Showing posts with label david cameron. Show all posts
Showing posts with label david cameron. Show all posts

Saturday, May 16, 2015

The Foreign Minister Confirms My Chinook Suspicions

Send Me Your Money
Send Me Your Money (Photo credit: Wikipedia)
बेलायती उद्धार टोली रोकेकै हौं : परराष्ट्रमन्त्री
उद्धारका लागि नेपाल सरकारसँग नै हेलिकोप्टर पर्याप्त रहेको मन्त्री पाण्डेले बताए। 'मंगलबार भूकम्प आउनेबित्तिकै धेरै मुलुकले उद्धार टोली पठाउँछौं भनेका थिए', उनले भने, 'उनीहरूलाई केहीबेर पर्खन भन्यौं। ........ पछि हाम्रै स्रोतले धान्ने भएपछि उद्धारमा सहयोग मागेनौं।'विभिन्न देशमा राहत संकलन भइरहेको र त्यसलाई सरकारी नियन्त्रणमा भित्र्याउने प्रयास भइरहेको पनि मन्त्री पाण्डेले बताए।....... 'विभिन्न देशमा हाम्रा मिसन छन्, त्यसमार्फत राहत ल्याउने व्यवस्था गरेका छौं', उनले भने। राहतका लागि हाल आएको स्वदेशी विदेशी सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरेको जानकारी दिँदै उनले भने, 'प्रधानमन्त्री कोषबाट गृह मन्त्रालय हुँदै जिल्ला-जिल्ला पुग्छ।'पुनर्निर्माणका लागि सरकारले गठन गरेको दुई सय अर्बको कोषमा सहयोगका लागि विदेशी मुलुक र दातृ निकायलाई आह्वान गरिने उनले बताए।
Bring In The Chinooks

The message is, don't send us helicopters, send us money, don't send us food, send us money, don't send us tents, send us money, don't send us medicine, send us money, just put all the money into the Prime Minister's Relief Fund, from where it will go to the Home Ministry.

Bamdev is beyond shameless in his attempts at corruption, but then when did t-h-a-t become news?

The British help snubbed like this makes it harder for the British leadership to later send the much larger help that is needed for reconstruction.

These idiots have similarly prevented India from building the Hulaki Rajmarga (Postal Highway) that is the Terai's lifeline. They will not do it themselves. And they will not let others do it either.



