Pages

Friday, February 12, 2016

मधेस आंदोलन फेज ३ मा पुग्ने संकेत

मधेस आंदोलन फेज ३ मा पुग्ने संकेत मैले देख्न थालेको छु। फेज ३ भनेको ममता बनर्जी देखि लालु/नितीश देखि अखिलेश सम्म गुहार्ने भनेको हो।

११ बुँदे मा विषय प्रवेश गर्न नचाहने, सीमांकन मा पनि संविधान संसोधन र त्यस अगाडि संविधान पास गरेको शैली नै अपनाउने प्रयास ---- यो राम्रो संकेत होइन। यस्तै हो भने फेज २ भनेको वार्ता भन्दा फेज ३ का लागि गृह कार्य मा बढ़ी फोकस हुन जाने हुन्छ।

दमजम लाई बहिष्करण मा राख्ने उद्देश्य का साथ जुन राज्य (state) को स्थापना भयो त्यस राज्य (state) ले दमजम समावेशी बन्ने गरी रूपांतरित हुन आनाकानी गर्नु शायद संयोग होइन। फेज ३ भनेको अंतरिम संविधान र अंतरिम सरकारमा गएर टुंगिने फेज हो।