Thursday, October 18, 2012

NRN NCC President कालागि लड़ने बारे विचार गर्दै


संगठनका कुरा (2)
संगठनका कुरा

2005-2006 ताका अमेरिकाका 2 लाख नेपाली मध्ये full time democracy movement मा लागेको म एक्लो मान्छे। मैले digital activism गरेको हो त्यति बेला, पत्रकारिता होइन। 2006 February मा house arrest भएको एक महिना पछि कसो कसो गरि वायरलेस इन्टरनेट बाट online आउंदा माधव नेपालले chat गरेको पहिलो ब्यक्ति। त्यों राजनीतिक काम गरेकोले हो। त्यस पछि मधेसी क्रन्तिमा पनि फुल time लागेको। Los Angeles मा प्लेन बाट झर्ना साथ "Where is परमेन्द्र भगत" भनेर उपेन्द्र यादवले भनेको मेरो राजनीतिक कामको  आधार मा हो। 2005-2006 ताका मेरो "हाम्रो नेपाल" नामको डिजिटल संगठन पनि थियो, 100 जना जति सदस्य थिए। न्यू योर्क मा ANTA पैदा गरेको मैले हो। अमेरिका आए पछि कॉलेजमा छ महिना भित्र बिद्यार्थी यूनियनको President को चुनाव जितेको। त्योभन्दा अगाडी नेपालमा राजनीतिक पार्टीमा हृदयेश त्रिपाठी महासचिव, म उपमहासचिव, राजेन्द्र महतो केन्द्रीय समिति सदस्य। त्रिपाठी र महतो मन्त्री छन। म न्यू योर्क मा बराक ओबामाको पहिलो full time volunteer।

म त नेपालमा तानाशाही समाप्त भए पछि नेपाल बारे कम सोंचने, आफ्नो काम गर्न पट्टी लागने भनेर बसेको। तर त्यस्तो नहुने देख्न थालेको छु। नेपालमा आर्थिक क्रांति गर्न 20-30 बर्ष लाग्छ। नेपालमा hydro प्रोजेक्ट हरु कालागी NYC मा funding खोज्ने career move मैले थालिसकेको छु। नेपालको राजनीतिक क्रांतिमा मैले योगदान दिएँ, मधेसी क्रांतिमा योगदान दिएँ, अब़ आर्थिक क्रांतिमा पनि योगदान दिन चाहन्छु।

द्वैध नागरिकता को कुरा छ। द्वैध नागरिकता बिना नेपालमा आर्थिक क्रांति संभव छैन। न्यू योर्क को स्थानीय राजनीतिमा नेपाली हरुलाई empower गर्ने कुरा छ।

यी सब कारण ले म NRNA (Non Resident Nepali Association) NCC (National Coordination Council) को President कालागी लड़ने बारे सोंच्दै छु भन्ने कुरा सबै साथी हरुलाई अबगत गराउन चाहन्छु। अमेरिकामा ICC र NCC दुबैको चुनाव May 2013 को अंतिम weekend मा न्यू योर्क मा गर्ने गरी तालिका बनाउन आग्रह गर्दछु। त्यो चुनाव हुनु अगाडी massive membership drive हुनु जरुरी छ।
Enhanced by Zemanta

No comments: