The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Tuesday, February 03, 2015
Monday, February 02, 2015
एमाओवादी र मधेसी संविधान सभाबाट निस्कने हो भने
एमाओवादी र मधेसी संविधान सभाबाट निस्कने मेरो सुझाव होइन, कमसेकम अहिले होइन, तर यदि एमाओवादी र मधेसी संविधान सभाबाट निस्कने हो भने यस संविधान सभाको वैधता समाप्त हुन्छ र एउटा अंतर्राष्ट्रीय स्तरको क्राइसिस खड़ा हुन्छ, किनभने नेपालको शांति प्रक्रिया नेपालको मात्र चासो होइन, नेपालका छिमेकीको मात्र चासो होइन।
सहमतिको प्रयास कायम राख्नुपर्छ। अहिलेलाई। अहिले आन्दोलनको लागि इंधन पर्याप्त छ तर क्रांतिका लागि अझै समय आइसकेको छैन। क्रांति अंतिम अस्त्र हो।
अहिले सबै पक्षले सहमतिको प्रयास गरिराख्नु नै जिम्मेवारीपूर्ण कुरो हो। सत्ता पक्षको विशेष जिम्मेवारी हो। बहुमतमा र सत्तामा रहेकोले उदार चरित्र कसरी प्रदर्शन गर्ने भन्ने कुरा सुशील कोइरालाले नेल्सन मण्डेलाबाट सिक्ने हो।
सहमतिको प्रयास कायम राख्नुपर्छ। अहिलेलाई। अहिले आन्दोलनको लागि इंधन पर्याप्त छ तर क्रांतिका लागि अझै समय आइसकेको छैन। क्रांति अंतिम अस्त्र हो।
अहिले सबै पक्षले सहमतिको प्रयास गरिराख्नु नै जिम्मेवारीपूर्ण कुरो हो। सत्ता पक्षको विशेष जिम्मेवारी हो। बहुमतमा र सत्तामा रहेकोले उदार चरित्र कसरी प्रदर्शन गर्ने भन्ने कुरा सुशील कोइरालाले नेल्सन मण्डेलाबाट सिक्ने हो।
नारायणी प्रदेश हुँदैन
मधेसबाट झापा, मोरंग, सुनसरी, कैलाली, कंचनपुर झिक्ने प्रयास र नारायणी प्रदेश बनाउने प्रयास हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो भने जस्तो। उस्तै उस्तै हो नानु। नारायणी प्रदेश भनेको मधेसबाट चितवन झिक्ने, अनि तामसलिंग, तमुवान, मगरात राज्यका आर्थिक रुपले सबल पार्टहरु झिक्ने प्रपंच हो। एक पंथ चार शिकार। एकै चोटि मधेसी, तामांग, गुरुंग र मगर माथि अटैक।
नारायणी प्रदेश हुँदैन। चितवन मधेसमा रहन्छ। त्यो संविधानमा लेखि सकिएको कुरो हो।
नारायणी प्रदेश हुँदैन। चितवन मधेसमा रहन्छ। त्यो संविधानमा लेखि सकिएको कुरो हो।
प्रक्रिया नमानिएका उदाहरणहरु
प्रक्रिया नमान्ने काँग्रेस र एमालेका टाउके बाहुनहरु हुन। उदहारण प्रसस्त छन।
- केपी ओलीले सभामुखलाई धम्क्याएको। सभामुख (अथवा) राष्ट्रपति कुनै पार्टीको कार्यकर्ता होइन।
- ५० भन्दा बढ़ी मधेसी काँग्रेसी सांसद र १५ जना एमालेका थारु सांसदले सात प्रदेशको नक्शाको विरोध गरे पछि त्यो नक्शासँग दुई तिहाई नरहेको त्यसै प्रमाणित भयो। तै पनि त्यो सात प्रदेशवाला नक्शा push गर्नु।
