Pages

Monday, November 16, 2015

नाकाबंदी टाइट नभएको हो? अझै टाइट पार्नुपर्यो?

नारायणी नदी देखि पुर्व झापा सम्म एउटा प्रदेश, पश्चिम कंचनपुर सम्म अर्को प्रदेश। त्यो क्रांति को माग हो। माग पुरा नगर्ने भए स्पष्ट भन, क्रांति को उचाइ पुगेन भन्ने सन्देश जान्छ अनि हामी नाकाबंदी अझ टाइट पार्छौं। यो मोलमोल्हई गरे जस्तो के कुरा गरेको? क्रांति ले पनि कहीं मोलमोल्हई गर्छ? २००६ मा ज्ञानेन्द्र ले मोलमोल्हई गरेको हो? त्यसको एक वर्ष पछि गिरिजा ले मोलमोल्हई गरेको हो?

एक मधेस दुई प्रदेश ले पनि नाकाबंदी हट्दैन। मगरको पनि क्लस्टर मिलाउ। बिगारेको तिमीले, मिलाउने कसले? मगर बस्ती ले न भारत छुन्छ न चीन, अनि मगर ले कता गएर नाकाबंदी गर्ने? मगर का लागि मधेसी ले गर्छ नाकाबंदी। मधेसी जनजाति एकता जिन्दाबाद।

मितेरी पुल त्यो मगर मधेसी एकता को प्रतिक हो, मगर मधेसी मितेरी को प्रतीक हो। खुरुक्कन मगर को पनि क्लस्टर मिलाउ। होइन भने देशमा राणा शासन चलाएर बसेका ले चार गुना तिर पेट्रोल को, बांकी ले दाउरा बाल्दै बस।

झापा मधेस होइन भन्ने हरु लाई भुगोल पढाउने काम सरकार को हो हाम्रो होइन। कति लाई ताप्लेजुंग बाट हिडेर ताप्लेजुंग नै पुगे जस्तो लागिराखेको छ।