Pages

Tuesday, December 15, 2015

प्रधान सेनापति ले न आरक्षण न लोकतंत्र बुझे जस्तो देखियो



नेपालको जति समावेशी सेना संसारमै छैन : रक्षामन्त्री रावल
सेनामा आरक्षण हुन सक्दैन, मापदण्ड पूरा गर्नैपर्छ : प्रधानसेनापति
रावलले सेना समावेशी नभएको भनाई सत्य नभएको दाबी गरे । .....

‘नेपालको जति समावेशी सेना भारत, अमेरिका र वेलायतमा पनि छैन्’, रावलले भने,‘मैले सबैतिरका सेनाको संरचना अध्ययन गरेको छु ।’

....... समितिको बैठकमा बोल्दै सांसदहरुले सेना समावेशी नभएको आवाज उठाएका थिए । जवाफमा बोल्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सेनामा आरक्षण गर्न असम्भव भएको बताए । उनले सेनामा भर्ना हुन तोकिएको मापदण्ड पूरा हुर्नैपर्ने भन्दै संविधान र कानुनले दिएको सिद्धान्त पालना गर्ने बताए ।

प्रधान सेनापति ले न आरक्षण न लोकतंत्र बुझे जस्तो देखियो। अनि रक्षा मंत्री ले सफ़ेद झुठ बोले जस्तो देखियो। राउटे लाई दिनुपर्ने विशेष क्षेत्र थारु लाई दिन्छु भनेको मान्छे भीम रावल।

पहिलो कुरा त प्रधान सेनापति ले आरक्षण लागु गर्ने अथवा नगर्ने भन्ने हुँदै हुँदैन। संसद ले आदेश दिन्छ अनि रक्षा मंत्रालय मार्फ़त सेनाले लागु गर्छ।

आरक्षण भनेको सो पद का लागि सक्षम मान्छे ले नै पाउने हुन्छ, जहाँ पनि, जुन सुकै पदमा। डाक्टर पद हो भने मधेसी भन्दै त्यहाँ कम्पाउण्डर भर्ना गर्ने भन्ने हुँदैन। तिरहुतिया फ़ौज ले पृथ्वी नारायण को ज्यान बक्सेको इतिहास थाहा नहुने ले इतिहास पढ्ने।