Showing posts with label hindu state. Show all posts
Showing posts with label hindu state. Show all posts

Monday, December 21, 2015

सनातनी कि पाखंडी?

The Caste System Is The Sanatani Colonizing The Hindu Religion

सनातनी भनेको हिन्दु होइन। यहुदी भनेको ईसाई होइन।

सनातन धर्म मा गरीबी लाई समस्या मानिँदैन। गरीबी र समृद्धि भौतिक कुरा भए। सनातन धर्म मा भौतिकता लाई बाल दिइँदैन। त्यहाँ सम्म ठीक छ। प्रत्येक धर्म लाई आफ्नो आस्था को अधिकार छ।

तर एउटा सारा देशलाई सनातनी भन्न पाइयेन। देश धर्म निरपेक्ष हुनुपर्यो। देश हिन्दु को पनि हो।

देश सनातन धर्म को भने पछि त्यो देश गरीब भएर बस्छ। मधेस आंदोलन को नाकाबंदी ले १० बिलियन, १५ बिलियन डॉलर क्षति भयो भन्ने हरुले के बुझ्नुपर्छ भने सनातनी लाई त्यस कुराको मतलब हुँदैन। त्यो भौतिक कुरा भो।

तर देशको आर्थिक क्षति र गरीबी को मतलब नहुने आफुले कालाबाजारी गरेर जनता लुट्ने -- त्यो त सनातनी होइन। त्यो त अपराधी हो। आफु महाभ्रष्टाचार गर्ने। त्यो त सनातनी होइन। त्यो त धर्म का हिसाबले पाखंडी हो।

धर्म निरपेक्षता मा पाखंडी लाई पनि ठाउँ हुन्छ। धर्म का हिसाबले। अपराध चाहिँ कानुन ले हेर्नु पर्ने हुन्छ।