस पछि मधेस स्वतंत्र देशको घोषणा हुनेछ ----- मधेस स्वतंत्र देशको घोषणा भए पछि दुई हप्ता पुर्ण रुपले बंद रहेको मधेस फेरि खुला हुनेछ --------   तर उत्तरी छिमेकी देशले स्वतंत्र देश मधेस लाई नया देशको मान्यता नदिए सम्म र राजदुत आदान प्रदान गर्ने अभ्यास शुरू नगरेसम्म त्यस उत्तरी देशको प्रत्येक नाका बंद नै राखिनेछ 
  • मधेस स्वतंत्र देशको घोषणा हुनासाथ मधेस देश भित्र रहेको पुरानो सरकारको प्रत्येक संपत्ति मधेस सरकारको अधीनमा आउनेछ --------- घर जग्गा गाडी बन्दुक पिस्तौल लाठी कापी कलम किताब फाइल ताला चाबी सन्दुक सबै ---- रोड एयरपोर्ट सबै --- भन्सार आदि इत्यादि सबै 
  • मधेस स्वतंत्र देशको घोषणा भए पछि यदि कुनै उपनिवेशी प्रहरी अथवा सैनिक को हातमा हतियार छ भने त्यस्ता सँग शत्रु सैनिक सरह व्यवहार गरिनेछ 
  • मधेस स्वतंत्र देशको घोषणा भए को १५ दिन भित्र प्रत्येक उपनिवेशी प्रहरी र सैनिक ले आ-आफ्नो पुलिस चौकी र ब्यारेक खाली हात खाली गर्नु पर्नेछ ---- प्रत्येक सरकारी कार्यालय मधेस सरकारलाई त्यसरी नै हस्तांतरण गर्नु पर्नेछ 
  • नया मधेस सरकार को सेना, प्रहरी, प्रशासनमा आफ्नो पुरानो स्थान चाहने जति ले यस १५ दिन को समय सीमामा दर्ता गराउने 
  • १५ दिन नाघि सके पछि पनि यदि कोही उपनिवेशी प्रहरी अथवा सैनिक आफ्नो पुलिस चौकी अथवा ब्यारेक मा अथवा त्यस बाहिर पनि हात हतियार र पोशाक मा पाइयेमा त्यस्ता सँग मधेस सेनाले शत्रु सेना सँग जस्तो व्यवहार गर्नेछ 
  • मधेस सेनाले प्रत्येक कार्यालय, चौकी, ब्यारेक, एयरपोर्ट, सड़क आफ्नो अधीनमा लिनेछ 
  • क्रांति शुरू हुनु भन्दा अगाडि नै सीके राउतको नेतृत्व र क्रांतिको बाटो को सक्रिय समर्थन गर्ने मधेसी दलहरुले अंतरिम सरकारमा ठाउँ पाउने छन 

  • गाउँ गाउँ शहर शहर टोल टोल मा खड़ा भएको मधेस स्वराज पार्टी को संगठन का कार्यकर्ताले मधेस स्वतंत्र देशको घोषणा भएको दिन देखि को संक्रमण कालमा गाउँ गाउँ शहर शहर टोल टोल मा शांति सुरक्षा को जिम्मेवारी वहन गर्नेछन् 
  • मधेस स्वतंत्र देशको घोषणा भएको १५ दिन पछि मधेस सरकारले सेना, प्रहरी र प्रशासन को गठन गर्नेछ 
  •  एक तिहाइ न नाघ्ने गरी पर्वते ---- त्यस मध्ये एक तिहाई पर्वते महिला ------ त्यस फोर्मुला मा फिट हुने गरी पुरानो सत्ताका क्रांति सँग cooperate गरेका पर्वते मुल का लाई उनीहरुको पुरानो जागीरमा पहिला कै पुरानो पदमा बहाल गरिनेछ ---- ती सबैले मधेसको नागरिकता स्वीकार गर्नेछन् --- र मधेसको संविधान छोएर शपथ खानेछन् 
  • पुरानो सत्ताका मधेसीलाई उनको पुरानो पदमा बहाल गरिनेछ 
  • सेना लाई १५,००० मा सीमित गरिनेछ 
  • प्रहरी ३०,००० मा सीमित हुनेछन् 
  • प्रशासक हरु को संख्या कमसेकम राख्ने प्रयास हुनेछ ---- minimum government, maximum governance 
  • सेना, प्रहरी, प्रशासन का बाँकी पदमा समावेशी सिद्धांत का आधारमा रिक्त पद हरु मधेस स्वतंत्र देशको घोषणा भएको ६ महिना भित्र meritocratic किसिमले गरिनेछ 
  • त्यस ६ महिना भित्र प्रत्येक सरकारी फॉर्म हिन्दीमा उपलब्ध गराइनेछ 