- काँग्रेस महासमितिले झापा, चितवन, कंचनपुर समेटने गरी तराईमा तीन प्रदेश पारित गरेको हो। त्यसपछि काँग्रेस पार्टीले आधिकारिक रुपमा अर्को नक्शा पेश गरेको छैन। महासमितिको निर्णयको मर्म विपरीत पार्टी अध्यक्ष जानु प्रक्रियाको उपहास हो। त्यस्ता पार्टी अध्यक्षलाई impeach गर्नु पर्ने।
- एमालेको आधिकारिक अडान अर्कै भए पनि कहिले केपी बाजेले तीन प्रदेश, कहिले चार प्रदेश, कहिले पाँच प्रदेश भन्नु।
- सर्वोच्च अदालतले नागरिकताको सवालमा आमा वा बाबु भनिसके पनि आमा र बाबु भन्ने रट लगाउनु।
- पछिल्लो संविधान सभामा राष्ट्रपति र सभामुखले दुबैले आ-आफ्नो पार्टीको कार्यकर्ता जस्तो भएर माओवादी-मधेसी सरकारलाई विभिन्न बाधा व्यवधान खड़ा गर्नु।
- सबैभन्दा ठुलो प्रक्रिया मिचाइ त के भने संविधानमा लेखि सकिएको "स्वायत्त मधेस प्रदेश" लाई बारम्बार negotiation टेबलमा ल्याउने प्रयास गर्नु। त्यो निष्कर्षमा पुगिसकेको कुरा हो। त्यसमा बार्गेनिंग हुँदैन।
- माधव नेपाल सरकारले देशको मतदाता नामावलीबाट ४३ लाख मधेसीलाई फाल्ने काम गर्यो। त्यो चुनावी धॉँधलीको चरम नमुना हो।
- नेपाल सेनाले चुनावमा संघीयता विरोधी शक्तिको पक्षमा धाँधली गर्यो। त्यो प्रक्रियागत कुरा होइन।
- पछिल्लो संविधान सभाको म्याद तोक्ने काम न्यायपालिकाको थिएन। सार्वभौम संविधान सभाको म्याद राज्यको अर्को अंगले तोक्न पाउँदैन।
- संघीयताको मुद्दा जनताका चुनिएका प्रतिनिधिले छिनोफानो गर्ने हो। सेना, प्रहरी, प्रशासन, कुटनीतिक सेवाका मानिस तठस्थ बस्ने हो। प्रक्रिया त्यो हो। तर कदम कदममा हस्तक्षेप भएको छ।
- एउटा हुन्छ कानुनी प्रक्रिया अर्को हुन्छ राजनीतिक प्रक्रिया। २००६ को अप्रिल क्रांतिका चार शक्ति काँग्रेस, एमाले, माओवादी र मधेसी मोर्चा अहिले मिलेर जानु राजनीतिक प्रक्रिया मान्नु हो। त्यसमा सबै पक्षले सदासयता देखाउनु पर्छ।
एमाले चुनाव हारने होइन नामोनिशान मेटिने पार्टी हो
केपी वामे झाले नाले माधव सबको अचम्मको चर्तिकलाको शिकार एमाले पार्टी हुने हो। एमालेलाई मधेसी जनताले मधेसबाट मात्र धपाउने होइन। मधेसी जनताले पहाड़को जिल्ला जिल्लामा गएर एमालेको नामोनिशान मेट्ने हो। त्यो दिन निकट छ। वामदेव गौतम निकट भविष्यको कमल थापा हो। केपी ओली निकट भविष्यको तुलसी गिरी हो। वामे कमल थापाले जस्तै महेन्द्रको पुजा गर्छ। केपीको बोली तुलसीको उत्तराधिकारी जस्तो। आइडियोलॉजी मिलेको छ। नेपाली जनताले महेंद्र शाह, तुलसी गिरी र कमल थापालाई एक चोटी होइन गर्नै परे हजार चोटि परास्त गर्छन। दोस्रो पटक त कुन ठुलो कुरो हो र?
एमाले चुनाव हारने होइन नामोनिशान मेटिने पार्टी हो। जब गिदरकी मौत आती है।
एमाले चुनाव हारने होइन नामोनिशान मेटिने पार्टी हो। जब गिदरकी मौत आती है।
Subscribe to:
Posts (Atom)