के ब्रिटिश चिनूक हेलिकप्टर फिर्ता पठाएर नेपालले ठीक गर्‍यो?
वैशाख १२ गते भूकम्प गएपछि पीडित समक्ष राहत सामाग्री पुर्‍याउने कार्यमा नेपाललाई सहयोग गर्न आएका ब्रिटिश सैनिकका तीन वटा रोयल एयर फोर्स चिनूक हेलिकप्टरले नेपाल छिर्ने अनुमति पाएनन्। पछिल्ला करिब दुई सातादेखि भारतीय वायुसेनाको चण्डीगढ़स्थित अड्डामा ति हेलिकप्टर अलपत्र बसेका छन्। ..... चिनूक हेलिकप्टरलाई नेपाल आउन किन दिइएन? आउन नदिन कसले भूमिका खेल्यो? के त्यो सहि निर्णय थियो? ..... ब्रिटेन अहिले नेपालको सबैभन्दा ठूलो द्विपक्षीय सहयोग गर्ने मुलुक हो। भुकम्प आएपछि नेपाललाई अहिलेसम्मको सबै भन्दा ठूलो राहत घोषणा गर्ने मुलुक पनि ब्रिटेन नै हो। भोलिको पुनर्निर्माण र पुनर्स्थापना अभियानमा पनि बेलायती सहयोग अपेक्षित छ। ...... तर, उच्च सैनिक लगायत अन्य स्रोतबाट सेतोपाटीलाई प्राप्त सूचना अनुशार चिनूक नेपाल प्रवेश गर्न नपाउनुको एउटा मात्रै कारण छ-नेपाली सेनाको ब्रिटेनसँग रिसिवी साध्ने मनसाय। उच्च सैनिक स्रोतले भन्यो, त्यो रिसिवीको एउटै मात्र कारण हो, ब्रिटेनमा नेपाली सेनाका कर्नेल कुमार लामाको गिरफ्तारी। ..... गैरसैनिकलाई सेनाको ब्यारेकमा गैरन्यायिक थुनुवा र यातना दिएको आरोपमा अन्तर्राष्ट्रिय क्षेत्राधिकार आकर्षित हुने कानुन अन्तर्गत ब्रिटिश अदालतको आदेशमा कर्णेल लामा लण्डनमा पक्राउ परेका थिए। उनी अहिले पनि लन्डनमै नजरबन्दमा छन्। ..... नेपाली सेना र सरकारको कयैन पहलका वावजुत कर्णेल लामा जेलमुक्त हुन सकेका छैनन्। ब्रिटिश सरकारले अदालतको मामला भएकोले लामाको मुद्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर रहेको जवाफ दिँदै आएको छ। ....... नेपाली सेनाले लामा थुनिएको रिस विपद्‌मा सहयोग गर्न आएको नेपालको सबैभन्दा पुरानो मित्र माथि पोखेको छ। यति सम्मकि चिनूकलाई नेपाल आउन दिन पहल गर्न प्रधानसेनापति गौरव समशेर राणालाई भेट्न खोज्दा बेलायतका कार्यवाहक राजदूत जोन र्‍यानकिनलाई उनले समयसम्म दिएनन्। ...... चिनूक हेलिकप्टर ब्रिटिश सेनाले नपठाई डिएफ़ाइडीले झिकाएको थियो। आफ्नो राहत सामाग्री र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम मार्फत भूकम्प पीडित विकट जिल्लामा खाद्यान्न पुर्‍याउन डिएफ़ाइडीले ती हेलिकप्टर मगाएको थियो। ब्रिटेनले घोषणा गरेको राहत रकम कँहा-कँहा खर्च हुँदै छ भनि डिएफ़ाइडीले सार्वजनिक गरेको चार्टमा पनि यो प्रष्टसँग देखिन्छ। ...... लण्डनमा बेलायत सरकारका प्रवक्ताले चिनूक हेलिकप्टरले बिश्व खाद्य कार्यक्रमको खाद्यान्न विकट गाउँहरूमा पुर्‍याउन नपाउने भएकोमा आफूहरू निराश भएको ...... हिजो पनि बेलायती प्रधानमन्त्री केमरूनले आँफै फोन गरेर प्रधानमन्त्री कोइरालासँग कुरा गर्नुको अर्थ ब्रिटिश सरकारको ती जहाज नेपालमा राहत कार्यमा संग्लन हुन पाउन् भन्ने कत्रो चाहना थियो भन्ने देखाउँछ। ...... अहिले उद्धार र राहतको चरण सकिएको जवाफ कोइरालले दिएपनि चिनूकले नेपाल छिर्न नपाउनुको मूल कारण त्यो होइन भन्ने बेलायतलाई पनि थाहा छ। जुन दिन तीन वटा चिनुक चण्डीगढ उत्रिए, सो दिनसम्म नेपालमा समान ओसार्ने हेलिकप्टरको अभाव थियो। चिनूक त्यहाँ उत्रिएको भोलिपल्ट मात्रै चार वटा अमेरिकन ओस्प्रे हेलिकप्टर काठमाडौँ उत्रिएका हुन्। ........ विज्ञहरुको भनाईमा उच्च पहाडी भूभागमा समान ओसार्न ओस्प्रे भन्दा बोइङ कम्पनीले निर्माण गरेको चिनूकनै बढी प्रभावकारी छ। उनीहरू भन्छन्, ‘अफगानिस्तानमा सैनिक समान ओसार पसार गरेर उच्च भूभागमा चिनूकको प्रभावकारिता प्रमाणित भइसकेको छ।
बेलायती विमान भारतबाटै फर्कनु सरकारको कमजोरीः अशोक राई 'सरकारभन्दा राष्ट्र बैंक शक्तिशाली भएको देखियो'