Tuesday, April 07, 2015

हिंसा र राज्य (State)

नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब

म हिंसामा विश्वास गर्ने मान्छे होइन। तर अब हुने मधेसी क्रांति जसको मेरुदण्ड नै लाठी जुलुस हुनेछ, त्यस मधेसी क्रांतिले मधेस अलग देशको घोषणा गरिसकेपछि उपनिवेशी सेना, प्रहरी, प्रशासन का अवशेषहरु, मधेस अलग देशको घोषणा भएपछि, १५ दिनको अल्टीमेटम दिएपछि पनि बाँकी रहने पहाड़ी उपनिवेशी अवशेषहरु माथि नया बनेको मधेस देशको legitimate मधेसी सेनाका सैनिकले आक्रमण गर्दा त्यो गृह युद्ध हुँदैन। एउटा देशले विदेशी सेनालाई आफ्नो भुभाग खाली गर भनेको हुनेछ।

पहिला त क्रांति हुनुपर्यो। अब त कुरा सम्झौतविहिन क्रांति भन्दा पनि पर पुगिसक्यो। अब हुने क्रांतिले मधेस अलग देश स्थापनाको घोषणा गर्ने हो। त्यो घोषणा पछि १५ दिनको अल्टीमेटम पाउँदा उपनिवेशी सेनाका सैनिक हरु ब्यारेक खाली गरेर बोर्डर क्रॉस गर्ने --- अर्को उपाय बाँकी छैन। त्यो अहिंसात्मक बाटो हो। उनीहरुलाई शांतिपूर्वक बॉर्डर क्रॉस गर्ने मौका दिइनेछ।

तर एक पटक घोषणा भइसकेको मधेस अलग देश को प्रहरीले law and order maintain गर्ने काम, अथवा मधेस सेनाले आफ्नो बोर्डरको सुरक्षा गर्ने काम ---- That would be legitimate use of force by the representatives of a state. A new country will have been born. A country dedicated to rapid economic growth for all of South Asia, and for equality for all its citizens regardless of background.


जनादेश र मतादेश को कुरा होइन

अनावश्यक भ्रम फैलाईदैछ। अघिल्लो संविधान सभाको मतादेश मानने हो भने केपी-सुशीलको सात प्रदेशको नक्शा मान्नु पर्ने भनिँदैछ। नेपाल सरकारले मोदी सरकारसँग जुन एउटा हाइड्रो डैम को सम्झौता गर्यो, भोली सुशीलको ठाउँमा सुजाता आउने हो भने त्यो सम्झौता उहिलेका कुरा खुइले भन्ने हुने हो? होइन, किनभने सम्झौता व्यक्ति होइन राज्य (state) सँग गरिएको थियो।

राज्य ले मधेसी, थारु, जनजाति आंदोलन हरुसँग गरेका सम्झौता नमान्ने भन्ने पनि हुन्छ? २००६ को अप्रिल पछि मे अथवा जुन अथवा जुलाई मा आएर ज्ञानेन्द्रले जनता सड़क मा थिए, अब त छैनन् -- म अब फेरि शासन आफ्नो हातमा लिन्छु, उहिलेका कुरा खुइले भनेर भनेको सुनियेन।

यो प्रक्रियाको कुरा हो। संघीयता पनि आइहाल्यो, मधेस प्रदेश पनि आइहाल्यो --- अब देश चलाउने कुरामा माओवादी-मधेसीको देखियो, अब काँग्रेस-एमालेलाई पालो दिनुपर्ला भन्ने भावना केही हदसम्म हो। तर त्यो भन्दा ठुलो कुरा माधव नेपालले ४३ लाख मतदाता लाई मतदाता नामावली बाट फालेको कुरा। महाधांधली। न्यायपालिका, सेना, प्रहरी, प्रशासनले संघीयता विरोधीको पक्षमा धाँधली गरेको कुरा।

