Showing posts with label qatar. Show all posts
Showing posts with label qatar. Show all posts

Saturday, July 25, 2015

मधेसी पार्टी हरु बीच अन्यौल

तमलोपा र सद्भावना को एकीकरण?
एकीकरण को लहर चलेको हो?
माइकल जैकसन पार्टी एकीकरण
मधेसी जनजाति पार्टी एकीकरण र सत्ता को गणित
यी चार पार्टी एकीकरण गर्ने हो
पार्टी एकीकरण किन नगरेको?
मधेसी पार्टी एकीकरण: पार्टी अध्यक्छ के लिए चुनाव हो
दक्षिण एशियाको आर्थिक एकीकरण
१० बढ़ी पार्टी एकीकरण गर
भारत देश होइन महादेश हो
नेपाल एकीकरण गरेको राजा जनकले हो
मधेसी पार्टीहरुको एकीकरण
The Implications Of The Madhesi Party Unification
लोकतान्त्रिक सद्भावना फोरम (लोसफो) (DSF)
Federal Front (संघीय मोर्चा) को परिकल्पना
एकीकृत पार्टीमा सीके राउत का लागि ठाउँ
मधेसी पार्टी हरुको दायित्व
राजा जनक, बाबुराम भट्टराई र सीके राउत

मधेसी पार्टी हरु बीच एकीकरण हुन्छ भन्ने सोँच्नु नेपाल ले इंडियन यूनियन को सदस्यता लिन्छ भनेर सोँच्नु जस्तो हो। People are not driven by self interest, or not enough भन्ने कुराको प्रमाण। राजनीति शायद ज्यामिति होइन। ज्यामिति मा a line is the shortest distance between two points भन्ने हुन्छ। नेपालको राजनीति मा a line hopes to start from one point and some day meet the other point भन्ने छ। नेपाल अझ एक जेनेरेशन रेमिटेंस अर्थतंत्र बनेर बस्न चाहेको देश भन्ने संकेत मैले पाइ राखेको छु।













मधेसी मोर्चा : नेताका मुद्दा मिल्छन्, मन मिल्दैन
मधेसी मोर्चाका नेता एउटै मञ्चमा आउन मान्दैनन्
संविधानको प्रारम्भिक मस्यौदाका लागि चार मधेसवादी दल सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन सुरु गरेको छ । आन्दोलनको नेतृत्व गरेका नेताहरू भने एउटै मञ्चमा देखिएका छैनन् । ........ मस्यौदाविरुद्धको आन्दोलन घोषणा गर्ने मोर्चाका चार नेता तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, संघीय समाजवादी फोरम नेपाल पार्टीका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव रहेका छन् । तर आन्दोलनमा उनीहरूको उपस्थिति कहीँ हुँदैन ।

एउटै मञ्चमा चारैजना उपस्थित हुन मानिरहेका छैनन्

। ...... विराटनगर, जनकपुर, वीरगन्ज र भैरहवामा हुने विरोधसभामा चारैजना नेता उपस्थित हुने मोर्चाले निर्णय गरेको थियो । तर उनीहरू कार्यक्रममा उपस्थित हुन सकेका छैन । ....... तर, जसले जहाँको जिम्मेवारी पाएका छन्, त्यहाँको कार्यक्रममा उही नेता मात्र हुन्छन् र अरु पार्टीबाट दोस्रो र तेस्रो तहका नेताहरू सहभागिता जनाइरहेका हुन्छन् । महेन्द्रराय यादवले बिहीबार वीरगन्जमा कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा चारैजना नेताको उपस्थिति अनिवार्य थियो । तर, त्यसमा न उपेन्द्र यादव गए, न महन्थ ठाकुर, न त राजेन्द्र महतो नै । कार्यक्रमको अध्यक्षता गरेका

महेन्द्र राय यादवले चारैजना नेताको उपस्थिति हुनुपर्ने थियो तर उनीहरू नआएको बताए । किन आएनन्, त्यसबारे आफूलाई जानकारी नरहेको र यसले मधेसी जनता निराश भएको उनले बताए

