Showing posts with label Jackson Heights Queens. Show all posts
Showing posts with label Jackson Heights Queens. Show all posts

Wednesday, September 12, 2012

संगठनका कुरा



हिजो बिहान विश्वजीले भोइस मेल छोड्नु भको रैछ। दुई तीन पटक त फ़ोन ट्याग मै गो। पछि बल्ल गफ्फ भो भरे तिर। शनिवार 4 बजे के गर्दै हुनुहुन्छ ? थकालीमा NRN को मीटिंग छ। आउनुस न भनेर भन्नु भो। 4 बाट 2 मा कुरा पुग्यो। Lunch ख्वाउने हो भनेर सोंधें। चिया ख्वौंछु भन्ने जवाफ आयो।

म नेपालको लोकतान्त्रिक र मधेसी क्रान्तिमा केही वर्ष अगाडि फुल टाइम लागेको मान्छे। तर digital activist भएर, कुनै संगठनको सदस्य भएर होइन। ANTA नेपालमा मधेसी क्रान्ति भएपछि बल्ल अमेरिकामा विस्तार भएको संगठन। ANTA लाई न्यु योर्क मा जन्म दिएको मैले हो। तर मैले सदस्यता कहिले लिएन। Founding charter मा social, cultural organization भन्याथ्यो। म full time political काम गरि रा मान्छे, कहाँ social, cultural मा लगिराखने भनेर लिइन।

Money, message, organization. मैले message मार्फत् contribute गरें। तर अब money र organization बारे पनि सोंच्नु परेको छ। It is only a matter of time, नेपालमा संविधान पनि आउंछ र संघीयता पनि आउंछ। त्यस पछि 20-30 वर्ष लगाएर गर्ने भनेको आर्थिक क्रान्ति नै हो। नेपालमा आर्थिक क्रान्ति गर्नु पर्छ भन्नेले आफ्नो personal आर्थिक क्रान्ति गरेर पनि देखाउनु पर्ने हुन्छ। नत्र भने त्यो भनाइ खोक्रो हुन जान्छ। मैले केही कदम हरू चालिरहेको छु। मेरो tech consulting business लाई expand गर्नुछ। हिमालयन याक restaurant को नया वेबसाइट मेरो टीम ले बनाएको हो। नेपालमा hydroelectric प्रोजेक्ट हरू कालागि यहां investor खोज्ने कुरामा पनि लाग्या छु। पछि microfinance मा जाने पनि सोंच छ।

संगठन को जहाँसम्म सवाल छ त्यो म अहिले एक्कासी हाम फाल्दैन। त्यस बारे मैले NRN को न्यु योर्क chapter बारे पनि सोंचेको छु र Jackson Heights को South Asian community बारे पनि सोंचेको छु। NRN मा 1,000 member बनाए NRN ICC मा जान पाउने र त्यो member न्यु योर्क मै बनाए न्यु योर्क बाहिर जान नपर्ने  घतलाग्दो कुरा हो। म अमेरिका गल्ली गल्ली घुमेको मान्छे। न्यु योर्क शहरको सीमाना बाहिर जान मलाई खासै रहर छैन, कमसेकम अहिलेलाई छैन।

Hitting The Road
My Hurricane Story
Driving Coast To Coast

NRN ICC को सदस्य बन्न मन लागेको दिन टेम्बाजीलाई ल जानुस 1,000 member बनाएर ल्याउनुस भन्छु अनि कुरै सकियो। त्यो भन्दा मुनि त के पद खाई भो र? तर त्यो कदम चाले पनि मेरो फोकस न्यु योर्क मै रहन्छ। NRN को NYC chapter लाई इन्टरनेट technology र social media को सहायताले ग्लोबल NRN movement भित्रको नमुना संगठन बनाउने प्रयास हुनेछ। But at a personal level money before organization. कुन चाहिंले एक चोटि भन्या थियो, all name and no money bhanera. अहिले मेरो starting point त्यस प्रकारको छ। तर 1999 मा म fouding member भएको dot com कम्पनीले round 2 मा 25 मिलियन डलर fundraising गरेको हो।


Enhanced by Zemanta