तर त्यसै चुनावमा जाँदा काँग्रेसले एक मधेस तीन प्रदेशको नक्शा लिएर गएको। मधेसी पार्टीले एक मधेस एक प्रदेश र काँग्रेसले एक मधेस तीन प्रदेश भन्दा मिलन विन्दु एक मधेश दुई प्रदेश हो। तर आफ्नो पार्टीको महासमिति र मधेसका जनताको मतादेश एक प्रदेशको सुशीलले अपमान गरेर हिँडेको छ। मतादेश नमानेको सुशीलले हो।

प्रक्रिया र मतादेश र जनादेश नमानेको सुशीलले हो। कुरा वार्ताको होइन, कुरा आन्दोलनको होइन, कुरा क्रांति भन्दा पनि पर पुगिसक्यो।



Monday, April 06, 2015

संघीयता या अलग देश

मुम्बइ गएर वेश्या बनेको युवती ले मैले फिल्म खेलेको भनेर प्रचार गरे जस्तो। अरुहरुको लड़ाईमा भाडाको टट्टु भएर ७५ लाखको संख्यामा मर्नु --- र अझ त्यसलाई बहादुरी भन्नु।

काम ठुलो सानो हुँदैन। काम काम नै हो। तर दासता ठुलो कुरा हो। गरीबी को खिल्ली उडाउने कुरा आउँदैन। तर त्यो गरीबी कायम राख्ने राजनीतिक पाखण्डको पर्दाफाश हुनै पर्छ। हिजो अरुको लडाईमा मर्थ्यो, आज अरुको स्टेडियम बनाउन मर्छ। प्रगति भएको देखिएन त। हिजोको शासकले अरुको लड़ाईमा जा मर भन्यो --- आजको शासक अरुको स्टेडियम बनाउन जा मर भन्दैछ। प्रगति भएको देखिएन त। त्यो गरीबी रहिरहनु पर्छ भन्ने छैन। देश प्रगतिको बाटोमा हिड्न सक्छ। देश समृद्धि तर्फ अग्रसर बन्न सक्छ।

भुपिले भने ---- "हामी वीर होइन बुद्धु छौं।" जनजातिको छोरो भुपि शेरचन।

आतंकवादी संगठन हरु मरे पछिको स्वर्ग देखाउँछन्। बहादुर भन्दिए पछि मान्छे फुर्केर मर्न तैयार ---- त्यो मनोबिज्ञान।

शासक वर्ग फोड़ र राज गर को मनस्थितिमा छ। आफ्नो माफियातंत्र र चरम भ्रष्टाचार को ढाकछोप का लागि प्रहरी आतंक देखि संघीयता विरुद्ध व्यापक दुष्प्रचार मा लिप्त छ।

जब कि संघीयता समृद्धि तर्फको पहिलो खुट्किलो हो।

संघीयता लाई संस्थागत गर्नु त कहाँ कहाँ, मधेसको धैर्यताको सीमा नापने काम भइ राखेको छ। मधेसलाई क्रांतिका माध्यमले अलग देशको बाटोमा अग्रसर हुने एक मात्र विकल्प प्रस्तुत गर्ने जस्ता काम भइ राखेका छन।


नेपालभित्र समानता को संभावना देखिएन, मधेस अलग देश बन्छ अब



बामेले देशको संविधान लाई मिच्दै मानव अधिकार को हनन गरिरहेमा ३० दलीय गठबंधन र अर्थ न बर्थको संविधान सभा बाट मधेसी पार्टीहरु अलग भएर, जेपी गुप्ता, सीके राउत को संगठन र देश बिदेशमा रहेका बन्दुकधारी मधेसी शक्तिहरु एक ठाउँमा आएर मधेश अलग देशको पक्षमा मधेसलाई पुर्ण रुपले ठप्प पारेर, मधेस अलग देशको घोषणा गरेर, पहाड़ी पुलिस, सेना, प्रशासनलाई १५ दिनको अल्टीमेटम दिइनेछ। यो तिम्रो देश होइन, देश खाली गर भनेर। मधेस देशको उत्तरी सीमाना अहिलेका तराईका जिल्लाका उत्तरी सीमाना। त्यस देशभित्र रहेका नेपाली भाषी हरु लाई पनि मधेस देशको नागरिकता प्रदान गरिनेछ। मानव अधिकार संविधानमा हुनेछ।