। .......... वीरगन्जमा कार्यक्रम भएको दिन राजेन्द्र महतो र महन्थ ठाकुर प्रचण्डसँग काठमाडौंमा वार्ता गर्दै थिए भने उपेन्द्र यादव भैरहवामा पार्टीको पत्रकार सम्मेलनमा थिए । तीनैजना अध्यक्ष आउने भनेर वीरगन्जवासी प्रतीक्षामा थिए । तर, उनीहरू नआएपछि कार्यक्रममा आएका जनता निराश भएको तराई मधेस लोकतान्त्रिक पार्टीका सह–महामन्त्री जितेन्द्र सोनलले बताए । मधेसका जनता चारैजना नेतालाई एउटै मञ्चमा देख्न चाहन्छन् । तर, उनीहरू एक ठाउँमा आउन नमानेको ..... चारै दलमध्ये महेन्द्र राय यादवको पार्टी अलि कमजोर छ । सभासद् पनि कम र मधेसमा संगठन पनि कमजोर रहेकाले मोर्चाका अन्य नेताले उनलाई भाउ नदिएको गुनासो आएको छ । राजेन्द्र महतोलाई महेन्द्र राय यादवले चुनावमा हराएका कारण महेन्द्रले अध्यक्षता गरेको कार्यक्रममा नगएको तथा महन्थ ठाकुरको पार्टीबाट महेन्द्र यादव अलग भएका कारण ठाकुर नगएको ....... भैरहवामा विरोधसभा कार्यक्रम जारी रहेको छ । तर, त्यस कार्यक्रममा पनि महेन्द्र राय यादव र महन्थ ठाकुर सहभागी भएनन् । भैरहवाको कार्यक्रम राजेन्द्र महतोको अध्यक्षतामा भएको हो । उपेन्द्र यादव भैरहवामा नै भएकाले त्यसमा सहभागी भए, अन्य ठाउँमा भएको भए उनी पनि जाँदैनथ्यो । ...... संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तर्फबाट मधेसमा आन्दोलन जारी रहेका बेला मोर्चाका नेताले एमाओवादीका अध्यक्ष प्रचण्डसँग वार्ता गरेपछि आन्दोलनकारी निराश भएका छन् । ‘मधेसका विभिन्न ठाउँमा बन्द र नारा–जुलुस जारी रहेका बेला मोर्चाकै नेताहरू सुटुक्क गएर वार्ता गर्नु मधेस आन्दोलन कमजोर पार्नु हो,’ तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य बीपी यादवले भने, ‘वार्ता गर्नुअघि मधेसमा आन्दोलन गरिरहेकालाई जानकारी दिनुपथ्र्यो । त्यसो नभए पनि वार्तामा के भयो, सार्वजनिक गर्नुपथ्र्यो । त्यसो नगरेर मधेसी दलमाथि झन् अविश्वास बढ्दै गएको छ ।’ ...... सद्भावना पार्टीका महासचिव मनिष सुमनले वार्ता गर्नु गलत नभएको बताए । ‘वार्ता नै नगर्ने भन्ने होइन, मस्यौदामा संशोधन हुनुपर्यो, मधेसीले उठाएका माग पूरा हुनुपर्यो, यी सब कुरा वार्ताबाट सम्भव छ भने आन्दोलनको के काम ? वार्ता र आन्दोलन सँगसँगै लैजानुपपर्छ’
सङ्घीयतासहितको संविधान ल्याऔँ : महतो
प्रस्तावित संविधानको प्रस्तावनामा मधेस आन्दोलनलाई कहीँ कतै उल्लेख नगरिएको बताउँदै सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई अपरिवर्तनीय धाराका रुपमा संविधानमा राख्नुपर्ने सुझाव दिए।

Wednesday, July 15, 2015

संघीय नेपालमा बजेट बाँडफाँड को फोर्मुला: एक प्रस्ताव


  • केन्द्र सरकार सँग ४०%
  • प्रदेश सरकार सँग जनसंख्या समानुपातिक ३०%
  • जिल्ला सरकार सँग जनसंख्या समानुपातिक १०%
  • स्थानीय सरकार (गाउँ/नगर/महानगर) सँग जनसंख्या समानुपातिक २०% 
गाउँ लाई ५ लाख या ५० लाख भन्नु भन्दा प्रतिशत तोक्ने। जनसंख्या समानुपातिक हुनु त लोकतन्त्र को दस्तुर हो। 

यो फोर्मुला मा जाने र हाइड्रो सेक्टर मा विदेशी लगानी का लागि पारदर्शी र द्रुत गतिको policy framework तयार पार्ने अनि भकाभक FDI भित्राउन थाल्ने। १० वर्ष मा देश कहाँ बाट कहाँ पुग्छ। २० वर्ष मा कतार बन्छ। रोटी सेक्ने। भएको एउटा रोटी का लागि झगड़ा गर्न सबै समय न खर्चिने।