Pages

Monday, October 05, 2015

नाकाबंदी ले काम गरेको छ

नाकाबंदी अगाडि मधेसी लाई झिंगा जस्तै मारिरहेका थिए तीन बाहुन दल ले। नाकाबंदी पछि त्यो बंद भयो। नाकाबंदी ले काम गरेको छ। अब आंदोलन लाई थप उचाई मा लाने तरकीब हरु सोँच्नु पर्छ। पहाड़ र हिमाल का जनजाति लाई जगाउनु पर्यो। काठमाण्डु का मधेसी, जनजाति, नेवार लाई जगाउनु पर्यो। देशमा राणा शासन छ। राणा शासन मा देशको १००% बजेट ५०० मानिस ले निजी उपभोग गर्थे। अहिले देशको ५०% बजेट ५०,००० मानिसले निजी उपभोग गर्छन। दायरा फराकिलो भएको मात्र हो। राणा शासन समाप्त भएको छैन। संघीयता ले बलियो स्थानीय सरकार दिन्छ। लोकतंत्र लाई गाउँ गाउँ सम्म पुर्याउँछ। त्यो बाहुन हरु लाई पनि चाहिएको हो।

सरकार र संविधान नढालि गंतव्य मा पुग्ने बाटो हामीले ५० दिन खोज्यौ। अब सरकार र संविधान ढालने बाटो खोज्ने बेला आएको छ। काठमाण्डु छोप्ने बेला आएको छ। मधेसी ले दक्षिण मा नाकाबंदी, जनजातिले उत्तर मा नाकाबंदी। तर उत्कर्ष भनेको काठमाण्डु छोप्ने नै हो।