मधेस देशको राष्ट्रिय भाषा हिंदी हुनेछ। मधेस देशको एक रुपैया र भारतको एक रुपैया बराबर value को हुनेछ। मधेस देश ले दक्षिण एशिया को आर्थिक एकीकरण को लागि अगुवा भुमिका खेल्नेछ।

एउटा नया मधेस सेना, मधेस प्रहरी र मधेस प्रशासन को स्थापना हुनेछ। सीके राउतको नेतृत्वमा अंतरिम सरकारको स्थापना हुनेछ। मधेसको सीमाना भित्र रहेको पुरानो नेपाली सरकारको सबै संपत्ति स्वतः मधेस सरकारको हुनेछ। त्यो मधेस संघीय हुनेछ। कैलाली, थरुहट, अवध, चितवन, भोजपुरा, मिथिला, कोचिला। सात प्रदेश हुनेछन्। प्रत्येक त्यस्तो संघीय राज्यलाई आत्म निर्णयको अधिकार हुनेछ। त्यस राज्यको संसदले बहुमतको आधारमा जनमत संग्रह गरेर अलग देशको मुद्दामा आम जनताको राय लिन सक्नेछ।

अंतरिम सरकारमा क्रांतिमा सहभागी मधेसी दलहरु सामेल हुनेछन्। बन्दुकधारी मधेसी दलहरुले मधेस सेनाको निर्माणमा निर्णायक रोल खेल्नेछन्। बन्दुकधारी मधेसी दलका सैनिक हरु स्वतः मधेस सेनाका सैनिक हुनेछन्। कुनै कारणवश क्रांतिमा सहभागी नहुने मधेसी दलहरु ले अंतरिम सरकार गठन भएको एक वर्षभित्र हुने संविधान सभा को चुनावमा सहभागी हुन पाउनेछन्। मधेस सरकारको अंतरिम संविधान छोएर मधेस देशप्रति शपथ खाने जुन सुकै राजनीतिक दलले, चाहे त्यसको नेतृत्व मधेसी होस् या नहोस्, त्यस संविधान सभाको चुनावमा सहभागी हुन पाउनेछन्। संविधान सभा ले एक वर्षभित्र अंतरिम सरकार द्वारा जारी संविधान लाई अनुमोदन गर्नेछ। मधेस देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति रहनेछ।



मधेसी क्रांति दुई छिमेकी देश चीन र भारत का माओ र गांधी दुबै बाट शिक्षा लिंदै अगाडि बढ्नेछ। शान्तिको बाटो प्रथम चाहना हो। तर उपनिवेशी शक्तिले बल प्रयोग गरेमा भबिष्यको मधेसी सेनाले प्रतिकार गर्नेछ। र अल्टीमेटम पछि पनि मधेसको भुभाग भित्र पहाड़ी सेना छ भने तिनमाथि खोजी खोजी आक्रमणको बाटो अख्तियार गरिनेछ। समर्पण गर्ने उपनिवेशी सैनिक हरु लाई भने शान्तिपूर्ण तरिकाले बोर्डर क्रस गर्न दिइनेछ।

मधेसी क्रांतिले मधेस देश स्थापना गरेपछि देशको उत्तरी सीमाना को सुरक्षाको लागि मधेस सेनाले कुनै कसर बाँकी राख्ने छैन। मधेस देशको स्थापना पछि मधेस सरकारले भारत, चीन, SAARC, UN, EU, USA लगायतका विश्वका सम्पुर्ण शक्तिहरु सँग संपर्क गरेर नया देशको स्थापना को सुचना दिनेछ र संयुक्त राष्ट्र संघ मा सहभागी हुन तुरुन्त कदम चाल्नेछ। मधेस सरकारले आफ्नो पहिलो राजदुत दिल्ली पठाउनेछ।

बामेले गृह मंत्री को पद खाएर पनि संविधान नमान्ने, सुशील ले प्रधान मंत्रीको पद खाएर पनि संविधान नमान्ने तर मधेसी नेता र जनताले संविधान मान्नु पर्ने केही छैन। यो देश एक रहिरहनुपर्ने कुनै जरूरत बाँकी रहँदैन चाँडै नै। भांडमें जाए तेरी जनमत संग्रहवाला रास्ता। मधेसी तेरे पे शासन करेगी। अलग देशके स्थापनाके बाद तेरे पे शासन करेगी।

मधेस देशको स्थापनाको प्रमुख कारण मधेस बाट गरीबी समाप्ती हो। त्यसको लागि २० वर्ष भित्र मधेस लाई First World Country अर्थात Developed Country बनाउने रोडमैप प्रस्तुत गरिनेछ। उत्तरी छिमेकी सँग मित्रता पुर्ण सम्बन्धको प्रयास हुनेछ। स्वतंत्र देशहरु बीच सम्बन्धको अंतर्राष्ट्रीय मुल्य मान्यता मा आधारित सम्बन्धको प्रस्ताव गरिनेछ।


क्रांतिको समय आइसक्यो

वार्ता र सहमति को संभावना समाप्त भइसकेको अवस्थामा माओवादी-मधेसी ३० दलीय गठबन्धनले निर्णायक ढंगले संविधान सभा त्यागी देश ठप्प पार्ने किसिमको समझौताविहीन क्रांति गर्ने बेला आइसकेको छ। यो सरकार र यो संविधान सभा भंग गरेर नया अंतरिम सरकार को स्थापना नभएसम्म देश ठप्प पार्ने, अंतरिम सरकारमा क्रांतिकारी शक्तिहरु मात्र रहने, क्रांतिकारी अंतरिम सरकारले अंतरिम संविधान मा नै यो आठ प्रदेशको नक्शा राख्ने बाटोमा हिड्ने बेला आइसक्यो। प्रचण्डलाई सन्देश छ: Lead, Follow, Or Get Out Of The Way.










Tuesday, March 31, 2015

वार्ता र सहमतिको संभावना देखिएन अब





वार्ता र सहमतिको संभावना देखिएन अब। अब आन्दोलनलाई क्रांति मा लाने बेला आइसक्यो। यो सरकार र यो संविधान सभालाई फालेर एउटा अंतरिम सरकारको स्थापना गरेर यो आठ प्रदेशको नक्शा र प्रत्यक्ष निर्वाचित राष्ट्रपति अंतरिम संविधानमा नै लेख्ने बेला आइसक्यो। जेठ १५ मा त्यो क्रांतिकारी अंतरिम संविधान घोषणा गर्ने सुरसार गर्ने बेला आयो। सुशीलको यहाँ बहादुर शाह जफरको रोल देखियो। ३० दलले यो आठ प्रदेशको नक्शामा सहमति बनाउने। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दामा सहमति बनाउने। अनि क्रांतिमा होम्मिने। एक दुई दिन नेपाल बंद गरेर केही हुँदैन। सरकार र संविधान सभा नढलेसम्म देश ठप्प पार्ने क्रांति चाहियो। २००६ को अप्रिल क्रांति सड़क भर्ने किसिमको थियो। अहिलेको क्रांति सड़क सुनसान हुने हुन सक्छ। अंतरिम सरकार स्थापना भएको एक वर्ष भित्र भने संविधान सभाको निर्वाचन गराउनु पर्ने हुन्छ। संविधान लाई वैधानिकता एउटा संविधान सभाले मात्र दिन सक्छ।

अंतरिम संविधान नमान्ने, राज्य (state) सँग गरिएका पुराना सम्झौताहरु नमान्ने, आफ्नो पार्टीको महासमिति नमान्ने मान्छे प्रधान मंत्रीको कुर्सीमा बसदिएपछि क्रांति बाहेक अरु विकल्प बाँकी रहँदैन। अबको क्रांति समझौता विहीन हुनुपर्छ।

Nationalities And Citizenship
Nepal And The Industries Of Tomorrow